नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २–बाँदर व्यवस्थापनका लागि अध्ययन गर्न खोटाङ आएको विज्ञ टोली काठमाडौं फर्किएको छ । नेपाल सरकारको बाँदरको बन्ध्याकरण गर्ने पाइलटिङ कार्यक्रमका लागि चैत २९ गते दिक्तेल आएको टोली अनुगमन तथा अध्ययन सकेर बैशाख २ गते काठमाडौं फर्किएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव विकाश श्रेष्ठको संयोजकत्वमा त्रिभूवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. लक्ष्मण खनाल, पोखरा विश्वविद्यालयका डा. नारायणप्रसाद कोजू, केन्द्रीय रिफरल पशु चिकित्सालयका वरिष्ठ पशुचिकित्सक डा. प्रवेश शर्मा लगायतको टोलीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १५ मध्ये १२ वटा वडामा अनुगमन तथा अध्ययन सकेर फर्किएको हो । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार नगरपालिकाको वडा नं १० पाथेका, ११ खार्मी र १२ जालपा बाहेक अन्य १२ वटा वडामा अनुगमन तथा अध्ययन सकेर फर्किएका छन् ।
नगर प्रमुख भट्टराईले बाँदर आतंक खोटाङको मात्र नभएर देशभरिकै साझा समस्या भएकाले तत्काल रिपोर्ट सकेर सम्वन्धित निकायमा बुझाउन आग्रह गरेका छन् । विज्ञ टोलीका संयोजक विकाश श्रेष्ठले स्थलगत अनुगमन तथा अध्ययन सकिएको र बैशाख १५ गतेभित्र रिपोर्ट तयार पारेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाउने बताएका छन् ।
बाँदर नियन्त्रण गर्ने बारे गत चैत ११ गते कृषि तथा पशुपन्छी मन्त्रालय, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र त्रिभूवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग बीच संझौता भएको थियो । बाँदर नियन्त्रण, बाँसजन्य वस्तुको प्रबद्र्धन लगायतका विभिन्न १६ बुदे माग राख्दै नगरप्रमुख भट्टराई गत साउन ११ देखि १८ गतेसम्म माइती घर मण्डलामा बसेको सत्याग्रह र आमरण अनसन बसेका थिए । तत्कालीन वनमन्त्री ऐनबहादुर शाही र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग १६ विभिन्न बुदे सहमतीपछि भट्टराईले अनसन तोडिएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–बस र अटो... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–बाँदरको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित