खोटाङमा मानव बेचविखन तथा ओसार पसारसम्वन्धी मुद्दामा एक महिला पक्राउ

  • प्रकाशित मितिः भदौ 20, 2083
  • 234 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २०–खोटाङमा मानव बेचविखन तथा ओसार पसारसम्वन्धी मुद्दामा एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको २० औं राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते दिक्तेलमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की ४८ वर्षीया महिला पक्राउ परेकी हुन् । नाताले भदैनी पर्ने २२ वर्षीया युवतीलाई काठमाडौंमा काम लगाई दिने भनेर भारत लैजादै गरेको अवस्थामा २०८२ चैत २३ गते साना हातहरू नेपालले रानी भन्सारबाट उद्धार गरी प्रहरीलाई जिम्मा लगाएको थियो । त्यसपछि २०८३ जेठ २७ गते आरोपित महिलालाई पक्राउ गरी अनुसन्धान सकेर २०८३ असार १० गते जिल्ला अदालत खोटाङमा पेश गरेको थियो । त्यसपछि अदालतले असार ११ गते पूर्पक्षका लागि कारागार पठाएको प्रहरीले जनाएको छ । यो मुद्दाको पेशी भदौ २४ गतेका लागि तोकिएको जिल्ला अदालतले सूचना जारी गरेको कानुनी सहायता समितिकी अधिवक्ता सजना आचार्यले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित