जन्तेढुङ्गा गाउँपालिकाका सव–इन्जिनियरमाथि हातपात

  • प्रकाशित मितिः मंसिर २९, २०८२
  • 751 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २८–जन्तेढुङ्गा गाउँपालिकाका सव–इन्जिनियर रमेशकुमार यादवमाथि हातपात भएको छ । उक्त गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित बजार ढलान कार्य योजनाको अनुगमन अवलोकन गर्ने क्रममा मङ्सिर २८ गते उक्त गाउँपालिका–५ का शुभचन्द्र राई र सुमन राईले हातपात गरेका हुन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आइतबार विज्ञप्ती जारी गरी अनुगमनकै क्रममा कर्मचारीमाथि हातपात हुनु अवान्छित, आपत्तिजनक र निन्दनीय भएको भन्दै उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया टुङ्गो नलागेसम्म काम ठप्प रहने उल्लेख गरेका छन् । सार्वजनिक सेवा प्रवाहमा संलग्न कर्मचारीमाथि गरिएको कुनै पनि प्रकारको दुव्र्यवहार, हातपात, धम्की वा हिंसा स्वीकार्य नहुने भन्दै दोषीमाथि कानुन बमोजिम आवश्यक छानविन तथा कडा कारबाही गर्न समेत सम्वन्धित निकायसंग विज्ञप्ती मार्फत माग गरेका छन् ।
घटनालाई हेर्दा नियतवस हातपात गरिएको एक प्रत्यक्षदशीले बताएका छन् । उनका अनुसार बजार ढलान गर्ने गिटीको विषयमा कुरा उठे पनि घटनालाई हेर्दा नियतबस हातपात गरेको देखियो हो । ढलानका लागि इन्जिनियरले प्रयोग नगर्नु भनेपछि थुपारिएको गिटी अन्यत्रै सार्नु पर्छ भनेर निहु खोजेको र त्यसपछि हातपात गरेका हुन् ।
उक्त ढलान अनुगमनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईँ सहितको टोली सहभागी थिए । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले घटनाको बारेमा परेको निवेदन प्रहरीलाई फर्वार्ड गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित