दिप्रुङ चुइचुम्मा गाउपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम

  • प्रकाशित मितिः असार १०, २०७७
  • 1234 पटक पढिएको
  • संवादताता

सभाध्यक्ष महोदय,
गाउँसभाका सदस्यहरु, सभाका सचिव लगायत कर्मचारी मित्रहरु, 
काभिड–१९ को विश्वव्यापी संक्रमणका कारण सिर्जित असहज परिस्थितिबाट आफ्नो सेवा प्रवाह, समग्र शासन व्यवस्था र विकास निर्माणमा परेको असरलाई लेखा जोखा गर्दै संघियता पछि जनप्रतिनिधीको रुपमा हाम्रो गाउँपालिकाको साँतौ गाउँ सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गौरावान्मीत भएको छु । 
यो समयमा नेपाललाई यहाँ सम्म ल्याईपु¥याउन आफ्नो ज्यान आहुति दिनुहुने वीर शहिदहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै स्तन्त्रताका लागि आवाज बुलन्द गर्दा आफ्नो शरीरको महत्वपुर्ण अंग गुमाउनु हुने घाईते योद्धाहरु, देशलाई सार्वभौम सत्ता सम्पन्न बनाउन आजका दिन सम्म आफ्नो पसिना र जवानी नभनी अहोरात्र अग्रमोर्चामा उभिनु हुने सबै व्यक्तित्वहरुलाई यस वेला म सम्झन चाहन्छु । 
नेपाली राजनीतिमा पटक–पटकको जनआन्दोलनद्धारा स्थापित नेपालको संविधानले देशलाई लोकतान्त्रिक गणतन्त्रात्मक संघिय राज्य घोषणा गर्यो । नेपाली जनताको लामो बलिदानी पुर्ण संर्घष पश्चात प्राप्त संघियतालाई संस्थागत गर्नु हाम्रो कर्तव्य हो । 
सोही संविधानको जगमा उभिएर संघियता कार्यान्वयन गर्ने सन्र्दभमा २०७४ असार १४ गते हामी निर्वाचित भए पश्चात स्थानिय सरकार संचालन गरिरहेका छौ । यस स्वर्णिम घडिमा हामीले संघियतालाई कार्यन्वयन गर्ने सन्दर्भमा नेपालको संविधान भाग १८ को धारा २२६ अनुसार ऐन कानुन निर्माण गरी नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरी हाम्रो   दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई सुन्दर र समृद्ध गाउँपालिका निर्माण गर्न सुनौलो अवसर प्राप्त गरेका छौँ । 
२०७६ पौष महिनाको अन्त्यतिर विश्वमा फैलिन सुरु भएको कोरोना भाईरस (ऋयखष्म ( ज्ञढ) को संक्रमणले हाम्रो नियमित रुपमा संचालन हुने शिक्षा, विकास निर्माणका क्रियाकलाप, यातायात जस्ता महत्वपुर्ण कुराहरु सञ्चालन हुन नपाउँदा हामीले विगत वर्षहरुमा प्रक्षेपण गरेका उपलब्धीहरु पुर्णरुपमा हासिल गर्न चुनौति भएको छ । तथापी हामी यि चुनौतिका विचमा पनि निरन्तर हाम्रो गाउँपालिकालाई कोरोना रहित गाउँपालिका बनाउदै, विनियोजित सबै आयोजना सम्पन्न गर्दै समृद्ध गाउँपालिकाको आधार तयार गरिरहेका छौ । 
कोरोना भाईरसका कारण प्राथामिकतामा पर्नु पर्ने विभिन्न आयोजनाहरुलाई पछाडि धकेल्दै नागरिकको स्वस्थ बाच्न पाउने अधिकारलाई स्थापित गर्दै कोरोना भाईरस रोकथाम तथा न्युनिकरणमा विशेष ध्यान दिईरहेका छौँ । यस संवेदनशिल घडिमा नागरिकलाई संक्रमणबाट बचाउनु हामी निर्वाचित जनप्रतिनिधीको कर्तव्य हो । 
हाम्रो यस गाउँपालिकामा कोरोना भाईरस भित्रिन नदिनका लागि निरन्तर प्रयासरत जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारी, स्वास्थ्य स्वयमसेविका, राजनीतिक दल लगायत समग्र गाउँपालिका बासिको महत्वपुर्ण भूमिका रहेकोले यस महामारीमा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारी, स्वास्थ्य स्वयमसेविकाहरुको विमा गर्ने नीति लिदै यस आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग गर्नु हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत सम्पुर्ण कर्मचारी साथिहरु, विषयगत समिति वा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई हार्दिक धन्यवाद दिनचाहान्छु । 
नेपालको संविधानले दिएको अधिकारको प्रयोग गर्दै नागरिकको आवश्यकता पहिचान गर्नु हाम्रो नीति तथा कार्यक्रम तयारको प्रमुख आधार हो । हाम्रो यस आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमका प्रमुख प्राथामिकताका क्षेत्रहरुलाई विशिष्टकृत गरी प्रस्तुत गर्ने कोशिस गरेको छु । 
काभिड–१९ को संक्रमणको असरलाई न्युनिकरण गर्दै जनजीवनलाई नियमित गर्नु, कोरोनाको असरबाट सिर्जित आवश्यकताको पहिचान गर्नु, दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई कोरोना रहित गाउँपालिका बनाउनु, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि उत्पादन, र रोजगारी प्रर्वद्धन गर्नु जस्ता विषय यस आर्थिक वर्ष २०७७÷०७८ को प्रमुख प्राथामिकताका क्षेत्रहरु रहेका छन् । 
 
 
 
 
 
 
अध्यक्ष महोदय,
 
अव म यस दिप्रुङ चुईचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट यस गरिमामय सभामा पेश गर्ने अनुमति चाहन्छु ।
 
                                 दिप्रुङ चुइचुम्मा गाउ‘पालिकाको नीति तथा कार्यक्रम
२०७७÷०७८ खोटाङ
 
 
 
 
 
 
 
 
स्वास्थ्य  तथा सरसफाई
ड्ड गाउँपालिका स्वास्थ्य सेवा ऐनलाई प्रभावकारी रुपमा लागु गरीने छ ।   
ड्ड गाउँपालिका स्तरको अस्पताल निर्माण कार्य थालनी गरिने छ ।  
ड्ड गाउँपालिकाका नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि एक जना ःद्यद्यक् म्यअतयच को नियुक्ति गर्ने व्यवस्था मिलाईने छ । 
ड्ड गाउँपालिका भित्रका उपस्वास्थ्य चौकीहरुलाई अपग्रेड गरी स्वास्थ्य चौकीमा रुपान्तरण गरिने छ । 
ड्ड आफ्नौ स्रोत साधनलाई उपयोग गर्दै आवश्यक स्थानहरुमा स्वास्थ्य ईकाई स्थापना गरी नागरिकहरुलाई स्वास्थ्य सुविधा प्रदान गरिने छ । 
ड्ड वडाका स्वास्थ्य संस्थामा एक्स–रे मेसिन ( अल्ट्रा साउण्ड) को व्यवस्था गरिने छ । 
ड्ड दीर्घ रोग ग्रसित महिलाहरुको आङ खस्ने, सेतोपानी बग्ने, पाठेघर सम्बन्धी समस्यालाई ध्यानमा राख्दै स्थानीय स्वास्थ्यकर्मीलाई विषय विज्ञ चिकित्सक मार्फत तालिमको व्यवस्था गरि यहि उपचार गरिने व्यवस्था मिलाईने छ ।
ड्ड विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ¬(ऋयखष्म(ज्ञढ) रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका प्रवेश गर्ने प्रत्येक नाकामा परीक्षणको दायरालाई बढाएर लगिने छ । 
ड्ड गाउँपालिका प्रवेश गरेका नागरीकलाई क्वारेन्टीन व्यवस्थापन गरी श्रेणीगत रुपमा व्यवस्थापन गर्दै लगिने छ । 
ड्ड गाउँपालिका भित्र कोरोना भाईरसको संक्रमण भयावह परिस्थिति देखिएमा पालिका भित्रका स्वास्थ्य क्षेत्रमा ज्ञान तथा क्षमता हासिल गरेका तर पेशामा आवद्ध नभएका नागरिकहरुलाई आह्वान गरी सहयोगार्थ परिचालन गरीने छ ।
ड्ड कोरोना भाईरस तथा अन्य विभिन्न रोगको परिक्षण गर्ने एक स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना गरिनेछ ।
ड्ड कोभिड–१९ को कारण सिर्जित परिस्थितीको नकारात्मक असरको लेखाजोखा गरी सेवा प्रवाह, विकास निर्माणमा आवश्यक कार्यविधी बनाई कार्यान्वयनमा लगिने छ ।  
ड्ड सबै स्वास्थ्य संस्थामा आवश्यक दरबन्दी पदपुर्ति गरिदै लगिने छ । 
ड्ड गाउँपालिका भित्र रहेका बर्थिङ सेन्टरबाट गर्भवती महिलालाई अप्रेशनका लागि रेफर भएमा गाउँपालिका बाट जुनसुकै अस्पताल लैजानु परेमा पालिकाको एम्बुलेन्सले तोकिएको एकतर्फी भाडादर निशुल्क गरिने छ ।  
ड्ड आम नागरिकमा स्वास्थ्य सम्बन्धी जनचेतना र शिक्षा प्रदान गरीने छ ।  
ड्ड ७० बर्ष माथिका बृद्ध बृद्धाहरुलाई घरमै स्वास्थ्य जाँच गर्न घर घरमा स्वास्थ्यकर्मी परिचालन अभियान प्रभावकारी बनाउदै लगिने छ ।  
ड्ड निशुल्क स्वास्थ्य सेवा पु¥याउदै आउनु भएका स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक प्रोत्साहन भत्ताको रुपमा रु ७०० प्रदान गरीदै आएकोमा यसलाई निरन्तरता दिईने छ । 
ड्ड “स्वस्थ बालक समृद्धिको आधार” भन्ने नाराका साथ हरेक घरका गृहणीहरुलाई बालबालिका हेरचाह र स्वस्थ आहार सम्बन्धी आधारभूत तालिमको व्यवस्था मिलाईने छ । 
ड्ड गाउँपालिकामा रहेको एम्बुलेन्सलाई २४ सै घण्टा सन्चालन गर्ने व्यवस्था मिलाईने छ ।  
ड्ड कोरोना भाईरस रोकथामका लागि निरन्तर खटिरहेका जनप्रतिनिधि, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी लगाएतको विमा गर्ने व्यवस्था मिलाउदै  सम्पुर्ण नागरीकको स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा जोड दिईने छ । 
ड्ड वार्षिक रुपमा गाउपालिकाले विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा उपचार सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिईने छ ।
ड्ड बढ्दो अवस्थामा रहेको कोरोना भाईरस न्युनिकरणका लागि स्वास्थ्य कर्मी, गैर सरकारी संघ सस्था, बाल क्लब, आमा समुह, शिक्षक, विधार्थीलाई परिचालित गरिने छ । 
ड्ड स्थानीय जडिबुटी र आदिवासी ज्ञानलाई प्रबद्र्धन गरेर परम्परागत स्वास्थ्य सुविधा विस्तारमा जोड दिईने छ ।  
ड्ड प्रत्येक व्यक्तिले वर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्ने र रोग परिचाहन भएका व्यक्तिको समयमै स्वास्थ्योपचार गराउन सहजिकरण गर्न आवयक कार्यक्रमहरु तर्जुमा गरिनेछ । 
ड्ड प्रत्येक शिशुहरुलाई भबिष्यमा स्वस्थ जिवन बाच्न सकुन भन्ने उदेश्यले शिशु जन्मेको २ बर्ष सम्म शिशु पोषण प्रर्बद्धन कार्यक्रमलाई निरन्तरता दिईने छ ।  यो एक दम्पतीको अधिकतम दुईगर्भधानबाट जन्मीएका शिशुहरुलाई मात्र लागु हुने छ ।
ड्ड गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सुधार गर्नको लागि २४ घण्टे प्रसुती सेवा सञ्चालनमा रहेका स्वास्थ्य चौकीको ब्यवस्थापन क्षमता अभिवृद्धि गरिने छ । 
ड्ड गर्भवती महिला भएको घरमा संकेत चिन्ह प्रयोग गर्ने नीति लिईने छ । 
 
 
कृषि तथा पशु विकास   ड्ड कृषि ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । 
ड्ड निर्वाहमुखि कृषिलाई दिगो एवं व्यवसायीक प्रणालीमा रुपान्तरण गरी यन्त्रीकरणको विकास गरिने छ । 
ड्ड गाउँपालिका भित्र खाधन्न, तरकारी, फलफूल, माछामासु, तथा दुग्ध पदार्थ उत्पादनमा जोड दिई आत्मनिर्भर गाउँपालिका बनाईने छ ।  
ड्ड बाँझो जग्गाहरुको एकिकृत तथ्याङक संकलन गरी सो को पुर्ण उपयोगको व्यवस्था मिलाउन भुमि बैंकको अवधारणा ल्याईने छ । र त्यस्ता जग्गाहरु लिजमा लिईएर उत्पादन गर्न कृषकलाई प्रोत्साहित गरिने छ । 
ड्ड कृषि तथा पशु विमा कार्यक्रमलाई प्रोत्साहित गर्न नीतिगत तथा कार्यक्रमगत व्यवस्था मिलाईने छ । 
ड्ड गाउँपालिका भित्र उत्पादन हुने चिया उत्पादन हुने भु–भागलाई खेतिमा परिणत गरीने छ । यसलाई प्रभावकारी कार्यान्वयन गराउन चिया सहकारी गठन गरीने छ ।  
ड्ड कृषिमा आधारित उद्योगहरुको विकासका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरी उद्यमीहरुलाई आकर्षक गर्ने नीति लिईने छ । 
ड्ड गाउ‘पालिका भित्रको कृषि भूमिलाई पकेट क्षेत्र घोषणा गरी कृषि उत्पादन संकलन,भण्डारण र खरिद बिक्रीको ब्यवस्था गाउ‘पालिकाको तर्फबाट गरिनेछ । 
ड्ड कृषि उत्पादनलाई बजार सम्म पु¥याउनको लागि प्रत्येक वडामा संकलन केन्द्र स्थापना गरिने नीति लिईने छ । 
ड्ड कृषि उत्पादनको लागत घटाउन कृषि मैत्री औजार, उन्नत प्रविधि एवं सरल कृषि कर्जा तथा सर्शत अनुदानको ब्यवस्था गर्न कृषि उद्यम कोषको स्थापनाको व्यवस्था मिलाईने छ । 
ड्ड कृषि क्षेत्रमा कार्यरत निजी, सहकारी, सरकारी तथा गैर सरकारी संस्थाहरु विच समन्वय र सहकार्य गर्दैै साझेदारीमा काम गर्ने एक साझेदारी समपुरक कोषको स्थापनाको व्यवस्था मिलाईने छ ।  
ड्ड गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत कृषि भएकाले कृषिमा आधारित उद्योगहरुको विकासका लागि यूवा लक्षित कार्यक्रम सञ्चालन गरि उद्यमीहरुलाई आकर्षित गर्ने नीति लिइने छ । 
ड्ड कोरोना भाईरसका कारण बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई बाँझो  खेतियोग्य जमिनमा परिचालित हुने कार्यक्रम बिस्तार गरिने छ । 
ड्ड कृषि पेशालाई मर्यादित बनाउन कृषि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ, यस मार्फत कृषकहरुलाई पुरस्कृत गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय कृषि मेलामा सहभागिता, अवलोकन भ्रमण तथा कृषकका उत्पादनको व्राण्डिङ गर्ने नीति लिइने छ । 
ड्ड जलवायू परिवर्तनलाई कृषिमा अनुकुलन गर्दैै कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन तथा उपयोगमा वृद्धि गरिने छ । 
ड्ड पशु बधशाला निर्माण गरि शुद्ध मासुको बिक्रि बितरणको व्यवस्था मिलाईने छ । 
ड्ड कृषि उद्यममा आधारित समूह, सहकारी, निजी ब्यवसायीहरुलाई ब्यवसायीक योजनाहरुको प्रतिस्पर्धा गराई अनुदान दिने नीति लिइने छ । 
ड्ड वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमा रहेका यूवाहरुको पहिचान गरि यूवाहरुलाई ब्यवसायीक कृषि तथा पशुपालन सम्वन्धी उद्यमशीलता तथा सिपमूलक तालिम सञ्चालन गर्ने नीति लिइने छ ।
ड्ड गाउ‘पालिका भित्रको सबै वडाभित्र माटो परिक्षण गरी व्यबसायीक खेतिको लागी आबस्यक बिउ,मल,खाद्य तथा प्रबिधिको व्यबस्था गरीने छ ।
ड्ड कृषकहरुको घरदैलोमा आधुनिक कृषि प्रविधि पुर्याउन हरेक वडामा कृषि प्राविधिकको ब्यवस्थापन गरि अगुवा कृषकहरुको लागि कृषक पाठशाला सञ्चालन गरिने छ । 
ड्ड आगामी ५ वर्षमा कृषि भूमिमा आधारित जैविक प्रांंंङगरिक मल र जैविक विषादीको प्रयोग गरी गाउँपालिका लाई अर्गानिक क्षेत्र घोषणा गर्ने नीति लिइने छ । 
ड्ड ब्यवसायीक पशुपालन, दुग्धजन्य र मासुजन्य उत्पादनलाई आगामी ५ वर्ष भित्र बाह्य ब्यापारको मुख्य वस्तुको रुपमा स्थापित गरिने छ । 
ड्ड बाख्रापालन, कुखुरा पालन लगायत अन्य पशुपालन ब्यवसायको आधुनिकीकरण र व्यवसायीकरण गरिने छ । 
ड्ड स्थानीय उन्नत जातको विऊविजन जोगाउन कृषि सहकारी संस्था मार्फत विऊविजन वैंक स्थापना गरिनेछ । 
ड्ड लोपन्मुख बाली (कृषि) उपजहरुलाई ( फापर, जौ, कागून) उत्पादन गर्न प्रोत्साहित गरिने छ । 
ड्ड गाउँपालिकाको कुनै एक स्थानमा कोल्डस्टोरको स्थापना गरी संञ्चालन गरिने छ । 
 
शिक्षा ड्ड कोरोना भाईरसका कारण लामो समय सम्म विद्यालयहरु सञ्चालन हुन नपाएकोले आगामी दिनमा भौतिक दुरी कायम राख्दै उच्च सर्तकता अपनाई नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने नीति अबलम्बन गरिने छ । 
ड्ड गाउँपालिकाको कुनै एक स्थानमा स्नातक तहको क्याम्पस स्थापना गरिने छ । 
ड्ड गाउँपालिका भित्र रहेका प्रस्तावित माध्यमिक विद्यालयहरुलाई पुर्ण रुपमा माध्यमिक विद्यालय यसै वर्ष भित्र बनाईने छ र दरबन्दीको व्यवस्था गरिने छ ।    
ड्ड वडाका १ वटा बाल बिकास केन्द्रहरुमा बालमैत्री पूर्बाधार थप गरी आधुनिक किन्डर गार्डेनको रुपमा विकास गरिनेछ । 
ड्ड नमुना विद्यालयमा १÷१ वटा सूचना प्रविधि तथा श्रब्यदृष्य कक्षाहरुको व्यवस्थापनमा जोड दिईने छ । 
ड्ड स्कुल नर्स कार्यक्रमलाई निरन्तरता दिईने छ । 
ड्ड उत्कृष्ट शिक्षक, विधार्थी, वि.व्या.स. अध्यक्ष, प्र.अ. पु्रस्कृत गर्ने नीतिलाई निरन्तरता दिईने छ । 
ड्ड गाउँपालिकाले गत आ.व.मा वितरण गरेको दरबन्दीलाई यथावत कायम गर्दै आवश्यकता अनुसार दरबन्दी सिर्जना गरीने छ  । 
ड्ड गाउँपालिका भित्रका विद्यालयहरुको दरबन्दी मिलान गर्ने कार्यलाई निरन्तरता दिईने छ । 
ड्ड गाउँपालिका स्तरिय कक्षा ८ र कक्षा ५ को परिक्षालाई अझ बैज्ञानिक ढंगले अगाडि बढाईने छ । 
ड्ड गाउँपालिकामा एक प्रविधिक शिक्षालय स्थापना गर्ने नीति लिईने छ । 
ड्ड माध्यमिक तह सम्मका ईहाजिरीलाई व्यवस्थित गर्दै अन्य तहमा पनि ईहाजिरीको व्यवस्था गर्दै लगिने छ । 
ड्ड गाउँपालिका भित्रको प्रत्येक विद्यालयको ई–अभिलेख व्यवस्थापन गरिने छ । 
भौतिक पुर्वाधार ड्ड गाउँपाकिामा एक समपुरक कोषको स्थापना गरिने छ । 
ड्ड यस आर्थिक बर्ष भित्र साप्सु खोलामा निर्माणाधिन पक्की पुल निर्माण कार्य सम्पन्न गरीने छ । 
ड्ड गाउँपालिकाको टेण्डर गरिएको पक्की भवन यसै आर्थिक वर्षमा सम्पन्न गरिने छ । 
ड्ड गाउँपालिका कार्यालय पक्की भवन निर्माणका लागि नेपाल सरकारको अनुदान तथा प्राविधिक सहयोग लिइनेछ ।   
ड्ड गाउँपालिका भित्र सडक ट्रयाकलाई स्तर उन्नतिमा ध्यान दिईने छ र अति आवश्यक स्थानमा मात्र ट्रयाक खोल्ने कार्य अगाडि बढाईने छ । 
ड्ड गाउँपालिकाको प्रमुख केन्द्रमा रहेको पञ्चमी बजारलाई डि.पि.आर प्रतिवेदन अनुसार व्यवस्थित गरिने छ । 
ड्ड डि.पि.आर प्रतिवेदन तयार भएका योजनाहरुको निर्माण कार्यका लागि आवश्यक बजेट तर्जुमा गर्दै लगिने छ, र डि.पि.आर गर्न बाकी योजनाको डि.पि.आरका लागि बजेट व्यवस्था गरिने छ । 
ड्ड गाउँपालिका कार्यालयबाट वडा कार्यालय सम्म जाने सडकहरुलाई स्तरउन्नती गरीने छ । 
ड्ड गाउँपालिकालाई तराई जोड्ने रमाईलो,मुलाबारी, पञ्चमी हुदै छितापोखरी काल्चीङ खोला सम्मको सडकलाई स्तरउन्नत गर्दै बाह«ै महिना सञ्चालनमा ल्याईने छ ।
ड्ड तावा खोला देखि टुवाखोला सम्मको सडकलाई स्तरउन्नत गर्दै यातायातलाई बाह«ै महिना सहजरुपमा सञ्चालनमा ल्याईने छ ।
ड्ड याम्खा खानिडाँडा दिक्तेल सडकलाई बाह«ै महिना यातायात सञ्चालनमा ल्याउन स्तरउन्नती गरिने छ । 
ड्ड यसैबर्ष गाउ‘पालिकाका खानेपानी अपुग भएका बस्तीहरुमा अनिवार्य रुपमा खानेपानी उपलब्ध गराईने छ ।
ड्ड खेतीयोग्य जमीनमा सिंचाई सुविधा पु¥याउन कुलोहरुको निर्माण र हिउँदे पोखरीहरुको निर्माण गरिनेछ । 
ड्ड छिमेकी गाउँपालिकाहरु सँग समन्वय गर्नुपर्ने विकास आयोजनाहरुको बिषयमा समन्वय मार्फत आधार तयार गरिने छ । 
 पर्यटन तथा संस्कृति ड्ड गाउँपालिका क्षेत्रमा प्रमुख पर्यटकीय स्थलहरुको प्रोफाइल तयार गरिने छ । 
ड्ड संस्कृति तथा पर्यटन विकासको लागी गाँउपालिकाले आवश्यकता अनुसार पर्यटन महोत्सव, होटेल व्यवस्थापन, होमेस्टे स्थापना नयाँ पर्यटन स्थलको पहिचान गरि यस्ता पर्यटकिय विकासका लागि कार्य गर्ने नीजि क्षेत्र एन.जि.ओ , आई.एन.जि.ओ., प्रदेश सरकार र संघीय सरकार संग सहकार्य गरि कार्यक्रमलाई अगाढी दढाउने नीति लिइने छ । 
ड्ड निर्माणाधिन धिप्लुङ झरनालाई सौन्दर्यकरणको कार्यलाई तिब्रता दिईने छ । 
ड्ड सेशथुम्का डाँडालाई वोटानिकल पार्कको रुपमा विकास गरिने छ । 
ड्ड राम्चे भ्युटारको डि.पि.आर कार्य सम्पन्न भएकोले सौन्दर्यकारणको कार्य प्रारम्भ गरिने छ । 
ड्ड आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि प्रचार प्रसारका विभिन्न(पोष्टर, ब्यानर, होडिङ बोर्ड, पर्चा ) तयार गरि वितरण गरिने छ । 
ड्ड साहसिक पर्यटनको विकास गर्नका लागि भुर्चुङमा डाँडाबाट भन्डारे घाटमा प्याराग्लाइडिङ यसै बर्ष भित्र व्यवसायिक रुपमा उडान शुरु गरिने छ । 
ड्ड धर्मिकस्थलहरुको प्रवद्र्धन गर्दै ऐतिहाँसिक तथा पुरातात्वीक सामाग्रीहरुको खोज अनुसन्धान गरी सांस्कृतिक संग्राहलय निर्माण गरिनेछ ।  
सुशान, पारदर्शिता र जवाफदेहिता ड्ड सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउदै लगिने छ । 
ड्ड योजना अनुगमन कार्य चुस्त दुरुस्त छिटो छरितो र पारदर्शितालाई निरन्तरता दिदै योजनाको अनुगमन कार्यलाई अझ विश्वशनीय बनाईदै लगिने छ । 
ड्ड गाउँपालिकाबाट कार्यन्वयन गरिने हरेक आयोजनाहरु समान सहभागिता, समावेशिता, समानुपातिक प्रतिनिधित्वमा सञ्चालन गरिने छ । 
ड्ड गाउँपालिकाबाट सञ्चालन हुने प्रत्येक आयोजनाको सार्वजनिक सुनुवाई गरिने छ । 
ड्ड प्रशासनिक संरचना र कार्यलाई मितव्यायी बनाउन अनुत्पादक खर्चहरु कटौति गर्ने नीति अवलम्बन गरिने छ । 
ड्ड कर तथा गैरकर राजस्वमा पर्न सक्ने असरलाई आँकलन गरी आन्तरिक आय अनुमानलाई यथार्थपरक बनाईने छ । 
ड्ड गाँउपालिकाले संचालन गरेको पुँजीगत तथा चालु वजेटलाई अझ वढि पारदर्शि, मितव्ययी ,उक्तरदायी र नियमित वनाई लेखा व्यवस्थापनलाई व्यस्थित गर्दै आगामी वर्षहरुमा सबै प्रकारका बेरुजु रहित गाउँपालिकाको रुपमा स्थापित गर्ने नीति लिइने छ । यसका लागि गाउँपालिका कार्य क्षेत्र भित्र कार्यरत कर्मचारीहरुलाई उचित मात्रामा प्रोत्साहन भत्ताको व्यवस्था गर्दै लगिने नीति लिइने छ । 
ड्ड भ्रष्टाचारमा शुन्य सहन सिलताको नीति लागु गरीने छ । 
ड्ड गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा स्थानीय गैरसरकारी संस्था तथा अन्तरािष्ट्रय गैरसरकारी संस्थाहरुलाई आमन्त्रण गरी साझेदारीको लागि अपिल गरिनेछ । 
ड्ड ल्न्इरक्ष्ल्न्इ बाट संचालन गर्ने कार्यक्रमलाई गाउँसभामा अनिवार्य रुपमा पेश गरी गाँउपालिकाको वार्षिक कार्यक्रम र बजेटको रुपमा मुलप्रवाहीकरण गरिनेछ । 
ड्ड गाउँपालिका तथा वडाहरुमा नागरिक गुनासो पेटिकाको व्यवस्था गरि गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था मिलाईने छ । 
ड्ड विकास निमार्णमा उपभोत्ता समितिहरुलाई अभिमुखीकरण तालिम दिने व्यवस्थालाई निरन्तरता दिइने  छ । 
ड्ड प्रत्येक आयोजनाको होडिङबोर्ड अनिवार्य राख्ने व्यवस्था मिलाईने छ । 
ड्ड रक्सी, जाँड, जुवातास जस्ता कुलतबाट गाउँपालिकालाई मुक्त गराउन टोल–टोलमा आमा समुहहरुलाई परिचालन गर्ने नीति लिईने छ । 
 
वन तथा बाताबरण ड्ड गाउँपालिका क्षेत्र भित्रका सवैखाले वन क्षेत्र (संरक्षण क्षेत्र, सामुदायीक वन, कबुलियती वन, निजी वन, धार्मिक वन) को व्यवस्थापन सुधारमा नीति नियमहरु तर्जुमा गर्ने र व्यवस्थापन योजना परिमार्जन गरि कार्यान्वयन गर्न प्राथमिकता दिइने छ । 
ड्ड जलवायू परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकुलन, जलउत्पन्न प्रकोप तथा विपद् जोखिम न्यूनीकरण र एकिकृत जलाधार क्षेत्रको व्यवस्थापन योजना तर्जुमा गरि प्राथमिकताका साथ कार्यान्वयन गरिने छ । 
ड्ड गाउँपालिका भित्रबाट निकासी हुने कुकाठहरु गाउँपालिकाले तोकेको राजस्व पालिकामा जम्मा भएपछि मात्र निकासी गर्ने व्यवस्था मिलाईने छ । 
ड्ड गाउँपालिका भित्र रहेका वन पैदावारको सहज आपूर्ति प्रवाह मार्फत निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण, जडिबुटी खेती बिस्तार गरि रोजगारी र जिविकोपार्जनमा सुधार ल्याइने छ । 
ड्ड वन व्यवस्थापन कार्यलाई उद्योगको रुपमा विकास गर्न वन तथा वन पैदावारमा आधारित हरित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरि एक सामुदायीक वनमा एक हरित उद्यमी समूह गठन अभियान चलाइने छ । 
ड्ड पर्यापर्यटनको प्रवद्र्धन गर्न यस गाऊँपालिका र अन्य स्थानीय तहहरु विच समन्वय र सहकार्यमा वन उद्यान, वनस्पति उद्यान र प्राणी उद्यान स्थापनाका सम्भाव्यता अध्ययन सहित गुरुयोजना निर्माण गरिने छ । 
ड्ड वनलाई उत्पादन संग जोडीने छ उपयोग विहिन वोटविरुवालाई हटाउदै जीवन उपयोगी वोटविरुवा लगाउने नीति लागू गरिने छ । 
ड्ड सडक किनारामा भूक्षय प्रतिरोधी विरुवाहरु रोपी त्यसको संरक्षण र उपयोग गर्न सम्बन्धित समुदायलाई परिचालन गरिनेछ । 
ड्ड पहिरो तथा भुक्षयग्रस्त क्षेत्रहरुमा वाँसका विरुवा रोपण गरिने, त्यसको संरक्षण र उपयोग कार्यमा गरिव तथा भूमिहीन किसानहरुलाई जिम्मा दिइनेछ ।
खेलकुद ड्ड गाउँपालिका स्तरिय खेलकुद मैदानको स्तरोन्ती गर्दै गाउँपालिकाले बार्षिक रुपमा आयोजना गरिने पुरुष तथा महिला खेलकुद प्रतियोगितालाई निरन्तरता दिईने छ ।   
ड्ड व्यवसायिक खेलाडी उत्पादन गर्न तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने नीति लिइने छ ।
ड्ड महिला खेलाडि उत्पादन तथा प्रोत्साहन गर्नका लागि गाउँपालिका भित्र रहेका आधारभुत तथा माध्यमिक विद्यालयहरुमा खेलकुद सामग्री वितरण गरिने छ । 
राजस्व परिचालन ड्ड गाउँपालिकाको राजश्व सुधार कार्ययोजनालाई कार्यान्वयनमा लगिने छ ।  
ड्ड मुख्य राजश्वका स्रोतहरुः सम्पत्ति कर, घरनक्सा पास तथा अभिलेख दस्तुर, ब्यवसाय कर, बहाल विटौरी शुल्क, सम्पत्ति मूल्यांकन शुल्क, निवेदन दस्तुर को निर्धारण गरि सफ्टवेयर प्रणालीबाट असुली गर्ने ब्यवस्था मिलाइनेछ । 
ड्ड आम जनतालाई कर तथा राजश्व शिक्षाको वारेमा जनचेतना विस्तार गरिनेछ । सो को लागि आवश्यक बजेटको व्यवस्था गरिने छ । 
ड्ड राजस्व संकलन सम्बन्धी घुम्ती  शिविर सञ्चालन गरिने छ । 
ड्ड नियमित रुपमा कर तिर्ने करदातालाई कर छुट वा प्रोत्साहन दिने व्यवस्था मिलाईने छ, भने नियमित रुपमा कर नतिर्ने करदातालाई हर्जनाको नीति अवलम्बन गरिने छ । 
ड्ड प्रक्षेपण गरिएको राजस्व शत्प्रतिशत संकलन गर्ने नीति लिईने छ । लक्ष्य अनुरुप राजस्व संकलन भए नभएको जानकारी लिन राजस्व परामर्श समितिले हरेक तीन महिनामा नियमित बैठक मार्फत प्रगति विबरण तयार गर्ने छ । 
ड्ड गाउँपालिकाको राजस्व शाखामा एक कर्मचारीको व्यवस्था गरि गाउँपालिकाको राजस्व संकलनलाई प्रभावकारी रुपमा अगाडि बढाउने नीति लिईने छ । 
ड्ड वडाले संकलन गरेको राजस्व प्रत्येक महिना गाउँपालिकाको संचित खातामा जम्मा गर्ने व्यवस्था मिलाईने छ ।
ड्ड राजस्व संकलनमा बृद्धि गर्न वडामा कार्यरत कर्मचारीलाई प्रशिक्षण सञ्चालन गरिने छ । 
ड्ड राजस्वको दायरा बढाउन विभिन्न क्षेत्रमा कर्मचारी तथा जनप्रतिनिधिलाई भ्रमणमा लाने व्यवस्था मिलाईने छ । 
संस्थागत विकास ड्ड एकिकृत तथ्यांक ब्यवस्थापन प्रणाली सुरुवात गर्ने पारिवारिक विवरण ९ँबmष्थि ँयमिभच० स्थापना गर्ने, सफ्टवेयर मार्फत सवै वडाहरुमा एउटै नेटवर्कबाट तथ्यांक अद्यावधिक हुने व्यवस्था लागु गरिनेछ । 
ड्ड उच्च प्रविधिको प्रयोग गर्नुपर्ने र ठूला लागत बाहेकका आयोजनाहरुको कार्यान्वयन उपभोक्ता समिति, सहकारी र सामुदायिक संस्थाहरु मार्फत कार्यान्वयन गरिनेछ । 
ड्ड ठूला पूर्वाधारका आयोजनाहरुमा आम उपभोक्ताहरुको गुणस्तर कायम गर्न र समयमा कार्य सक्न सर्वदलीय अनुगमन समितिको गठन गरिनेछ । 
ड्ड गाउँपालिकावाट सञ्चालन हुने योजना सकेसम्म ठुला निर्माण गरी साना योजना सञ्चालन गर्ने कार्यलाई निरुत्साहित गरिदै लगिने छ ।
उद्योग ड्ड गाउँपालिका भित्र एउटा फलफूल प्रशोधन उद्योग स्थापना गरिनेछ ।
ड्ड साना तथा मझौला उद्योगहरुको स्थापना गरी रोजगारीको सृजना गर्न प्रोत्साहन गरिने छ ।
ड्ड जडिबुटि प्रशोधन उद्योग, खाडि उद्योग, तथा कुटानी पिसानी मिललाई साना उद्योगको रुपमा विकास गरी दर्ता गराई सञ्चालनमा लगिने छ । 
महिला तथा बालबालिका ड्ड टोल–टोलमा छरिएर रहेका आमा समुहहरुलाई सहकारी दर्ता गरी संस्थागत रुपमा सञ्चालन गर्न प्रोत्साहित गरिने छ ।
ड्ड प्रत्येक वडामा महिला भवन निर्माण कार्य सम्पन्न गरि शौचालय निर्माण वा आवश्यक फर्निचरको व्यवस्थापन गर्दै लगिने  छ । 
ड्ड उद्यमशिलता विकासका लागि महिलाहरुलाई व्यवसायिक र आय मुलक कार्यक्रम ढाका बुनाई, सिलाई कटाई, कृषि उपज, घरेलु उद्योग सम्बन्धी तालिम सञ्चालन गरिने छ ।
ड्ड महिला÷बालबालिका हिंसा न्युनिकरण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै जनचेतना मुलक होडिङ बोर्डहरु राखिने छ ।  
ड्ड एकल तथा विपन्न महिला जीवीकोपार्जन कार्यक्रमलाई निरन्तरता दिईने छ ।  
ड्ड महिला, दलित, अपाङगलाई करार सेवामा आरक्षण कोटाको व्यवस्था गरिने छ । 
ड्ड हरेक विकास आयोजनामा महिलाको समान सहभागिता गराईने छ । 
ड्ड बाल क्लव गठन अभियान सञ्चालन गरिने छ । 
ड्ड बाल अधिकार सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै लगिने छ । 
ड्ड विपन्न, दलित, तथा फरक क्षमता भएको बालबालिकाको पहिचान गरि आवश्यक शैक्षिक सामग्री वितरण गर्ने नीति लिईने छ । 
युवा तथा  रोजगारी ड्ड बेरोजगार युवाहरुको तथ्याङक संकलन तथा अद्यावधिक गरिने छ । 
ड्ड विदेशबाट फर्किएका तथा रोजगारीको खोजिमा रहेका युवाहरुमा रहेको सीपलाई रोजगार सुचना केन्द्रमा अद्यावधिक गरि रोजगारीको व्यवस्था मिलाईने छ । 
ड्ड पुर्वाधार विकासका क्रियाकलापहरुमा युवा जनशक्तिलाई परिचालन गरिने छ । 
ड्ड दक्षता हासिल गरेका युवा जनशक्तिलाई सम्बन्धीत क्षेत्रमा रोजगारी सिर्जना गरिने छ ।
ड्ड गाउँपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न गाउँ प्रहरी नियुक्ति गर्ने व्यवस्था मिलाईने छ ।  
जेष्ठ नागरिक, भिन्न क्षमता भएका व्यक्ति ड्ड एकिकृत सामाजिक सुरक्षा योजना प्रभावकारी र पारदर्शी वनाइनेछ । 
ड्ड भिन्न क्षमता भएका व्यक्तिहरुको जिविको पार्जन सम्बन्धी व्याबसायिक तालिम सञ्चालन गरिने छ । 
ड्ड जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई रुपान्तरित रुपमा सञ्चालन गरिने छ । 
ड्ड ६५ वर्ष नाघेका गाँउपालिकाका जेष्ठ नागरिकहरुलाई गाँउपालिकाले परिचय पत्र वितरणलाई निरन्तरता दिईने छ । 
 
खानेपानी जलविधुत तथा बैकल्पिक उर्जा ड्ड यस गाँउपालिका क्षेत्रभित्र रहेका नदीनाला र ताल तलैयाहरुको उपयोग मार्फत सम्भावित जलविद्युत शक्तिको लेखाजोखा गर्न एकिकृत जल उपयोग तथा सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी गाउँपालिकाले  आफ्नै पहलमा जलविधुत आयोजना निर्माण गर्ने नीति लिइने छ ।
ड्ड यहि वर्ष भित्र गाउँपालिकाको सम्पूर्ण वस्तिमा विजुली वत्ती वाली अध्यारोमुक्त गाउँपालिका घोषणा गरिने छ ।
ड्ड जलजलेमा कृतिम तालको डि.पि.आर तयार गरि सौन्दर्यकरण गरिने छ ।
ड्ड खानेपानीका मुहानहरु संरक्षण गरिने छ । 
ड्ड बहुमुल्य खानीको संरक्षण गर्दै ढुङगा,  गिटि, बालुवा लगाएतको निकासीमा आवश्यकता पहिचान गरि अनुमति दिईने व्यवस्था मिलाईने छ ।   
सामाजिक सेवा तथा समावेशी प्रबद्र्धन ड्ड गाउ‘पालिका भित्रका युवा,महिला,दलित,फरक क्षमता भएका समुदायहरुलाई लक्षित गरी सीपमुलक तालिम तथा उद्यमशीलताको विकास गरी आत्मनिर्भरका कार्यक्रमहरु संचालन गरिने छ । 
ड्ड ६५ वर्ष नाघेका गाँउपालिकाका जेष्ठ नागरिकलाई निशुल्क यातायात सुबिधा कार्यलाई गाउँपालिका देखि गाइघाट – दिक्तेल सम्म सुविधा दिने कार्यलाई निरन्तरता दिइने  छ । 
ड्ड जनताको अधिकारका निमित शहादत प्राप्त गर्नुहुने शहीदहरुको सम्मानमा शहीद स्मृति पार्क निर्माण र अन्य रचनात्मक कार्यहरु संचालन गर्ने नीति लाई निरन्तरता दिइने छ । 
ड्ड दलित र अल्पसंख्यक समुदायका व्यक्तिहरुको लागि सामुदायिक संगठनहरुको प्रवद्र्धन र नेतृत्व विकासका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
ड्ड दलित सहकारीहरुलाई व्यवस्थीत गर्दै लगिने छ ।  
अभिलेख व्यवस्थापन ड्ड अभिलेख व्यवस्थापन ऐनलाई कार्यन्वयनमा ल्याईने छ । 
ड्ड जग्गा जमिनको बर्गिकरण, सार्वजनिक जमिन, वन क्षेत्र, खोला र मैदानको बिवरण तयार गरिने छ । 
ड्ड पुरातात्वयीक सम्पदाहरुको खोज तथा अभिलेखन गरिने छ । 
ड्ड स्थानिय भाषा, संस्कृति र ललितकलाको संरक्षण वा विकास गरिने छ । 
ड्ड सार्वजनिक सम्पतिको संरक्षणका लागि तथ्याङक संकलन गरि अभिलेख व्यवस्थापन गरिने छ । 
ड्ड ईलेक्ट्रोनिक र फाईलिङ दुबै प्रकारको अभिलेख व्यवस्थापन गरिने छ । 
ड्ड अभिलेख व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने छ । 
विपद् व्यवस्थापन ड्ड गाउँपालिकामा प्रकोप व्यावस्थापन कोषको स्थापना गरिने छ । 
ड्ड विश्वमा फैलिरहेको कोरोना भाईरसको महामारीलाई ध्यानमा राखि गाउँपालिकामा एक कोरोना कोषको स्थापना गरिने छ । 
ड्ड पुर्वाधार विकास क्रियाकलाप सञ्चालन गर्दा विपद् जोखिम संवेदनशिलतालाई केन्द्रमा राखि सञ्चालन गरिने छ । 
ड्ड विपद्को रोकथाम तथा न्युनिकरणको लागि पुर्वतयारी, प्रतिकार्य र पुर्नलाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय प्रकोप व्यावस्थापन कोषको लागि आवश्यक वजेट विनियोजन गरिने छ ।  
ड्ड जुनसुकै बेला विपद् आई पर्न सक्ने भएकाले खाद्यन्न, विपद् प्रतिकार्य सामाग्रीको आवश्यक प्रबन्ध मिलाईने छ । 
ड्ड भुकम्प प्रतिरोधि घर निर्माणमा जोड दिईने छ । 
ड्ड युवालाई विपद् व्यवस्थापन सम्बन्धी तालिमको व्यवस्था मिलाईने छ । 
सुचना तथा संचार
ड्ड दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई सूचना तथा संचारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकसित गर्ने लक्ष्य राखिएको छ ।
ड्ड खोटाङ जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका ५५ वर्ष उमेर पूरा गरेका जेष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारहरुका लागि मासिक रुपमा २००० प्रोत्साहन भत्ता उपलव्ध गराइनेछ ।
     (तर, महासंघको सदस्यतालिएर पत्रकारिता सँगै अन्य पेशामा आवद्ध            रहेका पत्रकारहरुका लागि यो व्यवस्था लागू हुने छैन ।)
ड्ड खोटाङ जिल्लामा क्रियाशिल पत्रकारहरुलाई गम्भीर प्रकृतिका रोग लागेमा त्यस्ता पत्रकारहरुका लागि गाउँपालिकाले उपचारमा लागेको खर्चको २० प्रतिशत सहयोग गर्नेछ  । (जस्तै, मुटु रोग, क्यान्सर, मष्तिष्क घात) 
ड्ड गाउँपालिकाको सुशासन अभिबृद्धिका लागि सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयनमा जोड दिइनेछ । 
ड्ड जिल्लामा संचालनमा रहेका संचार माध्यमहरुको बृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेका मापदण्ड पूरा गर्ने संचार माध्यमलाई लोककल्याणकारी सूचना उपलव्ध गराइनेछ । 
ड्ड गाउँपालिकाका हरेक सूचना जनताका घर–घरमा पु¥याउने लक्ष्य राखिएको छ । 
ड्ड सामुदायिक संवाददाता (स्थानीय) हरु उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गरीने छ  ।
ड्ड गाउँपालिकाबाट स्थानीय जनतालाई आवश्यक सूचनाहरु सहज रुपमा उपलब्ध गराईने छ ।
ड्ड गाउँपालिकाको ईन्टरनेटसेवालाई स्तरउन्नती गर्दै लगिने छ । 
ड्ड प्रत्येक वडा कार्यालयमा ब्याकअप सहित ईन्टरनेटसेवा स्तरउन्नती गरि सफ्टवयर मार्फत घट्ना दर्ता तथा अन्य कार्य सञ्चालन गर्न आवश्यक सामग्री व्यवस्था गरिने छ ।
ड्ड नमुना मा.वि.मा रहेको क्ष्ऋत् कार्यक्रमको व्यवस्थापनलाई नियमित अनुगमन गरिने छ । 
ड्ड एफ.एम.रेडियो संञ्चालनका लागि अनुमति दिईने छ । 
ड्ड सफ्टवयरको विकास तथा कागज रहित गाउँपालिका बनाउन आवश्यक बजेट व्यवस्था गर्दै लगिने छ । 
ड्ड सुचना तथा अभिलेख केन्द्र स्थापना गरिने छ । 
साहित्य ÷संगित ड्ड गाउँपालिका भित्र रहेका साहित्यिक कृतिहरुको संरक्षण तथा साहित्यकारहरुलाई प्रोत्साहन गरिने छ ।  
ड्ड गीत, संगित तथा साहित्यको खोजिका लागि विभिन्न कार्यक्रम संचालन गरिने छ । 
ड्ड गाँउपालिकाको संगीत कर्मी उत्पादन गर्नका लागी  पालिका ताराको खोजी कार्यलाई निरन्तरता दिइने छ  ।
 
 
कानून तथा न्याय सम्पादन ड्ड नेपालको संविधानको अनुसुचि ८ र ९ मा व्यावस्था भएका अधिकारहरुमा नेपालको संविधानका धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४  अनुसार देहाय बमोजिमका नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि विभिन्न कानुन, ऐन, नियम, निर्देशिका, कार्यविधिहरु तर्जुमा गरी लागु गरिनेछ । 
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४
ड्ड गाउँ कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४
ड्ड गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४
ड्ड गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४
ड्ड गाउँपालिकाको विनियोजन ऐन २०७४
ड्ड गाउँपालिकाको आर्थिक ऐन २०७४
ड्ड प्रशासकीय कार्यविधि ( नियमित गर्ने) ऐन २०७४
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण (कार्यविधि) नियमावली २०७४
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको शिक्षा ऐन २०७७ ( संशोधन सहित ) 
ड्ड स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५
ड्ड आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको नियमावली २०७५
ड्ड स्थानीय तहको आर्थिक ऐन २०७५
ड्ड स्थानीय तहको उपभोत्ता समिति गठन परिचानल तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४
ड्ड व्यवसाय दर्ता तथा नविकरण निर्देशिका २०७५ 
ड्ड घ वर्गको निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी कार्यविधि 
ड्ड गाउँपालिकाको आर्थिक कार्यविधि २०७४
ड्ड अपाङगता भएका व्यक्तिको परिचय पत्र तिरण कार्यविधि २०७५
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाका कृषि विकास कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५
ड्ड स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५
ड्ड दिप्रुङ चुईचुम्मा स्थानीय स्वास्थ्य ऐन २०७५
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको शिक्षा नियमावली २०७४ लाई संशोधन गर्न बनेको नियमावली २०७५
ड्ड उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
ड्ड दलित सहकारी संस्था विनियम २०७६
ड्ड न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि 
ड्ड आ.व. २०७६÷०७७ को विनियोजन ऐन
ड्ड आ.व. २०७६÷०७७ को आर्थिक ऐन  
ड्ड कर्मचारी प्रोत्साहन भत्ता निर्देशिका २०७६
ड्ड राहत वितरण सम्बन्धी मापदण्ड २०७६ कोराना भाईरस ( कोभिड १९) 
ड्ड विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७६
ड्ड कोरोना भाईरस संक्रमण रोकथाम तथा उपचार कोष सञ्चालन सम्बन्धी कार्यविधि २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कृषि विकास ऐन २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गाउँपालिका प्रहरी ऐन २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कृषि विकास ऐन २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पुर्वाधार विकास व्यवस्थापन सम्बन्धी  ऐन २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको औद्योगिक व्यवसाय ऐन २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको तथ्याङक अभिलेख व्यवस्थापन ऐन २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सस्था दर्ता ऐन २०७७
ड्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सार्वजनिक निजी साझेदारी ऐन २०७७
ड्ड एफ.एम. सञ्चालने ऐन २०७७
ड्ड स्थानीय स्वास्थ्य ऐन २०७५ 
ड्ड नेपालको संविधान धारा २१७ अनुसार न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ बमोजिम न्याय सम्पादन गर्ने छ । 
ड्ड संघ र प्रदेश सरकारबाट प्राप्त कानुनहरु
धन्यवाद ।

दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको आर्थिक वर्ष ०७७/७८ को बजेट वक्तब्य

अध्यक्षज्यू,
अव म आर्थिक वर्ष २०७७/०७८ को वजेट विवरण पेश गर्न चाहन्छु ।
संघीय गणतन्त्रात्मक नेपालमा हामी निर्वाचित भै स्थानीय तहले पेश गरेको ४ चौथो वजेट हो यस वजेटको पूर्व संध्यामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभाववाट हाम्रो गाउँपालिका पनि अछुत रहन सकेन । यस महामारीको संक्रमण नियन्त्रणको लागि हाम्रो गाउँपालिकाको वजेटको ठुलो अंश यस क्षेत्रमा खर्च गर्नु परेको वाध्यता अवगत गराउदै आगामी आर्थिक वर्षमा पनि केही वजेट यस क्षेत्रमा विनियोजन गर्नु पर्ने हाम्रो वाध्यता भएको छ । (कोभिड –१९) को संक्रमण वाट हाम्रो गाउँपालिकामा आएको विषम परिस्थितीको सबै राजनैतिक दल, जनप्रतिनिधि, संघ संस्था र आम नागरिकको सहयोग वाट वर्तमान चुनौतीको सामाना गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं । हाम्रा असिमित आवश्यकता र यस विषम परिस्थितिका विच हामीले पेश गरेको आगामी आर्थिक वर्षको वजेटका उद्धेश्यहरु तपशिल बमोजिम राखेका छौ ।
वजेटका उद्धेश्यहरु :–
१) विश्वव्यापी संक्रमणको रुपमा फैलिएको (कोभिड–१९) वाट आक्रान्त दिपु्रङ वासी नागरिकहरुको जीवन रक्षा गर्दै यहाँको जनजिवनलाई सहज र सुरक्षित वनाउने ।
२) गाउँपालिकाका नागरिकलाई प्राप्त मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यता परिपूर्ति गर्ने तर्फ वजेट उन्मुख हुनेछ ।
३) गाउँपालिकामा प्राप्त साधन र श्रोतको अधिकतम उपयोग गरी गाउँपालिकाको नारालाई सफल वनाउन अहिलेको संकटलाई अवसरको रुपमा उपयोग गर्ने तर्फ लक्षित हुनेछ ।
संघीयता लागु भएपछि स्थानीय सरकारले संचालन गर्ने लेखा प्रणाली स्थानीय संचितकोष व्यवस्थापन प्रणाली (क्ग्त्च्ब्) बाट संचालन गर्ने गरी आगामी आर्थिक वर्ष २०७७/०७८ को वजेट प्रस्तुत गर्ने अनुमती चाहन्छु । यस वर्ष हाम्रो आय तर्फ संघीय सरकारवाट प्राप्त वितीय समानीकरण अनुदान रु ९ करोड २३ लाख, संघीय सरकार सर्शत अनुदान २१ करोड ३६ लाख, संघीय सरकार विशेष अनुदान ५० लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ४० लाख, संघीय सरकार राजश्व वाँडफाँड ७ करोड ६ लाख ७६ हजार ३ सय १०, प्रदेश सरकार वितीय समानीकरण ६९ लाख ८८ हजार, प्रदेश सरकार सवारी साधन कर ४० लाख ६४ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, प्रदेश सरकार सर्शत अनुदान १ लाख, साना सिंचाई कार्यक्रम २ करोड ५९ लाख ७९ हजार ७ सय ६४ रुपैया ८ पैसा, आन्तरिक राजश्व १५ लाख ,आन्तरिक प्रशासन सुधारवाट ५० लाख तथा सामाजिक सुरक्षा भत्तावापत ६ करोड ५० लाख समेत जम्मा ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसाको कुल वजेटमा सर्शत अनुदान रु. २१ करोड ३६ लाख, विशेष अनुदान ५० लाख, समपुरक १ करोड ४० लाख, प्रदेश सरकार समपुरक अनुदान रु १ करोड ,प्रदेश सरकार सर्शत अनुदान रु १ लाख, साना सिंचाईको २ करोड ५९ लाख ७९हजार ७ सय ६४ रुपैया ८ पैसा तथा समाजिक सुरक्षा भत्ताको रु ६ करोड ५० लाख संम्बन्धित तोकीएको कार्यक्रममा नै खर्च हुने हुँदा उल्लेखित वजेट रु ३३ करोड ३६ लाख ७९ हजार ७ सय ६४ चौसट्ठी रुपैया ८ पैसाको लागि कुनै कार्यक्रम तय गर्नु परेन सर्शत तर्फ विनियोजनको प्रतिशतलाई तुलनात्मक विश्लेषण गर्दा आर्थिक विकास तर्फ ४.२८ प्रतिशत, भौतिक पूर्वाधार तर्फ १.८१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ४.११ प्रतिशत तथा सामाजिक विकास तर्फ ८९.८०प्रतिशत लगानी गरिएको छ । अव म हाम्रो गाउँपालिकालाई प्राप्त भएको ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसा मध्ये ३३ करोड ३६ लाख ७९ हजार ७ सय ६४ रुपैया ८ पैसा कटाई वाँकी हुन आएको रकम रु १८ करोड ५लाख २८ हजार ३ सय १० दश मात्र विनियोजन गरेको छु ।
विनियोजन योग्य उक्त रकम १८ करोड ५ लाख २८ हजार ३ सय १० रुपैया स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (कगतचब) मा विनियोजन गर्ने क्रममा आर्थिक विकास तर्फका कार्यक्रमहरुको लागि रु १ करोड ७८ लाख ६४ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ७८ लाख २३ हजार ३ सय १० दश , शुसासन तथा अन्तर संम्बन्धित क्षेत्र तर्फ ६ करोड ४५ लाख र सामाजिक विकास तर्फ ३ करोड ४३ लाख ९० हजार विनियोजन गर्ने प्रस्ताव गरेको छु । उक्त रकमको प्रतिशतमा निकाल्दा आर्थिक विकासमा १० प्रतिशत पूर्वाधार विकासमा ३८ प्रतिशत शुसासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३३ प्रतिशत र सामाजिक विकास क्षेत्रमा १९ प्रतिशत हुन आउछ ।
यसरी विनियोजित गरेको समानीकरणको वजेट मध्ये वजेट खर्चका तोकिएका अनिवार्य दायित्वमा परेका मुख्य कार्यक्रमहरु गाउँपालिकाका गौरवका योजनाहरु साप्सु खोला मोटरेवल पूलको लागि रु २ करोड, प्रशासनिक भवन निर्माणको लागि १ करोड ५० लाख, रमाइलो देखि पंचमी हुँदै गाउँपालिका कार्यालय सम्मको सडकमा ग्राभेल गर्न रु ६० लाख, रेग्मीटार पञ्चमी सडक ग्रावेल गर्न रु ४० लाख, धिप्लुङ झरना पर्यटकीय विकास कार्यक्रमको लागि रु ३० लाख, राम्चे भ्यूटावर निर्माणको लागि रु ३० लाख, समपुरक अनुदान पूर्ति गर्नको लागि ५० लाख तथा चालु प्रशासनीक खर्चको लागि ५ करोड ६० लाख र प्रकोप व्यवस्थापन कोषको लागि ४० लाख, साना सिंचाई कार्यक्रमको लागि ५१ लाख ९५ हजार ९ सय ५२ रुपैया ८२ पैसा विनियोजन गरी वाँकी हुन आएको रकम विनियोजन अनुसुचीमा उल्लेखित हुनेछ । यसै गरी आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालित साप्सु खोला मोटरेवल पुलको लागि विनियोजित रकम रु .२ करोडवाट उक्त पुल निर्माण कार्यक्रमलाई वहु वर्षिय योजना वनाई आ.व. ०७६/०७७ मा विनियोजित रकम रु २ करोड सोही योजनामा खर्च गर्ने गरी प्रस्ताव पेश गरेको छु ।

अन्त्यमा ,
गाउँपालिकाको विकास र संवृद्धिको लागि प्रत्यक्ष परोक्षरुपमा सहयोग गर्नु हुने सहयात्री निर्वाचित प्रतिनिधिहरु, राजनैतिक दल, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु तथा गाउँपालिका कार्यरत कर्मचारी वर्ग प्रति धन्यवाद दिदै विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को छिट्टै संक्रमण नियन्त्रण हुने आसा राख्दै यसबाट त्रसित नभै संयमताका साथ नियन्त्रणका उपाय अवलम्बन गर्दै रहुँ भन्दै विदा चाहान्छु ।

धन्यवाद ।।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित