डुम्रेकोटगढी र कोटगढी संरक्षण सुरु

  • प्रकाशित मितिः पुष २, २०७७
  • 1020 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
डुम्रेधारापानी(खोटाङ), पुस २–ऐतिहासिक डुम्रेकोटगढी र कोटगढी संरक्षण सुरु गरिएको छ । रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा पर्ने उक्त दुबै गढी संरक्षण सुरु गरिएको हो ।
रावाबेसी गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार गत वर्षदेखि बजेट व्यवस्था गरेर संरक्षण सुरु गरिएको हा । करिब तीन सय वर्षअघि बाइस–चौबीसे राज्यको पालामा किरातवङ्शीय शासकहरुले राज्य सञ्चालन गर्ने थलोको संरक्षण गरी पर्यटन प्रबद्र्धनका साथै भावी पुस्तालाई उक्त इतिहास जानकारी गराउ“न गढी संरक्षण गरिएको अध्यक्ष निरौलाले सुनाए । ‘किरातवङ्शीय शासन व्यवस्था सञ्चालन भएका ठाउ“हरुलाई संरक्षण गरी पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले का थालिएको हो ।’ निरौलाले भने–‘यसले भावी पुस्तालाई पनि इतिहासको बारेमा जानकारी गराउ“ने छ ।’
उक्त बेला डुम्रेकोटगढीमा राज्य सञ्चालन र कोटगढीमा हतियार भण्डारण गरिन्थ्यो । उक्त क्षेत्रलाई ऐतिहासिकस्थलको रुपमा विकास गर्ने लक्ष्यले काम थालिएको रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीका वडाअध्यक्ष ज्ञानबहादुर पाण्डले बताए । ‘यो क्षेत्र किरातकालीन समयमा राज्य गरेको क्षेत्र रहेछ ।’ पाण्डेले भने–‘यसको संरक्षण र प्रबद्र्धनले पर्यटन विकास हुने भएकाले त्यो काम थालनी गरिएको हो ।’
उक्त ठाउ“मा रहेको गढी, गढीको मुख्य भागमा रहेको बङ्कर लगायतको अवशेष देख्न सकिन्छ । वरिपरि सबैतिर देख्न सकिने उक्त ठाउ“लाई भ्युप्वइन्टको रुपमा समेत विकास गर्न सकिने वडाअध्यक्ष पाण्डेको भनाई छ । उनका अनुसार उक्त गढी संरक्षणका लागि करिब नौ लाख खर्च गरिएको छ । ‘हामी निर्वाचित हुनासाथ यो गढीको संरक्षण सुरु गरिएको हो ।’ उनले भने–‘पर्यटनको केन्द्रविन्दुको रुपमा विकास नगरुन्जेलसम्म लगानी गर्ने लक्ष्य राखिएको छ ।’ 
राणकालीन शासनकालमा पूर्व ३ नम्बर क्षेत्र अन्तरगत डुम्रेकोटगढीमा राईहरुले राज्य गरेको उक्त गढीसम्वन्धी अध्ययनकर्ता ऐसेलुखर्क गाउ“पालिका रिब्दुङका लवकुमार राईले बताए । उक्त क्षेत्रमा पञ्चायत कालमा सोलुखुम्बु जिल्लामा पर्दथ्यो । त्यसबेला तत्कालीन भूमि सुधार अधिकृत गोपाल कोइरालाको टोलीले त्यहा“ भएका तोप लगायतका अन्य हतियारहरु लिएर गएको राईको भनाई छ । स्थानीय भीम पाण्डेका अनुसार कोइरालाको नेतृत्वमा डुम्रेगढीमा भएको बङ्कर क्षेत्रमा खनेर त्यहा“ भएका सबै हतियार लिएर गएका हुन् ।
डुम्रे धारापानीमा पिउने पानीको अभाव भएकाले कोटगढी डाडा“मा पानीको भण्डारण गर्न इनार निर्माण गरिएको देखिन्छ । त्यहा“ अवलोकन गर्दा त्यसको अवशेष अझै पनि यथावत छ । उक्त ठाउ“मा उस्ता–उस्तै उचाइका दुई वटा अग्ला डाडा“हरु छन् । यसमध्ये एउटा कोटगढी र अर्को सुलिडाडा“ हो । कोटडाडा“मा ठूलाठूला सल्लाका रुखहरु छन् । सुलिडाडा“ चाहि“ नाङ्गो छ । कोटडाडा“को टुप्पोमा करिब १० मिटरको गोलाकार बङ्करजस्तो इनार देखिन्छ । ‘त्यत्तिखेर त्यो इनारमा दूधकोसीको पानी बोकेरै भरिन्थ्यो रे ।’ स्थानीय भीम पाण्डेले भने–‘पछिसम्म त्यो इनार अचम्मको रमित लाग्दो थियो ।’
डुम्रेकोटगढी तथा कोटगढी बीच एक आपसमा सम्बन्ध रहेको देखिन्छ । यीमध्ये कोटगढीमा सैनिक रसद भण्डारण गर्न कोटगढीमा इनार निर्माण गरिएको पाण्डेको भनाई छ । ‘उ बेला दशैंको फूलपातिको दिन हातहतियार सरसफाइ गरिन्यो ।’ पाण्डेले भने–‘त्यसपछि डुम्रेकोटगढीमा रहेको डुम्रीको रुखमा सा“ढे गोरुको बली दिएर हातहतियारलाई पर्साउने गरिन्थ्यो ।’
उक्त गढीहरुको अवलोकन गर्दा थुप्रै लोभलाग्दो तथा अद्भूत विषयको जानकारी लिने सकिने अध्ययनकर्ता राई बताउ“छन् । उक्त ठाउ“मा किरात राईहरुको पौराणिक कथाहरु समेटिएका किम्बदन्तीहरु थाहा पाउन सकिने राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित