खोटाङमा ३९७३ नयाँ मतदाता थपिए (भिडिओ सहित)

  • प्रकाशित मितिः मंसिर १२, २०८२
  • 310 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ११–जिल्लामा ३ हजार ९ सय ७३ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यसमध्ये महिला एक हजार ९ सय २३ र दुई हजार ५० जना पुरुषले नयाँ मतदाता नामावली दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरका अनुसार राष्ट्रिय परिचयपत्र मार्फत २ हजार ७ सय ७३ जना र बायोमेट्रिक्सबाट १ हजार २ सय १० जनाले मतदाता नामावली दर्ता गराएका हुन् । नयाँ मतदाता सहित अब खोटाङमा एक लाख ४६हजार ९ सय ४८ जना पुगेको छ । यसमध्ये महिला ६९ हजार ३ सय २५ र पुरुष ७७ हजार ६ सय २३ जना छन् । ‘यो संख्या १६ वर्षमाथिको समेत हो, फागुन २१ गते हुने निर्वाचनमा त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउने छन्’ मगरले भने–‘अन्तिम मतदाता नामावली आगामी पुस १५ गते प्रकाशन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित