चुनाव एमालेले जित्ने ओलीको दाबी

  • प्रकाशित मितिः चैत २०, २०७८
  • 903 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, चैत २०–नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय निर्वाचनमा एमालेकै जित हुने दाबी गरेका छन् । दिक्तेलमा चैत १९ गते आयोजित जनसभालाई संवोधन गर्दै एमाले जनताको लोकप्रिय पार्टी भएकाले कसैले हराउ“न नसक्ने दाबी गरेका हुन् ।
एमाले फुटेको भनिए पनि जस्ताको तस्तै रहेकाले नआत्तिन ओलीले आग्रह गरे । ‘पहिले पनि एमाले फुट्यो तर जस्ताको तस्तै, अहिले पनि फुट्यो भनियो तर जस्ताको तस्तै ।’ ओलीले भने–‘बरु झन ठूलो भएको छ, त्यसैले आत्तिनु पर्दैन ।’
एमाले समृद्धिको पक्षमा उभिएकाले त्यसबाट आत्तिएर षड्यन्त्र गरेर परमादेशबाट हराइएको ओलीको भनाई थियो । ‘एमाले जहिल्यै समृद्धिको पक्षमा उभिन्छ, मुलुक र जनताको पक्षमा उभिन्छ ।’ ओलीले भने–‘त्यसैदेखि आत्तिएर जनादेशबाट बनेको सरकारलाई परमादेशले हरायो ।’
एमाले सत्तामा रहदा विकासको मुल फुटेको, सडक, विजुली जस्ता विकासका काम गरेर लोकप्रियता कमाएको पार्टीलाई कसैले पनि हराउ“न नसक्ने बताए । देशभरि एमालेको पक्षमा जनलहर आएकाले खोटाङमा पनि एमालेकै जित हुने बताए । ‘खोटाङ जिल्ला एमालेको किल्ला, फेरि पनि एमालेकै लाल किल्ला ।’ ओलीले नारा लगाएर मञ्चबाट विदा लिए । कार्यक्रममा ओली पत्नि राधिका शाक्य, नेता रामबहादुर थापा वादल, एमाले प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, रमेश पौडेल लगायत थिए ।
हलेली अवलोकन
ओलीले चैत १९ गते नै हलेसी अवलोकन गरेका छन् । हेलिकोप्टरमा श्रीमती राधिका शाक्य सहित आएका ओलीले हलेसी गुफा, मारतीका गुम्बा लगायतको अवलोकन गरेका हुन् ।
दर्शनपछि ११ औं शताब्दीदेखि हलेसी धार्मिक, पुरातात्विक तथा ऐतिहासिक स्थल भएको भन्ने लिखत आधार भएको, हलेसीको बारेमा धर्मशास्त्रहरुमा समेत उल्लेख गरिएकाले यसको अवलोकनमा आएको बताएका हुन् । आठौं शताब्दीमा बौद्धमार्गी पद्म सम्भवले ध्यान गरेको ठाउ“, हिन्दुग्रन्थ र मुन्दुममा पनि हलेसी उल्लेख भएकाले यसको संरक्षण र विकासमा समेत सचेत रहेर काम गरेको दाबी गरेका छन् । ‘धार्मिक, पुरातात्विक तथा ऐतिहासिक थलो भएकाले हलेसीको विकासमा सचेर रहेर काम गरेको हो ।’ ओलीले भने–‘आफू प्रधानमन्त्री भएको बेला हलेसीको गुरुयोजना निर्माण गरिएको छ, त्यसै आधारमा काम भइरहेको छ ।’
ओलीले हलेसीको विकासका लागि व्यक्तिगत तर्फबाट दुई लाख रुपैया“ दिने घोषणा गरेका छन् । पहिलेदेखिनै हलेसी आउ“ने मन भए पनि आउन नसकेको र यो चोटी भने आएको बताए । ‘पहिले एक चोटी हेलिकप्टरबाट माथि–माथिबाटै हेरेको थिए, धित मरेको थिएन ।’ ओलीले भने–‘यो भने चोटी ज्ञानभूमि, ध्यानभूमि, तपोभूमिमा आए“ ।’
ओलीले आगामी चुनावमा एमालेकै जित हुने बताएका छन् । ‘हलेसीजस्तो पवित्र भूमिबाट नढाटी भन्छु, आगामी चुनावमा एमालेले जित्छ ।’
ओलीको साथमा नेता रामबहादुर थापा वादल, एमाले प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेताहरु आएका छन् । ओलीले शनिबारै दिक्तेलमा आयोजित आमसभालाई पनि संवोदन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित