स्थानीय तहसम्मै गठबन्धनको संयन्त्र निर्माण गर्ने निर्णय

  • प्रकाशित मितिः चैत्र १७, २०७८
  • 532 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, चैत १७–सत्ता गठबन्धनको संयन्त्र स्थानीय तहसम्मै निर्माण गर्ने निर्णय भएको छ । चैत १७ गते विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पा“च दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत छुट्टा–छुट्टै दलीय संयन्त्र बनाउ“ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा पार्टीका सम्बन्धित तहका प्रमुखहरू सम्मिलित संयन्त्र निर्माण गर्ने निर्णय भएको छ । उनले चैत्र २२ गतेभित्र पा“च दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन गरिएको बताए । त्यसपछि देशभरको अवस्थाबारे जानकारी लिएपछि कहा“ कसरी तालमेल गर्ने भनेर निर्णयमा पुग्ने मन्त्री कार्कीले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित