अझै त्यागको खाचो

  • प्रकाशित मितिः माघ ३, २०७५
  • 1309 पटक पढिएको
  • संवादताता

टंक कटवाल–

'उपचारात्मक शिक्षण गर्न पुरातन शैलीमा सम्भव छैन । त्यसैले शिक्षकहरुलाई उत्साहित गर्न, थप समयमा काम लगाउ“न इन्सेन्टीभ कार्यक्रमहरु ल्याउन आवश्यक छ ।'

शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षाको विकास बिना देश विकासको परिकल्पना गर्न सकिदैन । शिक्षाको विकास र देश विकास तुरुन्तै आजको भोलि गर्न सकिने विषय पनि होइन । यो निरन्तर रुपमा चलिरहने प्रक्रिया हो । निरन्तर रुपमा गरिने मेहनत, प्रयास, सिर्जनशीलताले शिक्षा र देश विकासमा थप मद्दत पु¥याउ“न सकिन्छ । शिक्षा यस्तो विषय हो, जसले संसारमा असम्भव भएका वस्तुहरुलाई सम्भव बनाई दिन्छ । जसको फलस्वरुप शिक्षाको विकास संगसंगै देशको विकास सम्भव छ । शिक्षाको विकास र प्रगतिका लागि जति मेहनत र कोशिस गर्नु पर्छ, देश विकासका लागि पनि त्यत्ति नै मेहनत र प्रष्यासको आवश्यकता छ ।

                हाम्रो देशमा हिजो शिक्षाको विकास थिएन । पछि भएको हो । हिजो शिक्षा आर्जन गर्नेलाई फासी दिइन्थ्यो । नेपालीहरु भागेर बनारस गएर शिक्षा आर्जन गर्थे । मठमन्दीर गएर गुरुको आश्रममा गएर शिक्षा आर्जन गर्थे । यस्तो परिवेशमा देशको शिक्षा हुदा देशको विकास पनि त्यही गतिमा थियो । राणाहरुले आफ्ना मात्र सन्तानले पढ्न पाउने भनि आफ्नै दरबारमा अंग्रेजी विद्यालयको स्थापना गरे । २००७ सालपछि शिक्षामा अलिक विकास भयो । जताततै विद्यालयहरु खुले । सर्वसाधारण जनताका छोराछोरीले पढ्न पाउने भए । तर सबैलाई समेट्न सकेको भने थिएन । त्यति बेला पनि शिक्षा अपरिहार्य बनिसकेको थियो । त्यसपछि मात्र शिक्षाको विकासलाई पहिलो प्राथमिकता दिइयो र सबैतिर विद्यालयहरु खुले । त्यसको नेतृत्व पढेलेखेका व्यक्तिहरु र शिक्षकले नै गरे ।

                गाउ“–गाउ“मा शिक्षकले विद्यालय स्थापनादेखि भौतिक तथा आर्थिक व्यवस्थापनका नेतृत्व लिए । आफ्नो मासिक तलव वापत जनताबाट केही झुत्तो मकै, कोदो, आलु, धान, फापर आदि जनताले जे दिए त्यही उठाएर आफ्नो गुजारा शिक्षकहरुले चलाए । शिक्षा विकासका लागि शिक्षकहरुले त्याग गरे । त्यसैले सबैका छोराछोरीलाई शिक्षा दिन सफल भयो । गाउ“–गाउ“मा प्राथमिक विद्यालय स्थापनाका लागि गाउ“को अगुवाहरुको साथ सहयोगमा शिक्षकले नै नेतृत्व संहालेका थिए । विस्तारै शिक्षकले आफ्ना योग्यता र क्षमताको विकास गर्दै गए । विद्यार्थीहरुको स्तर उन्नति हुदै गए । त्यसपछि गाउ“मा माविको आवश्यकता महसुस हुदै गए । त्यसको नेतृत्व पनि अगुवाहरुको साथ सहयोगमा शिक्षकले नै गरेको थिए । शिक्षकमा सानो स्वार्थ पनि थियो । प्राविको सानो पारिश्रमिक हुदा मावि सञ्चालनले केही थप पारिश्रमिक बढाउने धेयले मावि शिक्षाको नेतृत्व गरेको देखिन्छ । समाजको सचेत वर्ग भएकाले शिक्षाको विकास गरी देश विकासित बनाउने थिएन भन्न सकिदैन । किनकि शिक्षक आफ्नै त्याग, प्रयास र मेहनेतबाट अगाडि बढेको थियो । जनताबाट चन्दा उठाएर, विद्यार्थीहरुबाट फि उठाएर शिक्षकले आफ्नो गुजारा चलाउने प्रयास पछिल्ला दिनहरुमा भए । त्यही अनुसार खाद्यन्नको साटो शिक्षकले रुपैया“ पैसा लिन थाले । किनकि मानिस आदर्शले स्वभावैले बाच्न सक्दैन थियो । शिक्षकहरु आफ्नो घरपरिवारको काम नसोची विद्यालयको कामप्रति तल्लीन भए, चिन्तित भए, विद्यालयको विकासका लागि प्रयत्नशील भए । जसको फलस्वरुप सबैले शिक्षा प्राप्त गर्ने अवसर पाए । शिक्षाकै चेतनाका कारण सरकारले शिक्षामा लगानी गर्न वाध्य भयो । केही हदसम्म केही शिक्षकहरुलाई तलव भत्ताको व्यवस्था सरकार आफैंले ग¥यो । यो सरकारको वाध्यता थियो । विद्यालयको भौतिक सुधारमा लगानी गर्न सरकारी पक्षले अग्रसरतादेखायो । यो शिक्षकले गरेको दुःख सास्ती मेहनत,प्रयास र त्यागकै कारण सरकारालई वाध्य बनायो । अझै पनि सम्मानित अग्रज शिक्षकहरु सम्झदा उनीहरुले गरेका दुःख, प्रयत्न, कोशिष र उनीहरुको दुःखदायी त्यागी जीवन सम्झदा को पो भाव विह्वल र मर्माहत नहोला र ?

                त्यसपछि माविहरु धमाधम खुले । त्यसको सिमा क्षेत्रमा रहने अवस्थाभन्दा शिक्षा माथि उठ्यो । शिक्षकले प्लसटु सञ्चालनका लागि तत्परता देखाए । गाउ“का अगुवालाई गुहार्न गए । र अहिलेको उच्च शिक्षा कक्षाहरु सञ्चालनमा आए । शिक्षकको त्यसमा स्वार्थ पनि हुन सक्छ । दिउसो विद्यालयमा, विहान प्लसटुमा शिक्षण गर्दा दुई–चार पैसा कमिने धेयले गाउ“का अगुवाहरुसंग मिलेर शिक्षकले नै टेनप्लसटुको शिक्षाको संरचनागत विकासमा नेतृत्व गरे । एकातिर शिक्षाको विकास हुदै गयो, अर्कोतिर त्यसले देश विकासमा टेवा पु¥याउ“दै गयो । देशमा क्याम्पस र विश्वविद्यालयहरु खुले । राजनीतिक परिवर्तन संगसंगै क्रमिक रुपमा शिक्षाको विकास र देशको विकास हुदै गयो । सेवा सुविधाहरु जनताको पहु“चमा आउन पुग्यो । जनताको जीवनयापनमा सरलता आउन थाल्यो । जसको परिणाम हालको शिक्षा विकासमा नेपाली समाज आइपुग्यो । शिक्षा विकासले फड्को मार्नका लागि निशुल्क शिक्षा घोषणा गरियो । गरिव जनताका छोराछोरीहरुको पहु“चमा शिक्षा बल्ल आइपुग्यो । राजनीतिक परिवर्तनसंगै शिक्षा विकासमा परिवर्तन आयो । शिक्षामा आधुनिक विकास भयो । हिजो शिक्षकले गरेको मेहनत र प्रयासबाट माथि उठी प्रविधियुक्त शिक्षाको विकास आजको अपरिहार्यता भयो ।

                विभिन्न राजनीतिक परिवर्तन र उतारचढावका बीचमा निरन्तर शिक्षाको विकास भइरह्यो । शिक्षक आफै सचेत वर्ग भएकाले राजनीतिक परिवर्तन र उतारचढावले शिक्षकलाई प्रभाव पारेन भन्न सकिदैन । शिक्षाकै कारण विज्ञान र प्रविधिको तिब्र विकासले विभिन्न देशहरु अत्याधिक विकास भए भने गरिव देशहरु झन–झन गरिब हुदै गइरहेका छन् । त्यसैले परिवर्तन एक्कासी हुने भन्दा पनि निरन्तर क्रमिक रुपमा हुने प्रक्रिया हो । हिजोका शिक्षकहरुले नेपाली समाजलाई रुपान्तरण गर्न ठूलो त्याग, समर्पित र मेहनत गरी शिक्षा नेतृत्वको अगुवाइ गरेका छन् । त्यो मर्म र भावनालाई अहिले हामीले भुल्नु हुदैन । यदी भुल्ने प्रयत्न ग¥र्यौ भने इतिहासले धिक्कार्ने छ । हिजोको शिक्षकको सोच, विचार, त्याग र भावना अनुसार हामीले त काम गर्न सकिरहेका छैनौं तर पनि बिगार्ने काम भनेको शिक्षकहरुले कहिल्यै गरेका छैनन् र कहिल्यै गर्दैनन् पनि । परिवर्तित परिस्थिति र समयको माग बमोजिम शिक्षकहरु गुणस्तरमा जुट्नु पर्ने दिन भने आएकै छ ।

                हाल यस संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनागत परिवेशमा परिवर्तित छ । शिक्षा पनि त्यही बमोजिम परिवर्तन गरी त्यसको नेतृत्व शिक्षकले नै गर्न अपरिहार्य छ । शिक्षाको गुणस्तरका लागि शिक्षकबाटे सम्भव छ । शिक्षकले नै गुणस्तर ल्याउने हो, अरु कसैले होइन । त्यसैले शिक्षामा अनुसनधानको खा“चो छ । कार्यगत समर्पणको खाचो छ । गुणस्तर शिक्षाको खाचो छ । देशलाई आधुनिकीकरण गर्न दक्ष जनशक्ति उत्पादनको आवश्यक छ । यी सारा जिम्मेवारी अब शिक्षको काधमा छ । शिक्षकहरुको हातमा छ । शिक्षक आफैंमा गुणस्तर हुन आवश्यक छ । सरकारी पक्षले गुणस्तरीय शिक्षक छनौट गर्न किमार्थ कन्चुस्याइ गर्न हुन्न । गुणस्तर शिक्षक, गुणस्तर पाठ्यक्रम, गुणस्तर पाठ्यपुस्तक, गुणस्तर भौतिक पूर्वाधारहरु, गुणस्तर शैक्षिक सामग्री, गुणस्तरीय व्यवस्थापन, गुणस्तरीय प्रविधि, गुणस्तरीय अनुगमन, गुणस्तरीय विद्यार्थीहरु, गुणस्तरीय अभिभावक, गुणस्तरीय आर्थिक लगानीले मात्र गुणस्तर शिक्षा सम्भव छ । जसका लागि सम्पूर्ण सरोकारवाला पक्षहरु समर्पित हुनै पर्छ । हालको धरातलबाट माथि उठ्नै पर्छ । जसको फलस्वरुप लक्ष्य र उद्देश्यमा पुग्न सकिन्छ । हामी–हामी बीचमा अङ्कुश लगाउने प्रबृत्तिलाई अन्त्य गरी गुणस्तरमा होमिन अपरिहार्य छ ।

                दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षाको क्षेत्रमा गर्न खोजेको लगानी सह«ानीय छ । इहाजिरीले शिक्षकको नियमिततालाई सुधार गरेको छ तर शिक्षकहरुले यसलाई सकारात्मक रुपमा लिन आवश्यक छ । लाद्न खोजेको रुपमा लिइयो भने सकारात्मक परिवर्तन नआउन सक्छ । अत्याधिक विकासित मुलुकहरुमा त सेन्सरको विरोध गर्नेहरु हुन्छन् । यसमा पनि यदाकदा शिक्षकको विरोध हुनु अस्वभाविक होइन । अर्को कुरा प्रअहरुलाई करार संझौता नगरपालिकाले गरेको र प्रअहरुसंग शिक्षकले कम्तिमा पा“च प्रतिशत सिकाइ उपलब्धि बृद्धि गर्ने करार संझौता स्वागतयोग्य नै छ । यसलाई दुबै पक्षबाट हेर्दा शिक्षकलाई आफैबाट शिक्षामा सुधार गर्न र परिवर्तन गर्न खोजेको देखिन्छ । यसलाई पनि तमाम् शिक्षकहरुले सकारात्मक रुपमा लिन आवश्यक छ । पा“च प्रतिशत सिकाइ उपलब्धि बृद्धि गर्न त्यत्ति सजिलो भने छैन । त्यसैले यो योजनाले खैलाबैला मच्याएको छ । तर विषयगत शिक्षकहरुले आफ्नो विषयमा सिकाइ उपलब्धि बृद्धि गर्न अवरोध गर्ने पक्षहरु के के हुन् ? आफ्नो कस्तो तयारीमा जुट्नु पर्छ भन्ने कुरामा चिन्तित हुन आवश्यक छ । सिकाइ उपलब्धि बृद्धि गर्न विद्यार्थी र अभिभावक पनि त्यत्तिकै जिम्मेवार पक्षहरु हुन् । विद्यालय प्रशासन र सम्वन्धित पक्षहरुले विद्यार्थीहरुका न्युनतम् आधारभूत आवश्यकताहरु कपि, कलम, पेन्सील, खाजा आदिको व्यवस्थापन गर्न जुट्नु पर्ने देखिन्छ । साच्चै सुधार गर्ने हो भने शिक्षक नै नेपालको हालको शिक्षा सुधार र परिवर्तनमा नेतृत्व गरेकै छ । त्यसो भन्नुको अर्थ शिक्षकले केही थप इन्सेन्टीभ पाउने आशाले सुधार र शिक्षाको नेतृत्व गरेको इतिहासले बताउछ । त्यसैले थप एक–दुई घण्टा काम लगाएर थप तयारीका लागि पा“च बजेसम्मको इन्सेन्टीभ शिक्षकलाई तोक्न आवश्यक छ । उपचारात्मक शिक्षण गर्न पुरातन शैलीमा सम्भव छैन । त्यसैले शिक्षकहरुलाई उत्साहित गर्न, थप समयमा काम लगाउ“न इन्सेन्टीभ कार्यक्रमहरु ल्याउन आवश्यक छ । अनि मात्र सिकाइ उपलब्धि सुधारमा थप मद्दत पुग्ने छ ।

(लेखक नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका उपाध्यक्ष हुन् ।)

प्रकाशित मिति २०७५ माघ ३

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित