(कथा) फूलमती

  • प्रकाशित मितिः भदौ ३, २०७५
  • 1445 पटक पढिएको
  • संवादताता

कथाकार :  कर्ताघरे-
रात निक्कै छिप्पीसकेको थियो । सासु–ससुरा, नन्द, देवर सबै सुतिसकेका थिए । जब रात छिप्पिदै गयो सधैंझै फोनको घण्टी बज्ने क्रम पनि बढ्दै गइरहेको थियो । त्यसै बेला सधै कुरा हुने फोनको घण्टी बज्यो । मैले फोन रिसिभ गरे । ‘हल्लो, फूलमती के छ खबर ?’ मैले भने–‘ठिकै छु, तिम्लाई मिस गरिरहेकी छु ।’ उसले थपे–‘म भोलि आउट आउदैछु, तिम्रो फुर्सद कस्तो छ ?’ मैले उत्तर दिए“–‘घरमा काम छ, तर तिमी भन्छौ भने म फुर्सद मिलाउन सक्छु ।’ उसले भने–‘त्यसो भए भोलि थामखोरेमा भेटौ है ?’ मैले सहजै स्वीकारे“ । त्यसपछि उसले थपे–‘म ड्युटीमा छु सकेर फोन गर्छु ।’ 
उसले सधैं नै रातपख फोन गर्छ । ऊ सेनाको एउटा सिपाही हो । उसको नाम चाही मलाई करुण भन्छ तर वास्तविक नाम नभनेको पनि हुन सक्छ । किन भने यस्ताले जहिल्यै नाम सही बताएको हुदैन । तै पनि ऊ राज्यको सिंदुर पहिरिएको । जनताको सेवामा समर्पित सिपाही । देश रक्षाका लागि ज्यान दिन तयार भएको मान्छे । उसको पेशा चानचुने छैन । उजस्ता कर्मठ योद्धालाई राज्यले दानापानी खुवाउ“छ । त्यसले उनका घरपरिवारलाई लालनपालन गर्ने र उनको बालबच्चाको सुन्दर भविष्य निर्माण गर्न खर्च गर्छ । मैले राम्ररी बुझेकी छु । उसको उमेर त्यस्तै ३०–३५ वर्षको होला । उनका श्रीमति र बालबच्चा पनि हुनै पर्छ । उनको उचाइ त्यस्तै पा“च फिट पा“च इन्च जति होला । हेर्दा निक्कै ह्यान्डसम देखिन्छ । हास्दा त झन हिमालझै खुल्छ । उनको हसिलो मुहारलाई झल्झली देखिरहेको छु । त्यतिबेलै उनको फोन आयो, उठाए“ । राती अबेरसम्म पिरतीका विभिन्न भाषा आलाप भए । त्यसको मुख्य उद्देश्यका लागि भोलि विहानै दिक्तेलको थामखोरेमा भेट्ने पक्का पनि भयो । अनि उनको बलिष्ठ पाखुरा र तिघ्राको अगाडि म कुन पहिरनमा सामना गरौं भन्ने सोच्न थाले“ । मेरो मनले पेन्टमै उनको अगाडि देखापर्ने योजना बनाए“ । भोलिको भेट सुखमय र आनन्ददायक बनाउने सपना बुन्दै ओछ्यानमा ढल्किए“ ।
बिहानै सासुले–‘बुहारी गोठालो नजाऊ गहु“ छर्नु पर्छ । हलि बोलाको छु । नन्द, भाउजु भएर खन्नुपर्छ’ भनिन् । हाम्रो योजना भताभुङ्ग हुने भयो भनेर मन नमिठो भयो । तत्काल बहाना बनाइहाले“ । ‘म त आज हलेसी जान्छु । छोराले हलेसीमा रुद्रीपाती चढाउ भन्नु भएको छ ।’ ‘हिजै भन्नु पर्दैन थियो ?–सासुले भनिन्–‘राती बोलेको त सुनेकी थिए, भनेको भए भैहाल्थ्यो नि ?’ मेरो आङ जिरिङ्ग भयो । कतै त्यो केटोसंग राती बोलेको सासुले थाहा पाइन् कि के हो ? केही पनि बोलिन । चुपचाप उभिरहे“ । सासुले नै थपिन्–‘त्यसो भए छिटो जाउ ।’ हर्षले प्वाखझै भए“–‘हवस् †’ मैले चाहेजस्तै भयो । पूजाको बहाना बनाउदै हतार हतार दुई चार थुङ्गा फूल टिपे“ । कपडा लगाए । मेकअप गरे“ । ऐनामा हेर्दा साच्चै म फूलझै राम्री छु । त्यसैले मेरो नाम पनि फूलमती राखेको होला । मेरो श्रीमानले पनि असाध्य माया“ गर्छ । मेरो रूपदेखि आफै“ दङ्ग पर्छु । म कोठाबाट निस्किए“ । करिब आधा घण्टाको बाटो एकैछिनमा काटेझै लाग्यो ।
थामखोरे आइपुग्दा करुण थिएन । फोन गरे“ उठेन । दिक्क मान्दै बसे“ । एकैछिनमा पछाडिबाट मेरो आ“खा छोप्यो । म झस्किए“ । ऊ पहिले नै आएर छेवैको पोथ्रामा लुकिरहेको रहेछ । त्यसपछि अलि पर्तिरको झाडीमा पस्यौं । दुबैले मोबाइल अफ ग¥यौ । झाडी पसिनसक्दै करुणले अ“गालोमा बाध्यो । अब म करुणको काखमा सपक्क लपेसिएकी छु । उसले मेरो कानमा भन्दै थियो–‘म आउट आको । पा“च बजे ब्यारेका पसिसक्नु पर्छ । हामी पा“च जना साथीहरू आउट आएका छौं । उनीहरू पनि कुन ठाउ“मा हामीजस्तै मजाक गर्दैछन् । तिमी फूलझै राम्री छ्यौ । अनि भेट्न आएको ।’ के के भन्दै मेरो नाक, मुख, कान सबैतिर चुम्न थाल्यो । त्यतिन्जेल म पग्लिसकेकी थिए“ । साउनको झरिझै भइसकेकी थिए । त्यसपछि दिनभरि उप्रति समर्पित भए“ । छेउछाउको रुपपात, झाडीले बाहेक कसैले देखेको थिएन हाम्रो चर्तिकला । रुखपात बोल्ने भए हाम्रो थरि–थरिका दिनभरिको चर्तिकला सबैलाई सुनाइदिन्थे होला । तर बोल्न नसक्ने भएरै त्यसको फाइदा उठायौं । हाम्रो रङ्गीन चर्तिकलाले झमक्क सा“झ परेको पत्तै भएन । आत्तिदै सम्हालिए“ । अनि फेरि अर्को साता भेट्ने बाचा गर्दै छुट्यौं । मोबाइलको टर्च बाल्दै घर पुगे“ । त्यतिखेर परिवारका सबै सुतिसकेका थिए । म कोठामा पसे“ । निक्कै थाके छु । जिउ थिल्थिलो भएको थियो । केही नखाई भुक्लुक्क ढले“ । त्यसैबेला करुणको फोन आयो । ‘घर आएर पनि सुते“ ।’–भने । उ पनि पुगेछ । फेरि अर्को फोन आयो । त्यो फोन चाही श्रीमानको थियो । ‘हलेसी रुद्री गर्न गएकी दिनभर गाडीले थर्काएकोले थाकेकी छु भोलि गर्नु ।’–भनेर फोन राखे“ । त्यसपछि स्वीचअफ गरे“ । दिनभरिको याद आ“खामा झल्झली आइरह्यो । घरि श्रीमानले विदेश जानेबेला भनेका कुरा सम्झन्छु । श्रीमानले त्यत्रो भा“ती भनेका थिए–‘फूलमती मति नफाल्नु । इज्जत भनेको सियोको टुप्पोमा हुन्छ, न धुदा जान्छ न रुदा आउछ । म विदेशबाट पैसा कमाएर आएपछि हाम्रो सुखको दिन आउ“छ ।’ फेरि अर्को मनले भन्छ–‘फूल भएपछि भमरा आइहाल्छ नि † मेरो बैश फूलझै फुलेको छ । भमराहरू त कत्ति आए“ कत्ति । रस लिन्छ जान्छ । बस यति त हो ?’ यस्तै–यस्तै तर्कनाहरूसंग लडिरहेुकी थिए, त्यतिकै निदाए“ छु । आधारातमा ब्युझे“ । त्यो रातको सपनामा विहे गरेको दुई महिनापछि मलाई छाडेर विदेश जाने मेरो श्रीमान तीन वर्षपछि घर आएको थियो । साउदीको घाममा स्कापफोल्डिङको फलामले हातमा ठेलैठेला थियो । कडा परिश्रम र घर परिवारको चिन्ताले खिनौटे भएको थियो । करुणजस्तो हरिमुस्ले र बलिष्ठ थिएन मेरो श्रीमान । रोजेर बिहे गरेको मेरो श्रीमान रोगी भएको थियो ।
प्रकाशित मिति २०७५ भदौ ३

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित