कागती खेतीतर्फ आकर्षित

  • प्रकाशित मितिः असार १९, २०७७
  • 1440 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १९–जिल्लाका किसान कागती खेतीप्रति आकर्षित भएका छन् । साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, केपिलासगढी गाउ“पालिकाका लगायतका किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । 
यसबाहेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका किसान पनि कागती खेतीप्रति आकर्षित भएका छन् ।खोटेहाङ गाउ“पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कागती पकेट स्थापना गरिएको छ । 
यस अन्तरगत उक्त पालिकाको वडा नं ६ इन्द्राणीपोखरी स्थित खुप्तुङ, सिस्नेम्पा, वनपाला, बालडाडा“ र मसाहार टोलका ३१ घरपरिवारले कागती पकेट क्षेत्र बनाएका हुन् । यो वर्ष दुई हजार तीन सय बोट कागती रोपिएको स्थानीय इन्द्र नारथुङेले बताए । आगामी दिनमा कागती खेतीसंगै गर्न सकिने मसलाबाली खेती, माहुरी पालन र पशुपालनलाई समेत जोडेर लाने लक्ष्य रहेको छ ।
भूमीको बहुउपयोग अनिवार्य छ । मध्य पहाडको लागि उपयुक्त फलफूल खेती, बेमौसमी तरकारी, मसलाबाली र पशुपालन नै हो ।साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“का किसान भने सामूहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । यसअघिसम्म छुट्टा–छुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आवद्ध किसान गाउँपालिकाको दुई लाख आर्थिक सहयोग पाएपछि सामुहिक रुपमा बेर्ना उत्पादन सुरु गरेका हुन् । ‘एक वडा, एक उत्पादन’को नीतिसहित हरेक वडामा नर्सरी व्यवस्थापन तथा प्रवद्र्धनका काम सुरु गरिएको गाउ“पालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । ‘गाउ“पालिका कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यन्वयनमा लागेको छ ।’ खड्काले भने–‘हरेक नर्सरी उत्पादन सफल भएकाले चिया, कागती, नासपाती र कफीको बेना अन्यत्र खोज्नु पर्ने बाध्यता अन्त्य भएको छ ।’
बा“झेच्यानडाडा“का किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य लिएका छन् । हाल किसानले कागतीको नर्सरीको जराको विकास गर्न जर्खराउने (उखालेर पुनः माटो खुकुलो पारेर रोप्ने) काम गरिरहेका छन् ।
कागतीको बेर्ना उत्पादन, कागतीको खेती विस्तार एवम् बिक्रीका लागि समूहमा आवद्ध २२ किसानले प्लाष्टिकको टनेलभित्र कागतीको बेर्ना उत्पादन गरेको गाउ“पालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए । गाउ“पालिकाको सहयोगमा स्थानीय किसान चिया, नासपाती र कफीको बेर्ना उत्पादनमा समेत लागेका छन् ।
साकेला गाउ“पालिका–३ खिदिमामा चिया, वडा नम्बर–४ मात्तिममा अनार र वडा नम्बर–२ रतन्छामा नासपातीको नर्सरी लगाइएको छ । आलु, मकै, गहु“, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशु÷पञ्छी पालन लगायत फरक÷फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउ“ने अभियान थालिएको छ ।
हरेक वडामा कृषक समूह गठन गरेर अभियान सुरु गरिएको उक्त गाउ“पालिकामा गत आर्थिक वर्षमा ५३ लाख र स्वीस सरकार अन्तरगत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । पा“च वर्षभित्र सबै वडालाई एक÷एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः बजेट बढाउ“दै लगिने गरिएको खड्काले सुनाए ।
तस्बिर साभार : इन्द्र नारथुङे

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित