कोचा–कोच यात्रु, मनपरी भाडा

  • प्रकाशित मितिः कार्तिक ७, २०७५
  • 1575 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-

खोटाङ, कात्तिक ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्र सञ्चालित यातायातले मनपरी भाडा असुलेको गुनासा आएका छन् । तोकिएको भाडा दरभन्दा बढी लिएको गुनासा आएका हुन् ।

मनपरी भाडा लिनुका साथै कोचा–कोच यात्रु राखेर जोखिमको यात्रा गर्नु परेको यात्रुहरुले गुनासो गरेका छन् । यसबारेमा यातायात व्यवसायीहरुले भने यात्रु धेरै भएपछि कोचा–कोच भएको बताएका छन् । ‘यो दसैंभरि मात्र हो ख“चा–ख“च हुने ।’ खोटाङ यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले भने–‘दसैंपछि नियन्त्रण भइहाल्छ ।’ भाडाको बारेमा भने–‘भाडा चाहि“ तोकिएको दर भन्दा बढी नहुनु पर्ने हो ।’ श्रेष्ठले थपे–‘यसको बारेमा बुझ्छु ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटाङ यातायात प्रालिको सहकार्यमा गत असोज २९ गतेदेखि नगर बस सेवा सुरु गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने यसबारेमा एक्सन लिने बताएका छन् ।

खोटाङ यातायात प्रालिले नगरपालिकाका १२ वटा रुटमा यातायात सञ्चालन गर्ने सहमती गरेको थियो । खोटाङ यातायात प्रालिका सचिव राम हिङ्माङका अनुसार नगरपालिका भित्रका १२ वटा रुटमा नगर बस सेवा सुरु गरिने छ । उनका अनुसार दिक्तेल–निर्मलीडाडा“, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–जालपा फेदी (ऐसेलुखर्क रुट), दिक्तेल–जालपा  कादेल (बाक्सिला रुट), दिक्तेल–बुइपा, विजयखर्क, दिक्तेल–महुरे–विजुले, दिक्तेल–साप्सु, दिक्तेल–लफ्याङ(दुभे) साप्सु, दिक्तेल–नेर्पा–दोर्पा–निर्मली, दिक्तेल–बाम्राङ–बुइपा लगायतका रुटमा नगर बस सेवा उपलब्ध गराइने छ ।

नगरपालिकाभित्र नगर बस सुरु भएपछि यसको चौतर्फी स्वागत भएको छ । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले नगरपालिकाले राम्रो काम गरेको भन्दै प्रसंशा गरेका छन् । नगर बस सेवा सुरु भएपछि दिक्तेल बजारको ब्यापार व्यवसाय बढ्ने लयालुले सुनाए । नगर बस सेवाले विरामी, अशक्त तथा विद्यार्थीलाई समेत सहज हुने भएको छ । नगर बस सेवा सुरु भएपछि नगरबासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित