नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २१–प्रदेश सरकारले यो आर्थिक वर्षका लागि बजेट व्यवस्था नगर्दा हुर्लुङ–जालपा–साप्तेश्वर–बाक्सिला र नुनथला–जौबारी–कुभिण्डे–हरमटार–ऐसेलुखर्क सडक कालोपत्रेको काम अलपत्र परेको छ । गत आर्थिक वर्ष सुरु उक्त दुई सडकलाई कोशी प्रदेश सरकारले यो आर्थिक वर्ष बजेट व्यवस्था नगर्दा कालो पत्रेको काम अलपत्र परेको हो ।
कोशी प्रदेश सरकारले दुवै सडकका लागि गत आर्थिक वर्ष ३–३ करोड बजेट विनियोजन गरेको थियो । यसमध्ये हुर्लुङ–जालपा–साप्तेश्वर–बाक्सिला सडक कालोपत्रेका लागि दुई करोड ५३ लाख, ५४ हजार रूपैयाँ र नुनथला–जौबारी कुभिण्डे हरमटार ऐसेलुखर्क सडक कालो पत्रेका लागि दुई करोड ३८ लाख ३८ हजार रूपैयाँमा बीसी, पीसीपी. के. भी. जे.भीले ठेक्का लिएको थियो । उक्त निर्माण कम्पनीले दुवै सडकको काम २०८३ असार १५ गतेभित्र सक्ने गरी २०८३ बैशाख ३ गते पूर्वाधार विकास कार्यालय खोटाङसंग संझौता गरेको थियो । यसमध्ये करिब दुई हजार पाँच सय अस्फाल्ट कालो पत्रे गर्नु पर्ने हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १९ प्रतिशत र करिब दुई हजार मिटर अस्फाल्ट कालोपत्रे गर्नु पर्ने नुनथला–जौबारी कुभिण्डे हरमटार ऐसेलुखर्क सडक कालो पत्रेको भौतिक ५० र वित्तीय ४६ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए ।
खोटाङमा पूर्वाधार विकास कार्यालय नयाँ स्थापना भएकोले कर्मचारी व्यवस्थापनमा ढिलाइ, ढिलो ठेक्का हुनुु, संघीय निर्वाचन हुनु, मुल्य बृद्धि, लगातारको पानी, इन्धन र विटुमिन अभाव लगायतका कारण गत वर्ष पिच गर्न नसकिएको दाहालले सुनाए । बाँकी रहेको कामका लागि आवश्यक बजेट व्यवस्था गर्न पत्राचार गरे पनि बजेट उपलब्ध नभएकाले काम अपूरो भएको दाहालको भनाइ छ ।
हुर्लुङ–जालपा–साप्तेश्वर–बाक्सिला सडकका लागि एक करोड ६० लाख र नुनथला–जौबारी कुभिण्डे हरमटार ऐसेलुखर्क सडकका लागि एक करोड ९० लाख रूपैयाँ बजेट आवश्यक भएको दाहालले जनाए् । यो रकम उपलब्ध भए म्याद थप गरेर काम अघि बढाउन सकिने दाहालले सुनाए । उनका अुनसार निर्माण कम्पनीले म्याद थपका लागि बैंक ग्यारेन्टी सहित निवेदन समेत दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २१–प्रदेश �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित