नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १०–अनुत्पादक क्षेत्रमा लगानी गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले धार्मिक पर्यटकीय बुद्धेश्वर गुफा नजिकै संरचना बनाएको भन्दै आलोचना सुरु भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नु पर्नेमा त्यसलाई असर गर्ने गरी संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना सुरु भएको हो ।
अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर निर्माण गरेको, आँखा पोखरी लगायतका अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावर लगायतको संरचना निर्माण गरेको खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले बताए । मझुवागढी क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र भएकाले संवेदनशील भएर संरचना बनाउँनु पर्ने लयालुको भनाई छ । यो ठाउँमा सिमेन्टको संरचना निर्माण गर्न नहुने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन अचार्यले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न उक्त संरचना बनाइएको बताएका छन् ।
यो योजना प्रदेश समपुरक अनुदान अन्तरगत कोसी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजार रूपैयाँ विनियोजित रकममध्ये ९६ लाख ६६ हजार दुई सय ८९ रूपैयाँको लागतमा ठेक्का मार्फत गरिएको हो । २०८१ ऋसार २४ गतेसम्म सक्ने गरी मादी आर के डी कन्स्ट्रक्सन प्रालि इटहरीले २०८० माघ ९ गते संझौता गरेको थियो । यो योजनाको ७५ लाख ७ हजार ४ सय ९६ रूपैयाँ भुक्तानी भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । यो योजनाका लागि चालु आर्थिक वर्ष पनि कोसी प्रदेशले एक करोड रकम विनियोजन गरेको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित