आकृति (कथा)

  • प्रकाशित मितिः जेठ २, २०७७
  • 1120 पटक पढिएको
  • संवादताता

कथाकार : कर्ताघरे-
आकृतिले तीन चोटि मिसकल दिइसकी । किनभने मैले दिउसोको चिया संगै बसेर खान बानेश्वरको एउटा चिया पसलमा बोलाएको थिए“ । लामो समयपछिको आग्रहले मैले उसंग भेट्ने सहमती दिएको थिए । म पनि १२ वर्षअघिको मिल्ने साथीसंग भेट्न आतुर थिए“ । तर एउटा आवरण नसकि म त्यहा“ जान मिलेको छैन । किनकी १२ बजे प्रेसमा दिनुछ । फेरि केही ढिला भयो भने उसले पनि त नपर्खदी हुन् । त्यसैले १५ मिनेटपछि आइपुग्ने भनिदिए“ ।
हत्तपत्त बानेश्वर त पुगे तर आकृति थिइनन् । फोन गरे“, चिया पसलमा कफी अर्डर गरेर बसेकी जवाफ दिइन् । म त्यतै लागे“ ।
कफि पसलमा टोलाएर बसिरहेकी रहिछन् । पुग्नेसाथ उनको मोड भङ्ग भयो । म बस्न साथ कफि आइपुग्यो । कफि पिउन आग्रह गरिन् । त्यतिखेर उनको दाहिने हात देखिन । मलाई कता–कता पिडा भएको अनुभूति भयो । ‘किन छक्क परेको ?’–सोधिन् ।
‘के ही होइन’– म सहज हुन खोन्छु । कसरी यस्तो भयो मेरो सोध्ने आ“ट आइसकेको थिएन । सायद मेरो भाव बुझेरै होला उसले थपिन–‘भोजपुर रिपिटर टावर आक्रमणमा परेको ।’ थप्दै गइन–‘युद्धको बेला मेरो हात गुमेको तिमीलाई मैले सुनाउन चाहिन, अरुले पनि थाहा दिएनन् रहेछ ।’
मैले भने–‘को अरु ?’
‘मोर्चाका साथीहरूले ।’–कफि तान्दै–‘जाबो यति सानो कुरा हल्ला गरिहिड्ने कुरो पनि भएन ।’
मलाई अनौठो लाग्यो त्यसो भन्दा । म अलमल्ल परेछु ।
‘अनि के त नि ?’–उनले भनिन् ।
‘लौ भै हाल्यो’–मैले पनि सहज बन्न खोज्दै–‘अरु के छ भनन् ? कसरी संझयौ ?’
‘आप्पुइ, त्यस्तो पनि भन्न आउछ ?’–झयाम्मै कुराले हानिन् ।
‘बरु तिमीले खोजखबर नगर्दा पो अचम्म लाग्यो त ?’–उसले थपिन् ।
‘तिम्रो कन्ट्याक्ट पनि त हुनु प¥यो ? सिन्धुली छ्यौ भन्ने सुनेथे तर कसरी कन्ट्याक्ट गर्ने मेसै पाइन ।’–मैले भने ।
‘मन भए त भइ हाल्यो नि विकल्प ।’–उनले थपिन्–‘पढाइपछि जब् पनि खोजेनौ, खाली कोठैमा घोरिएर क्यानभासमा रमाउछौ क्यारे ।’
उनले मलाई ठम्याउ“दा दङदास परे । मैले पहिलेकी जस्ती सोझि र निष्चल आकृति देखिन । सायद म भावुक देखिएहुला त्यसैले उनी पनि एक्कै चोटि मलिन् र भावुक देखिइन् । एकोहोरो बनेर भन्न थालिन–‘मैले तिमीलाई थाहै नदिइ भूमिगत भए, तिमीलाई सोध्ने भनेको थिए“ तर भेट्नै सकिन ।’
‘मैले के भन्थे र तिमीलाई’–औपचारिकता दिए ।
‘हैन एउटा साथीको नाताले’–उनले भनिन् ।
‘म पनि त जाउ जस्तो लागेको थियो नि तर आ“टै आएन ।’–उसलाई हौस्याए“ ।
‘म त तिमी नजाऊ भन्थे“’–सुझाव दिइन्–‘कहिले खानै नपाउ“ने, कहिले सुत्दै नसुति रात काटियो, फेरि तिमी भावना डुब्ने मान्छे । युद्धमा तिमीलाई सकस पर्न सक्छ । मैले तिमीलाई भोजपुर आक्रमणको बेला धेरै सम्झे“, अब नबा“चिने भइयो जस्तो लागेको थियो तर बा“चियो ।’–उसले आ“खाभरि आ“सु पार्दै भनि । म पनि उसैको भावनामा बगेछु । मैले पनि रुमाल झिक्नै प¥यो ।
उसले थप्दै लगी–‘तिमीलाई त्यस दिन मैले यसरी पनि संझे ‘सफल जीवन यतिखेरसम्म रहन्छ, त्यतिखेरसम्म जनता र देशले सम्झिरहनेछ ।’ तिम्रो भनाइले मलाई युद्ध लड्न उक्साइ रहेको थियो । गोलीले मेरो हात चुडिएर भुइमा खसे पनि दुस्मन ढल्दा र हाम्रो विजय हुदा तिम्रो न्यानो मायाले आगालो हालेझै“ लाग्थ्यो । त्यतिखेर हाम्रा २२ साथीहरूले सहादत प्राप्त गरे । २८ दुस्मन खत्तम गर्नुका साथै त्यहा“बाट एलएमजी, एकेफोटीसेभेन, टुइन्च मोटर लगायतका सयौ“ हतियार खोस्यौ“ र सात जनालाई नियन्त्रणमा लियौ“ । साडे नौ बजे आक्रमण सुरु गर्ने योजना बनाए पनि नौ बजे नै दुस्मनले थाहा पाएर फायर खोल्यो र हामीले पनि त्यतिखेरै आक्रमण गर्न बाध्य भएका थियो । हाम्रो चालले गाइ, कुकुर तर्सिएर कराउन–भुक्न थाल्यो त्यसपछि दुस्मनले चाल पाएको थियो । गोगनेबाट बेलुकी चार बजेतिर भोजपुर आक्रमणको योजनामा हिडेका हामीलाई योजना सफल पार्न मात्र १५ मिनेट समय लागेको थियो । म घाइते भएपछि म लगायतका २८–२९ जना घाइते साथीहरूलाई खोटाङको डम्बर्खुशिवालयमा दश दिन सेल्टर राखियो । त्यसपछि रसुवा हुदैं सिरहाको पैदल बाटो भएर झण्डै एक महिनाको अबधिमा उपचारका लागि इन्डीया पु¥याइयो हामीलाई । यति लामो समयसम्म पीडा सहन र युद्ध लड्न तिमीमा भएको कुसल मित्रताको दरिलो साहसले मलाई निडर तुल्याइरहेको थियो ।’
उसले भनेको सुनिमात्र रहे“ । उसले थप्दै लगी–‘तिम्रो कोठाको माओ, लेनिन, रोजालक्जाम्बर्ग, चेग्वेभारालगायतका साहसिक योद्धाको तस्बिर अझै छन् ?’ ‘छ’–मैले भने ।
‘ए, तिम्रो हातले बनाएको त्यो चित्र हेर्न एकखेप म पनि तिम्रो डेरा जान मन लागेको छ ।’–उसले इच्छा प्रकट गरिन् ।
‘कहिले जाने त ? तिमीलाई फुर्सद भए आजै जाऊ’–मैले भने ।
‘ओके’–उसले सहमती जनाइन् ।
मेरो डेरा पुगेपछि उनी घोप्टोपरि–परि रोइन् । किन भने सक्कली हातसहितको मलाई अङकमाल गरेकी मैले कोरेको उनको तस्बिर मेरो कोठामा मुस्कुराएको थियो । त्यतिमात्र होइन उसले मेरो जन्म दिन उपहार दिएकी म्याक्सीम गोर्कीको ‘आमा’ पनि फ्रेममा सजाएको थिए ।
म उसलाई सम्हाल्न खोज्छु ।
‘एक छिन मलाई यसै हुन देउ’–उसले अनुरोध गरिन् ।
मैले छाडि दिए ।
केही क्षणपछि उसले मुखफोरी–‘तिमीले किन विहे नगरेको ?’
प्रश¨ बदलियो ।
मैले उनलाई भन्नै सकिन ।
उसले मुख खोलिन–‘यदी मेरो कारणले भए, मलाई माफ गर । म अनुरोध गर्छु, अब तिमीले बिहे गर ।’
म उसको कुरा मान्छु भन्न सकिन ।
‘मैले विहेको कुरा किन गर्नु प¥यो र अब । मैले मन पराएको मान्छे नपाए पछि ।’–मैले सिधासिधै भनि दिए“ ।
‘उसो भए संसारमा मन परेको कुरा कस्ले पाएको छ त ? मलाई चन्द्रमा मन पर्छ मैले पाउछु त ?–उसले भनिन् ।
‘भैगो अब अरु भनन्’–म उसलाई ठाउ“मा ल्याउन खोज्छु ।
उसले चाडै छाड्ने छाट देखाइनन् । बरु थप्न थालिन्–‘मैले तिमीलाई नै मन पराएको थिए तर मेरो परिवार र समाजले तिमीसित विहे गर्न नदिने र अर्कैसंग विहे गरिदिएपछि म भूमिगत भए“ । म भूमिगत हुनका कारण त्यतिमात्र थिएन मेरो आर्थिकस्थिति पनि थियो । मेरी आमा १८ घण्टा काममा खट्नु हुन्थ्यो, मेरा बा पनि उत्तिकै मात्रामा खट्नु हुन्थ्यो र पनि हामीलाई पढ्न र खानलाउन धौ–धौ थियो । त्यसको एउटै मात्र कारण थियो राज्यसत्ताको पक्ष्ँपाति व्यवहार । मलाई तीनै कुराहरूले पनि भूमिगत हुन बाध्य तुल्यायो । म भूमिगत हुनेबेला तिमीलाई थाहा दिउला भनेको मौकै मिलेन । आजभोलिको जस्तो टेलिफोन थिएन । चिठी पठाएकी थिए तर उत्तरै आएन त्यसैले बैरागिएरै म भूमिगत भए“ । त्यसैले मलाई माफ् गर । मैले भनेको मान्छौ भने तिमीले बिहे गर ।’
उसको इच्छा पूरा गर्न म कसरी सक्छु र तर पनि ल भनिदिए । उमा एकैचोटि हिमाल हासेझै हसिलो र तेजिलो उमङ्ग देखियो । उसले भन्न थालिन्–‘मसंधै तिम्रो खुसी हेर्न चाहन्छु । सधैं तिम्रो उन्नति–प्रगति देख्न चाहान्छु ।’
अब मैले उसलाई भन्नै पर्छ–‘व्यक्तिगत कुराबाट माथि उठेको मान्छेले त्यसो भन्न मिल्दैन त्यसैले तिमी होसमा आऊ ।’ उसले बीचैमा कुरा काटिन् र थप्दै गइन्–‘त्यसो त हो तर दुःखको कुरा हाम्रा नेताहरू नै पनि माथि उठ्न सकेका छैनन् । सुविधा मोहले गाजेको छ हाम्रा नेतृŒवलाई । सिंगो राजनीतिक धारनै बिचलित बनेको छ यतिखेर । तिमीले देखेकै छौ नि हाम्रा साथीहरूको डे«सअप, मोवाइल हङ्गामा, जीवनशैली आदिआदि ।’
‘हो, मैले पनि भन्नै लागेको थिए । तिमी पनि अरुले जस्तै सिको गरिछौ भनेर ।’–उसलाई इसारा दिए ।
‘हाम्रो जिल्ला लेबलकाले एउटा मोवाइल, मोटरसाइकल प्रयोग गर्न पाउने भनेको छ । मलाई पनि जिल्लाले नै दिएको । कसैले महङ्गो कसैले सस्तो युज गर्छन् त्यसमा एक रूपता छैन । कसैले एकै दिनमा हजार रूपैंया“को रिचार्ज सिध्याउछन् कसैले महिनौ दिनमा सिध्याउ“दा पनि भएकै छ । त्यो पनि जनताको पैसाले किनेको । हाम्रो पार्टीको यस्ता कुराप्रति मेरो पटक्कै चित्त बुझेको छैन ।’
‘तिमी किन चुपलागेर बसेको त ?’–मैले उत्सुकता दिए ।
कत्ति कुरा उठेको थियो तर त्यत्तिकै सेलायो । अब यस्तै रहीरहे यसैभित्र बसिरहुला र ? जनताले त्यत्तिकै यस्तो मोज गर्न पठा’होर ? अर्को बिद्रोह हुनेवाला छ यसभित्र । ‘कस्ले गर्छर विद्रोह ?’–मैले थपे ।
म जस्ता कयौं छन्, युद्धदेखिकै चित्त नबुझेर बिद्रोह गर्नु पर्छ भन्नेहरू । धेरैसाथीहरू त कमाण्ड पनि पक्षपाति भयो भनेर दुःख पोख्दै थिए । मोर्चाको अघिल्लो पङ्तिमा उभिनेहरूलाई सरकारमा पुगेपछि पछिपारेकामा पनि रुष्ट छन् साथीहरू । यसरी पार्टी चल्छ त ? लु भन त ?’
‘मलाई तिम्रो पार्टी भित्रको के थाहा ?’–मैले अनभिज्ञता प्रकट गरे“ ।
खै अब त खत्तम लाग्न थाल्यो हाम्रो पार्टी पनि ।
‘अब के गछर्यौ त ?’–म उसलाई खोसेल्न खोज्दै छु ।
‘म अब फेरि युद्धमोर्चामा जान्छु जस्तो छ । त्यतिखेर तिमीले साथ दिनु पर्ने हुन्छ । त्यतिखेर कसैले पनि रोक्न सक्ने छैनन् । र अन्तमा हामीले देखेको सपना पूरा हुनेछ ।’ त्यतिखेरै उनको मोवाइलमा रिङ बज्यो । कुरा गरिसकेपछि खोटाङका पार्टी इन्चार्ज प्लेन चढेर कार्यक्ष्ँेत्र जाने खबर सुनाइन् । ‘म पनि आजै कार्यक्ष्ँेत्र जान्छु’–उनले बताइन् ।
दिउसोको साडे चार बजिसके छ ।
‘पूर्व जाने गाडीको टिकट काट्न जाऊ’–उसले आग्रह गरिन् ।
‘तिमी चाही“ किन प्लेनमा नजाने त ?’–मैले सोधे ।
‘मलाई प्लेन चढ्ने मन छैन ।’–सजिलै गरी भनिन्–‘फेरि टिकेट पनि त पाइदैन नि, खोटाङ जाने साथीलाई पनि कुन दलालले मिलाइ दिएको टिकेट रे ।’
आकृतिले भ्याली छाड्ने नै भइसकेपछि हामी कोठाबाट निक्यौं । बस पार्क पुगेर पूर्वको टिकट काट्यौ र आवश्यक परे फेरि सेल्टर दिनेसहमतीमा छुट्टियौं । उनी गाडीको बाया“पट्टी झ्यालबाट हात हल्लाउदै बिलिन् भइन् । म उनको अधबैसी तर शाहसिलो जागर क्यानभासमा कोर्ने मनसायले कोठा प्रवेश गर्छु । जुन मैले कोरेको चित्रले उसलाई सधै युद्धमोर्चामा उभिन प्रेरित गरिरहोस् । हो, म त्यही सपनापूरा हुने चित्र कोर्न सुरु गर्छु ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित