स्थानीय तह निर्वाचन : खोटाङमा गठबन्धन गर्ने सहमती

  • प्रकाशित मितिः चैत १६, २०७८
  • 3273 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १६–जिल्लाका स्थानीय तहमा गठबन्धन गरेर चुनाव लड्ने सहमती भएको छ । चैत १६ गते बसेको गठबन्धनमा आबद्ध जिल्लास्थित राजनीतिक दलहरु बीच त्यस्तो सहमती भएको हो ।
जिल्ला समन्वय समिति खोटाङमा जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्लाको दशै पालिका र ७९ वटा वडामै गठबन्धन गर्ने सहमती भएको हो । यद्यपि त्यसको विधि बारे फेरि छलफल गरिने नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले बताए ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य ध्रुब बुढाथोका अनुसार बैठकले आगामी १९ गते जिल्लाका ७९ वटै वडामा गठबन्धनको अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । गठबन्धनलाई तल्लो तहसम्म अझ कसिलो बनाउ“न अन्तरक्रिया आयोजना गर्ने निर्णय गरिएको बुढाथोकीको भनाई छ ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति राई, पूर्व पर्यटन मन्त्री सर्वधन राई, पूर्व सभापति नरेशकुमार श्रेष्ठ, उपसभापति तीर्थराज भट्टराई, युवा नेता रोजन राई, नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्यहरु समिता कार्की, दुर्गाजयन्ती राई, प्रदेश कमिटी सदस्य ध्रुब बुढाथोकी, जिल्ला अध्यक्ष दीपक पाण्डे, नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्य कुलप्रसाद फुयाल, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, जिल्ला अध्यक्ष जलशेर राई, जिल्ला सचिव राजन आचार्य, जनता समाजवादीको तर्फबाट केन्द्रीय सदस्यहरु डा. कृष्णकुमार राई, सूर्यबहादुर राई, प्रदेश सदस्य नवीन राई र जिल्ला अध्यक्ष थापा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित