कार्यकारी पदमा निर्वाचित गराउन माग गर्दै महिला तथा दलित महिला प्रतिनिधिहरुले ज्ञापन बुझायो

  • प्रकाशित मितिः चैत्र १५, २०७८
  • 621 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत १५–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले स्थानीय तहको चुनावमा कार्यकारी पदमा निर्वाचित गराउ“न माग गर्दै राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्तमान संविधानको सही कार्यान्वयन हुन नसक्ने भन्दै जिल्लास्थित राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका हुन् ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा महिला जनप्रतिनिधिहरुले कार्यकारी पदमा निर्वाचित गर्न माग गर्दै चैत १५ गते ज्ञापन पत्र बुझाएका छन् । उक्त पालिकाका महिला तथा दलित महिला प्रतिनिधिहरुले कांग्रेस पालिका सभापति अमृत गिरी, एमाले पालिका इन्चार्ज लोकेन्द्र राई र माओवादी पालिका उपाध्यक्ष किसन राई समक्ष ज्ञापन बुझाएका हुन् । वर्तमान संविधानको सही कार्यान्वयनका लागि पनि कार्यकारी पदमा पुग्नु पर्ने भएकाले कार्यकारी पदमा पुग्न दलहरुलाई ज्ञापन पत्र बुझाइएको महिला जनप्रतिनिधिहरुले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निर्वाचित महिला तथा दलित महिला जनप्रतिधिले जिल्लास्थित विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाएका हुन् । कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चैत ८ गते ज्ञापन–पत्र बुझाएका थिए । आगामी बैशाख ३० गते हुने निर्वाचनमा गाउ“पालिका नगरपािलका प्रमुख र वडाध्यक्षमा महिला तथा दलित महिलालाई जिताउ“नु पर्ने माग गरेका हुन् ।
राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख पदमा पुरुषलाई मात्र मात्र अवसर दिएको र महिलालाई उपप्रमुख वा सदस्यमा मात्र उठाउने गरेकाले त्यसको अन्त्य गर्दै महिला र दलित महिलालाई निर्णायक पदमा सुनिश्चित गर्न माग गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्ककी महिला वडा सदस्य अनिषा खनालले बताइन् ।
हलेसी तुवाचुङ नगरपालिकाका महिला तथा दलित महिला जनप्रतिनिधिले पनि चैत ५ गते दलका नगर समितिलाई ज्ञापनपत्र बुझाउ“दै निर्णायक पदमा महिलालाई अवसर दिनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित