नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ८–ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन् । दिक्तेलबाट थ्रीस्टार हाइड्रो पावर जाने क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सडक खण्डमा मङ्सिर ८ गते बेलुकी ४ बजे दुर्घटना हुदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका ४० वर्षीय लक्ष्मण नेपाली र उक्त ठाउँकै ३१ वर्षीय दीपक नेपाली घाइते भएका हुन् ।
घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते दुबैको टाउकोमा चोट लागेकाले सिटी स्क्यानका लागि सुविधा सम्पन्न ठाउँमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताएका छन् । चालक फरार रहेको प्रहरीले जनाएको छ । प्र १–०२–००३ त ३५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकभन्दा करिब ६० मिटर झरेको विष्टले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित