‘जीवन फुलाउ“ने नर्सरी’

  • प्रकाशित मितिः कार्तिक २७, २०७५
  • 1390 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, कात्तिक २७–
‘चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा, 
पखेरीमा घा“स काट्न जान्या छैन भन्दैमा, 
मलाई नेपाली होइन भन्न कहा“ पाइन्छ...’ भन्ने बोलको गीतमा मुगुकी आङबु लामाले मिठो स्वर गुन्जाइरहेकी थिइन् । बाजुराका नरेश मल्ल पनि देउडा गाउ“दै थिए । गीत संगीतमा रमाइरहेका बालबालिकाको हुलमा धादिङकी सन्जीता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ल लगायतका बालबालिका पनि रमाइरहेका थिए । ती एकैनासे बालबालिकाको प्रस्तुति ख्याल रमाइलो थिएन । यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित शुभद्रा मदन फाउण्डेशनमा भेला भएका जनजागृति आधारभूत विद्यालयकाको हो ।
तीन वर्षअघि बन्द भएको जनजागृति आधारभूत विद्यालयलाई स्थानीय अभिभावकहरुले फेरि सञ्चालन सुरु गरेपछि देशभरकै विद्यार्थीको रोजाइमा परेको छ यो विद्यालय । यो विद्यालयमा जीवनोपयोगी शिक्षा दिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर राईले बताए । उक्त विद्यालयमा सबैखाले शिक्षा लिइरहेको विद्यार्थीहरुले बताएका छन् । कुटो–कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा लिइरहेको धादिङकी सन्जीता चेपाङले बताइन् । उनले भनिन्–‘पशु, कृषि, विज्ञान, निर्माणसम्वन्धी शिक्षा लिइरहेकी छु ।’ 
सरकारी पाठ्यक्रममा आधारित शिक्षाका साथै बोली शिक्षा (नेपाली, अङ्ग्रेजी, हिन्दी, चाइनीज) खाना शिक्षा (उत्पादन गर्ने, बनाउ“ने, खाने), प्रकृति शिक्षा (घाम, पानी, धरती, आकाश, हावा), प्रविधि शिक्षा (यन्त्र उपकरण), लुगा शिक्षा (धागो उत्पादनदेखि सिलाउ“ने, डिजाइन गर्ने), स्वास्थ्य, खेलकुल, मनोरन्जन लगायतका शिक्षण गरिने विद्यालयका प्रअ सविता ढकालले सुनाइन् । उक्त विद्यालयमा स्थानीय मात्र नभएर पूर्वदेखि पश्चिमसम्मका विभिन्न जाति तथा भाषाका ९२ विद्यार्थी अध्ययनरत छन् । यसका लागि एक कार्यालय सहयोगी र ११ शिक्षक कार्यरत छन् । 
उक्त विद्यालयको शिक्षण सैली फरक छ । पाठ्यपुस्तक भन्दा व्यवहारमा पढाइन्छ । साना–साना नानी–बाबुहरुलाई कोठामा थुनेर जबरजस्त दिइने शिक्षा सजाय सावित भएकाले फिल्डमा रमाई–रसाई सिक्ने शिक्षा प्रभावकारी भएकाले त्यसै अनुसार शिक्षण विधि अपनाइएको विद्याल्य व्यवस्थिापन समितिका अध्यक्ष राईले सुनाए । ‘कोठामा थुनेर जबरजस्त पढाउ“नु भन्दा आफूखुसी खेल्दा–खेल्दै शिक्षा प्राप्त गरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ राईले भने–‘यसले उनीहरुलाई सिक्ने प्रेरणा मिल्छ, रमाई–रमाई सिकेको शिक्षा प्रभावकारी हुन्छ ।’
यहा“का बालबालिकाको शिक्षाका लागि कृषि विज्ञ मदन राईले सहयोग गरेका छन् । उनले जानेका ज्ञान र शीप दिलाइरहेका छन् । बुढ्यौलीको सबै समय बालबालिकालाई दिने राईले बताएका छन् । यो विद्यालयका ११ शिक्षकमध्ये नौ जनालाई उनी सम्बद्ध शुभद्रा मदन फाउण्डेशनले तलब दिएको विद्यालयकी प्रअ ढकालले सुनाइन् । ढकालका अनुसार अन्य दुई शिक्षक र एक कार्यालय सहयोगी भने सरकारी तलव खान्छन् । कृषि विज्ञ राईले बालबालिकाको मनोविज्ञानलाई बुझेर पठन–पाठन गरे हरेक विषयमा अब्बल नागरिक बन्ने बताए । ‘हाम्रो शिक्षण प्रणाली व्यवहारिक छैन ।’ राईले भने–‘अलिकति मात्र मेहनत गर्ने हो भने सबै बालबालिका अब्बल नागरिक हुन सक्छन् ।’ राईले थपे–‘त्यसैले म बुढ्यौलीमा यी नानीहरुलाई समय दिइरहेको छु ।’ राईले सुनाए–‘नानीहरुले शिक्षा लिने विद्यालय यस्तो होस् कि जीवन फुलाउ“ने नर्सरी होस् ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित