कोरोना संक्रमित : हेलिकोप्टर चार्टर गर्दै उपचारमा जादै

  • प्रकाशित मितिः जेठ १५, २०७८
  • 1022 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १५–कोरोना संक्रमण बढ्दै गएपछि थप उपचारका लागि संक्रमितले हेलिकोप्टर चार्टर गरेर अन्यत्र जान वाध्य भएका छन् । जिल्लामा कोरोना संक्रमण दिनानुदिन बढ्दै जानुका साथै जिल्लामा उपचारको राम्रो बन्दोबस्त नहुदा सुविधा सम्पन्न अस्पतालमा जान हेलिकोप्टर चार्टन गर्नु परेको हो ।
जेठ १५ गते पनि कोरोनाले सिकिस्त ७८ वर्षीया बृद्धाको उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर चार्टर गरिएको छ । तीन लाख ५० हजार रुपैया“मा हेलिकोप्टर चार्टर गरिएको हो । त्यस्तै केही दिन अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षीय पुरुषको थप उपचारका लागि गत जेठ १० गते हेलिकोप्टर चार्टर गरेर काठमाडौ लगिएको थियो । उनले पनि तीन लाख ५० हजार रुपैया“मा हेलिकोप्टर चार्टर गरेको उनका आफन्तले बताएका छन् ।
त्यस्तै ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कका कोरोना संक्रमितले पनि हेलिकोप्टर चार्टर गरेरै थप उपचारका लागि अन्यत्र जान वाध्य भएका छन् । गत जेठ १ गते कोरोनाले ज्यान गुमाएका ७८ वर्षीयका तीन आफन्तले तीन लाख २० हजार रुपैया“मा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको हो ।
जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको छ । बिहे, कार्जे, पर्व, निर्माणका काम लगायतमा भिडभाड हुनुले संक्रमण फैलिएको हो । कोरोनाले जिल्लामा दुई जनाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५४ वर्षीय पुरुष र ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय पुरुषको ज्यान गएको हो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार जिल्लामा पा“च सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये दश जना सिकिस्त विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको प्रजिअ शर्माले बताए । अन्य एक सय १८ जना निको भएका छन् । विरामीका लागि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा एक सय तीन वटा सिलिन्डर तयारी अवस्थामा राखिएका छन् । लक्ष्यण देखिनासाथ जिल्लाभर पीसीआर र एन्टिजेन प्रविधिबाट परीक्षण भइरहेको प्रजिअ शर्माले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित