नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २८–मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन् । बाराहापोखरी गाउँपालिका–५ सोरखानी बङ्शिलाघाटबाट चिसापानीतर्फ सामान सहित गइरहेको मिनी ट्रक मङ्सिर २८ गते दिउसो दुर्घटना हुदा भोजपुरका २५ वर्षीय गौतम खत्री र सहचालक सुनसरीका १८ वर्षीय आयुष परियार घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार दिउसो २ बजेतिर प्र.१–०२–००१ क ५३०२ नम्बरको मिनिट्रक मालबाहक मिनी ट्रक सडकबाट करिब ३ सय मिटर तल खस्दा चालह र सहचालक घाइते भएका हुन् । घाइतेको उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाउने तयारी भइरहेको विष्टले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित