सविना अछामे–
खोटाङ, चैत १६–नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ खोटाङ शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति खोटाङको बैठक हलमा चैत १६ गते अन्तरक्रिया कार्यक्रम गरेको हो ।
'स्थानीय तह निर्वाचनमा पत्रकारहरुको भूमिका' विषय अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुको अवस्था, पत्रकारिता क्षेत्रलाई कसरी मर्यादित र जिम्मेवार बनाउ“न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका पूर्व अध्यक्षहरु डम्बरसिं राई र दमन राई, पत्रकार भीम राई, हरिवोल आचार्य, सूर्य तामाङ, उत्तम चौलागाई लगायत अन्य क्रियाशील पत्रकारहरुको सहभागिता थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित