मेरो कल्पनाको काठमाण्डौ उपत्यका

  • प्रकाशित मितिः भदौ ९, २०७७
  • 1525 पटक पढिएको
  • संवादताता

रवीन विश्वकर्मा–
मेरो अनि हामी सबैको कल्पनाको काठमाण्डौ उपत्यका, धेरैका रङ्गीन सपनाहरूको सहर, काठमाण्डौ देशकै राजधानी, नेपालका समग्र ७७ वटै जिल्लाहरूको मुटु हो । सबैको मिलन बिन्दु जस्ले सम्पूर्ण नेपाल देश जोडेको छ, सारा विश्व जोडेको छ, सबैसंग आत्मीय साइनो गा“सेको छ, आस्था बोकेको छ र आस्थाको धरोहर जोगाउ“नमा हररात हरदिन खटेको छ ।
यहा“ भाषिक विविधता छ, भेषभुषामा भिन्नता पाइन्छ, जात धर्म रीति संस्कृतिमा विविधता छ, वैचारिक फरकपनाको संयोजन यही“ छ अझ भनौ सबथोक छ काठमाण्डौमा । सम्पूर्णता छ सम्पन्नता छ । राजारजौटाहरूको बसोवास यही“ छ, धनिमानिहरू यही बस्छन् नेता, नेतृत्व मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति । गायक–गायिका, नायक–नायिका, महानानायक–महानायिका, चलचित्रकर्मी, संगीतकार, पत्रकार, युटुबर, कलाकार सारवादी वा संस्कारवादी, नागरिक अधिकारवादी, सबै जोजति छन यही बस्छन । यहा“को भव्यता, सभ्यता, रमणीय नगरी शिक्षित एवम् दीक्षित उत्कृष्ट समाजलाई सम्झिएर कोही सुदूर पश्चिमेली, कोही सुदूरपूर्वेली, काली, कर्णाली, गन्डकी, हिमाल पहाड तराईका सैयौं सुनौला सपना धारी युवा युवतीहरू उज्वल भविष्य निर्माण गर्न, आमाबुवाको मुहारमा हाँसो ल्याउन, थरिथरिका सपनाहरू बोकेर रहर इच्छाहरू मनभरि सङ्गालेर जीवनको लक्ष्य भेटाउने उद्देश्यका साथ काठमाण्डौलाई गन्तव्य बनाई घरलाई विदा दिन्छन । आफू ठूलो बन्ने, धेरै पढ्ने, नामी स्वाभिमानी बन्ने र समग्र देशको मुहार फेर्ने भनेर सकल परिवारलाई सम्झाएर राजधानी प्रवेश गर्छन् । काठमाण्डौ उपत्यका छिर्नु अघि सबैले यही सम्झिन्छन । आफूले कतै किताबमा पढेका ‘अमरावती कान्ति पुरी नगरी’ काठमाण्डौ । उपत्यका (भक्तपुर, ललितपुर, काठमाण्डौ) प्राचीन नेपाल सभ्यताको उद्गम स्थल काठमाण्डौलाई गोपाल वंशदेखि हाल सम्मको इतिवृति ऐतिहासिक दस्तावेजको नालीबेली, पृथ्वीनारायणले एकीकरण गरेको नेपाल खाल्टो अझै सम्झिन्छन् । मञ्जु श्रीले विशाल पानीको सरोबरलाई खड्गले चोभारको डाडा“ काटेर पानी निस्काशन गरी बस्न योग्य बनाएको ।
पशुपतिनाथ, स्वयम्भूनाथ,चा“गुनारायण, पाटनको कृष्ण मन्दिर, बौद्ध गुम्बा, दरबार स्क्वायरहरूको बयानस यी सबै कुरा कतै पढेको कतै सुनेको पनि हुन्छ । यसरी कति पटक कल्पनाको सागरमा हराउ“छन आफै । सम्झिन सक्दैनन् वास्तविक काठमाण्डौ उपत्यकाको स्पष्ट यस्तै नक्सा होला र खाका कोर्न सक्दैनन् तर उही पुरानो अरूबाट सुनेको र पढेको काठमाण्डौबारे सोचमग्न हुन्छन् । जब सुन्दर शान्त विशाल तपोभूमीको नारा मगजमा हुलेर सुनेको काठमाण्डौ, कसैले चर्चा परिचर्चा गरीदिएको काठमाण्डौ, कुनै बेला पूस्तकहरूमा पढीएको काठमाण्डौलाई आफ्नै किसीमको आकार प्रकार दिएर हृदयको क्यानभासमा कोरिएको काठमाणडौ उपत्यकाको नक्सालाई आत्मसाथ गर्दै पछ्याउदै कल्पनामै अनुभूतीको मिठो प्याला पिएर काठमाण्डौ उपत्यकामा पहीलो पाइला गाड्दाको वखत निकै आनन्दको आभास हुन्छ । वास्तवमा काठमाण्डौ त्यस्तै छ । विस्तारै यो पनि थाहा हुदै जान्छ की सरल जति छ उत्तिकै जटिल पनि ।
यहा“ घुम्न घुमाउ“न, रम्न रमाउन, सपना सकार गर्न, आगत उज्यालो बनाउ“न, कोही बा“च्न कोही बचाउ“न, सरल सहज र गुणस्तरीय जीवन यापन गर्न । कोही सामान्य जीवन निर्वाहका लागि, कोही न्याय हरायो भन्दै खोज्न आउ“छन, कोही आहारा र साहारा खोज्दै आउ“छन, कोही मोजमस्तीका लागि आउने गर्छन् । यहा“ आउनेहरू कुनै न कुनै धेय नबोकी आउ“दैनन् । यसरी प्रत्येक दिन आउनेहरूको ता“ती लागिरहन्छ तर सबै आउनेहरूका लागि यो ठाउ“ अनुकुल र प्रतिकुल के कस्तो हुन्छ भन्ने कुरा समयले सूचना जानकारी दिदै जान्छ । आफु जन्मिएको गाउ“, हुर्किएको ठाउ“ बाउआमा, भाइ बहिनी, साथीसङ्गी, समाज संस्कृति, स्थानीयता सारा भुलेर वनपाखा, खोलानाला, उस्तै हरियाली रन–वन, कोइलीको सुसेली न्याउ“लीको विरही भाका जुनेलीको ज्योतिमा बनेलीको सुस्केरा, छा“गा छहराको कलकल । सुदूर वस्तीमा गाइने डेउडा धमारी ठाडी भाका हुड्क्यौली, पुतला, रोदी (दोहोरी) टप्पा, रोइला, सालैजो ठाडी भाका, का“ठे, तामाङसेलो, पूर्वेली हाक्पारे, समला, पालम त्यसै गरी थरि–थरिका पर्व विशेष नाचीने च्याब्रूङ, धानना“च, साकेला, घाटु, मारुनी, सोरठी, रत्यौली सबैलाई हृदयको एउटा कुनामा थन्क्याएर मनभरि आशा र विश्वास आ“खा भरि सपना बोकी आउनेहरूको भिडले उपत्यका बाक्लिदो अवस्थामा छ ।
यहा“ अवस्था अनुसारको व्यवस्था छ । विद्यार्थीहरूका लागि प्रसस्त सस्ता र महङ्गा स्कूल कलेजहरू छन । लोकसेवा अध्ययन गर्नेहरूका लागि र वैदेशिक रोजगारीमा जानेहरूका लागि छ्याप–छ्याप्ती कन्सल्टेन्सीहरू छन् । सानादेखि ठूलासम्म, माग्नेदेखि थाङनेहरूका लागि शक्ति र भक्ति अनुसार काम पाइन्छ अरे । काठमाण्डौ आउनुअघि सबैले यही सुनेका थियौ अनि यही कल्पना गरिन्थ्यो । काठमाण्डौका चिल्ला पक्की सडकहरू, विशाल गगनचुम्बी महलहरू, अबिरल बलिरहने बत्तीको उज्यालोले रातीमा पनि दिनको झझल्को दिन्छ होला । सारा शहर सप्तरङ्गी झै झिलिमिलि हुन्छ होला, काठमाण्डौं पुगेपछि अमेरिका त नजिकै होलाजस्तो लाग्थ्यो । व्यस्त काठमाण्डौ स्वस्थ काठमाण्डौको परिकल्पनामा अनेकौ मनोरम् दृष्यहरूको कल्पना गर्दै यहा“ बस्ने नेपालीहरूको आत्मीय आतिथ्य केकस्तो होला? यहा“ ‘अतिथि देव भव’ नामक प्रचलित नेपाली मुलमन्त्रको केकस्तो पालना होला ? यहा“ आउनुअघि सबैले आफ्नो गाउ“घरमा भएको अतिथि संस्कारको सैयौं गुणा उत्कृष्ट नमूनाको रूपमा काठमाण्डौको अतिथि संस्कारलाई धेरैले अनुमान गरेका हुन्छन् ।
ढुङ्गा र माटोद्वारा निर्मित खरले छाएका स–साना झुपडीहरूलाई काठमाडौका महलरूपी घरको अत्यास लाग्दो काल्पनिक झझल्कोले र जन्मेदेखि खादै आएको गाउ“को खोले सिस्नु मकै कोदोको ढि“डोले वाक्क भै सकेको र काठमाण्डौको मिठो मसिनो (मोमो, चाउमिन ,बिरयानी ,बर्गर) अपरिचित वासनाले लठ्याउ“छ । ती सबै प्राकृतिक अर्गानिक खाद्य वस्तुहरूको चटक्क माया“ मारी बिरानो नविन गन्तव्यको यात्रा उत्सुक, उत्साह र उमङ्गले भरिएको हुन्छ । सबैको यसरी काठमाडौसम्मको जीवनको नया“ अध्याय प्रारम्भ हुन्छ । गाउ“ले ठिटा–ठिटीहरु हुन् या अलिकति शहरको भान परेका कुनै युवा–युवती, तपाई हामी सबैलाई काठमाण्डौको प्रवेश द्वार थानकोट पुग्ने बित्तिकै चिनजानका आफन्त साथीभाइहरूलाई म आइ पुग्न थाले भन्दै कल गर्दा सितिमिति फोन उठ्न छोड्छ । अनि आत्तिन्छन् र सम्झिन्छन् काठमाडौ आउनु अघिल्लो रात । गाउ“ले आफन्तले भनेको, सम्झाएको त्यहा“ जोजस्ले जे भने पनि वास्तवमा भने जस्तो कसैले गर्दैन तैपनि चित्त बुझाइन्छ ।
उत्सुकता र अन्यौलता बढ्दै जा“दा, एकपछि अर्को अन्यौलतामाथि अन्यौलताले घेर्दै जान्छ । कहा“ जाने ? केखाने ? कसरी आगामी दिनहरू ब्यतित् गर्ने ? असमञ्जस्यतामा पर्छन् । त्यसैमाथि रिसिभ गर्न आउने साथीले पनि बसपार्कमा घण्टौ पर्खाइ दिदा झन अल्मल्लमा परिन्छ । त्यसैमाथि लिन आउनेहरूले (सोधेर ट्याक्सी वा बस चढेर आउन) भन्छ । यसरी विभिन्न झन्झट, अन्यौलता र अप्ठेराहरु झेल्दै साथीहरूका डेरासम्म त आइ पुग्छन । विडम्वना † आइ पुग्दा नपुग्दै, अलिकति विश्राम गर्न नपाउ“दै साथी वा आफन्तद्वारा प्रशिक्षित हुन्छन । ‘घरबेटीले देख्ला, लुकेर बस्नु है । बुढी माओ कस्तो किच्किचे छे । को आयो ? कहा“को? तिम्रो को हो? भन्दै तीन पुस्ते नालीबेली खोज्दै झ्याउ गर्छ ।’ यस किसिमका व्यवहारहरूको चर्चा सुनिसकेपछि जोसुकैले काठमाडौलाई बुझ्नै नसकिने, रहस्यमय र अन्यौलताको शहरलाई नवीन ढङ्गले सोच्न थाल्छ । समयको चक्रसंगै दिनहरू बित्दै जादा उपत्यकाको झझल्को दिने केही ठूला गगनचुम्बी महलहरु बाहेक छर्पस्ट छरिएका घुचमुच्च परेका पुराना घरहरू, पट्पटी फुटेका सडक पेटीहरू, जताततै भत्किएको हिलाम्मे सडक, अस्तव्यस्त सवारी जाम र उस्तै ढिलासुस्ती । हरेक पाइला पिच्छे हरेक व्यक्ति अनुसार हरेक ठाउ“ बजार राजधानीका सबै जसो प्रमुख कार्यालयमा, रेस्टुरा“, होटेल, क्याफे, डिस्को बार, रोधी काठमाण्डौको अर्थ अलग–अलग लाग्दो रहेछ ।
यहा“ कसैले कसैलाई चिन्दैनन् । चिनुन पनि त कसरी † विशाल जनसागरमा कसरी पो चिन्न सकिन्छ र? सबै अपरिचित अनुहार मात्रै भेटिन्छन् । चिन्नेहरू पनि नचिने झै गरी हिड्छन, चिनी हालेको खण्डमा कि त नचिने झै गरी जान्छन कि त हतारमा भएको बहाना बनाउ“छन् । अन्यथा कसैले चिन्दैनन् । साथीहरूले कतै भेट्दा चिनेछन भने पनि त्यो सामाजिक सञ्जालमा मात्रै सिमित हुन्छ । यहा“ सबै व्यस्त छन । व्यस्तमाथि अस्तव्यस्त छन । कसैले कसेको मत्लव राख्दैनन । दुनिया“ स्वार्थी छ, सबै पैसाको पछि लाग्नेहरू मात्र भेटिन्छन् झोलेदेखि भोलेसम्म, मुक्तिदातादेखि भक्तिदाताहरू, ज्ञानीदेखि ध्यानी, गुणीमानी भूत र अभूतका ज्ञाताहरू, जागिर खोजिदिने लफङ्गाहरू, भुस्याहादेखि घुस्याहा, विदेश पठाई दिने ठग दलाल, यौन किन्नेदेखि यौन बेच्नेहरू, टुहुरा बबुरा, नाथ अनाथसम्मका सबै भेटिन्छन् ।
भेटिए जतिका चिनिदैनन्, चिनिए जतिका भेटिदैनन, ओल्लो कोठाकोले पल्लो कोठाको र पल्लो कोठाकोले माथिल्लो कोठाकोलाई चिन्दैनन । त्यसैले यो अपरिचितहरू मात्रै बस्ने शहर हो । जहा“ सुतेको, उठेको, पिसाब फेरेको, दिसा गरेको ,फोहोरदेखि मोहरसम्मको पैसा पर्छ । त्यसैगरी हिडेको, डुलेको, गाडी चढेको, हेरेको हेराइएको, खाएको, बसेको पनि पैसा पर्छ । उपत्यकाको धुलो धुवा मिश्रित दुषित हावा भने मनग्य फेर्न मिल्छ जसलाई पैसा पर्दैन । यहा“ सबै थोक मिल्छ पैसा छ भने माया“, दया. साहानुभुति, साथ सहयोग, मान सम्मान सबै सम्पूर्ण रूपमा प्राप्त गर्न सकिन्छ अन्यथा निकै गाह्रो छ । त्यसैले तपाई हाम्रो आश लाग्दो शहर उपत्यका पैसा हुनेको मात्र शहर हो ।
यहा“ कोहि नजिक र टाढा हुदै छ भने त्यहा“ कुनै न कुनै स्वार्थ लुकेको हुन्छ । फलस्वरूप निस्वार्र्थी कमस्वार्थी बढी छन । हुने खानेले हु“दा खानेलाई कहिले गन्दैनन । गनुन पनि त कसरी, कसैलाई कसैको मतलव छैन । यहा“को समाज हृहदयहीन निर्दयी बन्दै गइरहेको छ । उपत्यकावासी सबै निर्दोष छन् र निर्दोष भएरै दोषी छन । शक्ति, सत्ता र पैसाको आडमा कृत्रिमताको नकाव ओड्नेहरूले भ्रम फिजाएर भ्रष्टाचार गर्छन । लोकाचारका लागि चर्चा बटुल्न आचार संहीताको पालना गरे झै गरी स्वाङ पार्न खप्पिस छन । ती खप्पिसहरू जताततै छरपष्ट छरिएर रहेका छन । यहा“ थरिथरिका राष्ट्रिय तथा अन्तराष्ट्रिय सत्ता र शक्तिको, मनोरञ्जनका, अनेकौ खेलहरू खेलिन्छन । सबैभन्दा कुर्सी खेल भने सदाबहार आयोजना भै रहन्छ ।
यहा“ धन छ मन छैन, मस्तिष्क छ चेतना छैन, भव्यता छ भावना छैन, सबै छन कोही छैनन र भएर पनि छैनन, हुदासम्म छन सक्किएपछि सिधिन्छन । मित्रताको साइनो पैसा र गोजीको भेट हुन छोडेपछि सबैले छोड्छन । शुन्यताशिवाय केही भेटिदैन । संस्कार छ संस्कारिक कोही छैनन । संस्कृतिको नाममा विकृतिको बाहुल्यता बढ्दो छ । सबै क्षेत्रमा व्यापारिक लेन देनको मानसिकताले जरा गाडेको छ । यहा“ आउनेहरू सबैलाई यही“को लत लागेको छ भुलेका छन जीवनको उद्देश्य । गाउ“, समाज, आफन्त, भाषा, भेष भुषा, रहन–सहन सबै चटक्क बिर्सिएका छन । एकनासका अनि एकोहोरा भएका छन । मरेर हुन्छ, मारेर हुन्छ या जेल परेर हुन्छ, सस्तो लोकप्रियताको लागि पद–प्रतिष्ठा, क्षणिक मान मर्यादाको लागि हरसम्भव प्रयत्न गरिरहन्छु ।
यस्तै छ मैले भोगेको, अनुभुत गरेको, प्रत्यक्ष सुनेको र देखेको मेरो कल्पनाको शहर काठमाडौं † मैले यहाँ जे जति प्रस्तुत गरे त्यो सबै मेरो निजी भोगाई हो । तपाईहरूको भोगाई र अनुभुती फरक हुन सक्छ, मैले काठमाण्डौलाई नराम्रो भन्न खोजेको चा“ही होइन तर यहा“को विकृति र विसङ्गतिलाई उजागर गर्न मात्र खोजेको हो । उपत्यका प्रवेश गर्नु अघिको र प्रवेश पश्चात ब्यहोरेको उपत्यकालाई कि काठमाण्डौ देशको मुटु हो त्यसैले जहा“बाट रगत धमनि हुँदै नसा–नसा रक्तकेसीका प्रत्येक अङ्ग–अङ्गसम्म पुग्छ । मुटु नै खराब भएपछि सम्पूर्ण शरीरको हालत के होला ?

केआइसिंह गाउ“पालिका–४ डोटी (हाल काठमाण्डौ)
[email protected]
प्रकाशित मिति २०७७ भदौ ९

 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित