दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई भुवनेश्वर प्रविधि पुरस्कार

  • प्रकाशित मितिः मंसिर २१, २०८२
  • 287 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २०-भुवनेश्वर प्रविधि पुरस्कार–२०८२ बाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुरस्कृत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)को ४३ औं वार्षिकोत्सवको अवसरमा मङ्सिर २० गते ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा पुरस्कृत भएको हो ।
बाँसजन्य श्रोतको संरक्षण, प्रबद्र्धन तथा प्रयोगमार्फत स्थानीय स्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानको रूपमा रूपान्तरणसंगै बाँससम्वन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय योगदा पु¥याएको भन्दै देशभरका ७५३ स्थानीय तहमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई नगद २५ हजार रूपैयाँ सहित पुरस्कृत गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।
उक्त पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एबम नाष्टका सहकुलपति महावीर पुनले हस्तान्तरण गरेका हुन् । नाष्टका कुलपति प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गत मङ्सिर १२ गते बसेको नाष्टको ४९ औं प्राज्ञसभाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई दिने निर्णय गरेको भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित