नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १७–विभिन्न माग राख्दै नेपाल निर्माण व्यवसायी संघ खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई चैत १७ गते ज्ञापन पत्र बुझाएका छन् । निर्माण सामग्रीको मुल्य बृद्धि, सार्वजनिक खरिद नियमावली एघारौं संसोधन सच्याउ“न, बीमाको प्रिमियम दरमा भएको मुल्यबृद्धि लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल मार्फत ज्ञापन–पत्र बुझाएका हुन् ।
डिजेल, पेट्रोल, ग्यास, फलामजन्य निर्माण सामग्रीहरु रड, पाता, आइरन ब्लेड, बिटुमिन, सिमेन्ट, ग्याबीन तर, नदीजन्य एबम् खानीजन्य गिटी, बालुवा, ढुङ्गा, इटा लगायतका सामाग्रीको मुल्य बृद्धि भएको र त्यसै आधारमा मुल्य बृद्धि समायोजन गरी मुल्य बृद्धि गर्नु पर्ने, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संशोधनको त्रुटी सच्याउ“नु पर्ने, वीमाको प्रिमियममा मुल्य बृद्धि गरिएकाले उक्त निर्देशिका खारेज गर्नु पर्ने लगायतका माग राखी ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन देशभरका नेपाल निर्माण व्यवसायी संघमा आबद्ध व्यवसायीहरुले बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित