वनको अधिक्तम उपयोग गरिने

  • प्रकाशित मितिः असार १६, २०७५
  • 1664 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार १६-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वनलाई अधिक्तम उपयोग गरी आयआर्जन गर्ने आवधिक विकास योजना पारित गरेको छ । नगरपालिकाले वन तथा जैविक विविधता, प्राकृति श्रोत, खानी तथा खनिज पदार्थ समेतको वैज्ञानिक व्यवस्थापन गर्दै वातावरणमैत्री व्यवस्थापन संरक्षण तथा उपयोग गर्ने योजनामा उल्लेख गरिएको छ ।
योजनामा गैरकाष्ठ जटिबुटीलाई व्यवस्थित एबम् वैज्ञानिक तरिकाले व्यवस्थापन गरी मुल्य अभिवृद्धि हुने गरी निकासी गर्ने, वन नर्सरीको स्थापना गरी बाझो प्रति तथा खाली जंगलमा वृक्षरोपण गर्ने, जडिबुटीको वैधानिक निकासी÷पैठारी गर्ने, भिरपाखा अनुत्पादक क्षेत्रमा वन लगाउने र कृषि वन प्रणालीलाई प्रात्साहित गर्ने, निजी बाझो तथा कबुलियती वनमा जडिबुटी तथा अन्य उच्च मुल्यका मसलाजन्य उत्पादनमा जोड दिने, सडक किनारामा वृक्षारोपण गरी हरियाली बनाउने लगायतका योजना बनाइएको छ । यसले हरियाली, स्वच्छ वातावरण सहितको नगरपालिका बन्नका साथै खुसी नगरबासी बन्ने अपेक्षा गरिएको छ । 
नगरपालिकाको आठ हजार तीन सय ५७ हेक्टर वन क्षेत्रले ओगटेको छ । अधिकांश वडाहरूमा आधा भन्दा बढी वन घनत्व छ । उक्त वन क्षेत्र सरकारी, सामुदायिक तथा कबुलियती वन हो । नगरपालिकाको पाथेकाको जङ्गलमा लोपोन्मुख रेडपाण्डा, अधिकांश वडाका वनहरुमा सालक, राजपङ्खी लगायतका लोपोन्मुख तथा महत्वपूर्ण वन्यजन्तु पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित