दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र सिल

  • प्रकाशित मितिः जेठ ७, २०७८
  • 1128 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ७–दिक्तेल बजार लगायतका नगरक्षेत्र जेठ ७ गतेदेखि सिल गरिएको छ । कोरोना भाइरसको दोश्रो लहरको उच्च जोखिम देखिएकोले अर्को निर्णय नभएसम्मका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक्षेत्र सिल गरिएको हो ।
नगरको १५ वटै वडा प्रवेश गर्न र बाहिर निस्कन रोक लगाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘कोरोना महामारी अत्यन्तै बढेकाले ‘कफ्र्यू’भन्दा कडा गरिएको छ ।’ रिजालले भने–‘यसका लागि नेपाल प्रहरी र सशस्त्रलाई सहयोग मागिएको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित