नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २१–कुकुर मारेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिकामा एक जना पक्राउ परेका छन् । कुकुरलाई झुण्ड्याएर मारेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका हुन् ।
स्थानीय जसकुमार राईको कुकुरले उक्त ठाउँकै दलबहादुर राईलाई टोकेपछि आफ्नो पनि कुकुरले मानिसलाई टोक्ने डरले मगरले गत मङ्सिर १९ गते झुण्ड्याएर मारेको प्रहरीले जनाएको छ । यसबारे च्यास्मिटारस्थित प्रहरी चौकीमा मङ्सिर २० गते दिउसो जानकारी आउनासाथ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताए । मगरलाई मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याएर पशुपंछीसम्वन्धी कसुरमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरी अनुसन्धान बढाएकोे विष्टले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित