हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम :

  • प्रकाशित मितिः असार १२, २०७७
  • 1206 पटक पढिएको
  • संवादताता

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम :
१) आर्थिक विकास :
(क) कृषि तथा पश’– ‘उत्पादनमा छैन विकल्पस आयआर्जन र रोजगारीको लागि संकल्प
 नश्ल स’धारका कार्यक्रम सञ्चालन गरी उन्नत नश्लको व्यावसायिक पश’पन्छी पालनका लागि कृषकह?लाई प्रोत्साहन गरिने छ.
 स्थानीय उत्पादन बृद्धि, रोजगारी सिर्जना र गरिवी न्य“नीकरण गर्ने गरी सहकारी क्षेत्रको प्रबद्र्धन गरिने छ .
 आर्थिक क्रियाकलप, कृषि तथा औद्यौगिक उत्पादन, रोजगारी सिर्जना, उत्पादनशील क्षेत्र, विकासका निम्ती कार्य र सामाजिक जनजीवनमा थप क्षति ह’न नदिई स’चा? गरी तीव्रता दिईनेछ .
 जैविक कृषि उत्पादन र पशुपन्छीजन्य उत्पादन बढाइ व्यवसायिक र औद्योगिकीकरण गर्न टेवा पुग्ने गरी कार्यक्रमहरु संचालन गरिनेछ ।
 व्यवसायिक रुपमा पशुपन्छी पालन व्यवसाय गर्ने दलित वर्गलाई आवश्यक्ता हेरी पशुपन्छी बीमा अनुदान सहयोग कार्यक्रम संचालन गरिनेछ ।
 हरेक वडामा न्यूनतम एकरिचार्ज पोखरी, एक नर्सरी (आप,कागति, लिचि र कफी) र एक बाल उद्यान कार्यक्रम संचालन गर्न प्रोत्साहन र सहयोग गरिनेछ ।
 पर्याप्त आन्तरिक रोजगारी सृजना भई नसकेको अवस्थामा कोभिड(१९ को विश्वव्यापी महामारीले वैदेशिक रोजगारीमा रहेका नागरिकहरू नगरपालिकामा फर्किने सम्भावित बेरोजगार नगरबासीहरूलाई व्यावसायिक कृषि, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादन मुलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ ।
 भुमी बैंकको अवधारणालाई अलम्बन गरी खेती योग्य जमिन वाझो राख्ने प्रवृतिलाई नि?त्साहीत गरिनेछ .
 अर्गानिक व्यवसायिक कृषि प्रवद्र्धनमा जोड दिईनेछ .
 वाली तथा पश’ विमा कार्यक्रमलाई कार्यन्वयन गरिनेछ .
 खेती प्रणालीलाई उत्पादनम’लक बनाउन खोज अन’सन्धान तथा अध्यायन अगाडी बढाइनेछ .
 नगरको कोशी कोरिडर तिर लिफ्टिङ प्रविधिबाट सिँचाई गरिनेछ ।
 नगरपालिकाको पशुपालन तथा मासुमा आत्मनिर्भर रहेको व्यवसायलाई रोजगारीको क्षेत्रको रुपमा विकास गरिनेछ ।
 यस नगरपालिकामा भएको सार्वजनिक जग्गामा करार खेति गर्न प्रोत्सान गरिनेछ।
 एक वडा एक कृषिरपशु पकेट क्षेत्र निर्धाण गरी कार्यक्रम सञ्चालन गरिनेछ।
 जलवायु मैत्री कृषि प्रणालीमा जोड दिईनेछ।
 कृषि जैविक विविधताको संरक्षण, संवद्धन र सदुपयोग, जलवायु परिवर्तन अनुकूलन प्रविधिको विकास र विस्तार गरी खाद्य वस्तुको उपलब्धता, उपयोगमा स्थिरता र प्रवर्धन कायम गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने ।
 घर बगैचा कार्यक्रम लागु गरिनेछ ।
 प्रत्येक वडामा कृषि जन्य बस्तुको संकलन केन्द्र स्थापना गरिनेछ ।
 कृषि पेशालाई अधुनिककरण गर्दै व्यवसायिक बनाउन परामर्शदाताको रुपमा एक कृषि  विज्ञको व्यवस्था मिलाईनेछ।
 कृषि उपच सामाग्रीहरुको मुल्य निर्धारण गरी बजारीकरण गरिनेछ।
 बाझो रहेको चमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागान फुड नगदेबाली जस्ता खेती गरेमा प्रति रोपनी ४ चार हजारको दरले प्रोत्सान स्वरुप प्रदान गरिनेछ।
(ख) पर्यटन – ‘पर्यटकीय सहर, हलेसी त’वाच’ङ नगर’
 बृह्त्तर हलेसी गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हुनाले पुर्णता दिई कार्यन्वयन गरिनेछ। 
 नगरका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पहिचान गरि विस्तार गरिनेछ।
 पर्यटन क्षेत्रको विकासका लागि होमस्टे सञ्चालनमा  ल्याईनेछ।
 हलेसी मन्दिर गुफा बाहिरा किराँत संस्कतिको प्रतिक तिनजुला, वाबु, बाघबंसी र खोक्चिलिपाको प्रतिमा र साकेला थान, किराँत यायोखा, किराँत संस्कृति विद् संगको सहकार्य र हलेसीमन्दिर व्यवस्थापन समितिको लागत सहभागितामा निर्माण गरिनेछ ।
 कुलपुजा देवाली थानहरु निर्माण र व्यवस्थापन गर्दै लोपउन्मुख अवस्थामा रहेको बालन, संगिनि र मारुनी नाचलाई संरक्षण गरिनेछ।
 अन्य जातजातिको मगर, नेवार लगायतका संस्कार संस्कृतिहरुलाई संरक्षण गरिनेछ ।
 नगर क्षेत्र भित्रका प्रचलित पर्व र अन्य सांस्कृतिक क्रियाकलापह?लाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक सहयोग गरिनेछ .
 स्थानीय भाषा, लिपी, साहित्य र कलालाई प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गरिनेछ . 
 पर्यटन प्रवद्धनका लागि स्थानीय महिला समूह तथा स्वयंसेवी युवा क्लबहरुलाई परिचालन गरिनेछ साथै युवाहरुलाई दोभासे र पर्यटक गईड सम्बन्धि तालिमको व्यवस्था गरिनेछ।
 किराँतको आदिम थलो तुवाचुङमा माङखिम निर्माण गरिनेछ।
ग) उधोग एवं बाणिज्य : 
 श्रम, सीप र स्थानीय कच्चा पदार्थमा आधारीत घकरेल’ तथा साना उद्योगीह?लाई प्रोत्साहित गर्न लघ’ उद्यमको विकास गरी गरिवी निवारणमा टेवा प’¥याईने छ .
 स्थानीय स्रोत साधन र सम्भावना तथा तुलनात्मक लाभको आधारमा घरेलु तथा साना उद्योग व्यवसायीहरुलाई प्रोत्साहित गरिने छ।
 वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुको ज्ञान, सिप, पुजी र प्रविधिलाई उत्पादन र लघु उद्यमको विकासमा उपयोग गरिनेछ ।
 नगर सम्भावना बोकेको कृषि उत्पादन जस्तै गहत, बदम र स्थानीय उत्पादन ढाका, खाडी जस्ता महत्वपूर्ण उत्पादनहरुलाई नगर आगुन्तुकहरुलाई प्रदान गर्न मायाको चिनोरकोशेलीको रुपमा विक्रिरवितरणको व्यवस्था मिलाई प्रर्वद्धन गरिनेछ । 
घ) सहकारी :
 स्थानीय उद्यमशीलता, शीप विकास र स्थानीय श्रोत साधनको उपयोगको माध्यमवाट स्थानीय उत्पादन अभिवृद्धि गरी स्थानीय आर्थिक विकासका लागि सहकारी संस्थाको दर्ता, नियमन र प्रवद्र्धन गरिनेछ . सहरी गरिवी निवारणको लागि सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गरिनेछ .
२. सामाजिक विकास :
(क) खानेपानी तथा सरसफाई 
 जलस्रोतका मुहान पहिचान तथा संरक्षण गरिनेछ ।
 खानेपानीका स्रोत तथा जलधार क्षेत्रको पहिचान र संरक्षण, भूमिगत पानीको पुनर्भरण पानीको बहुउपयोग, एकीकृत उपयोग तथा पुनरुपयोगलाई प्रोत्साहन र प्रवर्धन गरिनेछ।
 खानेपानी तथा सरसफाई आयोजनाहरुलाई जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण हुने गरी दिगोपना कायम गरिनेछ ।
(ख) शिक्षा 
 स्थानीय पाठ्यक्रम(चाम्लिङ वम्बुले र तिलुङ) निर्माण गर्न एक कार्यदल गठन गरी कार्यन्वयन गरिनेछ।
 अनुगमन सुचुक विकास गरि अनुगमनलाई व्यवहारिक र प्रभावकारी बनाईनेछ।
 क्ष्लतचष्नचबतभम भ्मगअबतष्यल ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ (क्ष्भ्ःक्ष्क्)लाई विश्वसनिय भरपर्दो र उपयोगी बनाईनेछ । 
 अनलाई प्रणाली मार्फत सूचना प्रवाह हुने व्यवस्था गरी प्रणालीलाई योजना निर्माण, कार्यन्वयन र अनुगमनमा प्रयोग गरिनेछ ।
 एक विद्यालय एक पुस्तकालय नितीलाई व्यवस्थित गर्दै  लगिनेछ।
 कोभिड तथा अन्य विपद्का कारणले विद्यालयको पठनपाठनमा पर्न सक्ने प्रभावलाई वैकल्पिक शिक्षण सहजीकरण अपनाईनेछ।
 साधारण शिक्षा,प्राविधिक शिक्षा, योग शिक्षा तथा व्यवसायिक शिक्षा र व्यवहारिक शिक्षाको विकास र विस्तारमा जोड दिईनेछ । 
 सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुले महिनावारिको  कारणले शिक्षाबाट बञ्चित हुनु नपरोस भन्नाको लागि नेपाल सरकारबाट प्राप्त अनुदानबाट स्थानीय स्तरमै पुनः प्रयोग गर्न सकिने सनेटरि प्याड उत्पादन तथा व्यवस्थापनमा जोड दिइने छ।
 दलित, विपन्न तथा सिमान्तकृत परिवारका विद्यार्थीहरुलाई  अति आवश्यक शैक्षिक सामग्री वितरण गरी विद्यालय शिक्षामा पहूँचको सुनिश्चितता गरिने छ।
 नगर शिक्षकलाई निरन्तरता दिईनेछ ।
 शिक्षक तथा प्रधानाध्यापकहरुलाई व्यवस्थापन,अध्यापन शैली, आ.ई.एम.आइ.स.(क्ष्भ्ःक्ष्क्),आधारभूत कम्युटर सीप र लेखा लगाएतका विषयमा तालिम दिइने छ ।
 निजि विद्यालयलाइ विद्यालयको भौतिक संरचना,भर्ना शुल्क तथा नगर शिक्षा नियमवालीले तोकेको मापदण्डको आधारमा स्थापना गर्ने नियम गर्ने र कक्षा थपको व्यवस्था गरिनेछ ।
 परिक्षा प्रणालीलाई व्यवस्थित र उपयोगी बनाउन एकरुपता कायम गरिनेछ ।
 विद्यालयको शैक्षिक गुणस्तर बढाउने अवधारण अनुसार पूर्व विधार्थीलाई संगठित गर्ने, आमा समाजबाट रचानात्म सहयोगको लागि संजाल गठन गर्ने । 
 विज्ञान तथा प्रविधिको उच्च शिक्षाका लागि वैज्ञानिक तथा प्राविधिक धारका विद्यार्थीहरुलाई  प्रोत्साहित गरिनेछ।
 नमुना बालविकास केन्द्र स्थापनाको नीति अबलम्बन गर्दै बाल विकास सहजकर्ताहरुलाई प्रोत्साहन कार्यक्रमको व्यवस्थालाई थप व्यवस्थित गर्दै लगिनेछ।
 विद्यार्थीह?को दिवा खाजा कार्यफम प्रभावकारी बनाउन स्थानीय उत्पादनलाई प्राथमिकता दिईनेछ.
(ग) स्वास्थ्य
 पूर्ण बर्थिङ सेन्टर युक्त नगरपालिका घोषण भईसकेकोले थप गुणस्तरीय बनाउदै लगिनेछ।
 स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिवनपथको अवधारण अनुररुप सुरक्षित मातृत्व,बाल स्वास्थ्य, किशोरकिश्वारी तथा प्रजनन स्वस्थ्य र प्रौढ तथा जेष्ठ नागरिक लगायतका लागि एम्बुलेन्स सेवाको प्रवाह गरिनेछ ।
 आप्रवासन प्रक्रियाबाट जनस्वस्थमा उत्पन्न हुनेसक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विदेशबाट फर्किएका नगरवासीहरुको स्वास्थ्य सुरक्षाका लागि समुचित व्यवस्थापन गरिने छ।
 कोभिड १९ का प्रभावित व्यक्तिहरुको पहिचान गर्दै नगरपालिकाबाट सम्बन्धित थप निकायमा पहल गरिनेछ ।
 पोषणको अवस्थालाई सुधार गर्न मिसावटयुक्त तथा हानिकारक खानालाई निरुत्साहित गर्दै गुणस्तरीय एवं स्वास्थवर्धक खाद्यपद्धितको विकासमा प्रभावकारी उपयोग गरिनेछ।
 सबै तहका स्वास्थ संस्थाहरुबाट तोकिएबमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने छ।
 गम्भिर प्रकृतिका रोगहरुको उपचार्थ सहयोग कार्यविधि बमोजिम कार्यन्वयन प्रक्रयालाई निरन्तरता दिईनेछ।
आय’र्वेद स्वास्थ्य नीति
 हलेसी आयुर्वेद औषधालयले सञ्चालन गर्दै आईरहेको पंचकर्म सेवा निरन्तरता दिईनेछ ।
 आयुर्वेद तथा पूरक चिकित्सालाई समसामयिक विकास गर्दे सुशासनको प्रत्यभूत हुने गरी सेवालाई गुणस्तरीय, सर्वसुलभ, हरेक नागरिकको पहुँच, विकास दिगो विकास गर्न आवश्यक सुदृढ व्यवस्था गरिनेछ ।
 स्थानीय स्तरमा उपलब्ध जडिबुटि, खनिज एवं अन्य प्राकृतिक स्रोतको पहिचान गरी उत्पादन तथा प्रसोधनमा जोड दिईनेछ।
(घ) लैङ्गिक समनता तथा सामाजिक समावेशीकरण
 आम नगरवासी, महिला तथा बालबालिकाको स्वास्थ्य सवल बनाउन उच्च प्राथमिकता दिई कार्यक्रम संचालनगरिनेछ ।यस कार्यक्रमलाई आधारभूत तहसम्म पुर्याउने महिला स्वास्थ्य  स्वयमसेविकाहरुको सेवा प्रवाहलाई निरन्तरता दिइनेछ।महिला स्वास्थ्य  स्वयमसेविकाहरु तथा सकाका लागी प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईनेछ।
 सडक बालबालिका, आमा बुबा गुमाएका, असहाय अनाथ बालबालिकालाई उचित स्याहार सुसारको व्यवस्था मिलाईनेछ ।
 लैंङ्गिक हिंसा निवारण कोष स्थापना गरिनेछ ।
 नगरपालिकाको कूल पूँजीगत बजेटमा महिलाहरुको प्रत्यक्ष लाभमा कम्तिमा ३३ प्रतिशत रकम खर्च गरिनेछ ।
 एकल महिलाहरुको लागि स्रोत सुनिनिश्चता गरि सिप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
 मानव निर्मित तथा प्रकृतिक प्रकोपको अवस्थमा महिला बालबालिबका तथा जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गरिनेछ ।
 बालिकाको स्वास्थ्य, शिक्षा र पोषणको लागि कोष सहितको व्यवस्था गरिने छ ।
 महिला उद्यमी व्यवसायहरुको लागि दर्ता नविकरण, व्यवसाय प्रवर्दन लगायतका विविध विषयमा विशेष व्यवस्था गरिनेछ ।
 एक वडा एक महिला सहकारीलाई निरन्तरता दिईनेछ।
 लैङ्गिक तथा घरेलुहिँसा न्यूनीकरणको लागि चेतनामुलक कार्यक्रम साथ साथै मनोसामाजिक परामर्श सेवालाई प्रभावकारी बनाईने छ।
 महिलाहरुले पराम्परागत रुपमा गर्दै आईरहेको घरायसी कार्यबोझ घटाउन आवश्यको आधारमा विधि र प्रक्रियाको व्यवस्था मिलाईनेछ ।
 बालविवाह मुक्त नगर घोषणा गर्न विशेष जोड दिईने छ।
 सिल्पी समुदायका लागि अधुनिक तथा प्रविधिमैत्री विकासमा विशेष जोड दिईने छ।
 जेष्ठ नागरिक सम्मान, संक्षरण तथा ज्ञान सिपलाई पुस्तान्तरणका लागि विशेष जोड दिईनेछ । 
 महिला प्रजनन स्वास्थ्यलाई  शिशु स्याहार कार्यसँग आवद्ध गराई विगतदेखि उपलब्ध गराउँदै आएको प्रसुति सुविधा कार्यक्रमलाई निरन्तरता दिइनेछ।
 दलित समुदायलाई आय आर्जनमा टेवा पु¥याउने हिसाबले कार्यक्रम व्यवस्था गरिनेछ।
३. प“र्वाधार विकास :
(क)सिँचाई
 पोखरी वा जलाशयमा भण्डारण गरी थोपा तथा फोहोरा जस्ता प्रविधिलाई प्राथमिकता साथ उपयोग गरिनेछ ।
 साना सिँचाई, लिफ्ट सिँचाई, सतह सिँचाईजस्ता प्रविधिलाई अपनाईनेछ ।
 एकिकृत जलधार व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाई खानेपानी उर्जा र सिँचाईमा उपभोग गरिनेछ।
(ख) सडक 
 नगरपालिका भित्रका सडकलाई पर्यटकीय सडक, नगरस्तरीय, कृषिजन्य सडकलाई स्तरोन्नक्ती गरि वातावरण मैत्री सडकमा जोड दिईनेछ 
 नगरपालिका भित्र निर्माण भएका स्तरोन्नक्ति, ग्रिन टेक्नोलोजी, वायो इन्जीनेरिङ र सडक विभागले तोकेको सडक अधिकार क्षेत्रको नीतिलाई अबलम्वन गरिनेछ।
 नगरभित्र रिङरोड तथा कोशी कोरीडोरको संभाव्यता अध्ययन गरेर सोही बमोजिम कार्य अगाडि बढाइनेछ .
 अन्तर वडा, अन्तर पालिका तथा जिल्ला जोडने सडकलाई उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिनेछ .
 सडकको डिजाइन निर्माण मर्मत सम्भार तथा सडक स’रक्षाका लागि आध’निक प्रविधिको प्रयोग तथा यान्त्रिकरणमा जोड दिईनेछ .
 भौतिक प“र्वाधार तर्पm लागतका महत्वप“र्ण आयोजनाहरूको सामाजिक, आर्थिक, वातावरण्ीय एवं प्राविधिक पक्षका साथै लागत अन’मान नक्सा डिजाइनको लागि प“र्व संभाव्यता अध्ययन गर्ने कार्यको थालनी गरिनेछ .
ख) भवन अन्य भौतिक प’र्वाधार
 नगरपालिका क्षेत्रमा हुने विकास निर्माणका कार्यहरुलाई वातावरण सुहाउदो, सुरक्षित स्वस्थकर, सुविधाजनक र सुव्यवस्तीत बस्ति विकास भवन निर्माण सम्बन्धित आधारभुत मार्गदर्शन २०७२ र भवन निर्माण विनियम २०७४ लागु गरिनेछ।
(ग) विद्य’त तथा वैकल्पिक उर्जा
 उज्योला नगर घोषणका गर्ने अभियन रहेकाले विद्य’त विस्तार गर्ने बाँकी रहेका वडाह?को लागि विद्य’तियकरणको कार्य तिव्र पारी आगमी बर्ष प“र्ण उज्यालो नगर घोषण गरिनेछ .
 नगरपालिकाले विद्य’त विस्तार संगै सडक सोलार बत्ती जडानको काम जारी राखेकाले सडक सोलार बत्ती जडानको काम विस्तार गरिनेछ .
४. वन वातावरण तथा विपद् व्यवस्थापन :
(क) विपदव्यवस्थापनरजलवायु परिवर्तन 
 विपद् व्यवास्थापन कोषमा आवश्यक पुजीको व्यवस्था गरी विपद् व्यवस्थान कार्यविधि अनुरुप परिचालन गरिनेछ ।
 विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरुलाई प्राथमिकता दिई सहजीकरण र सहकार्य गरिनेछ ।
 जलवायू परिवर्तन न्यूनिकरणका लागि हरित विकासको अवधारण अवलम्बन गर्ने र स्वाच्छ उर्जा प्रवदर्धन गर्ने नीति लिईने छ।
(ख) वनतथाभु(संरक्षण
 नगरपालिका भित्र रहेका सामुदायिक वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धि नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन गरिनेछ।
(ग) फोहरमैलाव्यवस्थापनरवातावरणसंरक्षण
 फोहोरमैला व्यवस्थापन प्रणालीलाई आधुनिक प्रणालीमा आधारित यान्त्राशालाहरुको प्रयोग गरी प्रभावकारी बनाउदै धार्मिक स्थल सडक टोल र अन्य सार्वजनिक स्थलमा फोहोरमैला हुन नदिनईने गरी व्यवस्थापन गरिनेछ ।
 हरित अर्थतन्त्रको विकासको लागि सरोकारवालाहरु परिचालन गरी वातावरण विकासमा क्षेत्रगत कार्यक्रमहरुलाई मूलप्रभाविकरण गरिनेछ।
५. स’शासन तथा संस्थागत विकास :
(क) मावन संशाधन विकास
 ंनगरपालिकाको संगठन संरचनालाई प’नरावलोकन गरी सवै तहका कर्मचारीह?को कार्यविवरण बनाई लाग“ गरिनेछ . कर्मचारीको कामको म“ल्यांकन गरी प’रस्कार र दण्डको नीतिलाई प्रभावकारी ?पमा कार्यान्वयन गरिनेछ . 
 नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, पारदर्शी र सेवाग्राहीमैत्री बनाइनेछ . प्रशासनिक स्वच्छता र निश्पक्षता नगरपालिकाको ध्येय ह’नेछ .
 नगरपालिकाको निर्वाचित जनप्रतिनीधिको क्षमता विकास गर्ने तालिम कार्यक्रमको विशेष व्यवस्था गरिनेछ .
 न्यायिक सतिति तथा मेलमिलाप कर्ताह?को लागि क्षमता विकास तालिम कार्यक्रमलाई विशेष व्यवस्था गरिने छ .
(ख) सुशासन प्रवर्धन
 नगरपालिकाबाटप्रवाह ह’ने सार्वजनिक सेवा, विकास कार्यह?को प्रभावकारी अन’गमनको लागि सरोकारवाला सबै पक्षको सहभागिता गराई अन’गमन गरिने नीति लिइनेछ .
 न्यायिक काम कारवाहीलाई स“चना प्रविधिसँग आबद्ध गरी विवादको दर्ता, मेलमिलाप, स’न’वाई तथा निर्णय कार्यान्वयनलाई व्यवस्थित गरिनेछ . 
 नगरपालिकाबाट प्रवाह ह’ने सम्प“र्ण सेवाह?लाई परदर्शी, पह’चयोग्य ह’ने गरी व्यवस्था मिलाई, प्रविधिमैत्री बनाउन कार्यविधि र कार्यशैलीमा परिवर्तन गरिनेछ .
(ग) स्थानीय तथ्यांक संकलन र अभिलेख व्यवस्थापन
 स्थानीय राजपत्र र नगरको गतिविधिहरुको प्रकाशन र प्रशासनलाई नियमित रुपमा व्यवस्थित गर्दै लगिनेछ ।
 अध्याय अनुसन्धान अन्वेषन जस्ता कार्यमा उपलब्ध तथाङ्कको प्रयोगमा सहता ल्याउन विद्युतिय रुपमा सार्वजनिक हुने सुचना तथा तथाङ्क खुल्ला सरकारी अवधारण अनुसार प्रशासन गरिनेछ।
(घ)अनुसन्धान तथा विकास
 तुलानात्मक रुपमा विकासका सम्भवना बढी भएका क्षेत्रहरुमा अनुसन्धान र विकासलाई संस्थागत गर्दै उत्पदान र उत्पादकत्वमा जोड दिईने छ।
(ङ) राजश्व
 आन्तरिक श्रोतसाधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करको दायरा बिस्तार, र राजस्व च’हावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ .
 वडा कार्यालयलाई सशक्त र प्रभावकारी बनाउनका लागि वडा स्तरीय प’र्वाधार निर्माण र सेवा सञ्चालनको लागि न्य’नतम निःशर्त विकास अन’दान उपलब्ध गराइने छ . तोकिएको सीमा भन्दा वढी राजस्व परिचालन गर्ने वडा कार्यालयह?लाई राजस्व परिचालनको आधारमा थप बजेट निकासा गरिनेछ . कर परिचालनलाई प्रभावकारी बनाउनका लागि सम्वन्धित वडाका जनप्रतिनिधि तथा कर्मचारीलाई प्रोत्साहन गरिनेछ . 
 यस नगरपालिका भित्र व्यवसायि गरी सबै भन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गर्ने नीति लिईनेछ .
 निकासी पैठारी वनजन्य कृषि जन्य ढ’ङगा वाल’वा व्यवसाय दर्ता फोहोरमैला कर संकलन गरी राजश्वको दायरा वृद्धि गनर्’का साथै राजश्व संकलनमा सरल सहज बनाईने छ.
 नगरपालिका क्षेत्र भित्र रहेका खाली जग्गाह?लाई अधित्तम प्रयोगमा ल्याउनका लागि सार्वजनिक जग्गाह?को अभिलेख तयार गरि आवश्यकता अन’सार कृषि हाट बजार तथा अन्य उपयोगी कामका लागि अधितम उपयोगमा ल्याई राजश्व वृद्धि गरिनेछ .
(च) सूचना प्रविधि
 एबउभचभिकक न्यखभचलबलअभ लाई उच्च प्राथमिकतामा राखी नगरपालिकाका अधिकांश कामकाज कम्प्य’टर तथा इन्टरनेटद्वारा गर्ने र सबै वडामा चाल’ आर्थिक वर्षमै इन्टरनेट व्यवस्था गरिनेछ .
 नगरपालिकाबाट संचालन ह’ने योजनाह?को तथ्याङह?लाई व्यवस्थापन, विश्लेषण र प्रयोगमा  प्रविधि मैत्री बनाइनेछ .
 स्मार्ट नगरपालिकाको अवधारणलाई विशेष जोड दिईनेछ ।
 सार्वजनिक खर्च तथा राजश्व सम्बन्धी जानकारी विद्युतीय माध्यमबाट सार्वजनिकीकरणको व्यवस्था गरिनेछ।सार्वजनीक खर्चको अनुगमन गर्ने प्रणाली स्थापना गरिनेछ।
 नगर भित्र रहेका विद्यालयहरुको गतिविधि तथा शिक्षण सिकाई कार्यक्रमलाई प्रभाकारी बनाउन र क्ष्ऋत् कार्यक्रमलाई उपलब्धमुलक बनाउन सफ्टयरको विकास गरी प्रत्यक्ष निगारानी गरिनेछ।
(छ) युवा तथा खेलकुद
 खेल संस्कृतिको विकास गर्न विद्यालय स्तर बाटै विभिन्न खेलकुद कार्यक्रमहरु नियमित सञ्चालन गर्न खेलकुद प्रशिक्षकको व्यवस्थालाई निरन्तरता दिईने छ।
 य’वाहरूलाई क’लत, द’व्यर्सनबाट बचाउन तथा सधैं उर्जाशील र सक्रिय बनाइ राख्न स’र्तीजन्य पदार्थ नियन्त्रण, क’लत तथा द’व्र्यसन विरोधी अभियान, मनोसामाजिक विमर्श, य’वा विकाससंग सम्बन्धित खेलक“द, साहित्य, संगीत, कला जस्ता विविध क्रियाकलापहरू सञ्चालन गरिनेछ .
 अन्तराष्ट्रिय मापदण्डको खेल मैदान, कबर्डहल, निर्माण प्रक्रिया अगाडी बनाईनेछ।
 विभिन्न खेलकुद प्रतियोगितामा स्थानीय क्लबहरु द्धारा नगर बहिराका खेलाडीहरुको सहभागितालाई निरुत्साहित गरी स्थानीय खेलाडीहरुलाई प्रोत्सहित गरिनेछ। 
(ज) भाषा, साहित्य तथा कला संस्कृती
 किरातीहरूको भाषा, संस्कार, संस्कृतीको लागि अध्ययन अन’सन्धान गरि संस्कृतिक नगरपालिकाको रूपमा परिचित गराईनेछ .
 नगरपालिकाको सरकारी कामकाजमा चाम्लिङ भाषा, वडा नं. !,२ मा वम्ब’ले र वडा नं. ३ मा तिल’ङ भाषालाई मान्यता दिईनेछ .
 नगरपालिकाको लेटर हेडमा चाम्लिङ, वडा नं. ! र २ मा वम्ब’ल र वडा नं. ३ मा तिल’ङ लिपी प्रयोग गरिनेछ .
 ऐतिहासिक कागजात तथा दस्तावेजह? संकलन गरि प’स्तक प्रकाशन गरिनेछ .
(झ) पञ्जिकरण
 घटना दर्तालाई अनलाईन प्रक्रियाबाट वितरण गरिनेछ ।
 व्यक्तिगत घट्ना दर्ता कितावलाई डिजिटाईजेसन गरिनेछ ।
 सामाजिक सुरक्षा लाभग्राहीको विवरणलाई प्रत्येक वडामा अभिलेखिकरण गरिनेछ।
६. अन्तर सम्बन्धित विषयहरु
 नगरपालिकाबाट प्रवाह हुने सेवामा लाग्ने खर्च, समयावधि तथा प्रक्रिया एव कार्यविधि सम्बन्धमा स्पष्टता ल्याई सार्वजनिक सेवालाई जवाफदेहिता र पर्शदर्शिता बनाईनेछ।
 आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका समुहको क्षमता विकासका लागि प्राविधि र व्यवसायिक शिक्षाका अवसरमा उचित व्यवस्था गरिनेछ ।
 हलेसी तुवाचुङ नगरपालिका र दक्षिणकाली नगरपालिका विच भएको भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउन नगर विकास योजना तथा कार्यक्रम चरणहरुका सिकाई आदन प्रदान साथै दुबै नगरापलिकाको धार्मिक महत्वलाई आदन प्रदानमा विशेष जोड दिईनेछ ।
 नगरपालिको क्षेत्रअधिकार भित्र कार्यक्षेत्र बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्दै सहजीकरण, परिचालन, अनुगमन र मूल्याकनलाई प्रभावकारी बनाईनेछ।
 नागरपालिकामा उपलब्ध हुने भौतिक, मानवीय तथा प्राविधि जन्य स्रोतको उपयोगलाई प्राथमिता दिदै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैससहरुलाई स्रोत परिचालन गरिन्छ।
 नगरपालिकाबाट कृषि क्षेत्रको व्यवयीकरण, आधुनिकीरण र औद्यौगीकरणमा निजी क्षेत्रलाई अभिप्रेरित गर्ने । 
७. योजना तर्जुमाको, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्गकन :
 आयोजनको पहिचान, मूल्याङ्कन, छनोट तथा प्राथमिकीकरणका लागि आयोजना विकास सम्बन्धी स्रोत सहितको संरचनाको व्यवस्था र सुदृढीकरण गरिनेछ।
 विगतका योजनाको समीक्षा गरी सिकाई, अनुभव र पृष्ठपोषणका आधारमा योजना तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउने प्रणाली विकास गरिनेछ।
 योजना तर्जुमाको क्रममा नै कार्यान्वयनका लागि आवश्यक संस्थागत संरचना, स्रोत, जिम्मेवारी र अनुगमन तथा मूल्याङ्गकन पद्धतिको स्पष्ट व्यवस्था गरिनेछ।
४. अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको ऐन २०७७
प्रस्तावनाः
नगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानिय कर,शुल्क तथा दस्तुर संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासिनक व्यवस्था गर्न  बाञ्छनिय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम नगर सभाले यो ऐन बनाएको छ ।
१) संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “हलेसी तुवाचुङ नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७७“ रहेको छ ।
(२) यो ऐन २०७७ साल श्रावण १ गते देखि  हलेसी तुवाचुङ नगरपालिका  क्षेत्रमा  लागू  हुनेछ ।
२) परिभाषा र व्याख्यास
(क) “नगरपालिका” भन्नाले  हलेसी तुवाचुङ नगरपालिका  भन्ने बुझ्नु पदर्छ।
(ख) “सम्पत्ति कर भन्नाले कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा नगरपालिकाको क्षेत्रिभत्र रहेको जग्गा र सो जग्गामा बनेको स्थायी  संरचना (घर, गोठ, टहरा, गोदाम आदि समेत) मा नगरपालिकाले लगाउने कर भन्ने बुझिन्नछ ।
(ख) “पटके सवारीकर” भन्नाले नगरपालिकाले आफुले बनाएको वा कुनै निकायबाट नगरपालिकामा  हस्तान्तरण भै आएको सडकबाट गुड्ने सवारी साधनमा लगाउने कर भन्ने बुझिन्छ ।
(ग) “सवारी साधन कर” भन्नाले नगरपालिका क्षेत्रभित्र दर्ता भएका  सवारी  साधनमा  लगाउने कर भन्ने बुझिन्छ ।
(घ) “घरजग्गा कर” भन्नाले  एकीकृत सम्पति कर नलगाइएको जग्गामा बनेको घर र सोही जग्गामा लगाइने कर भन्ने  बुझिन्नछ ।
(ङ) “मालपोत” भन्नाले  एकीकृत सम्पति कर नलगाइएको जग्गामा लगाइने मालपोत वा भूमीकर भन्ने  बुझिन्छ ।
३) सम्पत्ति करः नगरपालिका क्षेत्रिभत्र कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा  रहेको जग्गा र सो जग्गामा बनेको स्थायी संरचना (घर, गोठ, टहरा, गोदाम आदि समेतमा) मा चालु आ.व.मा कानून बनाई सम्पत्ति कर लगाइने र असूलउपर गरिनेछ ।
४) मालपोत (भूमीकर)स् एकीकृत सम्पतिकर नलगाइएको जग्गामा अनुसूचिमा बमोजिम मालपोत (भूमीकर) लगाइने र असूलउपर गरिनेछ ।
५) घरबहाल करस्
(१) नगरपालिका क्षेत्रभित्र कुनै व्यक्तिवा संस्थाले व्यापारिक  भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, पर्छ । जग्गा, पोखरी आिद पूरै वा आंशिक तबरले बहालमा दिएकोमा अनुसूचि ३ बमोजिम घरजग्गा बहालकर लगाइने र असूलउपर गरिनेछ ।
तर, एकल मिहला, बेसहारा वृद्ध, असहायको घरबहालको बार्षिक ५० हजार रूपैया  सम्म आम्दानी  हुनेलाई कर छुट दिईनेछ ।
(२) उपदफा (१) बमोजिमको बहालकर निधार्रण प्रयोजनका लागि घर धनी र बहालमा बस्ने  व्यक्ति वा संस्थाको बीचमा भएको सम्झौता वा हलेसी तुवाचुङ नगर कार्यपालिकाले  निधार्रण गरेको न्यूनतम बहालदर जुन बढी हुन्छ  सो बहालदरलाई आधार लिई बहालकर निधार्रण गर्न सकिनेछ ।
(३) नगरपालिकाले कुनै भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा, पोखरी आदि पूरै वा आंशिक तबरले  बहालमा दिने व्यक्ति वा संस्थालाई आफ्नो  सम्पति बहालमा दिंदा बहालमा बस्नेसंग अनिवार्य रूपमा सम्झौता गर्नु पर्ने गरी  आदेश  दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम सम्झौता गरी बहालमा बस्ने  व्यक्ति वा संस्थाको यक्तिगत बिवरण तथा निजसँग भएको सम्झौताको एक प्रति सम्बन्धित वडा मार्फत  नगर कार्यपालिकाको  कार्यालयमा बुझाउन हलेसी तुवाचुङ नगरपालिकाले अनिवार्य  गर्न सक्नेछ ।
(५) बहालकर निर्धारण प्रयोजनका लागि नगरपालिकाले बहाल रकमलाई समसामियक एवं व्यवहारिक  बनाउन कुनै क्षेत्र वा सडक वा बस्तिलाई आधार मानेर बहालको न्यूनतम  दर तोक्न सक्नेछ ।
(६) नगर कार्यपालिकाले निर्धारण गरेको बहालकर संकलनको प्रभावकारिता वृद्धि गर्नका लागि आवश्यक निणर्य लिन सक्नेछ ।
६) व्यवसाय करस्
(१) नगरपालिका क्षेत्रिभत्र व्यापार, व्यवसाय वा सेवामा पूजीगत लगानी र आर्थिक कारोबार समेतका आधारमा अनुसूचिमा बमोजिम व्यवसाय कर लगाइने र असूलउपर गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवसाय कर निधार्रण तथा संकलनका लागि नगरपालिकाले उद्योग बाणिज्यसंग हलेसी तुवाचुङतथा अन्य सरोकारवालाहरूसँग आवश्यक परामर्श लिन सक्नेछ ।
७) सवारी साधन करस् नगरपालिका क्षेत्रिभत्र दर्ता भएका सवारी साधनमा अनुसूचिमा बमोजिम सवारी साधन कर लगाइने र असुलउपर गरिनेछ ।
८) पटके सवारी करस् नगरपालिकाले आफुले बनाएको वा कुनै निकायबाट नगरपालिकामा हस्तान्तरण भै आएको सडकबाट गुड्ने सवारी साधनमा अनुसूचि बमोजिम पटके सवारी कर लगाइने र असुलउपर गिरनेछ ।
९) विज्ञापन करस् नगरपालिका क्षेत्रिभत्र हुने बिभिन्न प्रकारका बिज्ञापनमा अनुसूचिमा बमोजिम बिज्ञापन कर लगाइने र असुलउपर गरिनेछ ।
१०) मनोरञ्जन करस् नगरपालिका क्षेत्रिभत्र हुने बिभिन्न  प्रकारका मनोरञ्जन व्यवसायमा प्रदेश नं. १ को आर्थिक ऐन, २०७६ बमोजिम अनुसूची मा अनुसार मनोरञ्जन कर लगाइने र असुलउपर गरिनेछ ।
११) जडीबुटी, कबाडी र जीवजन्तु करस् नगरपालिका क्षेत्रिभत्र कुनै व्यक्ति वा संस्थाले उन, खोटो, जडीबुटी, बनकस, कबाडी माल, र प्रचिलत कानूनले निषेधित गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिंग, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक  कारोबार गरे वापत अनुसूचि  बमोजिमको कर लगाइने र असुलउपर गिरनेछ ।
 
१२) सामुदायिक बनबाट प्राप्त शुल्क स्
(१) सामुदायिक वन उपभोक्ता सिमितले वन पैदावार विक्री तथा उपयोग सम्बन्धित आफ्नो वाषिर्क कार्ययोजना बनाई नगरपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
(२) उपदफा १ बमोजिम वन पैदावारको विक्री बापत प्राप्त हुने रकमको १० प्रतिशत नगरपालिकाको संचित कोषमा जम्मा गर्नुपर्नेछ । 
१३) प्राकृतिक स्रोत बिक्रिबाट आय प्राप्त गर्ने स्
(१) नगरपालिकाले आफ्नो क्षेत्र भित्र वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक  वातावरणीय परिक्षणबाट तोकिएको परिमाणमा स्लेट, ढुंगा, गिट्टी, वालुवा एवं माटो जन्य वस्तुको बिक्रि गर्नेछ ।
(२) नगरपालिकाले आफ्नो क्षेत्र भित्रको सार्वजनिक तथा ऐलानी जग्गमा रहेको काठ, दाउरा, जराजुरी, दहत्तर,
बहत्तर आदिको बिक्रि गर्नेछ ।
(३) उपदफा १ र २ बमोजिमको वस्तुहरूको बिक्रीदर अनुसूची अनुसूचि बमोजिम लगाइने र असुलउपर गरिनेछ ।
१४) बहाल बिटौरी शुल्कस् नगरपालिका क्षेत्रिभत्र नगरपालिका आफुले निमार्ण गरेका वा रेखदेख वा सञ्चालन गरेका अनुसचिमा उल्लेख भए अनुसारका पसल वा हाट बजारमा सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूलउपर गिरनेछ । यो शुल्क संकलनका लागि नगरपालिकाले आवश्यक कार्यविधि अपनाई निजी क्षेत्रको समेत सहयोग लिन सक्नेछ ।
१५) पार्किङ शुल्कस् नगरपालिका क्षेत्रिभत्र कुनै सवारी साधनलाई पार्किङ सुबिधा उपलब्ध गराए वापत अनुसूचीमा उल्लेख भए बमोजिमको पार्किङ  शुल्क लगाइने र असुल उपर गरिनेछ । सवारी साधनको चाप र किसिम,सडकको क्षमता, उपयुक्त स्थानको उपलव्धता आदिलाई मध्यनजर गरी नगर कार्यपालिकाले आवश्यक कार्यविधि तय गरी सवारी साधनहरूका लागि सशुल्क पार्किङको व्यवस्थापन गर्न सक्नेछ । 
१६) सेवा शुल्क, दस्तुर स् नगरपालिका आफूले निमार्ण, सञ्चालन वा वयवस्थापन गरेका अनुसूचिमा उल्लेख भए अनुसारका स्थानीय पूवार्धार र उपलव्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए बमोजिमको सेवा शुल्क लगाइने र असुलउपर गरिनेछ ।
१७) पयर्टन शुल्कस् नगरपालिकाले आफ्नो क्षेत्रिभत्र प्रबेश गर्ने पयर्टकहरूबाट प्रदेश कानूनमा उल्लेख भए बमोजिमको दरमा पयर्टन शुल्क लगाउन सक्नेछ । नगरपालिकाले पयर्टन शुल्क लगाउनका लागि पयर्टकीय क्षेत्रहरू तोक्ने छ । नगरपालिकाले पयर्टन शुल्क निधार्रण गर्दा पयर्टकीय क्षेत्रका लागि भएको लगानी, बिकास तथा यसको महत्व समेतलाई दृष्टिगत  गरी निधार्रण गर्न सक्नेछ । 
१८) कर छुटः यस ऐन बमोजिम कर तिर्ने  दायित्व भएका व्यक्ति वा संस्थाहरूलाई यस ऐन वा प्रचिलत कानून बमोजिम हुने कर छुट बाहेक कुनै पनि किसिमको कर छुट दिईने छैन ।
१९) कर तथा शुल्क संकलन सम्बन्धी  कार्यविधिः यो ऐनमा भएको व्यवस्था अनुसार  कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि  नगर कार्यपालिकाले तोके अनुसार हुने छ ।
२०) बिबिधः
(१) नेपालको संविधान २०७२ को धारा ५७(५), १०९, १६२(४), १९७, २१४(२), २२१(२), र २२६(१) सँग सम्बन्धित  अनुसूचि ९ अनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा परेका अधिकारहरूको हकमा प्रदेश तथा संघीय कानून स्वीकृत भै सोही कानूनहरूमा व्यवस्था भए बमोजिम हुनेछ ।
(क) कर, शुल्क तथा दस्तुरहरूको दर निधार्रण गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४, अन्तर(सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र प्रदेश नं. १ को आर्थिक  ऐन, २०७६ मा उल्लेखित व्यवस्थाहरूलाई आधार मानिने छ ।
(ख) यस ऐन बमोजिमको कर, शुल्क तथा दस्तुर संकलनका लागि नगरपालिकाले निजी क्षेत्रको सीप, क्षमता र पूँजीलाई अिधकतम उपयोग गनेर्गरी आवश्यक रणनीति निमार्ण गरी साबर्जिनक निजी साझेदारी (एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ ( एएए) को अबधारणा अनुसार आवश्यकता र प्रभावकारिता समेतलाई मध्यनजर गरी केही अयोजनाहरू कार्यान्वयन गर्न सक्ने छ ।
(ग) आफ्नो अधिकार क्षेत्रिभत्रको कर, शुल्क तथा दस्तुरहरू निधार्रण एवं संकलन गर्ने सन्दर्भमा नगरपालिकाले सरकारी वा गैरसरकारी संस्था, नगरबासीहरू र सरोकारवालाहरू समेतको आवश्यक परामर्श एवं सहयोग लिन सक्नेछ ।
(घ) नगरका बिभिन्न स्थानमा अस्थायी रूपमा बसोबास गिररहेका नागिरकहरूलाई करको दायरामा ल्याउन नगरपालिकाले आवश्यक कार्यविधि तयार गरी लागू गर्न   सक्नेछ ।
यो प्रस्तावित ऐनमा भएको व्यवस्था अनुसार  कर तथा शुल्क संकलन सम्बन्धी विवरणहरू अनुसूची(१ मा राखीएको छ ।   
 
५. विनियोजन सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७७
 
हलेसी तुवाचुङ  नगरपालिकाको आथिर्क बर्ष २०७७र०७८ को सेवा र कार्यहरूको लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन । 
प्रस्तावनास् हलेसी तुवाचुङ  नगरपालिकाको आथिर्क बर्ष २०७७र०७८ को सेवा र कार्यहरूको लागि संचित कोषबाट  केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम हलेसी तुवाचुङ  नगर सभाले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस ऐनको नाम “हलेसी तुवाचुङ  नगरपालिकाको विनियोजन ऐन, २०७७” रहेको छ ।
(२) यो ऐन आथिर्क बर्ष २०७७र०७८ को प्रारम्भबाट लागू हुनेछ ।
२. आर्थिक वर्ष २०७७र०७८ को निमित्त संचित कोषबाट रकम खर्च गर्ने अधिकारः
१) आर्थिक  वर्ष २०७७र०७८ को निमित्त नगर कार्यपालिका विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसुचि २ मा उल्लिखत चालू खर्च, पूँजीगत खर्च र बितिय व्यवस्थाको  रकम समते गरी जम्मा रकम  रू. ५२७८१४६५२(अक्षरेपी ५२ करोड  ७८ लाख १४  हजार ६ सय ५२ मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट  खर्च गर्न   सकिनेछ । 
३. विनियोजनः
(१) यस ऐनद्वारा संचित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७।०७८ को निमित्त हलेसी तुवाचुङ  नगरपालिका नगर कायर्पालिका र विषयगत शाखाले गर्ने सेवा र कायहरूको निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापिन कायर्पालिका र विषयगत शाखाले गर्ने सेवा र कायहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कायर्पालिकाले बचत हुने शीषर्कबाट नपुग हुने शीषर्कमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा जुन शीषर्कमा रकम सार्ने हो सो शीर्षकको जम्मा रकमको पचीस प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा  रकम सार्न तथा निकासा र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तिय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीषर्कमा बाहेक अन्य चालू खर्च शीषर्कतर्फ सार्न र वित्तिय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित  रकम व्याज भुक्तानी खर्च शीषर्कमा बाहेक अन्यत्र सार्न सकिने छैन ।
तर, चालु तथा पूँजीगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न  सकिनछे ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापिन एक शीषर्कबाट कुनै एक वा एक भन्दा बढी शीषर्कमा स्वीकृत रकमको पचीस प्रतिशत भन्दा बढ्ने गरी रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पनेर्छ ।
यो प्रस्तावित विनियोजन ऐन अनुसार आगामी आ.व. को अनुमानित आय व्यय सम्बन्धी विवरण अनुसुची(२
 
 
६. चालु आ.व. २०७६र२०७७ को बजेट समिक्षा
हलेसी तुवाचुङ नगरपालिकाको आगामी आ.व. २०७७र०७८ का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम पेश हुनेनगरसभामा नगर प्रमुख श्री इवन राई द्वारा प्रस्तुत चालु बजेट कार्यान्वयनको प्रगति प्रतिवेदन
नगर उपप्रमुखज्यु, प्रमुख प्रशासकीय अधिकृतज्यु, सभामा उपस्थित नगरसभाका सदस्यज्युहरु, नगरपालिकाका कर्मचारीहरु उपस्थित पत्रकारज्युहरु सबैमा हार्दिक नमस्कार तथा स्वागत व्यक्त गर्दछु। यति बेला हामी संघियता कार्यान्वयनको नविन अभ्यास गरीरहेका छौँ । जस अन्तर्गत रहेका स्थानिय तहको स्थानिय सरकारका माध्यमबाट आज हामी नगरको समृद्विका लागी आफ्ना पाईलाहरु निरन्‍तर अघि बढाईरहेका छौँ । 
सभ्याताकै यो सुन्दर लोकतान्त्रीक शासन व्यबस्था जँहा निर्वाचन र बालिक मताधिकारका माध्याकबाट जनताकै सरकार जनता कै शासन रहन्छ । सर्वप्रथम यस विधि र व्यबस्था प्राप्तिका लागि इतिहासका विभिन्‍न कालखण्डमा आफ्नो जिवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रदा समन प्रकट गर्न चाहान्छु ।
नगर सभाका सदस्यज्यूहरु
आज लोकतान्त्रीक व्यबस्था प्रति जनताको जति विश्‍वास र आस्था छ ।त्यो आस्थालाई डगमगाउन नदिनकालागि  हामी त्यति नै पारदर्सी  र सदाचारी हुन जरुरी छ । तसर्थ हामीले  गरेका विकाश निर्माण, सार्वजनिक सेवा प्रवाह नियमित रुपमा जनताका विचमा लैजाने नगरपालिकाको नियमित कार्यक्रमहरुका माध्यामबाट प्रस्तुत भईरहेकै छौँ । 
आ.व.०७६र०७७ को आरम्भमा यहाँका जिवित पुस्ताले कहिल्यै अनुभव नगरेको नभोगेको विउ समेत जोगाउन नसक्ने खालको खडेरी त्यसको लगतै निरन्तर अविरल बर्षा तथा झरीले हाम्रा प्राय जसो सबै वडाहरुलाई राजमार्गसंगको सडक सम्बन्धबाट विच्छेद गरायो भने कयौंको घरबार उजाड बनायो, खेतियोग्य जमिन नस्ट ग¥यो खडेरी पहिरोको प्रकोपबाट बचेको केहि अन्‍न बाली फौजि किराको प्रकोपबाट बचाउन र जोगाउन सकिएन। खडेरी वाढी पहिरो र फौजि किराको विनासकारी चक्रबाट गुज्रिएका हामीनगरबासी त्यहि समय नगरपालिकाको कर्मचारी प्रशासन ३ महिना भन्दा बढि नेतृत्व विहिन अवस्थामा रहनु प¥यो त्यसले विपद व्यवस्थापन, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई समेत क्षति पु¥यायो । यी सबै खाले समस्यको सामना गर्दै नगरपालिकालाई पुनर जिवन दिने क्रममा पुनः विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारणले विकास निर्माणका कामहरु थप्प हुनका साथै जनजिवन प्रभावित भई भोकमारीको समस्या सिर्जना हुदाँविपन्न परिवारलाई खाद्य राहत कार्यक्रम सन्चालन गर्नका साथै नगर बाहिर अध्यायन औषधि उपचार  रोजगार विभिन्न व्यापार व्यवसायको सिलसिलामा नगर बाहिर रहेका १५ दिनका सुत्केरी देखि ८० वर्ष पुगेका जेष्ठ नागरिकहरु भोकमारी र औषधि उपचारको अभावमा अलपत्र परेका नागरिकहरुलाई नगरपालिका द्धारा सबै खाले चुनौती र अवरोधका वाबजुत उद्दार गर्नु पर्ने अवस्था सिर्जना भयो ।यसै विचमा आ.व. २०७५र०७६ मा केन्द्र तथा प्रदेश सरकारले हामीलाई उपलब्ध गराउने भनेको  राजश्‍व बाडफाँडबाट प्राप्त हुने रकम समेत कटौति गरिदा नगरसभाबाट पारित विकास योजना अपुर्ण अवस्थामा रहनु पर्ने अवस्था सृजना समेत हुन पुग्यो । 
नगर सभाका सदस्यज्यूहरु यो पृष्ठभुमीबाट गुज्रेका हामी नगरबासी हाम्रो आर्थिक बर्षको आरम्भ नै खाद्यन्‍न राहत वितरण, अन्य विपद व्यवस्थापन, वडासंग सम्पर्क स्थापित गर्न सडक मर्मत, संघ प्रदेशबाट कटौति भएको रकमको स्रोत भर्ना व्यावस्थापनबाट सुरु भएकोले यी सबै साङ्गा पाङ्गा समस्यका विचमा हामीले नगरको नेतृत्व समालेको ३ बर्ष पुगेको छ । आरम्भमा विविध ऐतिहासिक अवसर संगै हामीमा चुनौतिका भिमकाय पहाडहरु समेत थिए र अझै पनि छन् । ती चुनौतीलाई आपसी सहमति र एकताको माध्यमबाट जनताको परिबर्तन र समृद्धिको चाहानालाई आत्मासाथ गर्दै जनताप्रति पूर्ण वफादारी रहि उच्च मनोबलका साथ कार्य गर्ने प्रयत्‍न सधै गरेका छौँ र गरिरहनेछौं ।
नगर सभाका सदस्यज्यूहरु हामीले २०७४र०३र२० का दिन दुर्छिम माविमा पाल टागेर पदको सपथ लिएका थियौ।नगरको आफ्नो भवन थिएन, दक्ष जनशक्ती थिएन, एकात्मक राज्यको धङधङती बाँकि नै  थियो । यस्ता थुप्रै खाले समस्या र चुनैतिहरुका विच आरम्भ पश्‍चात, सबै राजनितिक दल, संघसंस्था र हलेसी  तुवाचुङ नगपालिकाबासी दिदिबहिनि तथा दाजुभाईहरुको सहयोग र सक्रियतामा हामी संमृद्विको यात्रामा अघी  बढीरहदा नगरले विकासका थुप्रै सुचाङकाहरु समेत पार गरेको छ। आउने समयमा समेत सबैको सहयोगबाट विकास समृद्धिका बाँकि लक्ष्य हासिल गर्ने अपेक्षा गर्दैछु। 
 
हामीले यस चालु आ.व.को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रमलाई नगरसभाले समुन्नत हलेसी तुवाचुङ नगरपालिका निर्माण गर्ने दीर्घकालीन सोचसहित चालु आ.व. २०७६र७७को वार्षिक बजेट तथा कार्यक्रम सौहार्द्रपुर्ण वातावरणमा मिति २०७६र०३र३१ गते सर्वसम्मतले पारित गरी कार्यगर्दै आएका छौं।
नेपालको संविधानले आत्मसात गरेको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्थाले सफल कार्यान्वयन गर्नका लागि नेपाल सरकारले लिएको सम्वृद्ध नेपाल सुखी नेपालीको परिदृष्यलाई साकार पार्न योजना तर्जुमा गरी सो को प्रभावकारी कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय सरकारका नीति, योजना, बजेट तथा कार्यक्रमहरुमा पारस्पारिक सम्बन्ध हुन आवश्यक छ र सोहि अन्तर्गत केहि सुधारात्मक सम्बन्ध स्थापित हुँदै गएको महशुस भएको छ। हामीले चालु आ.व. २०७६र७७ को  नगरसभामा यस वर्षको लागि रु. ५५ करोड ७७ लाख ८२ हजार ४ सय १२को बजेट तथा कार्यक्रम तयार गरी सभाले पास गर्दै विनियोजन ऐन मार्फत नगरपालिकालाई खर्च गर्ने अख्तियारी प्रदान गरिएकोमाआ.व. २०७६र०७७ को माघ मसान्तसम्म संशोधित वार्षिक बजेट रू. ४७ करोड ७९ लाख ३० हजार रहेको थियो ।जसमा चालु आ.व. २०७६र०७७ जेष्ठसम्मको यथार्थ आम्दानीकूल ४७ करोड ९ लाख ६५ हजार  ६० रहेको छ । जस अन्तर्गत चालु तर्फ ३१ करोड ७२ लाख ७२ हजार ५ सय १७ (५६.०६प्रतिशत) र पुजीगत तर्फ १५ करोड ३६ लाख ९२ हजार ५ सय ४२ (४३.९३ प्रतिशत) रहेको छ । २०७७ जेष्ठ मसान्तसम्मको यथार्थ कुल खर्च रू ३४ करोड २६ लाख ६९ हजार ४ सय ६० रहेकोमा चालु खर्च  रू. २२ करोड २१ लाख ११ हजार ५ सय ९१ र पूँजिगतखर्च रू.१२ करोड ५ लाख ५७ हजार ८ सय ६९ रहेकोछ । 
नगरवासीहरुले दिएको अगाध माया र ममताबाट प्रेरित भई “त्रिधार्मिक तपोस्भूमि हलेसी“का रूपमा अगाडी बढाई सबै माझ परिचित गराउने गरी सबै क्षेत्रमा बजेट विनियोजनको व्यवस्था मिलाईएको थियो। चालु आ.व. २०७६र०७७ को नगर सभाबाट पनि आर्थिक वर्ष २०७६र७७ का लागि पारित भएका नीति तथा कार्यक्रमले सम्वृद्ध नगर निर्माण गर्न महत्त्वपुर्ण योगदान दिने विश्वास गरि हामीले नगरस्तरीय गौरवका कार्यक्रमहरुलाई समेत समावेश गरेका थियौं।उक्त नीति तथा कार्यक्रमले नगरको लागि विशेष महत्त्व मानिने योजनाहरु जस्तैः
क) बृहत हलेसी गुरुयोजना निर्माण
ख) नगर विद्युतिकरण कार्यक्रम
ग) रक गर्डेन
घ) शैक्षिक सुधार बर्ष कार्यक्रम
ङ) सुख्खा तथा बाढी पिडितलाई राहत वितरण
च) नगर खेलकुद विकासका लागि खेल प्रशिक्षक व्यवस्था
छ) नविकरणीय ऊर्जा सडक वत्ति जडान
ज) हलेसी धर्मशाला निर्माण
झ) उज्यालो नगर घोषणा अन्तर्गतवडा नं. ४ बडहरेका सम्पूर्ण घर धुरीहरूमा विधुत विस्तार गरी उज्यालो वडा घोषणा सम्पन्न, साथै विधुतिकरण हुन बाँकी रहेका वस्तीहरूमा निकट भविष्यहरूमा विधुत विस्तार गरी उज्यालो नगर घोषणा गर्ने कार्यक्रमको अन्तिम तयारी ।
ञ) हलेसी धितुङ भाडबेसी रेग्मीटार प्रदेश नं. १ सँग जोडने सडक
ट) रागाकाटे वडा कार्यालय कुर्लेघाट भौगोलिक विकट दुरदराजमा रहेको सडक
ठ) च्यास्मीटार सालचौतारा डिकुवा राईघाट सडक
ड) और्खौले हाट बजार व्यवस्थापन
ढ) दुर्छिम च्यास्मीटार ल्याव सञ्चालन
ण) भिडियो एक्सरे मेशिन सञ्चालन दुर्छिम
त) जेष्ठ नागरिक घर दैलो उपचार कार्यक्रम १५५० जेष्ठ नागरिक लाभान्वित
थ) नगरस्तरीय रातामाटे खेलमैदान निर्माण
द) सौर्य सडक बत्ति कार्यक्रम(छापडाँडा देखी नगरपालिकासम्म)
ध) हलेसी वसपार्क निर्माणको प्रारम्भ
न) किरात आदिम भुमि तुवाचुङ जाने पद मार्ग निर्माण
प) लकडाउनका कारण न्यून आय भएका विपन्न परिवारलाई राहत वितरण
फ) लकडाउनका कारण अलपत्र परेका नगरवासीहरुलाई भारत लगायत नेपालका विभिन्न स्थानबाट उद्दार ।
ब) गतवर्ष खडेरीको कारण विउ विजनका अभावमा भएका कृषकहरुलाई विउ वितरण कार्यक्रम ।
भ) नगरपालिकामा सुशासन पारदर्शिता र कर्मचारी तथा जनप्रतिनिधिलाई जवाफ देही बनाई जनताको सूचनाको हकलाई सुनिस्चित गर्न वडा स्तरिय तथा नगर स्तरिय सार्वजनिक सुनुवाई गरिएको ।
म) वडा नं २ डिकुवाको राटमातेमा यस नगरकै पहिलो लिफ्टिङ प्रविधिबाट सिंचाइ आयोजना संचालन निर्माण कार्य अगाढि बढाइएको ।
य) अम्बुले राईहरुको एतिहासिक भुमि भुम्जु गढी जाने पदमार्ग निर्माण गरिएको
र) सुख्खा क्षेत्र अन्तर्गत खानेपानी आयोजनालाई तिव्र रुपमा संचालन गर्न सम्बन्धित मन्त्रालय विभाग लगायत सरोकारवाला निकायहरुसँग समन्वय गरि काम अगाढि बढाएको
आदि रहेका छन ।उक्त कार्यक्रमहरु संचालनको लागि सार्वजनिक खरिद ऐन, प्रचलित अन्य नियम कानुनहरु पालना गर्दै अगाडी बढ्ने क्रममा केहि ठूला योजनाहरु हाल सञ्चालनमा रहेका छन् भने केही कार्यान्वयन हुने क्रममा रहेको छ।सो हुँदाहुदै पनिहामीले चालु आ.व. २०७६र७७ को श्रावण देखि हालसम्म आईपुग्दा उल्लेखित नगरसभाले दिएको म्यान्डेट अनुसार मासिक रूपमा हुने नगर कार्यपालिका बैठकबाट सो समयमा आई पर्ने नगरसभामा पास भएका बाहेकका अत्यावश्यक योजना तथा कार्याक्रम संचालनको लागि आवश्यक देखि निर्णय गर्दै कार्यान्वयनको चरणमा जाँदै गर्दा उक्त कार्यक्रमहरुलाई थप आम्दानीको श्रोत सुनिश्चितता भएको हुँदा हामीले गत नगरसभामा आंकलन गरेको आय भन्दा हालसम्म आईपुग्दा केहि वृद्धिहुने अवस्था देखिएकोले उक्त कार्यपालिका बैठकबाट निर्णय भै कार्यान्वयनका चरणमा रहेका कार्यक्रमहरुलाई पुरक बजेटका माध्यमबाट नगरसभाले पारित गरेर मात्र खर्च गर्न पाउने कानुनी व्यवस्था रहेकोले साविकमा नगर सभाले पास गरेका योजना तथा कार्यक्रमको अलावा विभिन्न समयमा वडा कार्यालयहरुबाट सिफारिस भै आएका थप कार्यक्रमहरुलाई समावेश गरि कार्यक्रम संचालनको आवश्यकता र श्रोतको आपुर्तिको आधारमा यस आ.व. २०७६र०७७ को हिउँदे नगरसभाबाट  अनुमोदनर पारित गरि कार्यान्वयनमा गैसकेको विषयलाई पनिम यो नगरसभामा जानकारी गराउन चाहन्छु।हामी यस आर्थिक वर्षलाई नगरसभाबाट पारित भएका योजना तथा कार्यक्रमहरु समयमा नै संचालन गर्नको लागि अभियानका रुपमा नै लैजाने नीति अंगिकार भए बमोजिम गर्दै आएकोमा पछिल्लो चौमासिक अवधिमा विश्वव्यापी महामारी कोभीड(१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको लामो अवधिको लकडाउनले योजना तथा कार्यक्रमहरूको संचालनमा अपेक्षित उपलब्धी प्राप्त हुन नसकेको व्यहोरा म नगरसभाको सम्पूर्ण सदस्यज्यूहरू र राष्ट्रसेवक कर्मचारीहरुमा अनुरोध गर्दछु।
नगरसभा सदस्यज्यूहरू,
अव म यस गरिमामय नगरसभा समक्ष आर्थिक वर्ष २०७७र७८ को बजेट तथा कार्यक्रम निर्माणको लागि स्थानीय आवश्यकता, नगरकार्यपालिका बैठक र नेपालको संविधानको धारा १२१ को उल्लेखित व्यवस्था अनुसार यो कार्यक्रम तथा बजेट तयार गरी कार्यान्वयनमा ल्याउन लागेको कुरा राख्न चाहन्छु।
१. नेपालको संविधान धारा १२१,
२. स्थानीय आवश्यकता
३. नगरसभाको म्यान्डेट अनुसार यस चालु आ.व. को फागुन पछाडि भएका नगरकार्यपालिका बैठकको निर्णयहरु,
हामी संशोधित बजेट तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनको चरणमा ल्याउदै गर्दा हिउँदे नगरसभाबाट भएका नगरको मुहार फेर्ने खालका योजना तथा कार्यक्रम कार्यान्वयनमा कोरोना महामारीबाट चालु आ.व. मा परेकोकठिनाई आगामी आ.व. मा पनि यसको प्रभाव निरन्तरताहुन सक्ने अवस्थालाई मध्य नजर गरी आगामी दिनमा पनिनगरका योजना तथा कार्यक्रमहरूमा बाधा पर्नेमा मलाई आशंका लागेको छ। यस नगरपालिकाले चालु आ.व. को शुरूवात देखि नै सुख्खा, बाढी पहिरो, खाद्य संकट जस्ता असहज परिस्थिति व्यहोर्दै आइरहेको हुँदा कोरोना कहरमा पनि सबैले आ(आफ्नो क्षेत्रबाट नगरका मुहार फेर्ने कार्यमा साथ र सहयोग पुर्याउनु हुन्छ भन्ने अपेक्षा राखेको छु।
हामीले गत नगरसभामा हाम्रो ५ वटै विषयगत क्षेत्र तथा उपक्षेत्रहरुलाई समेटेर आवश्यकता, औचित्यता, स्थानीय सरकार संचालन ऐन, २०७४, नेपालको संविधान, अन्तरसरकारी वित्तिय व्यवस्थापन ऐन आदि समेतका आधारमा योजना तथा कार्यक्रम तय गरी सबै क्षेत्रलाई सन्तुलित रूपमा विकासको प्रत्याभूति दिलाउने अवधारणा अनुरूप तय गरिएका उक्त योजना तथा कार्यक्रमहरु अनुसार नै नगरसभाबाट पारित हुँदै गरेको संसोधित बजेट तथा कार्यक्रम समेतको प्रगतिलाई समावेश गरेका छौं।
शाखागत प्रगतिः
स्वास्थ्यबाट जेष्ठ नागरिक, अपाङ्ग, स्वास्थ्य परीक्षण घर दैलो कार्यक्रम र गर्भवतिहरूको ग्रामिण भिडीयो एक्सरे कार्यक्रमले सेवाको प्रभावकारिता बढाएको छ ।
हामीले गत नगरसभाबाट विषयगत क्षेत्रमा पूजीगतमा विनियोजन गरेका योजना तथा कार्यक्रमहरुको तपशिल बमोजिमको प्रगति भएको व्यहोरा जानकारी गराउन चाहन्छु।
क) आर्थिक विकास स् आर्थिक विकासको मुख्य शिर्षकमा उद्योग तथा वाणिज्य, कृषि, पशु पर्यटन, वित्तीय क्षेत्र र सहकारी रहेका छन्। यस मुख्य शिर्षकमा कुल रु. १ करोड ५७ लाख ३६ हजार ९ सय ३९ बजेट विनियोजन गरिएको थियो।जुन कुल पूँजीगत बजेटको करिब १०.८९ प्रतिशत रहेकोमा हाल सम्म ७६.९५ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहन्छु।
ख) सामाजिक विकास स् सामाजिक विकासका मुख्य शिर्षकमा खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृती प्रवर्द्धनका कार्यक्रमहरु समेटिएका छन्।यस शिर्षकमा कुल रु. १ करोड २८ लाख ६९ हजार २ सय ७७ बजेट विनियोजन गरिएको थियो।जुन कुल बजेटको करिब ८.९० प्रतिशत रहेकोमा हाल सम्म ८२.१६ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहन्छु।
ग) पूर्वाधार विकास स् यस क्षेत्र अन्तर्गत उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्‍चार, सडक तथा अन्य सबै खाले पूर्वाधारका क्षेत्रहरु समेटिएका छन्।यस शिर्षकमा कुल रु. ९ करोड ५८ लाख १० हजार ७ सय८६ बजेट विनियोजन गरिएको थियो।जुन कुल बजेटको करिब ६६.३२ प्रतिशत रहेकोमा हाल सम्म ७५.९५ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहन्छु।
घ) वातावरण तथा विपद व्यवस्थापन स् यस मुख्य शिर्षकमा वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साईटको व्यवस्थापन, वन तथा भू(संरक्षण, वारूणयन्त्र सञ्‍चालन र विपद व्यवस्थापनका क्षेत्रहरु समेटिएका छन्।यस शिर्षकमा कुल रु. ७ करोड १६ लाख ८९ हजार ५ सय बजेट विनियोजन गरिएको थियो।जुन कुल बजेटको करिब १२.७५प्रतिशत रहेकोमा हाल सम्म १०० प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहन्छु।
ङ) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन स्यस क्षेत्रमा अभिलेख व्यवस्थापन, नागरिक वडापत्र, मानव संशाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, आन्तरिक तथा अन्तिम लेखापरिक्षण, राजश्व परिचालन, संस्थागत क्षमता विकास, पूँजीगत सम्पत्तिको सञ्‍चालन र संभार, कार्यालय सामान तथा सेवाहरु, सेवा तथा परामर्श, कार्यक्रम सम्बन्धि खर्चहरु, अनुगमन र मुल्याङ्कन र भ्रमण अन्तर्गत हुने खर्चहरु आदि समेटिएका छन्।यस शिर्षकमा कुल रु. ४ करोड ३० लाख १३ हजार ७ सय बजेट विनियोजन गरिएको थियो।जुन कुल बजेटको करिब १.११ प्रतिशत रहेकोमा हाल सम्म ६७.१३ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहन्छु।
यस चालु आ.व. २०७६र७७ को नगरसभाबाट कुल राजश्व असुलीको अनुमान रु. ११ करोड६६ लाख १६ हजार गरिएको थियो।जसमध्ये आन्तरिक श्रोतमा १ करोड अनुमान गरिएकोमा २०७६ जेष्ठ मसान्तसम्म गते सम्म रू.६५ लाख असुल भई अनुमानित आम्दानीमा ६५प्रतिशत प्रगति भएको थियो भने, बाह्य श्रोतबाट रु. १० करोड ६६ लाख १६ हजार अनुमान गरिएकोमा हाल सम्म रु. ४ करोड ६८ लाख २७ हजार ८ सय ३७ पैसा १७ अर्थात ४३.१ प्रतिशत आम्दानीभएको व्यहोरा जानकारी गारउन चाहन्छु। यसरी हेर्दा हामीले अनुमान गरेको राजश्व लक्ष्यमा नपुग्ने देखिन्छ।नगरपालिकाले साविक देखि असुल गर्दै आइरहेको सबै किसिमका करलाई थप वैज्ञानिक बनाउन आवश्यक पहलकदमी गर्दै आगामी आ.व. देखि सबै वडा कार्यालयहरुमा राजश्व सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याउन लागिएको छ जसले राजश्व आम्दानीमा थप वृद्धि हुनुका साथै रेकर्डहरु व्यवस्थापनमा सहजता हुने विश्वास समेत व्यक्त गर्न चाहन्छु।
अब म यस नगरसभा समक्ष आगामी आ.व. २०७७र७८ को बजेट तथा कार्यक्रमका लागि प्रस्ताव गरिएको बजेट तथा कार्यक्रमको विवरण पुस्तिका मार्फत पेश गरेको छु।
अन्त्यमा,
यस “त्रिधार्मिक तपोस्भूमि हलेसी“को विकास, समृद्धि र समुन्‍नतिको लागि निरन्तर सद्‍भाव र सहयोग गर्नु हुने  सम्पुर्ण नगरसभा सदस्यज्युहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकार सुरक्षा कर्मी, राजनैतिक दललगायत सबैमा हार्दिक आभार प्रकट गर्दै आगामीबजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सबै पक्षहरुको साथ र सहयोगको अपेक्षा गरेको छु। हाम्रा सामु थुप्रै चुनौतीहरु विद्यमान छन्। हामी सबैको साथ, सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउन सकेमा ति चुनौतीहरुलाई सजिलै पार गर्न सक्नेछौं भन्ने कुरामा कसैको पनि दुई मत नहोला। आगामी दिनमा हामी सबैका प्रयत्‍नले सार्थक उपलब्धि हासिल गर्न सकोस भन्ने अपेक्षा गर्दै चालु आ.व.को वाँकी अवधि र आगामी आ.व.को लागि प्रस्तावित नीति र बजेट तथा कार्यक्रम मार्फत ल्याईएका योजना तथा कार्यक्रमहरुको सफलताको शुभकामना सहित आगामी दिनमा सबैको सक्रिय सहयोग पाउने अपेक्षा गर्दै सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।
धन्यवाद।
नगर प्रमुख
हलेसी तुवाचुङ नगरपालिका
 
मितिः २०७७।३।१०
प्रकाशित मिति २०७७ असार १२

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित