स्थानीय तहको ठेक्कापट्टामा संलग्न निर्वाचनमा उम्मेद्वार हुन नपाउ“ने

  • प्रकाशित मितिः चैत्र १६, २०७८
  • 579 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १६–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउ“ने भएका छन् । निर्वाचन आयोगको चैत १६ गते बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो ।
बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र साथ पेस गर्नु पर्ने स्वघोषणाका बु“दाहरु समेत सार्वजनिक गरेको छ । यस अनुसार नेपालको संविधान प्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत बु“दाहरु छन् ।

bigyapti11

bigyaptee

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित