नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ५—अटो दुर्घटनामा आमा छोरा घाइते भएका छन् । बुवालुङबाट दिक्तेल आउदै गरेको प्रदेश ०१–०२–००४ ह ९५७४ नम्बरको अटो बैशाख ५ गते विहान साडे ८ बजेतिर दोर्पाचिउरीडाडाँस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङकी २३ वर्षीया अस्मिता बानिया र उनका ४ वर्षीय छोरा करण बानिया घाइते भएका हुन् ।
उनीहरूमध्ये अस्मिताको हात र खुट्टामा सामान्य चोट लागेको छ भने करणको टाउको र अनुहारमा चोट लागी अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताएका छन् । चालक बुवालुङकै २६ वर्षीय चन्द्र बुढाथोकी र अटो प्रहरीको नियन्त्रणमा रहेको विष्टले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित