दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेर्पालाई स्वास्थ्य सामग्री

  • प्रकाशित मितिः असार ७, २०७८
  • 952 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ७–विभिन्न दाताहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । नेर्पाली एकता समाज काठमाडौंको पहलमा खाल्सा एड इन्टरनेशनल र रवि लामिछाने फाउण्डेसनले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार खाल्सा एड इन्टरनेशनलले पा“च थान अक्सिजन कन्सन्सट्रेटर नगरपालिकालाई उपलब्ध गराएको छ । त्यस्तै नेर्पालाई एक सय जनाका लागि खाद्यान्न, दुई थान थर्मलगन, २५ थान अक्सिमिटर लगायतका सामग्री उपलब्ध गराएको नेर्पाली एकता समाज काठमाडौंका अध्यक्ष गणेश पराजुलीले बताए ।

nerpa
रवि लामिछाने फाउण्डेशनले नेर्पाका लागि दश लिटरको एउटा र पा“च लिटरको एउटा गरी दुई थान अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिन्डर दुई सेट, दश थान थर्मलगन, दश थान थर्ममिटर, चार वटा स्टे«चर, आठ वटा पिपिई र दुई हजार मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको पराजुलीले सुनाए ।
तस्बिर सौजन्य : शरद राई

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित