जिल्लाका नौ वटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो

  • प्रकाशित मितिः असार ११, २०७८
  • 1725 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभित्रको समयसिमामा गाउ“सभा गर्न नसकेको हो ।  
diktel-rupa  
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८५ करोड ८ लाख ६२ हजारको बजेट प्रस्तुत ग¥यो : 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८५ करोड ८ लाख ६२ हजारको बजेट प्रस्तुत गरेको छ । बिहीबारको नगरसभामा यत्तिको बजेट प्रस्तुत गरेको हो ।
सामाजिक विकासलाई प्राथमिकता दिदै बजेट प्रस्तुत गरेको छ । सामाजिक विकासतर्फ ४० करोड ७६ लाख ३५ हजारको बजेट प्रस्तुत गरेको छ । शिक्षामा ३० करोड ४३ करोड विनियोजन गरेको छ । स्वास्थ्य अन्तरगत पोषणमा छ करोड २६ लाख विनियोजन गरेको छ । 
पूर्वाधार विकासमा क्रमागत योजनामा दुई करोड ४७ लाख र अन्य पूर्वाधारमा १४ करोड ५४ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । कृषिको पशु विकासमा ८० लाख, कृषि पकेट तथा पशुपकेट क्षेत्रमा ३७ लाख, लघु उद्यममा ३० लाख, आर्थिक विकास क्षेत्र शीर्षकमा सात करोड १९ लाख २० हजार रकम विनियोजन गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले सञ्चारमाध्यममैत्री नीति तथा कार्यक्रम पारित ग¥यो :
हलेसी तुवाचुङ नगरपालिकाले सञ्चारमाध्यममैत्री नीति तथा कार्यक्रम पारित गरेको छ । उनले स्थानीय सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति तथा कार्यक्रम पारित गरेको छ । 
जेठ १० गते सम्पन्न नगरसभामा उपप्रमुख विमला राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिका तथा जिल्लाबाट प्रकाशन हुने छापा तथा विद्युतीय सञ्चार माध्यमलाई संघीय सरकारकै शैलीमा लोक कल्याणकारी विज्ञापन उपलव्ध गराउने विषय समेटिएको छ । 
नगरपालिकाले राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने विज्ञापन तथा सूचना पनि नगरपालिका वा जिल्लाभित्रका एजेन्सीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाभित्रका न्यून आय भएका पत्रकारिता लगायत अन्य विषयमा पिएचडी गर्ने विद्यार्थीलाई छात्रबृत्ति उपलव्ध गराउने, नेपाल पत्रकार महासंघसंगको समन्वयमा स्थानीय स्तरमा पत्रकारिता तालिम सञ्चालन गर्ने, ‘राम्रो हलेसी, हाम्रो हलेसी’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख इवन राईले बताए ।
नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि ५८ करोड १६ लाख २८ हजार पा“च सय ५० रुपैया“को बजेट पारित गरेको छ ।  नगरपालिकाले भूमि बैंकको अवधारणलाई अवलम्बन गरी खेतीयोग्य जमिन बा“झो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, अर्गानिक व्यवसायिक कृषि प्रवद्र्धनमा जोड दिने, वाली तथा पशु वीमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, नगरका सार्वजनिक जग्गामा केरा खेती गर्न प्रोत्साहन गर्ने, एक वडा एक कृषि÷पशु पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने नीति पास गरेको छ । 
त्यस्तै हरेक वडामा कृषिजनय वस्तुको संकलन केन्द्र स्थापना गर्ने, बा“झो जमिनमा कागती, आ“प, लिची, सुन्तला, कफी, ड्रागन फ्रुट जस्ता नगदेबाली खेती गर्नेलाई प्रोत्साहन स्वरुप नगद प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । पर्यटन क्षेत्रको विकासका लागि होमस्टे सञ्चालन गर्ने उल्लेख छ ।
स्थानीय भाषा, लिपी, साहित्य र कलालाई प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गर्ने, गहत, बदाम र स्थानीय उत्पादन ढाका, खा“डी जस्ता उत्पादनलाई आगन्तुकलाई माया“को चिनो र कोसेसी स्वरुप विक्री÷वितरणको व्यवस्था गरी प्रवद्र्धन गर्ने, चाम्लिङ, वाम्बुले र तिलुङ भाषाको स्थानीय पाठ्यक्रम निर्माणका लागि गठित कार्यदललाई गति दिने, एक विद्यालय एक पुस्तकालय नीति व्यवस्थित गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर शिक्षकलाई निरन्तरता दिने, चाम्लिङ, वाम्बुले, तिलुङ र मगर भाषा कक्षा सञ्चालन गर्ने विद्यालयलाई एकमुष्ट अनुदान दिई प्रोत्साहित गर्ने, गम्भीर प्रकृतिका रोगको उपचारार्थ सहयोग कार्यविधि बमोजिम कार्यान्वयन प्रक्रियालाई निरन्तरता दिइने, एक वडा एक महिला सहकारीलाई निरन्तरता दिने, बाल बिवाहमुक्त नगर घोषणा गर्न जोड दिने, यस आर्थिक वर्ष उज्यालो नगर घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तैगरी किरातीको भाषा, संस्कार, संस्कृतिको लागि अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाको रुपमा परिचित गराउने, नगरपालिकाको कामकाजमा चाम्लिङ भाषा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा तिलुङ भाषालाई मान्यता निरन्तरता दिने, बाहुनीडाडा“ र डिकुवामा वाम्बुले र च्यास्मिटारमा तिलुङ भाषाको वडाको लेटरहेडमा लिपी प्रयोगलाई निरन्तरता दिने, ऐतिहासिक कागजात तथा दस्तावेजहरु संकलन गरी पुस्तक प्रकाशन गर्ने लगायतका नीति तथा कार्यक्रम पारित गरिएको छ ।
साकेला गाउ“पालिकाले ३२ करोड बढीको बजेट पारित ग¥यो :
साकेला गाउ“पालिकाले ३२ करोड ९० हजार बढीको बजेट पारित गरेको छ । जेठ १० गते आर्थिक विकास संयोजक मिलन चाहारले बजेट प्रस्तुत गरेको गरेका हुन् । कांग्रेसबाट विजयी गाउ“पालिका उपाध्यक्ष सरिता खड्का, वडा नं–१ बा“झेच्यानडाडा“का वडाध्यक्ष विजय गुरुङ र वडा नं–४ मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले गाउ“सभा बहिस्कार गरेका छन् । बजेट विषयमा असहमती जनाउ“दै गाउ“सभा बहिस्कार गरेपछि चाहारले बजेट प्रस्तुत गरेका हुन् ।
गाउ“सभाले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने रकम र पालिकाको आन्तरिक राजस्वको प्रक्षेपण रकम गरी आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि अनुमानित २३ लाख ९० हजार ७३० रुपैया“ बराबरको बजेट ल्याएको हो । चाहारले प्रस्तुत गरेको बजेटमा सशर्त अनुदान, विशेष अनुदान, समपूरक बाहेकका बजेटबाट प्रशासनिक खर्च (चालु) तर्फ पा“च करोड छ लाख पा“च हजार सात सय३० रुपैया“ विनियोजन गरेपछि बा“की रहेको आठ करोड ३४ लाख छ हजारको सिमाङ्कनमा रहेर बजेट बनाएको उल्लेख छ । ५ वडा रहेको गाउ“पालिकाले यस वर्ष वडामा सिलिङ नपठाई मागका आधारमा बजेट पठाएको जनाएको छ ।
साकेला गाउ“पालिकाका लागि नेपाल सरकार अर्थमन्त्रालयबाट वित्तीय समानीकरण अनुदान अन्तरगत सात करोड ५० लाख, राजस्व बा“डफा“ड अन्तरगत पा“च करोड छ लाख १४ हजार र सशर्त अनुदानतर्फ १६ करोड ८४ लाख गरी २९ करोड ४० लाख १४ हजारको बजेट प्रस्तुत गरेका छन् । प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान अन्तरगत ४० लाख ८६ हजार, सवारी बाँडफाँडबाट २६ लाख ९१ हजार सात सय ३०, समपूरक अनुदान वापत एक करोड र सशर्त अनुदानतर्फ ९९ लाख ७९ हजार गरी दुई करोड ६७ लाख ५६ हजार सात ३० रुपैया“को सिमाभित्र रहेर बजेट पारित गरेको छ । गाउ“पालिकाबाट १६ लाख २० हजार राजस्व सङ्कलन हुने प्रक्षेपण गरिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६२ करोड २८ लाख बढीको बजेट प्रस्तुत ग¥यो :
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६२ करोड २८ लाख ३७ हजार ५ सय ९० बराबरको बजेट प्रस्तुत गरेको छ । यसमा आर्थिक विकास तर्फ ९%, पूर्वाधार तर्फ २६%, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १०% र सामाजिक विकास तर्फ ५५% बजेट बिनियोजन गरेको हो । प्रस्तुत बजेटमाथि असार २० गतेसम्म छलफल गरिने गाउपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
खोटेहाङ गाउ“पालिकाले ५१ करोडभन्दा बढीको बजेट पारित ग¥यो :
खोटेहाङ गाउ“पालिकाले ५१ करोडभन्दा बढीको बजेट पारित गरेको छ । उक्त गाउ“पालिकाको नवौं गाउ“सभामा उपाध्यक्ष कविता राईले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैया“ बराबरको बजेट पेश गरेकी हुन् । जेठ ९ गते उद्घाटन गरिएको गाउ“सभा आर्थिक वर्ष २०७८÷०८९ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै सम्पन्न भएको छ ।
संघीय सरकारबाट वित्तिय अनुदान, राजस्व बा“डफा“ड, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा प्राप्त ४८ करोड, प्रदेश सरकारबाट प्राप्त तीन करोड छ लाख ८९ हजार एक सय २० रुपैया“ र आन्तरिक अनुमानित आम्दानी ५० लाखको परिधिमा रहेर गाउ“पालिकाले नया“ आर्थिक वर्षका लागि बजेट ल्याएको हो । 
कुल बजेटबाट सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान कटाएर बा“की रहेको १९ करोड २६ लाख ८ हजार एक सय २० मध्ये प्रशासनिक चालु खर्चमा छ करोड ९३ लाख १४ हजार छुट्याएपछि बा“की रहेको १० करोड २० लाख ९४ हजार एक सय २० रुपैया“बाट गाउ“पालिकाले नया“ आर्थिक वर्षका लागि बजेट तयार पारेको हो ।
प्रशासनिक चालु खर्च कटाएरपछि बा“की रहेको १० करोड २० लाख ९४ हजार एक सय २० मध्येबाट गाउ“पालिका स्तरीय योजनाका लागि पा“च करोड ५६ लाख ६८ हजार र नौ वडाको वडास्तरीय योजना तथा कार्यक्रमका लागि चार करोड ६४ लाख २६ हजार विनियोजन गरिएको छ ।
गाउ“सभामा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान वापत १० करोड दुई लाख, राजस्व बा“डफा“डतर्फ सात करोड ६५ लाख ४३ हजार, सशर्त अनुदानतर्फ २७ करोड ९१ लाख, विशेष अनुदानतर्फ एक करोड ६६ लाख र समपुरक अनुदानतर्फ ८५ लाख प्राप्त हुने गाउ“पालिकाले जनाएको छ । यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ५७ लाख ५५ हजार, सवारी कर बाँडफाँडतर्फ ५१ लाख १० हजार एक सय २०, सशर्त अनुदानतर्फ ९८ लाख २४ हजार र समपुरक अनुदानतर्फ एक करोड आउने गाउ“पालिका अध्यक्ष प्रदीप राईले बताए ।
गाउ“सभामा गाउ“पालिका अध्यक्ष राईले नीति तथा कार्यक्रम, उपाध्यक्ष राईले आय–व्यय विवरण तथा वार्षिक योजना तथा कार्यक्रम, वडाध्यक्ष दिपेन राईले आर्थिक विधेयक, वडाध्यक्ष किरण राईले विनियोजन विधेयक, वडाध्यक्ष शिवप्रसाद फुया“लले पूर्वाधार विकास तथा सेवा व्यवस्था नियमित र व्यवस्थित गर्ने विधेयक तथा कार्यपालिका सदस्य कमला गेलालले न्यायिक समितिले उजुरीको कारवाही तथा किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको संशोधन विधेयक प्रस्तुत गरेका थिए ।
जन्तेढुङ्गामा झण्डै ४० करोडको बजेट पारित :
जन्तेढुङ्गा गाउ“पालिकाले ३९ करोड ९९ लाख ९३ हजार दुई सय ७० रुपैया“ बराबरको बजेट ल्याएको छ । उसले संघीय सरकारबाट प्राप्त ३७ करोड ६५ लाख १३ हजार, प्रदेश सरकारबाट दुई करोड १४ लाख ८० हजार २७० र आन्तरिक श्रोतको २० लाखबाट आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको हो ।
जेठ ५ गते उद्घाटन गरिएको गाउ“सभाले सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान बाहेकबाट चालु खर्चतर्फ छ करोड ४९ लाख ३२ हजार चार सय ७० विनियोजन गरेपछि बा“की गरेको बजेटबाट योजना तथा कार्यक्रमका लागि रकम विनियोजन गरेको हो ।
गाउ“सभाले गाउ“पालिका स्तरीय योजनाका लागि छ करोड पा“च लाख ९८ हजार (६९ प्रतिशत) र वडाका लागि दुई करोड ७० लाख विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ एक करोड ९७ लाख दुई हजार, विद्युत विस्तारतर्फ २२ लाख, शिक्षातर्फ ३१ लदाख ५० हजार, कृषि तथा पशुतर्फ ५४ लाख ५० हजार, न्यायिक समितितर्फ दुई लाख, उपाध्यक्षसँग महिला कार्यक्रमतर्फ २२ लाख, विपद व्यवस्थापनका लागि १६ लाख लगायतका बजेट विनियोजन गरेको छ ।
ऐसेलुखर्क गाउ“पालिकाले ४० करोड ३९ लाख ८५ हजार छ सय ९० रुपैया“को बजेट पारित गरेको छ । रावाबेसी गाउ“पालिकाले ३६ करोड ४५ लाख, ३५ हजारको बजेट पारित गरेको छ । बराहापोखरी गाउ“पालिकाले ३४ करोड ५७ लाख, २८ हजार तीन सय ९० रुपैया“को बजेट पारित गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित