नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ३–विश्व प्रशिद्ध हलेसीमा बालाचतुर्दशीको अवसरमा शतबीउ–पलबीउ छर्नेको घुइँचो लागेको छ । मङ्सिर ३ गते विहानैदेखि शतबीउ–पलबीउ छर्न हजारौ तीर्थालुको घुइँचो लागेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा महादेवस्थानका वडाअध्यक्ष कमल गिरीका अनुसार बालाचतुर्दशीको दिन मात्र ६ हजार बढीले हलेसीको दर्शन गरेका छन् । नेपाल लगायत विभिन्न मुलुकका तीर्थालुले हलेसीको दर्शन गरेका हुन् । बालाचतुर्दशी, रामनवमी, शिवरात्री र तिजको बेला विशेष मेला लाग्ने गर्दछ । पितृ मोक्ष लगायत मनोकांक्षा पूरा हुने विश्वासमा रातभर जाग्राम बसी विहान शतबीउ–पलबीउ छर्ने चलन छ ।
पछिल्लो समयमा तीर्थालुको संख्या बढ्न थालेको छ । गत वर्ष नेपाल सहित चीन, भारत, भुटान, अमेरिका, जापान, श्रीलङ्का, अट्रेलिया, मलेसिया लगायत विभिन्न मुलुकका गरी करिब सात लाख तीर्थालुले हलेसीको दर्शन गरेको गिरीले सुनाएका छन् । गत वर्ष भेटी सङकलनबाट पूजा व्यवस्थापन खर्च कटाएर करिब ६० लाख बचत भएको गिरीले सुनाएका छन् । प्रचार–प्रसार, यातायातको सुविधा लगायतका कारण पछिल्लो समय हलेसीमा तीर्थालुको संख्या बढेको हो ।
बालाचतुर्दशी, रामनवमी, शिवरात्रीको बेला शिवलिङ्ग पहिराउने गरिन्छ । मङ्सिर ३ गते विहान ८ बजे शिवलिङ्ग पहिराइएको छ । हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, उपप्रमुख रमेश राउत, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङ, हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राई, पूजारी गोपाल गिरी लगायतले पहिराएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित