दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम

  • प्रकाशित मितिः असार १०, २०७६
  • 1391 पटक पढिएको
  • संवादताता

उपस्थित नगरसभाका सदस्यज्यूहरु, 
आमन्त्रित विशेष पाहुनाहरु,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०७६।०७७ को बार्षिक नीति तथा  कार्यक्रम प्रस्ताव गर्ने क्रममा, सर्वप्रथम म नेपाल राष्ट्रको निम्ति आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै विभिन्न आन्दोलनहरुको क्रममा वेपत्ता एवं घाइते भएकाहरु प्रति सम्मान प्रकट गर्न चाहन्छु । 
उपस्थित नगरसभाका सदस्यज्यूहरु,
अव म यस नगरले विगत एक वर्षमा गरेका मूख्य कार्यहरुको समीक्षा प्रस्तुत गर्न चाहन्छु  :
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्राकृतिक सम्पदा जल, जमिन, जंगल, जडिबुटी र जलश्रोतलाई उचित प्रयोग गरी युवा जनशक्तिको उचित परिचालन मार्फत रुपाकोट मझुवागढी नगरपालिकालाई आगमी १० वर्ष भित्रमा हरेक हिसावले सम्पन्न नगरपालिकामा रुपान्तरण गरी विकासको प्रतिफल विभिन्न जातजाती, भाषाभाषी, धर्म, लिङ्ग र समुदायलाई न्यायोचित वितरणमा अधिकारको सुनिश्चितता गर्दै नयाँ र समृद्ध रुपाकोट मझुवागढी नगरपालिका निर्माणमा सम्पूर्ण नगरपालिकाबासी लागि पर्नु पर्ने आजको प्रमुख आवश्यकता हो  । 
उर्लदो जनचाहनालाई मध्यनजर गर्दै उपलव्ध सिमित श्रोत साधनहरुको अधिकतम परिचालन गरी वढ्दो शहरीकरण तथा जनताको असिमित माग सम्वोधन गर्न सिङगो नगरपालिका परिवार जिम्मेवार भई निरन्तर प्रयासरत रहेको कुरा यहॉहरुलाई जानकारी गराउन चाहन्छु । यस अवधिमा नीतिगत निर्णय र विकास निर्माणको सन्दर्भमा उत्पन्न हुने कठीन चुनौतिहरु सहज रुपमा व्यवस्थापन गर्न यस नगरपालिका क्षेत्र भित्र क्रियाशील राजनैतिक दलहरुबाट प्राप्त निरन्तर सहयोग र समन्वयकारी भूमिका महत्वपूर्ण हु‘दाहुदै पनि यस नगरपालिकाको वढ्दो चुनौति एवं संभावनालाई व्यवस्थापन गर्न यस स्थानीय तहबाट सवै सरोकारवाला पक्षहरुको सहभागिता रहने गरी कार्य अघि वढाउनु पर्ने आवश्यकता थप उजागर भएको व्यहोरा यस सम्मानित सभामा स्मरण गराउन चाहन्छु । यस गरिमामय सभामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट चालु आ.व.२०७६।०७७ कोे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म नगर प्रमुख लगायत सिङगो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका परिवार गौरवान्वित भएको छ । यस अवसरमा सम्पूर्ण नगरवासीमा नगरपालिकाको तर्फबाट हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
नेपाल नगरपालिका संघले अध्ययन गरेको १०० वटा नयाँ अभ्यासमा यस नगरपालिकाका ३ वटा कार्यहरु बुईपा स्थित पञ्चेदोबाटोमा निर्माण गरिएको बजार व्यवस्थापन नेर्पा स्थित भुलभुले दुधकुण्ड र नगरदिबश असल अभ्यासमा पर्न सक्नु सम्पुर्ण नगरबासिहरुको गौरवको बिषया हो । सिक्किममा भएको तिब्र तथा दिगो बिकास नागरिक  सभ्यताको उच्चतम अभ्यास तथा जैबिक राज्य निर्माणको स्थलगत अध्ययन अबलोकन गरि त्याहाका असल अभ्यासहरुलाई यस नगरले अवलम्बन गर्ने उद्धेश्यले कार्यपालिकाको समग्र टिम एक हप्ता सम्म सिक्किमको अध्ययन अवलोकन भ्रमण गरि असल अभ्याहरुलाई नगरपालिकामा अबलम्बन गरिएको छ । 
यस नगरको एक मात्र उच्च शिक्षा अध्ययन अध्यापन हुने दिक्तेल बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या अनुसार पर्याप्त कक्षा कोठाहरू नभएको, प्रशासनिक भवन नभएको, भएका भौतिक संरचनाहरू जिर्ण अवस्थामा रहेको, पुस्तकालय, सभाहल लगायतको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थित सभाहल, पुस्तकालय सहितको एक प्रशासनिक भवनको ठेक्का प्रक्रिया सम्पन्न भई निर्माण कार्यको सुरुवात भएको छ ।
  नगरपालिकाको केन्द्र दिक्तेल देखी करिव ज्ञज्ञ कि.मि. पूर्व उत्तरमा अवस्थित ऐतिहासिक,धार्मिक र पर्यटकीय स्थल बगरे भञ्ज्याङमा परापूर्व काल देखी रही आएको तर वि.सं. ज्ञढढण् सालको महाभूकम्प पछि पानीको मुहान सुक्न गई हाल तालको अस्तित्व नरहेको रुरुतालमा पानीको स्रोतको व्यवस्था गरी ऐतिहासिक रुरुताललाई पुनर्स्थापना गर्ने र उक्त क्षेत्रको वन तथा वातावरण संरक्षण गर्ने कार्यको थालनी भएको छ । उक्त स्थानमा ताल निर्माणको लागि बांध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने चारै तिर हरियाली, डांडा तथा थुम्कीहरूको रमणीय सुन्दरताको अवलोकन गर्न उक्त स्थानमा एक कलम (एभ्ल्) आकारको भ्यू टावर निर्माणको लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी दिनमा उक्त क्षेत्रलाई यस नगरपालिकाको एक महत्वपूरण पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित पिकनिक स्पट,बगैंचा सहितका थप पूर्वाधारहरू निर्माण गरिने छ ।
नगरका मूख्य मूख्य बजारक्षेत्र तथा वडाको केन्द्रहरूलाई व्यवस्थित गर्ने उद्देश्यका साथ ज्ञछण् थान सौर्य सडक बत्ती खरिद तथा जडान कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी जडान कार्यको थालनी भएको छ ।
१८० जना अतिबिपन्न परिवारका सदस्यहरुलाई समाबेश गरि १८० जनालाई प्रधानमन्त्रि रोजगार कार्यक्रमबाट रोजागारी प्रदान गर्न सफल भएको । 
नगरको केन्द्र दिक्तेल बजारबाट उत्सर्जन हुने फोहरमैलालाई व्यवस्थित गर्नका लागि जैविक फोहरहरूबाट कम्पोष्ट मल तथा वायोग्यास उत्पादन गर्न कम्पोष्ट तथा वायोग्यास प्लान्ट खरिद कार्यको ठेक्का अन्तिम चरणमा रहेको छ । भने उक्त प्लान्टहरू स्थापना गर्नको लागि ट्रष्ट भवनको निर्माण कार्यको थालनी भएको छ । फोहरमैला संकलन गरी ल्याण्डफिल्ड साईट र प्लान्ट रहेको स्थान सम्म पुर्याउनका लागि एक–एक थान ट्र्याक्टर र संक्सन मेशिन खरिद गरी संचालनमा ल्याईएकोमा फोहरको मात्रा र बजारबासीको मागलाई सम्बोधन गर्न थप दुई थान ट्र्याक्टर खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको छ । फोहरमैला संकलनको लागि बजारका विभिन्न स्थानहरूमा डस्टविन सेटहरू राखिएकोमा बजारबासीको माग तथा आवश्यकतालाई ध्यानमा राखी थप डस्टबिन सेटहरू खरिद गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा पुर्ण सरसरफाई अभियान कार्यक्रम अन्तर्गत ४ वटा वडाका ६० जनालाई पुर्ण सरसफाई अभियान सम्बन्धि तालिम प्रदान गरि अभियानलाई प्रभावकारी बनाईएको छ । 
दिक्तेल डांडागाउं तालखर्क हुंदै खार्मि पाथेका जाने अत्यन्तै महत्वपूर्ण सडकको स्तरोन्नती कार्य दुई प्याकेजको ठेक्का प्रक्रिया तथा उपभोक्ता समितिहरू मार्फत धमाधम निर्माण कार्य भईरहेको छ ।
प्रदेश नं.१ सरकारसंगको लागत साझेदारीमा दिरुमनपा–१४, बुईपामा विश्वकै अग्लो यलम्बरको शालिक सहितको पार्क निर्माण कार्यका लागि प्रदेश सरकारसंग सम्झौता सम्पन्न भई ठेक्का प्रक्रियाको चरणमा रहेको छ । 
नगरका १५ वटै वडामा सडक स्तरउन्नतिको काम तिब्र रुपमा सम्पन्न भएको छ । नयाँ ट्याक खन्ने र वडा कार्यालय सम्मको  १२ महिना सडक संचालन गर्ने योजना सहितको सडक स्तरउन्नतिको कामलाई निरन्तरता दिईएको छ । उपभोक्ताहरु संगको लागत साझेदारितामा समेत बिभिन्न योजनाहरु सम्पन्न भएका छन । 
प्रदेश सरकार संगको सहयोगमा बुईपा स्थित राजाबास खेल मैदान तथा सोल्मा स्थित खेलमैदान तथा खार्मी शिखर खेलमैदान, लफयाग खेलमैदान एक वडा एक खेलमैदान निर्माणको काम क्रमश सम्पन्न भईरहेका छन । 
साप्सुधाप पर्यटन प्रबर्द्धनको लागि गेट, सिंढी निर्माण तथा घेराबारा लगायतका  काम सम्पन्न भएका छन । बुईपा स्थित सितादेवी मन्दीरको सिंढी निर्माण कार्य सम्पन्न भईसकेको छ।रुपाकोट पर्यटन प्रबर्द्धन अन्तर्गत भ्यू टावर निर्माण कार्य अन्तिम चरणमा रहेको छ।देविस्थान कालिका भगवती मन्दीर जाने सिंढी निर्माणको कार्य सम्पन्न हुने अवस्थामा छ ।
दिक्तेल शहरी खानेपानी आयोजनाको काम निर्माणधिन अवस्थामा रहेको छ । 
दिक्तेल अस्पताल छेउमा करिब एक लाख लिटर क्षमता सहितको मुलधारा खानेपानी ट्यांकी निर्माण कार्य सम्पन्न भएको छ ।
माटिकोरे कभर्डहल निर्माण कार्य र जालपा बहुउद्देश्यीय सामुदायीक भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यस नगरपालिकामा भित्राउने उद्देश्यका साथ हलेसी महादेव मन्दीर परिसरमा पर्यटन सूचना केन्द्र स्थापना गरी संचालनमा ल्याईएको छ ।
 
नगरसभाका सदस्यज्यूहरु,
नगर भित्रका ज्ञड ओ६ा माध्यमिक विद्यालयहरुमा विद्युतीय हाजीरी (इ–हाजीरी) जडान सम्पन्न भएको छ भने १–८ कक्षा सम्मका आधारभुत तहका विद्यालयहरुमा विद्युतीय हाजीरी (इ–हाजीरी) जडान यसै आ.व.मा सम्पन्न हुने गरी काम भईरहेको छ । नगर भित्रका ज्ञड ओ६ा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक गु०ास्तर अभिमुखिकर०ा र अन्र्तक्रिया कार्यक्रम गरी कार्यसम्पादन करार सम्झौता गरिएको ५ । नगरभरीका विद्यालयहरुमा शैक्षिक गतिविधि तथा क्रियाकलापहरुलाई एकरुपता कायम गर्न शैक्षिक वर्ष द्दण्ठट को शैक्षिक क्यालेन्डर निर्माण गरिएको छ । शिक्षा क्षेत्रको दायरा फराक गर्ने नगरको लक्ष्य बमोजिम श्री पञ्च मावि, दिक्तेलमा कक्षा ११ मा कानुन विषयमा विषय थपको स्वीकृती प्रदान गरिएको छ । श्री मा.वि, लफ्याङ, विदोदय मा.वि., दोर्पा र जालपा मावि, नुनथला संग माध्यमिक विद्यालयहरुमा विद्यालय विज्ञान प्रयोगशाला अनुदान कार्यक्रम सम्झौता गरी काम सुचारु रुपले भइरहेको छ । यस आ.व.मा विद्यालय क्षेत्र विकाश कार्यक्रम क्क्म्ए अन्र्तगत नयां कक्षा कोठा निर्माणका लागि महेन्द्रोदय आवि, निर्मलीडाडा, रामपुर प्रावि, नेर्पा र तिनधारे प्रावि, बुइपाले सम्झौता गरी काम सुरु भएको छ भने एस.एस.डि.पि.कार्यक्रम अन्तर्गत कै अघिल्लो आ.ब.को ४ कोठे भवन क्रमागत रुपमा वुइपा र पाथेकामा भवन निर्माण भईरहेको छ । कालीका मावि, नेर्पा, मनोकामना जनकल्याण मावि, निर्मलीडांडामा क्ष्ऋत् को सम्झौता भई काम सूरु भएको । माध्यमिक तहमा पुस्तकालय स्थापन तथा व्यावस्थापन कार्यक्रम अन्तर्गत चम्पावती मा.वि., विजयखर्क, जनता आधारभुत विद्यालय, नेर्पा र बालसेवा समाज नेर्पाले सम्झौता गरी काम सुरु भएको । यस आ.व.मा बालबालीका प्रावि, लामिडाडा दोर्पा र दोबेला विच आधारभुत विद्यालय, दोवेला र साकेला आधारभुत विद्यालय, नेर्पामा पानी तथा स्वास्थ्य सुविधा सहितको शौचालय निर्माणको सम्झौता भई काम सुरु भएको छ । नगर शिक्षा समिति तथा वडा शिक्षा समितिहरुबाट शैक्षिक गुणस्तर सुधारका काम निरन्तर भईरहेको छ । संस्थागत ६ ओटा र सामुदायीक ५ वटा विद्यालयहरुलाई कक्षा थप अनुमति प्रदान गरिएको छ । सामुदायिक विद्यालयको छात्रवृत्ति वितरणको अनुगमन गरिएको छ । विद्यार्थी भर्ना अभियान सञ्चालन गरि प्रचार प्रसार र सहभागिता अभिवृद्धि गरिएको छ । नगर भित्रका सामुदायिक विद्यालयहरुमा रिक्त रहेको स्थायी दरबन्दी तथा राहतमा शिक्षक करार नियुक्ति गरिएको छ ।
यस नगरको वडा नं.–१३ नुनथला, महुरे स्थित महुरेगढी बहुप्राविधिक शिक्षालयमा यसै आवबाट प्राबिधिक विषयहरुको कक्षा संचालनमा आएको छ । उक्त बहुप्राविधिक शिक्षालयलाई एक नम्बर प्रदेश कै नमुनाको रुपमा स्थापित गर्न नगरको तर्फबाट यथोचित समन्वय र सहयोग गरिनेछ । 
यस नगरपालिकालाई आगामी वर्षहरूमा अर्गानिक नगर बनाउने उद्देश्यका साथ जनप्रतिनिधि, अगुवा कृषक, कृषि संग सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था तथा पत्रकारहरू सहितको एक दिने कार्यशाला गोष्ठी र घ दिने अगुवा कृषक तालिम सम्पन्न भएको छ । नमुना कृषि उद्यमी कार्यक्रम मार्फत ६ वटा कृषि तथा पशु फर्महरु छनौट गरी तरकारी खेति तथा पशुपालन क्षेत्रमा स्वरोजगार र उत्पादन प्रवर्धन गरिएको छ । वाली विषेश व्लक÷पकेट कार्यक्रम अन्तर्गत चालु आ.व. मा यस नगर क्षेत्रभित्र १ वटा तरकारी, १ पशुपालन र १ माछापालन गरी ३ वटा पकेट क्षेत्रहरु विस्तार गरिएको छ । यस नगर भित्र दुई वटा कृषि फर्महरूलाई स्थापना र संचालन गर्न सहयोग गरिएको छ । बैदेशिक रोजगारीबाट पिडित परिवारहरूलाई मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि हिलट्यांक, सिल्पाउलिन प्लाष्टिक, स्प्रिङ्कल, गार्डेन पाईप र तरकारीका बिउहरू वितरण गरिएको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको प्रदर्शन र कृषकहरूको हौसला बढाउने उद्देश्यले बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ जसबाट कृषकहरूमा प्रविधि विस्तार तर्फ हौसला बढेको पाईन्छ । नगर रेन्बो ट्राउट विकास कार्यक्रम अन्तर्गत २ वटा नयाँ रेन्बो ट्राउट फर्महरुमा रेन्बो ट्राउट पाल्ने ठाउँ (रेसवे) तयार भई माछाका भुराहरु लगाउने तयारी भईरहेको छ । १५ वटै वडामा साना सिचाई तथा ठूला सिचाई आयोजनाहरु निर्माण भई कृषकहरुमा सिचाई सुबिधालाई थप व्यवस्थित गरिएको छ । 
कृषिलाई आधुनिकिकरण र यान्त्रिकरणलाई जोड दिने उद्धेश्यले प्रधानमन्त्रि कृषि आधुनिकिकरण कार्यक्रम संगको सहलगानीमा बिभिन्न यान्त्रिकरणका सामाग्रिहरु कृषकहरुलाई उपलब्ध गराउने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । 
प्राकृतिक गर्भाधान बाट नश्ल सुधारका लागि दुई वटा बोयर जातका बोका वडा नं. ७ र ८ मा वितरण गरिएको छ । रेविज रोग नियन्त्रणका लागि १५०० कुकुर बिरालोहरूमा एन्टि रेबिज भ्याक्सिनेसन गरिएको छ । १५ वटा वडाहरुमा पशु स्वास्थ्य सम्बन्धी औषधि पुर्याइएको छ । पशु रोग नियन्त्रण र कृषकलाई आवश्यक सल्लाह सुझावका लागि हरेक वडाहरूमा पशु सेवा प्राविधिकहरू र स्वयंसेवकहरू खटाईएको छ ।
नगर क्षेत्र भित्र कोईपनि कुनै रोगको कारणले अकालमा मृत्यु तथा अङग भङग हुनवाट बचाउन जिल्ला अस्पताल तथा नगर क्षेत्र भित्रका विभिन्न स्वास्थ्य चैकी तथा सहरि स्वास्थ्य केन्द्र मार्फत उपचारात्मक, प्रर्वधनात्मक, निदानात्मक स्वास्थ्य सेवा अनुभवि, दक्ष्य चिकित्सक तथा स्वास्थ्य कर्मिवाट निरन्तर उपलब्ध गराईदै आएको छ । यसै वर्ष जिल्ला अस्पतालमा ब्लड बैकको भवन निर्माण सम्पन्न गरिएको छ । अस्पताल संञ्चालन तथा ब्यवस्थापन समितिको निर्णय अनुसार अस्पताल क्षेत्रभित्र हुने अवाछ्निय घटनाको नियन्त्रणको लागि अस्पतालका महत्वपूर्ण ठानिएका आठ स्थानमा ऋऋ ऋबmभचब जडान गरीएको छ, आकस्मिक कक्षमा टायल विछ्याउने कार्य सम्पन्न भएको छ, सरसफाई विधुत र खानेपानिको ब्यवस्थापन कार्य गरिएको छ, विरामिहरुका लागि खाना, विद्यालय स्वास्थ्य प्रवर्धन तथा विद्यालय स्वास्थ्य परिक्षण कार्यक्रम समुदायमा स्वास्थ्य प्रवर्धन कार्यक्रम विस्तार गरिएको छ । स्वास्थ्य दिवस र म.स्वा.स्व.से. दिवस मनाइएको छ । अस्पताल तथा वथिङ सेन्टर साईट हरुमा चौविस घण्टे प्रसुति सेवा संचालन गर्न करार अ.न.मि. नियुक्ति गरिएको छ । औषधि तथा सामाग्रीहरु प्याकिङ तथा ढुवानि गरिएका छन । अव्सटेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरुका लागि स्क्रीनीङ गरिएको छ । रिङ पेसरी र भिआईए जांच  अइयुसिडि र इम्प्लाण्ट सेवा जिल्ला अस्पताल बाट प्रदान गरिएको छ । म.स्वा.स्व.से.हरुलाई दिर्घकालीन सेवाका लागि सम्मानजनक विदाई गरिएको छ । खोप तथा गाउघर क्लिनिक संचालन गर्ने स्वास्थ्य कर्मीहरुलाई फिल्ड भत्ता वितरण गरिएको छ । विरामी नवजात शिशुका लागि निः सुल्क उपचार, भिटामिन ए तथा जुकाको औषधि वितरणका लागि म.स्वा.स्व.से. परिचालन गरिएको छ । स्वा.चौ. स्तरमा स्वास्थ्य संस्था जन्य फोहोरमैला व्यवस्थापन एवं गुणस्तर सुधार कार्यक्रमका लागि समाग्रिहरु खरिद गरी उपलव्ध गराईएको छ । निशुल्क स्वास्थ्य सेवाका लागि औषधि खरिद गरी वितरण गरिएको छ । जिल्ला अस्पताल, स्वा.चौ. का लागि ओ.पि.डि. टिकट छपाई आमा सुरक्षा कार्यक्रमका लागि यातायात खर्च तथा उत्प्रेरणा खर्च वितरण जिल्ला अस्पतालमा उपचार हुन नसकेका विरामिका लागि रेफरवापतको रकम उपलव्ध, वर्थिङ सेन्टरमा प्रसुति गराए वापत न्यनो झोला वितरण, सिलिकन रिङ–पेसरी खरीद, पुर्ण खोप दिगोपनाका लागि स्वास्थ्यकर्मी र स्वा.चौ. संचालन तथा व्यवस्थापन समिति संग अन्तरक्रिया सम्पन्न, नियमित खोप कार्यक्रमको कभरेज वढाउनका लागि वैसाख महिनालाई खोप महिनाको रुपमा मनाइएको छ । वन्ध्याकरण घुम्ति शिविर अगावै म.स्वा.स्व.से. संग छलफल, पुर्ण खोप युक्त वडा तथा नगरपालिका का लागि स्वास्थ्य संस्था प्रमुख हरुसंग २ दिने गोष्ठी सम्पन्न भएको छ । खोपको पहुंच नपुगेका र म्चयउ इगत पत्ता लगाउनका लागि म.स्वा.स्व.से.हरुसंग १ दिने गोष्ठी सम्पन्न भएको छ । वडा नं. १ को दिक्तेलवारि र वडा नं. १५ को वसेरीमा एक–एक वटा वाह्य खोप केन्द्र भवन निर्माण सम्पन्न भएको छ । क्षयरोगको उपचार केन्द्रहरुमा अनुगमन गरी उपचारको गणस्तरमा बृद्धि भएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत नगरका संर्पुण वडामा बहूक्षेत्रिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन तथा अभिमुखिकरण सम्पन्न भएको छ । सुनौला हजार दिनका आमा हरुलाई सरसफाई, हाईजेनिक किड, तरकारी विउ तथा गर्भवति सम्मान र पोषण सम्वन्धि तालिम सम्पन्न गरिएको छ । 
 सुरक्षित मातृत्व को क्षेत्रमा सेवा प्रदान गर्दै आएको वान हार्ट वल्र्डवाईड खोटाङ संग समन्वय गरि प्रसुति केन्द्र बुईपा र स्वास्थ्य चौकी दोर्पा चिउरिडाडाँको मर्मत संभार तथा स्तरोन्नति ९च्भलयखबतष्यल० र उक्त केन्द्रमा आवस्यक औजार उपकरण उपलव्धताका लागि समन्वय स्थापना गरिएको छ । 
आंखा अस्पताल लाहानको प्राविधिक सहयोग र नेत्रज्योती संघ खोटाङ र यस यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा निशुल्क आंखा शिविर संचालन गरी ८२९ जनाको निशुल्क आंखा जांच गरिएको छ । उक्त अवसरमा ९६ जनाको आंखाको शल्यक्रिया गरिनुका साथै ५०० भन्दा बढीलाई निशुल्क औषधि वितरण गरिएको छ । ८० जना शल्यक्रिया गरिएका विरामीका साथै १३४ जना जेष्ठ नागरिकलाई नगरपालिकाको आर्थिक सहयोगमा निशुल्क चस्मा वितरण गरिएको छ ।
भाषा र संस्कृतीको संरक्षण गर्दै जाने नगरपालिकाको लक्ष्य अनुरुप भाषा आयोग नेपाल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ बिचको सहकार्यमा चाम्लिङ भाषाको शब्दकोश निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
ज्येष्ठ नागरिक सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया, लंैगिक हिंसा निबारणमा न्यायिक  समितिको क्षमता विकास तालिम सम्पन्न भएको छ ।
युनिसेफ संगको सहकार्यमा बाल संरक्षण निति निर्माण सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ । बालक्लवका बालबालिकालाई बाल संरक्षण सम्बन्धी २ दिने तालिम, समुदायका अगुवाहरुलाई बाल संरक्षण सम्बन्धी १ दिने तालिम, बाल संरक्षण सम्बन्धि तथा घटना व्यबस्थापन सम्बन्धि २  दिने  तालिम पनि सम्पन्न भएको छ । बाल क्लवहरु गठन,संचालन तथा नियमन भएका छन् । बालबालिका माथि हुने शारिरीक ,मानसिक दण्ड सजाय तथा यौन जन्य दुव्र्यबहार बिरुद्ध समुह ÷समिति गठन तथा समुह परिचालन कार्यको सुरुवात भएको छ । 
नगर स्तरीय ज्येष्ठ नागरिक दिवस, अन्तर्राष्ट्रिय महिला दिबस कार्यक्रम सम्पन्न भएको छ ।                                          
उप प्रमुख संग महिला कार्यक्रम तर्फ बाल सेवा समाज संगको सहकार्यमा उद्यम बिकास तालिम सम्पन्न भएको छ । निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व तथा क्षमता विकासका लागि भाषण कला तालिम सम्पन्न भएको छ । महिला क्षमता बिकास तालिम, शिप बिकास र चेतना मुलक कार्यक्रमहरु सम्पन्न गरिएको छ । दोर्पामा महिला भवन निर्माण गरिएको छ । .....दिक्तेल बजारम......मा कृषि उत्पादन संकलन केन्द्र स्थापना गरिएको छ । कृषक  महिला शसक्तीकरण को लागि उत्पादन मुलक कार्यमा अनुदान प्रदान गरिएको छ । नेर्पामा ढाका  बुनाई तालिम कार्यक्रम सम्पन्न गरिएको छ ।                                                                     
         सबै वडा कार्यालयहरुबाट डिजिटल तथा अनलाईन सर्भिस पुर्याउने उद्धेश्यले सबै वडा कार्यालयहरुमा ईन्टरनेट सेवा विस्तारको कार्य प्रारम्भ गरिएको  छ ।
नेपाल बिधुत प्राधिकरण संगको सहकार्यमा बाकी वडामा बिधुत बिस्तार गर्ने तथा सम्पूर्ण काठकोपोलहरुलाई आईरनपोलमा रुपान्तरण गर्ने कार्यलाई निरन्तरता दिइएको छ । 
       दिरुमनपा वडा नं. १५, विजयखर्क र वडा नं.८, बुवालुङमा एकिकृत बस्ती निर्माण कार्यको थालनी भएको छ ।
  संविधान र संघीय तथा प्रादेशिक कानूनहरु अनुसार ३० भन्दा बढी स्थानीय नगर ऐन, नियम, कार्यविधी, मापदण्ड निर्माण गरी लागू गरिएको छ ।
बिभिन्न वडाहरुमा टोल बिकास संस्थाहरु निर्माण गरी टोलको बिकासको अगुगाई गर्ने कार्यलाई निरन्तरता दिइएको छ । 
नगरपालिकाले गरेका कामहरुलाई प्रभावकारी र पारदर्शी बनाउन प्रत्येक महिनाको २ गते सुशासनका लागि मिट द प्रेस कार्यक्रमको आयोजनालाई संस्थागन गर्ने गरी निरन्तरता दिईएको छ । 
पटक पटक माननिय सांसदहरु, राजनैतिक दल कार्यालय तथा अन्य सरोकारवाला निकायहरु संग छलफल तथा परामर्श गर्ने कार्यलाई निरन्तरता दिईएको छ । 
४९०  दलित घरधुरीमा फलामे चुल्हो बितरण गरिएको छ ।  जातिय छुवाछुत मुक्त नगर बनाउने अभियानलाई निरन्रता दिईएको छ । 
निर्मलीडाडामा बिधुत बिस्तारको कार्य अन्तिम चरणमा पुगेको छ भने जालपा र खार्मीमा पहिलो पटक निश्चित क्षेत्रमा पहिलो पटक बिजुली बत्ति बालिएको छ भने आगाी २ बर्ष भित्रमा सम्पुर्ण काठेपोललाई फलामेपोलमा रुपान्तरण गर्न बिधुत प्राबिकरण संगको सहकार्यमा तिब्रता दिईएको छ । 
 
उपस्थित नगरसभाका सदस्यज्यूहरु,
अव म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चालु आर्थिक वर्ष २०७६।०७७ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु । 
 
आर्थिक बर्ष २०७६।७७ का प्राथमिकताहरु 
ज्ञ० यस नगरपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेका उपलब्धिहरू हासिल गर्न सहयोग पुर्याउने आयोजनाहरू
द्द० चालु आ.व.मा सुरु भएका ठूला आयोजनाहरू
घ० स्थानीय गौरवका आयोजनाहरू
द्ध० आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्याउने आयोजनाहरू
छ० स्थानीय वासिन्दालाई प्रत्यक्ष योगदान दिने आयोजनाहरू
ट० समावेशी र सन्तुलित विकासमा सहयोग पुर्याउने आयोजनाहरू
 
केन्द्र सरकार प्रदेश सरकार र स्थानियय सरकार तथा प्रतिनिधिसभाका माननिय,प्रदेशसभाका माननिय ज्युहरु संगको समन्वय सहकार्य र सहलगानीमा निम्नानुसार ठूला पुर्बाधारका कार्यक्रमहरु संचालन गर्ने नीति लिईने छ । 
ज्ञ० दिक्तेल बजारभित्रको सडक व्यवस्थित गर्ने कार्यलाई यसै यसै आ.व बाट ठेक्का प्रक्रिया पुरा गरी निर्माण कार्य प्रारम्भ गरिनेछ । 
द्द० खानिडाडा बिमानस्थललाई पुनः मर्मत गर्ने कार्य सम्पन्न गरी यसै आ.व.मा संचालनमा ल्याउन तिव्रता दिन नेपाल सरकार समक्ष आवश्यक पहल जारि राखिनेछ । 
घ० अस्पताल चौक,लप्mयांग साप्सुखोला मानेभन्ज्यांग सडक स्तरउन्नतिको काम सम्पन्न गरिनेछ । 
द्ध० हुर्लुंग जालपा ऐसेलुखर्क बाक्सिला सडकको स्तर उन्नतिलाई तिब्रता दिईनेछ । 
छ० स्थानिय गौरबका योजनाहरुलाई उच्च प्राथमिकतामा राखिनेछ ।
ट० अल्छेढुगा,नेर्पा,दुम्मुलि,दोर्पा चिउरीडाडा,दोबेला निर्मलीडाडा÷रतन्छा सडक आयोजनालाइ निरन्तरता दिईनेछ । 
ठ० हाटडांडामा बहुउद्देश्यीय भवन निर्माणको लागि डिपिआर अन्तिम रुप दिई यसै आ.व.मा निर्माण कार्यको थालनी गरिनेछ । संघीय सरकारबाट निर्माण हुने उक्त भवनको ग्राउण्ड फ्लोरमा पार्किङ, प्रथम तलामा हाजबजार र बांकी माथिल्लो तलामा कार्यालय रहनेछ ।उक्त भवनको लागत ३० करोड भन्दा बढी हुने अनुमान गरिएको छ । 
ड० दिक्तेल अस्पताललाई ५० सैयाको बनाउने कार्यलाई यथासक्य चाडो सम्पन्न गरी संचालनमा ल्याईनेछ । बाम्राग,नेर्पा र बिजयखर्कमा निर्माण हुनलागेको स्वास्थ्य संस्था भवनलाई तदारुपताका साथ निर्माण गरिनेछ । बाकी स्वास्थ्य संस्था भवन निर्माणका लागि प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिनेछ । 
ढ० मझुवागढी कालिक भगविितको गुरुयोजना कार्यन्वयनका कामलाई निरन्तरता दिईनेछ । 
ज्ञण्० नूनथाल र मुडेमा गुम्बा निर्माणको कार्यलाई आवश्यक सहयोग गरिने छ । मझुवागढी देबिस्थान, साप्सुढाप, भुलभुले, महुरेगढी, सहदेवगढीका साथै पर्यटन गुरुयोजना कार्यन्वयनमा ल्याईनेछ । 
ज्ञज्ञ० वडा नं २, ३, ६, ८ र ९ को माथिल्लो भागमा चिया पकेट क्षेत्र निर्माणको कामलाई उच्च प्राथमिकता दिईने छ । वडा नं ६ र ८ मा एसै आ.व बाट कार्यक्रम संचालनको काम प्रारम्भ गरिनेछ । 
ज्ञद्द० दिक्तेलको सहरी खानेपानी आयोजनाको कामलाई द्रुततर गतिमा अघि बढाईनेछ । .मेवाखोला लिप्टीग खानेपानी आयोजना, नुनथला खानेपानी आयोजना, मझुवागढी देबिस्थान खानेपानी आयोजना, लप्से पंखु खापा,पाथेका, खाल्ले खानेपानी आयोजना लगाएतका योजनाहरु संचालनमा ल्याईनेछ । 
ज्ञघ० साप्सु निर्मलीडाडा थर्पुडाडा पेलुग निर्मलीडाडा, छेपेखोला खार्तेखोला, पाँचधारेपात्ले, दिखुवाखोला, भदौरे खोल्सी, लप्सेपञ्चिम, रेलेखोला, जरुवापानी, ढाडेखोला लगाएत कम्तिमा एक वडा एक सिचाई आयोजना संचालनमा ल्याईनेछ । 
ज्ञद्ध० संघिय सरकार तथा प्रदेश सरकार संगको सहयोगमा बिभिन्न स्थानमा सहिदपार्क तथा प्रतिष्ठानहरु निर्माण गरिनेछ । 
ज्ञछ० सुरक्षित बैदेशिक रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ । बैदेशिक रोजगार बाट आएको रेमिटेन्सलाई उत्पादनमुलक कार्यकमा लगानी गर्ने र उद्मबिकास कार्यक्रमलाई जोड दिईनेछ । 
ज्ञट० बिद्यालय पुर्बाधार बिकास कार्यक्रमलाई आवश्यकताका आधारमा संचालन गरिनेछ । 
ज्ञठ० संघिय सरकार संगगको सहयोगमा दिक्तेल बजारमा व्यवस्थित मनोज स्मृति सभागुह  निर्माणको काम अगाडी बढाईने छ । 
ज्ञड० संघिय सरकार तथा प्रदेश सरकार संगको समपुरक योजनामा दिक्तेल बजारमा उधोग बाणिज्य संघको व्यवस्थित भवन निर्माण गरिने छ । 
ज्ञढ० नगरको बिभिन्न स्थानमा टेलिफोन टावर राख्ने कार्यलाई नेपाल टेलिकम संगको सहकार्यमा अगाडी बढाईने छ । 
द्दण्० भूकम्प पुनः निर्माणको कामलाई तदारुपकताका साथ अगाडी बडाईनेछ । भुकम्प जाने बित्ति कै बनेका घरहरुलाई एक मुष्ट अनुदान दिने कार्यलाइ आ. ब २०७६।७७ मा सम्पन्न गरिने छ ।  
द्दज्ञ० यसै आ.व. नगरपालिकाको उपयुक्त स्थानमा औधोगिक ग्रामको स्थापना गरिनेछ । उधमसिलता बिकास र आर्थिक बिकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिनेछ । 
द्दद्द० संघिय सरकार संगको सहयोगमा खरको छानालाई टिनको छानामा रुपान्तरण गर्ने गरि  गरिबका लागि छानो कार्यक्रम संचालनमा ल्याईने छ । 
द्दघ० संघिय सरकार संगको सहकार्यमा प्रधानमन्त्रि रोजगार कार्यक्रममलाई थप बिस्तार र प्रभाकारी बनाउने
द्दद्ध० दिक्तेल स्थित रत्नपार्कमा निर्माण गरिने सपिग कम्ल्पेक्सको डिपिआर समेत सम्पन्न भई सकेको हुनाले नगर बिकास कोष संगको सहुलियत दरको ऋण सहयोगमा यसै आ.व को प्रारम्भबाटै निर्माण कार्यलाई अगाडी बढाईनेछ । 
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु आ.व.का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा लामो मेहनत र लगानीबाट निर्मित आबधिक योजनाले तय गरेको  “समाजबाद उन्मुख सभ्य र समृद्ध नगरः दिक्तेल रु.म बासीको रहर“ भन्ने दिर्घकालीन सोचलाई मुर्तरुप दिनेतर्फ चालु आ.व.का नीति, योजना तथा कार्यक्रमहरु परिलक्षित गरेकोछ । 
नगरको आर्थिक, सामाजिक, भौतिक, वातावरणीय, संस्थागत एवं वित्तीय क्षेत्रको दिगो विकास गरी सुशासन र नगरबासीको जिवनस्तरमा गुणात्मक सुधार गर्नु यस वर्षको लक्ष्य रहेको छ । 
दिगो आर्थिक विकासबाट नगरबासीको जीवनस्तरमा सुधार गर्न कृषि र पशुपालन व्यवसायलाई निर्वाहमूखीबाट व्यवसायिक पेशाका रुपमा विस्तार गर्ने नीति लिइएको छ । सहकारी र उद्यम व्यवसायको माध्यमबाट उत्पादन र रोजगारी अभिवृद्धि गर्न उद्यमशीलता र सीप विकास तालिम, प्रविधि हस्तान्तरण कार्यक्रम, सहुलियत ऋणमा पहुंच र नगरबाट वित्तीय सहयोग लगायतका नीतिगत व्यवस्थाहरु गरिनेछ । 
गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य एवं पोषण, स्वच्छ पिउनेपानी तथा सरसफाइको सुविधामा पहुंच बढाई मानव संसाधनको क्षमता र उत्पादकत्व बढाउने नीति लिइएको छ । युवा एवं खेलकुद विकास तथा प्रवद्र्धन, जेष्ठ नागरिक संरक्षण, लैङ्गिक समानता, तथा सामाजिक समावेशीकरण सुनिश्चित गरी नगरवासीलाई आधारभूत सामाजिक सेवा, संरक्षण र सुरक्षा उपलव्ध गराइनेछ । 
आधारभूत तथा गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, स्तरोन्नति र मर्मत सम्भारबाट नगर विकासमा गतीशीलता ल्याई नगरवासीको सेवा तथा सुविधा प्राप्ति, पहुंच र प्रवाहमा सहज अभिवृद्धि गर्दै तिव्र आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिइएकोछ । 
वन, वन्यजन्तु, जैविक विविधता तथा भू तथा जलाधार क्षेत्रको संरक्षण, विकास, संबद्र्धन, प्रवद्र्धन र दीगो उपयोग गर्दै, विपद् व्यवस्थापन एवं जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण उपायको अवलम्बनबाट वातावरणमैत्री विकास भई हरित, सफा र वस्नयोग्य व्यवस्थित नगर निर्माण गर्ने सोच लिइएको छ । 
चुस्त तथा प्रभावकारी प्रशासनिक संगठन संरचना निर्माण र सार्वजनिक, निजी, सहकारी, गैसस तथा सामुदायिक साझेदारीलाई प्रवद्र्धन गर्दै सेवा प्रवाह सुनिश्चित र भरपर्दाे बनाउने उद्देश्य राखिएको छ । 
प्रविधिमैत्री कर तथा आर्थिक प्रशासन सञ्चालन गरि वित्तीय सुशासन प्रत्याभूत गर्ने सोच लिइएको छ । 
 
आदरणीय सदस्यज्यूहरु,
अव म आ.व. २०७६।७७ का क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ः
आर्थिक विकासः
हालको ६ प्रतिशतको आर्थिक वृद्धि लाई आ.व. २०७६।७७ मा ७ प्रतिशत पुर्याउने उद्देश्यले कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटन र अन्य सेवा उद्योगलाई विशेष प्रोत्साहन गर्ने नीति लिइनेछ । 
कृषि र पशुपालन
ज्ञ० सहभागितामूलक ढंगबाट प्रांगारिक ९इचनबलष्अ० कृषि खेती र कृषि उत्पादनलाई प्रश्रय र प्रोत्साहित गर्ने सोच लिइएको छ ।
द्द० समर्थन मुल्य निर्धारण गरि कृषकले उत्पादन गरेको उत्पादनलाई नगरपालिकाले सहकारी ऐचौ पैचो पसलका माध्यमबाट खरिद गरिदिने कुराको सुनिश्चित गरिनेछ । सहकारी ,समुह र कृषिफर्महरुका माध्यबाट उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाईनेछ । 
घ० कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरिने छ । माटोको उर्बराशक्तिको पहिचान गरी उत्पादनमा आधारित गाजर पकेट क्षेत्र, मुला पकेट क्षेत्र तरकारी पकेट क्षेत्र र  फलपुल पकेट क्षेत्रको बिकास र बिस्तार गरिने छ । 
द्ध० पकेट क्षेत्रलाई अनुदानको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
छ० कृषकलाई आधुनिक उपकरण प्रयोग गरी खेती गर्न र त्यस्ता आधुनिक उपकरण खरिद गर्न अन्य संघ संस्था तथा निकायहरुसंग समन्वय गरीनेछ ।
ट० कृषकहरुलाई उन्नत विउ र प्रविधि तर्फ प्रेरित गरिनेछ ।
ठ० कृषकहरुलाई जिविकोपार्जन मुखी खेतीवाट व्यवसायिक खेती तर्फ उन्मुख गराउन आवश्यक सहयोग गरिनेछ ।
ड० मागमा आधारित खेतीलाई प्राथमिकता दिईनेछ ।
ढ० मौजुदा पशुपंक्षीहरुको संरक्षण सम्वर्धन गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्दै लैजाने नीति लिइएको छ ।
ज्ञण्० पशु पालन क्षेत्रमा विकास गरी रासायनिक मललाई विस्थापित गरी प्राङ्गारीक खेतीलाई अवलम्वन र विस्तार गर्दै लैजाने र आगामी वर्षहरुमा यस नगरलाई प्राङ्गारीक नगरको रुपमा घोषणा गर्ने नीतिलाई अबलम्बन गरिनेछ ।
ज्ञज्ञ० पशुपंक्षीको सुरक्षा र जनस्वास्थ्य संरक्षणमा योगदान पु¥याउन रोग नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन प्रविधिको विस्तार गरिनेछ ।
ज्ञद्द० कम लागतमा उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषकको आयमा वृद्धि ल्याउन घासखेतीमा आधारित पशु पालनमा जोड दिने जसको लागि कृषकलाई डाले घांस र वहुवर्षिय भुईघांसका वेर्णा तथा विउ सर्व सुलभ ढंगले उपलव्ध गराइनेछ ।
ज्ञघ० मासु जन्य आयमा रोक लगाई निर्यातमुखी व्यवसायको रुपमा वंगुरपालन र वाख्रा पालन व्यवसायलाई जोड दिईनेछ ।
ज्ञद्ध० दिर्घकालिन कृषि योजनाले अपनाएको मार्ग दर्शन अनुसार स्थानिय स्रोत साधन तथा संभाव्यताका आधारमा नगर भित्रका विभिन्न क्षेत्रहरुलाई पशु पालन पकेट क्षेत्रको रुपमा विकास गर्न पशु स्वास्थ्य,पशु प्रजनन् तथा नश्ल सुधार र आहारा विकास गरी प्याकेजको रुपमा लागू गर्दै लगिनेछ ।
ज्ञछ० पशु पालन व्यवसायलाई सम्मानित, मर्यादित व्यवसायको रुपमा विकास गराउन कृषकहरुलाई नयां प्रविधिहरु हस्तान्तरण गर्न तालिम गोष्ठी भ्रमण र अनुदानका कार्यक्रमहरु संचालन गरिनेछ ।
ज्ञट० स्थानीय सम्भाव्यताको आधारमा उत्पादनयोग्य नगदेवाली तथा पशुपालनमा आधुनिक प्रविधिको प्रयोग र व्यवसायीकरणलाई बढावा दिंदै उत्पादन तथा उत्पादकत्वको अभिवृद्धि गर्ने नीति लाई निरन्तरता दिइएको छ । 
ज्ञठ० कृषकहरुको सीप अभिबृद्धि, पुंजी र प्रबिधिमा पहँुच विस्तार गर्न कार्यक्रमिक र संस्थागत सुधार गर्ने तथा कृषि करारको कानून निर्माण गरी व्यवसायिक कृषि प्रवर्धन र जमिनको बांझोपन न्यूनीकरण गर्ने रणनीति तय गरिएको छ । 
ज्ञड० प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना र परम्परागत हाटबजार केन्द्र व्यवस्थापन गरी स्थानिय कृषि बजार र निर्यात प्रवर्धन गर्ने नीति लिइएको छ । 
ज्ञढ० कृषि तथा गैरकृषि सहकारी संस्थाहरुको प्रवद्र्धन गरी उत्पादन बढाइने नीति लिइएको छ । 
द्दण्० कृषक, नव उद्योगी र व्यवसायीलाई सहकारी संस्थाहरुवाट सहज एवं सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरिनेछ ।
 
उधोग बाणिज्य तथा घरेलु तथा साना उद्योग
ज्ञ० नगर क्षेत्रमा स्थानीय स्रोत साधनहरुमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गरिनेछ । 
द्द० खोटाग उधोग बाणिज्य संग संगको सहकार्यमा उधोग बाणिज्य संघका कार्यक्रमहरु तयार गरि कार्यन्वय गर्ने नीति लिईनेछ । 
घ० नगरमा औद्योगिक विकासका लागि निजी क्षेत्र र संघीय तथा प्रदेश सरकारसंगको सहकार्यमा एक उद्योग ग्रामको विकास गरिनेछ । 
द्ध० कृषि उपज प्रशोधन उद्योग, कृषि सामाग्री उद्योग, उत्पादनमूलक उद्योग, र पर्यटन उद्योगको विकास गरी उत्पादन, उत्पादकत्व, रोजगार र आयआर्जनलाई प्रोत्साहन गरिनेछ । 
छ० नगर क्षेत्रमा उद्यमशीलताको विकास र प्रवद्र्धन गर्न प्रोत्साहित गरिनेछ । 
ट० उद्यमशीलता विस्तार तथा सीप विकासका लागि व्यवसाय सम्बर्धन केन्द्र ९द्यगकष्लभकक क्ष्लअगदबतष्यल ऋभलतभच०, कोशेली घर, सीप विकास प्रशिक्षण कार्यक्रमहरुको व्यवस्था गरिने छ । 
ठ० पुंजी र लगानीमा नव उद्यमी, युवा उद्यमी, महिला उद्यमी, वैदेशिक रोजगारबाट फर्केका युवाको पहुच बढाउन सहुलियत व्याजमा ऋणको व्यवस्था र जोखिमको साझेदारी वीमा सम्बन्धी कानून निर्माण गर्न पहल गरिनेछ । 
ड० नगरक्षेत्रमा सञ्चालित व्यवसायको नियमन र प्रवर्धन गर्न कानूनी व्यवस्था र सूचना प्रविधिमा आधारित दर्ता, नवीकरण प्रणालीको विकास र कार्यान्वयन गरिनेछ । 
पर्यटन र अन्य सेवा
ज्ञ० हलेसी दर्शन गर्न आउने ५० प्रतिशत पर्यटकलाई यस नगरभित्र भित्र्याउने उद्देश्यले मझुवाकालिका क्षेत्रमा धार्मीक पर्यटकीय आकर्षण अभिवृद्धि गर्ने पुर्वाधार विकासलाई निरन्तरता दिईनेछ । 
द्द० मुन्दुम ट्रेललाई हलेसी ईन्ट्रि पईन्ट बनाई बनाई समाबेश गर्न प्रदेश सरकार संग सहकार्य गरिनेछ । 
घ० पर्यटक वसाई दर न्यूनतम दुई दिन पुर्याउने गरी नवीन पर्यटकीय उत्पादन ९त्यगचष्कm एचयमगअत० हरुको विकास गरिनेछ । दिक्तेल बजारमा होटल व्यवसायीहरुलाई ज्यकउष्तबष्तिथ तालिम प्रदान गरिनेछ । 
द्ध० संघीय तथा प्रादेशिक सरकारसँग सहकार्य गरी किरात विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिनेछ । 
छ० हलेसी–मेरुंग, हलेसी, नुनथला, रुपाकोट, मझुवागढ़ी कालिका, साप्सुधाप, मेरुंग, हलेसी सर्किट–(पैदल र मोटरेबल बाटो) लगायतकासर्किटमा पर्ने पर्यटकीय महत्वका स्थानहरूको विकास र सम्बर्धनका साथै बगरेभंज्याङमा ताल, पिकनिक स्पट र पेन टावर निर्माण सम्पन्न गरिनेछ । 
ट० गुणस्तरिय पर्यटक भित्राउन एडभेन्चर पर्यटन र अधिक खर्च गर्ने भारतीय र चिनियां पर्यटकलाई आकर्षण गर्ने गरि बजारीकरण, ट्राभल एजेन्सीसंग सहकार्य, विशेष महोत्सवहरु आयोजन गरिनेछ ।  
ठ० बुईपामा प्रदेश सरकार संगको सहकार्यमा निर्माण हुने विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्य थालिनेछ । 
ड० स्थानीय स्तरमा उद्योग व्यवसायको स्थापना तथा विस्तार कार्यका लागि आवश्यक पर्ने पुजीको पहुच सहज हुने गरी बैक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुको बढदो उपस्थितिलाई प्रोत्साहित गरिने छ । यसका लागि ूएक घर एक खाताू र ूघर घरमा सहकारीू अभियानलाई निरन्तरता दिईनेछ ।
ढ० प्रदेश र संघीय सरकारसंगको सहकार्यमा प्राथमिकता प्राप्त क्षेत्रमा हुने ऋण प्रवाहको जोखिम न्यूनीकरण गर्न कर्जा विमा कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ । 
ज्ञण्० नगरका प्रमुख बजार केन्द्रहरूमा वैंकिङ तथा वित्तीय सेवाहरूको विस्तार गर्न पहल गरिनेछ ।
ज्ञज्ञ० वित्तीय सहकारी संस्थाहरूको दर्ता, नवीकरण, खारेजी, नियमन लगायतको कानूनी र संरचनागत व्यवस्था गरिनेछ । 
ज्ञद्द० नपा भित्र प्राप्त विप्रेषणलाई आयमूलक क्षेत्रमा लगानी गर्नका लागि वित्तिय साक्षरता कक्षा संचालन गर्दै उद्यमशीलता र लगानी प्रवर्धन गर्ने । 
ज्ञघ० वैदेशिक रोजगारवाट फर्किएर आएका व्यक्तिहरुको ज्ञान, सिप, पूँजीलाई परिचालन गर्न नव उद्यमी सहयोग कार्यक्रम सञ्चालन गर्ने । 
 
आदरणीय सदस्यज्यूहरु,
अव म सामाजिक विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ः
सामाजिक विकासः
 
ज्ञ० सवै विद्यालयमा भएको शैक्षिक शैक्षिक , भौतिक, मानविय सुचना व्यावस्थापनका लागि अनलाईन शैक्षिक सुचा व्यावस्थापन तालिमको व्यावस्था गरिनेछ ।
द्द० विद्यालयको शैक्षिक गुणस्तरका लागि सामुहिक अनुगमन तथा नियन्त्रणमा आधारित अनुगमन प्रणालीको प्रयोग गरीनेछ ।
घ० कक्षा तिन सम्मका बालबालिकाहरुका लागि दिवा खाजा कार्यक्रम संचालनका लागि टिफिन क्यारी बितरण कार्यक्रम संचालन गरिनेछ । अफनै घरमा भएको मकैभटमास कोदो,फापर गहुको रोटीलाई  टिफिन क्यारिमा अनिबार्य लगाएर बिद्यार्थिलाई बिद्यालय पठाउने बानिको बिकास गराईनेछ । 
द्ध० विद्यार्थीले प्राप्त गरेको सिकाई उपलब्धिको आधारमा उत्कृष्ठ तथा दक्ष शिक्षक र उत्कृष्ठ शिक्षक छनौट गरी सम्मान र पुरस्कारको व्यावस्था गरिने छ ।
छ० विद्यार्थीले सिकाई उपलब्धी, विद्यालय सरसफाई, विद्यार्थी संख्या, लगाएत चुस्त र दुरुस्त शैक्षिक, भौतिक आर्थीक र मानविय व्यवस्थाको आधारमा प्रधानाध्यापकहरुलाई सम्मान र पुरस्कृत गर्दै लगिने छ । साथै एकै जना प्रधानाध्यापक लगातार ५ वर्ष सम्म सम्मान पुरस्कृत हुन सफल भएमा निजलाई आवष्यक सुविधा प्रदान गरी ९ ऋजबलनभ ब्नभलत० विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभियान कर्ताको जिम्मेवारी प्रदान गरिने छ ।
ट० विद्यार्थीको सृजनात्मक लगायत सर्वाङगीण विकासका लागि नगर स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिने छ ।
ठ० शिक्षक विद्यार्थी, विद्यालय व्यावस्थापन समिति लगायत अभिभावकहरु सँग शैक्षिक समस्याको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरी शिक्षण सिकाई क्रियाकलाप सुधारका लागि आवस्यक व्यावस्था गर्दै लगिने छ ।
ड० विद्यालयमा पूर्व प्राथमिक कक्षा वा वालविकास केन्द्रहरु मार्फत वालवालिकालाई प्रारम्भिक वालविकास कार्यक्रममा आवद्ध गरिनेछ । 
ढ० नगरक्षेत्रमा निःशुल्क तथा अनिवार्य आधारभूत तथा निःशुल्क गुणस्तरिय माध्यमिक शिक्षामा बालबालिकाहरूको समतामूलक र सहज पहुंच तथा निरन्तरता सुनिश्चित गरिनेछ । 
ज्ञण्० गुणस्तरीय प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षामा लगानी र पहुंच विस्तार गरिनेछ । 
ज्ञज्ञ० फरक क्षमता भएका व्यक्तिहरूको लागि आवस्यकता र क्षमताका आधारमा सहज, निःशुल्क पहुंच सुनिश्चित गरी सीपमूलक शिक्षा र रोजगारीका अवसरसँग आवद्ध गरिनेछ । 
ज्ञद्द० विद्यार्थीहरूको संख्याको आधारमा प्रविधिमैत्री बालबालिकामैत्री कक्षा कोठा, पुस्तकालय, तथा प्रयोगशाला निर्माण, विकास र स्तरोन्नति गरिनेछ । 
ज्ञघ० शिक्षा प्रशासनमा प्रभावकारिता ल्याउन राष्ट्रिय र स्थानिय नीति र मानकका आधारमा विद्यालय संख्या, शिक्षक विद्यार्थी अनुपात, शिक्षक दरवन्दी मिलान गरिनेछ । 
ज्ञद्ध० विद्यार्थी भर्नादर र निरन्तरताकोलागी सचेतना तथा प्रर्वधनात्मक कार्यक्रमहरू संचालन गरिनेछ। 
ज्ञछ० अनौपचारिक तथा शिक्षाका माध्यमबाट जिवनपयोगी व्यवसायिक सीप उपलव्ध गराउने अवसर जुटाई रोजगारी सिर्जना गरिनेछ, 
ज्ञट० नगरको कुनै एक माध्यमिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरूका लागि माध्यमिक तहसम्मको कक्षा सञ्चालन र आवासीय सुविधा विस्तार गर्दै लगिनेछ, यस्तो कार्यमा अन्य पालिकाहरु सँग समन्वय गरी कार्यसञ्चालन गरिनेछ, 
ज्ञठ० लक्षित समुहका विद्यार्थीहरूलाई छात्रावृत्ति लगायत प्रोत्साहन मुलक कार्यक्रम संचालन गरिने छ र उनीहरूको शैक्षिक क्षमतालाई उजागर र सहयोग गर्र्न अतिरिक्त कक्षाहरू संचालन गर्ने व्यवस्था मिलाइने छ, 
ज्ञड० संस्थागत विद्यालयको शुल्क र सुविधा सम्बन्धी मापदण्ड बनाई लागू गरिनेछ । 
ज्ञढ० विद्यार्थीको सिकाई उपलव्धिका आधारमा शिक्षकहरुको मूल्यांकन, पुरस्कार र दण्ड व्यवस्था कार्यान्वयन गरिनेछ । 
द्दण्० सामुदायिक विद्यालयको प्रशासन सुधार गर्ने र आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापनको क्रमश विस्तार गरिने छ । 
द्दज्ञ० किराँत विश्वविद्यालय स्थापनाका लागि आवश्यक अध्ययनको काम भइरहेको छ र यसलाई चालु आ.व.मा समेत निरन्तरता दिईनेछ । 
द्दद्द० आधारभूत र माध्यमिक शिक्षालाई अनिवार्य र निस्शुल्क बनाईनेछ । साक्षरोत्त्तर प्रतिशत बृद्धि गर्नका लागि अनौपचारिक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरिनेछ । 
द्दघ० यस नगरको गौरवको रुपमा रहेको दिक्तेल क्याम्पसलाई गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारको समेत सहयोगमा निर्माणाधिन भवनको निर्माण सम्पन्न गरिने । 
द्दद्ध० नगर भित्र स्थानीय पाठ्यक्रम निर्माण गरी काममुखी र श्रमसँग जोड्ने शिक्षा प्रदान गर्ने र स्थानीय मातृभाषालाई पठनपाठन गराउने प्रक्रिया अगाडि बढाईनेछ । 
द्दछ० युवापङ्क्तिमा बढ्दै गईरहेको कुलत, लागुपदार्थ दुर्व्यसनीलाई पूर्णरुपमा निरुत्साहित गरिनेछ । युवाहरुको लागि जीवन उपयोगी सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याईनेछ । 
द्दट० शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग (कम्प्यूटर, इन्टरनेट कनेक्टिभीटी प्रविधिको प्रयोग) गरी भर्च्यूयल कक्षाको व्यवस्थापन गर्दै लगिनेछ ।
स्वास्थ्य तथा पोषण संग सम्बन्धित नीति तथा कार्यक्रमहरु 
ज्ञ० सबै स्वास्थ्य सस्ंथाबाट मासिक प्रतिवेदन अनलाइन मार्फत गरी पेपरलेस् रिपोर्टिङ सिष्टम विस्तार गर्दै लगिनेछ । जसका लागि आवश्यक गर्ने कम्प्यूटर तथा ईन्टरनेटको व्यावस्था मिलाईनेछ ।
द्द० छ महिना सम्मको बच्चामा पूर्ण स्तनपानको अवस्था कायम गर्न तथा छ महिना पुरा भएको बच्चालाई समयमा थप पौष्टिक आहार सुरु गराई पोषणमा सुधार ल्याउन न.पा.बाट पोसिलो पिठो उत्पादन गरी पोषणका लागि भात खुवाई कार्यक्रम गर्ने ।
घ० न.पा.भित्रका कुनै पनि महिलाहरुमा हुन सक्ने पाठेघरको क्यान्सर उपचारका लागि क्रायो मिसिन खरिद गरि निःशुल्क उपचारको व्यावस्था मिलाईनेछ ।
द्ध० स्थानिय स्तरमा उत्पादित अर्गानिक खाद्य वस्तुको उपयोग गर्दै गर्भवती तथा सुत्केरी आमाहरु सगँ घर भेट कार्यक्रम स्वास्थ्य कर्मी मार्फत सञ्चालन गरिनेछ ।
छ० स्वस्थ आमा स्वस्थ बच्चा प्रतियोगिता कार्यक्रम मार्फत पोषणको अवस्था सुधारको निति लिइनेछ । 
ट० स्वास्थ्य संस्थाहरुको मासिक प्रगति प्रतिवेदन तथा स्वास्थ्य कर्मीको कामको मूल्याङ्कन गरि उत्कृष्ट छनौट, सम्मान र पुरस्कृत  गरिनेछ ।
ठ० न.पा.बाट टाढा रहेका र बाक्लो बस्ती भएका वडा अन्तर्गत स्वास्थ्य चौकिमा ल्याव सेवा विस्तार गरिनेछ ।
ड० स्वास्थ्य संस्थाहरुको भौतिक पूर्बाधारको निर्माण , स्तरउन्नती र उपकरणहरुको जडान तथा दक्ष जनशक्तीबाट आधारभूत र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिईएकोछ ।
ढ० प्रत्येक वडामा वर्थिङ सेन्टर, स्वास्थ्य चौकि, स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्रहरुलाई आवश्यक भवन, पूर्वाधार, उपकरण र जनशक्तीको व्यावस्था गर्दै लगिनेछ ।
ज्ञण्० निःशुल्क आधारभूत स्वास्थ्य सेवामा पँहुच विस्तार र गुणस्तर बृद्धि गरिनेछ ।
ज्ञज्ञ० न.पा.का सम्पूर्ण स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालनमा ल्याइनेछ ।
ज्ञद्द० मदिरा जन्य बस्तुहरुको प्रयोग तथा बिक्रि वितरणमा नियमन गरिनेछ । 
ज्ञघ० स्वास्थ्य सेवाबाट टाढा रहेका बस्तीमा ६÷६ महिनामा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरिने छ ।
ज्ञद्ध० ७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क तथा सम्पूर्ण नगर वासीलाई स्वास्थ्य बिमा कार्यक्रमको दायरामा ल्याइन पहल गरिनेछ ।
ज्ञछ० नगर पालिका भित्र स्वास्थ्य सगँ सम्बन्धीत अध्यान तथा अनुसन्धान (ज्भबतिज चभकभबचअज) कार्यको लागि बजेटको ब्यावस्था गरिने छ ।
ज्ञट० स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधारको निर्माण, स्तरोन्नति र उपकरणहरूको जडान तथा दक्ष जनशक्तिबाट आधारभुत तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रवर्धन गर्ने ।
ज्ञठ० संघ र प्रदेश सरकारकार संगको सहकार्यमा नगरक्षेत्रमा कम्तीमा १०० शैयाको अस्पताल, शल्य चिकित्सा सेवा, आवधिक विशेषज्ञ सेवा स्थापना र शुरुवात गरी दश वर्ष भित्र एक मेडिकल शिक्षण अस्पताल निर्माण गर्ने लक्ष्यसाथ काम अघि बढाइने छ । 
ज्ञड० स्वास्थ्य संस्थाहरूबाट निशुल्क उपलव्ध गराउने सवै प्रकारका औषधि तथा सेवालाई नियमित तथा सुनिश्चित गराइने छ र औपधि उपलव्धताको संस्थागत रुपमा अनुगमनको व्यवस्था गरिनेछ । 
ज्ञढ० निःशुल्क र सुरक्षित प्रसुति सेवा विस्तार गरी प्रसुति अघि र पछि स्वास्थ्य सेवा लिन प्रोत्साहन गरिनेछ । 
द्दण्० वालवालिकाहरूको स्वास्थ्य, खोपहरूको उपयोग, पोषण स्थितिमा सुधार गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
द्दज्ञ० स्वास्थ्य सेवालाई स्तरिय र सर्वसुलभ बनाउन नर्सिङ होम, निजी तथा सामुदायिक अस्पताल सञ्चालन र अनुगमन सम्बन्धी कानून र मापदण्ड निर्माण गरी कार्यान्वयन गरिनेछ । 
द्दद्द० स्वास्थ्य स्वयंसेवक, प्राविधिक, नर्स, डाक्टर र विशेषज्ञ डाक्टरको सेवा आपूर्ति, क्षमता विकास, प्रोत्साहन व्यवस्था गरी प्रभावकारी जनशक्ति व्यवस्थापन गरिनेछ ।
द्दघ० गम्भीर प्रकृतिका नसर्ने रोग लागेका वा गरिवी परिचयपत्र बाहक र अन्य लक्षित वर्गलाई स्वास्थ्य सेवामा विशेष सहयोग कार्यक्रम सञ्चालन गरिनेछ । 
द्दद्ध० बाल विबाहलाई दुरुत्साहित गर्ने, बालमैत्रि स्थानिय शान लागु गसिरने छ ।  जन्मान्तर बढाउने, परिवार नियोजन सेवालाई भरपर्दो बनाउन र मातृ शिशु कल्याण सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन सचेतनामुलक, प्रवर्द्धनात्मक र उपचारात्मक कार्यक्रम संचालन गरिने छ,
द्दछ० यौनिक एवं प्रजनन स्वास्थ्य, एच.आई.भि.एड्स, धुम्रपान, मद्यपान, मानसिक स्वास्थ्य सम्बन्धी प्रवर्धनात्मक, प्रतिरोधात्मक एवं उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ । 
द्दट० बालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको सेवा सुबिधा बृद्धिका लागि संघिय सरकार संग आवश्यक अनुरोध र समन्वय गरिनेछ । 
द्दठ० आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा ध्यान, अकुपञ्चर सेवाको विकास गरी स्वास्थ्य सेवा विविधीकरण गरिनेछ । 
द्दड० गैसस र निजी क्षेत्र समेतको सहकार्यमा गम्भिर प्रकृतिका (मुटु, अर्वुद, मृगौला, आंखा कान घांटी, स्वासप्रस्वासआदि) मेडिकल कलेज तथा बिशिष्ठीकृत अस्पतालहरूसंग सहकार्य गरी विशेष क्लिनिक (इगतचभबअज अष्लिष्अ) संचालन गरिने छ ।
द्दढ० गैर सरकारी संस्थाहरुको कामलाई बढी भन्दा बढी प्रभाकारी बनाईनेछ । गैरसरकारी संस्थाहरुको क्षमता बिकास र नागरिक केन्द्रित बनाउन आवश्यक सहयोग गरिनेछ । 
घण्० अस्पतालबाट निस्कने फोहरलाई इन्सुलेटरको प्रयोगबाट नष्ट गरिनुका साथै स्वास्थ चौकीको फोहरलाई विशेष व्यवस्था गरिने छ ।
घज्ञ० पूर्णखोप युक्त नगरको निरन्तरता र सुनिश्चितताका लागी सबै बच्चाहरुले पूर्ण खोप पाएको यकिन गरी पूर्णखोप युक्त नगर घोषणा गरिने छ । 
घद्द० पूर्ण संस्थागत प्रसुति सेवाका लागी नगर भित्रका खाल्ले, लफ्याङ, बाम्राङ, नेर्पा र विजयखर्कका स्वास्थ्य चौकीहरुमा अनिवार्य वर्थिङ सेन्टरको स्थापना गरिने छ । 
घघ० व्लड बैंक भवनको निर्माण भैसकेको छ । नेपाल रेडक्रस सोसाईटी, दिक्तेल अस्पताल र नगरपालिकाको सहयोगमा यसै आ.व.मा ब्लड बैंक सेवा सुचारु गरिने छ । 
घद्ध० पूर्ण पोषणयुक्त वडा तथा नगर घोषणाका लागि स्वास्थ्य आमा तथा स्वास्थ्य वच्चा प्रतियोगिता गराई क्रमशः अभियान संचालन गरिने छ । 
घछ० महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य सेवामा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै रु.५००।– प्रतिवेदन भत्ता उपलब्ध गराउदै आएकोमा यस वर्ष पनि सुचारु गरिनेछ । 
घट० १ वडा १ एम्बुलेन्सको निति लाई निरन्तरता  दिईनेछ ।
घठ० बिपद र महामारी व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ । 
युवा तथा खेलकुद सम्बन्धी नीति कार्यक्रमहरु
ड्ड “युवासँग स्थानिय सरकार विशेष कार्यक्रम” संचालन गरी उनीहरको सीप, ज्ञान र क्षमतालाई प्रयोग गर्दे स्थानीय सरकारको कार्य दक्षताको अभिवृद्धि गर्न प्रयोग गरिने छ, 
ड्ड युवा जगतलाई उनीहरूको चाहना अनुसार साहित्य, कला, संगितको सृजना र मौलिक संस्कृतिको जगेर्नामा प्रोत्साहित गरिने छ, 
ड्ड व्यावसायिक सीप तथा उद्यमशीलताको विकास तथा श्रमलाई सम्मान गर्ने वातावरणको विकासका साथै वैदेशिक रोजगार तर्फको आकर्षण घटाउने गरी युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ,
ड्ड युवालाई सहज कर्जा र व्यवसाय गर्ने अवसर श्रृजना गरी स्वरोजगारको प्रवर्द्धन गर्दै स्वावलम्बी र आत्मनिर्भर वनाउदैं लगिनेछ । 
ड्ड कृषिलाई मर्यादित पेशाको रूपमा स्थापित गराई यूवालाई व्यवसायीक कृषि कार्यमा संलग्न हुन उत्प्रेरणा प्रदान गरिनका साथै वित्तीय संस्थाहरूको कृषिकार्य लगानी तथा सहुलियत पूर्ण कर्जामा आवद्ध हुन सहयोग गरिने छ ।
ड्ड महिला, दलित, आदिवासी जनजाती तथा विपन्न समुदायका युवालाई लक्षित गरी व्यवहारमूलक अभ्यास ९क्ष्लतभचलकजष्उ०, स–साना कार्यजिम्मेवारी ९कmबिि कजयचत तभचm बककष्नलmभलत० दिई यूवा परिचालन ९थ्यगतज भलबनबझभलत० कार्यक्रम संचालन गरीने छ
ड्ड युवा परामर्श केन्द्र संचालन गरी आवश्यक विषय जस्तै जीवनउपयोगी परामर्श९ऋबचभभच अयगलअष्ष्लिन०गर्ने, लागु औषधको प्रयोगकर्ता वा मानोसमाजिक परामर्श विशेषज्ञहरूद्वारा दिने व्यवस्था गरिने छ,
ड्ड प्रत्येक वडामा युवा समिति निर्माण गरि युवा तथा खेलकुद कार्यक्रम संचालन गरिने छ ।  कम्तिमा एक व्यवस्थित खेल मैदान निर्माण र स्तरोन्नतिबाट खेलकूद विकासको वातावरण सृजना गरिने छ, 
ड्ड नगरक्षेत्रको उपयुक्त स्थानमा बहुउद्देश्यीय कभर्ड हलको निर्माण गरिनेछ । 
ड्ड विद्यालय शिक्षासंग खेलकुद आवद्ध गराई नगर स्तरिय, खेलकुद कार्यक्रम कम्तिमा वार्षिक १ पटक आयोजना गरिनेछ 
ड्ड वडा स्तरमा युवा क्लवको निर्माण, व्यवस्थित तथा सक्रिय संचालन गरी युवा तथा किशोर किशोरीको बौद्धिक क्षमता विकास, समाजिक सीपको अभ्यास तथा नेतृत्व कलाको विकास एवंं प्रबद्र्धन गरी उनीहरूलाई नविनतम र सृनजशिल वनाइने छ ।
ड्ड नगर र वडा स्तरीय खेलकुदहरूवार्षिकरूपमा आयोजना गरिनेछन्, 
ड्ड सार्वजानिक निजि साझेदारीमा विभिन्न खेलकुदहरू प्रायोजन गरिनेछ,
ड्ड युवाहरूलाई सामाजिक र आर्थिक विकासमा अवद्ध गराउनसीपमूलक, स्वारोजगार उन्मुख कार्यक्रमहरू आयोजना गरीनेछ ।
ड्ड नगरको आफ्नै खेलकुद क्लव गठन गरि यस जिल्लामा राम्रो प्रगति गरेको मूख्य तीनवटा खेलक्षेत्रमा खेलाडी छनौट, नियमित अभ्यास, खानपान, खेल समाग्री, खेलकुद पूर्वाधार, प्रतियोगिता प्रायोजन लगायतका सेवाहरु सुनिश्चित गरिनेछ । 
ड्ड सभ्य, सुसंस्कृत र अनुशासित युवाशक्ति उत्पादन र विकासका लागि परिवार र विद्य्यालयमा आधारित कार्यक्रम संचालन गरिने छ विद्ययालयमा सकारात्मक सोचको विकासका लागि प्रवचन तथा नैतिक शिक्षा कक्षा संचालन गरिने छ । 
महिला, वालवालिका र जेष्ठ नागरिक तर्फका नीति तथा कार्यक्रमहरु
ड्ड वर्ष २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा मनाईने छ ।
ड्ड योजना चक्रमामहिला, बालबालिका, समाजमा सामाजिक तथा आर्थिक रूपले कमजोर वर्ग, अल्पसंख्यक का मुद्दालाईमूलप्रवाहिकरण गरी समावेशी सहभागिता सुनिश्चित गरीनेछ ।
ड्ड सबै प्रकारका हिंसाहरू न्यूनिकरण गरी, घरेलु एवं समाजिक हिंसालाई कानून वामोजिम दण्डनिय वनाउने विशेष कार्यक्रम संचालन गरिने छ ।
ड्ड लैगिक हिंसा निवारणकोष तथा बालबालिका संरक्षण तथा पुनः स्थापना कोषको स्थापना गरी व्यवस्थित रुपमा परिचालन गरिने छ । 
ड्ड घरेलु वा सामाजिक हिंसामा परेका महिलालाई पुनर्स्थापन केन्द्रमा बसोबासको व्यवस्थाका साथै उचित कानूनी संरक्षण समेत गरिने छ । कार्यस्थलहरूलाई लैङ्गिंक, यौन हिसां एव विभेध मुक्त वनाइने छ । 
ड्ड जेष्ठ नागरिकहरुको दिनचर्या, सामाजिक अन्तरघुलन, योगदान अभिवृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिनेछन् । नगरक्षेत्रमा कम्तीमा एक वृद्धाश्रम र जेष्ठ नागरिक बिश्राम गृहलाई स्रोत साधान युक्त बनाइनेछ । 
ड्ड प्रदेश सरकार संगको सहकार्यमा ९० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई थप ५००० एकमुष्ट प्रदान गरि सम्मान गरिने कार्यक्रमलाई थप प्रभाकारी बनाईनेछ । 
ड्ड एकल महिलाहरुको क्षमता, आत्मनिर्भरता अभिवृद्धिका लागि नेतृत्व बिकास, उद्यमशीलता विकास र सीप विकास सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ । 
ड्ड प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयसंगको सहकार्यमा एकल महिला दिदी बहिनिहरु को शिप बिकास तथा दिगो जिबिकोपार्जन रोजगारी श्रृजना गर्न रु १५ लाखको कोषको व्यवस्थापन गरि समुह सहकारीका माध्यमबाट प्रभावकारी संचालन गरिनेछ । 
ड्ड ज्येष्ठ नागरिक, फरक क्षमता भएका,लोपोन्मुख आदिबासी जनजाति, एकल महिला, सिमान्तकृत र विपन्न वर्गलाई सामाजिक सुरक्षाका कार्यक्रम मार्फत संवोधन गरिनेछ ।
ड्ड अपागता परिचय पत्र तथा जेष्ठ नागरिक परिचयत्र बितरणका लागि बिभिन्न स्थानहरुको पहिचान गरि एकिकृत घुम्तिशिबिर संचालन गरिनेछ । 
ड्ड ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता सम्मान स्वरुप उपलब्ध गराइनेछ,। 
ड्ड जेष्ठ नागरिकहरुको सम्मान र संरक्षण गरि उत्कृष्ठता हासि गरेको कुनै एक परिवारको छनौट गरी क्रमश पुरुस्कृत गरिदै लगिनेछ । 
ड्ड किशोर, किशोरीहरूको लागी जिवनपयोगी सीप प्रदान गरिने कार्यक्रम संचालन गरिने छ, 
ड्ड जेष्ठ नागरिकलाई अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा तथा सार्वजनिक यातायात लगायतका अन्य कार्यक्रम मार्फत उनीहरूको सुविधालाई सम्बोधन गरिने नीति लिईनेछ । 
ड्ड सबै महिलाहरू विशेषरुपले आर्थिक र सामाजिक रुपमा विपन्न र अल्पसंख्यक महिलाकोे सामाजिक, आर्थिक सशक्तीकरण गर्दै महिलाको सामाजिक आर्थिक स्तर माथी उठाउनुका साथै तिनीहरूको मुलभूत अधिकार सुनिश्चित गरिने छ, लैङ्गिककतामा आधारित सबै प्रकारका हिंसा, भेदभाव र बहिष्करणको अन्त्य गरिने छ । राजनीतिक, आर्थिक, सार्वजनिकलगायत सम्पूर्ण निर्णायक तहमा महिला, दलित तथा सिमान्तकृत समदायको सार्थक रसमान पहुँचका लागि समान अवसरहरूको सिर्जना गरिने छ, 
ड्ड लैङ्गिक संवेदनशील बजेट र लैङ्गिक बजेट परीक्षण प्रणालीको अवलम्बन गरिने छ ।
ड्ड महिला कर्मचारीको लागि शिशु स्याहार कक्ष तथा स्तनपान गराउन लचिलो समय व्यवस्थापन, महिला कर्मचारीलाई काम गर्ने सहज वातावरणको व्यवस्था गरिने छ ।
ड्ड लैङ्गिक हिंसाविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिनका साथै, सामाजिक भेदभाव र बहिष्करण अन्त्यको लागि निरोधात्मक न्यायमासहज पहुँच र संरक्षणात्मक उपायहरू अवलम्बन गरिने छ । 
ड्ड आर्थिक सामाजिक रूपले विपन्नबर्ग तथा महिलाको लागि आयआर्जन, क्षमता विकास र सशक्तीकरण गर्ने कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनेछ ।
ड्ड अपाङ्गता भएका व्यक्ति र विशेष गरी महिलामाथि हुनसक्ने हिंसाको अन्त्य गर्दै रोजगारी र स्वरोजगारी उन्मुख कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड समुहमा आवद्ध महिलाहरूलाइ सहकारी संस्थाहरूको गठनबाट सस्थागत विकासमा सहयोग गरिनेछ, 
ड्ड बालक्लवहरूलाई सकृय बनाउन वालभेला लगायत औपचारिक कार्यक्रमहरूमा आवद्ध गराइ विविध सृजनशीलता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । 
ड्ड जेष्ठ नागरिकको सम्मान र कदर गरिने छ । परिवारबाट गरिने विभेदलाई न्यूनिकरण तथा कमजोर र असहायलाई समुचित प्रबन्ध गरिने छ, 
ड्ड जातिय भेदभावमुक्त बस्ती÷टोल÷वडा÷नगर घोषणा गर्ने अभ्यास गरिनेछ,
ड्ड आदिबासी जनजातिहरूको परम्परागत भाषा संस्कृति, लिपीको संरक्षण प्रवद्र्धन गरिनेछ
ड्ड अन्तराष्ट्रिय श्रम संगठन, नं. १६९ जस्ता सन्धी, महासन्धी तथा घोषणापत्रका प्रावधानहरूको पालना तथा कार्यान्वयन गराइनेछ ।
ड्ड उप प्रमुखसंग महिला कार्यक्रमलाई निरन्तरता दिईनेछ । 
ड्ड सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्न थालनि स्वरुप कम्तिमा एउटा वडाको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुत्तानी गर्ने व्यवस्था मिलाईनेछ ।
 
आदरणीय सदस्यज्यूहरु,
अव म पूर्वाधार विकास विषयक्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ः
पूर्वाधार विकासः
सडक, पुलतर्फः
 मध्य पहाडी लोगमार्ग अन्तर्गत नगरपालिका क्षेत्रभित्र कालो पत्रे सडक निर्माण कार्य सम्पन्न गर्न सहजिकरण गरिनेछ ।
 नगरपालिकाको केन्द्र÷मध्यपहाडी सडक देखि प्रत्येक वडा केन्द्र सम्म १२ महिना यातायात संचालन हुने गरि सडकको स्तरोन्नती गरिनेछ ।
 दिक्तेल वसपार्कको निर्माण सम्पन्न गरी हव बनाई नेटवर्क मोडलमा सडक सञ्जालको स्तरोन्नति गरी यातायात सेवा सुचारु गरिनेछ । 
 अती आवश्यक ट?्याक ओपन बाहेक खनिएका स्थानीय सडकहरुको स्तरोन्नती गरी नगर यातायात संचालन गर्ने गराउने व्यवस्था मिलाइने छ ।
 विजयखर्क(वुइपा(महुरे(दिक्तेल(पाथेका, खार्मी(सोल्मा(दिक्तेल(लफ्याङ, खाल्लेरखांनीडांडा(दिक्तेल(हुर्लुङ(जालपा(ऐसेलुखर्क,रावावेशी(विजुले(नुनथला(दिक्तेल(नेर्पा(दोर्पा(दुम्ली, निर्मलीडांडा(वुवासुङ(दिक्तेल(नुनथला(विजुले(हलेसी रुटलाई व्यवस्थित र प्रभावकारी बनाईनेछ । 
 नगरक्षेत्रभित्रका कृषि पकेट क्षेत्र, औद्योगिक ग्राम र पर्यटकीय स्थलहरूलाई मुख्य बजार केन्द्रसँग आबद्ध हुने गरी सडक सञ्जालको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ ।
 प्रत्येक वडाको उपयुक्त स्थानमा आवश्कता अनुसार व्यवस्थित यातायात साधन विश्रामस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।
 नगरसडकको बर्गिकरण अनुसार सडक क्षेत्र (चष्नजत या धबथ) निर्धारण गरी हरियाली सडक निर्माण गर्ने नीति कार्यान्वयनमा ल्याईनेछ ।
 याताया सुरक्षा व्यवस्थालाई मापदण्ड अनुकुल बनाउन आवश्यक स्थान र चौबाटोहरूमा ट्राफिक पोष्टको व्यवस्था गरि सुरक्षा प्रणाली लाई प्रभावकारी बनाईनेछ ।
 सहरी सडकको आवश्यकता अनुसार दुवै तर्फ नाली र ढल व्यवस्थापन गर्दै लगिनेछ ।
 आवागमन सुचारु गर्न झोलुङ्गे पुलहरूको निर्माण र स्तरोन्नतीको कार्यलाई निरन्तरता दिईनेछ ।
सिंचाई
 खेति योग्य जमिन पहिचान गरि स्थायी स्रोतबाट व्यवस्थित १२ महिना चल्ने सिँचाईका योजनाहरु संचालनमा ल्याईनेछ ।
 स्रोत कम भएका ठाउमा थोपा सिँचाई तथा प्लास्टिक पोखरीको व्यवस्थापन कार्य लाई प्रभावकारी बनाईनेछ ।
 पानीको स्रोतहरुलाई उपयोग गर्न समुचित व्यवस्थापन गरी बहुआयामिक (ःगतिष्उभि ग्कभ) पानीको प्रयोग गरिनेछ ।
 सिंचित क्षेत्रमा आधुनिक र व्यवसायीक कृषि प्रणाली लागू गर्दै विविधिकरण गर्ने नीति लिईनेछ ।
 पानीको बहावको उचित व्यवस्थापन गरी भूक्षय रोक्नुका साथै उचित प्रविधिको अवलम्बन गरी पानीको अधिकतम् उपयोग गर्ने कुरालाई ध्यान दिईनेछ ।
भवन
 नगरपालिका क्षेत्रभित्र बन्ने घरहरू मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक बनाईनेछ ।
 भुकम्प पुनःनिर्माण कार्यक्रम अन्तर्गतका क्षतिग्रस्त १,५१० घर पूर्ननिर्माण हुनुका साथै ती घरपरिवारलाई आवश्यक सेवा सुविधाहरू उपलब्ध गराईने छ ।
 नगर क्षेत्र भित्रका पुराना बजारहरूलाई संरक्षण गर्दै संभावित स्थान हेरी बाहेक प्रत्येक वडामा  एकिकृत वस्ति विकास गर्न प्रोत्साहित गरिनेछ ।
 भू–उपयोग योजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
 व्यवस्थित सहरको विकास गर्न एकिकृत शहरी विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
 स्विकृत मापदण्ड अनुसार सुरक्षित बस्ति निर्माण गर्न जनचेतनाको अभिबृद्धि गरिनेछ ।
 खाद्यान्न उत्पादन वृद्धि गर्न कृषि योग्य जमिनमा बस्ती विकासलाई निरुत्साहीत गरिनेछ ।
अन्य पूर्वाधार
 सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन गरी नगरक्षेत्र भित्र उद्योग तथा कल कारखाना स्थापना गर्न सहज वातावरण बनाईनेछ ।
 आचार्य गाउ र सोल्मा बसपार्कलाई व्यवस्थित गर्न आवश्यक पहल गरिने छ । 
 पर्यटकीय महत्वका विविध स्थानहरु र पहिचान भएका पदमार्गहरुमा आवश्यक पूर्वाधर निर्माण गर्न बजेटको व्यवस्था मिलाईनेछ । 
 खेलकुद विकासका निम्ति पूर्वाधार जस्तै कभर्डहल, रंगशाला, खेलमैदान लगायतको निर्माण कार्य लाई निरन्तरता दिइनेछ । 
 नगरपालिकाको कार्यालय भवन, स्टाफ क्वाटर आदिको निर्माणको लाति सम्भाव्यता अध्ययन गर्न यथोचित बजेट व्यवस्था गरिनेछ । 
 नगरक्षेत्रभर स्वच्छ खानेपानी व्यवस्थापनलाई आपूर्ति गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिनेछ । 
 विपत व्यवस्थापनलाई पूर्वानुमान गर्न चट्याङ नियन्त्रण प्रणाली, मौसम मापन प्रणाली, वाढी पूर्वानुमान प्रणाली लगायतको व्यवस्था गर्दै लगिनेछ । 
 नवीकरणीय उर्जाको क्षेत्रमा नयां आयोजनाहरुको पहिचान गरी कार्यान्वयन गरिनेछ । 
 नगरपालिका भित्र निर्माण हुने सबै सार्वजनिक भवनहरू अपांग मैत्री बनाउंदै लगिनेछ । 
 नगर क्षेत्रमा बहुउपयोगी व्यवसायिक भवन निर्माण गरी स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजार विस्तार गरिने छ ।
आदरणीय सदस्यज्यूहरु,
अव म वन, वातावरण तथा फोहरमैला विषयक्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ः
वन, वातावरण तथा फोहरमैला व्यवस्थापन ः
ड्ड वन पैदावार उपयोग, जैविक विविधता संरक्षण, वातावरण संरक्षण सम्बन्धी नगरस्तरिय नीति कानून तर्जुमा गरि लागू गरिनेछ । 
ड्ड खानी तथा खनिज पदार्थहरुको पहिचान तथा वातावरणीय जोखिम न्यूनिकरणका उपाय अवलम्बन गरी सञ्चालन, व्यवस्थापन तथा उपयोग गरिनेछ,
ड्ड गैर काष्ठ उत्पादन (जडीबुटि) लाई व्यवस्थीत एवं बैज्ञानिक उपयोग, प्रशोधन र प्याकेजिङ गरी निकासी गर्ने कार्यको थालनी गरिनेछ ।
ड्ड वनलाई जोगाईराख्ने कार्यक्रम अन्तर्गत वन नर्सरी स्थापना, वृक्षारोपण लगायतका कार्य लाई निरन्तरता दिईनेछ । जनताको जीवनस्तर सुधारका लाति सामुदायिक वन क्षेत्रमा कृषि वन कार्यक्रम लागू गरि आयस्तर अभिवृद्धि गर्ने व्यवस्था मिलाइनेछ । 
ड्ड नगरका मूख्य जलाधार र जैविक विविधता रहेका क्षेत्रहरुको पहिचान गरी पर्यावरणमा आधारित जलवायु परिवर्तन अनुकुलन कार्यक्रम लागू गरिनेछ ।
ड्ड जमिनको उपयोग नीति अन्तर्गत निजी, बांझो तथा कबुलियती बनमा जडिबुटी तथा अन्य उच्च मूल्यका मसलाजन्य उत्पादन गर्ने कार्यको अध्ययन सुरु गरिनेछ ।
ड्ड हरित सहर विकासका लागि सडक किनारामा बृक्षारोपण गर्ने कार्य लाई निरन्तरता दिईनेछ ।
भू संरक्षण
ड्ड नगर क्षेत्र भित्र रहेका जलाधार क्षेत्रहरूको पहिचान गरी संरक्षण तथा उपयोग गरिने छ ।
ड्ड भू उपयोग नीति अनुरूप नीति निर्माण भू–व्यवस्थापन गरी भूक्षय कम गरी जमिनको उर्वराशक्ति वृद्धि गरिने छ । 
ड्ड जमिनको उर्वरा शक्ति कायम राख्न रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै प्राङ्गारिक मल उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्दै लगिनेछ ।
ड्ड सुख्खा क्षेत्र पहिचान गरी आकासे पानीमा आधारित पोखरीको निर्माण गर्दै पानी संचिती प्रणालीलाई प्रवद्र्धन गरिने छ ।
ड्ड माटो संरक्षण गर्ने कार्यका लागि डाले घांस, अमरिसो लगायतको रोपन गरी भू तथा जलाधार संरक्षण गरिने छ ।
विपद व्यवस्थापन
ड्ड नगर विपद व्यवस्थापन रणनीति तयार गरी कार्यान्वयनमा ल्याईनेछ ।
ड्ड विपद जोखिम नक्सांकन र पूर्वतयारी कार्यक्रम सञ्चालन गरी विपद व्यवस्थापन कार्य लाई उच्च प्राथमिकता दिईनेछ । 
ड्ड भूकम्प वा अन्य विपदबाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधारहरुको पूननिर्माण कार्यलाई निरन्तरता दिईनेछ । 
ड्ड नगर विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधी निर्माण गरी आकस्मिक खर्च व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाईनेछ । 
ड्ड जंगली जनावरबाट हुने जनधनको क्षती न्यूनीकरण गर्न आवश्यक उपाय अपनाइनेछ । 
ड्ड विपद् व्यवस्थापन सम्बन्धी सूचना प्रणालीलाई सर्वसुलभ र प्रभावकारी बनाईनेछ ।
ड्ड विपद् पश्चात पुर्नस्थापना र पुर्ननिर्माण कार्यहरूको सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै व्यवस्थापन कार्य लाई प्रभावकारी बनाईनेछ ।
ड्ड बिकास निर्माणका कार्यमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरिनेछ ।
 
फोहरमैला व्यवस्थापन ः
ड्ड फोहोर मैला व्यवस्थापनको लागि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासीलाई सचेत गराइनेछ ।
ड्ड फोहरमैलाको व्यवस्थित विसर्जनका साथै यस नगरलाई अर्गानिक नगर बनाउने उद्देश्य अनुसार थालिएको कम्पोष्ट प्लाऩ्ट यसै आर्थिक वर्ष द्दण्ठट।ण्ठठ भित्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्यईनेछ ।
ड्ड सार्वजनिक क्षेत्र र निजी घरहरुबाट शुल्क लिई नियमित फोहर संकलन व्यवस्था गर्न नगर, गैर सरकारी संस्था र निजी क्षेत्रको साझेदारीमा संस्थागत विकासको व्यवस्था मिलाईनेछ ।
ड्ड एक घर एक धुवारहीत चुल्हो, एक घर एक पक्की चर्पी र बजार तथा मुख्य सार्वजनीक स्थलहरूमा सार्बजनीक शौचालयहरू निर्माण गर्दै लगिनेछ ।
ड्ड नगर सफाईलाई अभियानकै रुपमा संचालन गरिनेछ । घना वस्तिमा घरआगन सफाई, चौकमा सामुदायिक सफाइ र गाउ टोलमा सामुहिक सफाई कार्यक्रम संचालन गरिने छ ।
ड्ड प्लास्टिक झोला विस्थापनका लागि २० माइक्रोन भन्दा पातला प्लाष्टिक झोला आयात, विक्री वितरण र उपयोगमा बन्देज गरिनेछ । कागज तथा कपडाको झोला उद्पादनलाई प्रोत्साहन गरिनेछ । 
 
आदरणीय सदस्यज्यूहरु,
अव म वन, वातावरण तथा फोहरमैला विषयक्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ः
 
 
 
सुशासन र शासकीय व्यवस्था ः
ड्ड जनता संग मेयर उपमेयर कार्यक्रम कम्तिमा महिनामा एक पटक प्रत्येक वडा वडामा संचालन गरिनेछ । 
ड्ड संविधान र संघीय तथा प्रादेशिक कानूनहरु अनुसार निर्माण गर्न बांकी रहेका नगर ऐन, नियम, कार्यविधी, मापदण्ड निर्माण गरि लागू गरिनेछ ।
ड्ड नगरको कार्यबोझका आधारमा संगठन तथा व्यवस्थापन सर्भेक्षण गरि दरवन्दी व्यवस्थापन गरिनेछ । आवस्यक प्राविधिक र सरसफाइ जनशक्तिको व्यवस्थापनको लागि करारमा कर्मचारी लिने सम्बन्धी कार्यविधी बनाइ लागू गरिनेछ । 
ड्ड नगरपालिका (विषयगत शाखा समेत) र वडाकार्यालयहरूबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन क्रमस क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू गरिने छ ।
ड्ड नगरपालिकाका निर्वाचित पदाधिकारी तथा कर्मचारीहरूका लागि आचारसंहिता लागू गरी तदअनुसार सदाचार पद्धति लागू गरि भ्रष्टाचारमा शुन्य सहनशीलता अवलम्बन गरिने छ ।
ड्ड कार्यस्थलमा लैङ्गिक हिंसा र विभेद रहित कार्यालयको रूपमा नगरपालिकालाई स्थापित गरिने छ ।
ड्ड योजना तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा सुपरिवेक्षण, विवाद व्यवस्थापन, विपद प्रतिकार्य र पूर्वतयारी जस्ता क्षेत्रमा संस्थागत जिम्मेवारी स्पष्ट गरि कार्यान्वयन गरिनेछ । 
ड्ड कर्मचारी वर्गको विषयगत ज्ञान र क्षमता अभिवृद्धि गर्न तालिम, अध्ययन भ्रमण, लामो अवधिको अध्ययन छात्रवृत्ति लगायतको व्यवस्था गरिनेछ ।
ड्ड सार्वजनिक प्रशासनलाई स्वच्छ, जवाफदेही, परिणामदेही र पारदर्शी बनाउन क्षमता विकास, नैतिक कक्षा, आचरण कानून, सूचना प्रविधि पूर्वाधार, कार्यसम्पादन करार र उत्प्रेरणा अभिवृद्धिका उपायहरु लागू गरिनेछ । 
ड्ड वडा र नगर कार्यालयका महत्वपूर्ण र जनसम्पर्क वढीहुने कामलाई सूचना प्रविधिमा आधारित प्रणालीहरु विकास गरी विद्युतीय प्रणाली लागू गरिनेछ । 
ड्ड संघीय सरकारले राष्ट?सेवकहरुको तलब सुविधामा बृद्धी गरे अनुरुप यस नगरपालिका अन्तर्गत कार्यारत कार्यरत सम्पूर्ण राष्ट?सेवक कर्मचारीहरुको तलब सुविधा समायोजन गरिनेछ ।
ड्ड सार्वजनिक जबावदेहिता, उत्तरदायित्व र पारदर्शिता कायम गर्नमा नागरिक समाजको भूमिकालाई प्रश्रय दिइने छ
ड्ड आवस्यकतानुसार संघीय तथा प्रादेशिक सरकारसंग सहकार्य र साझेदारीमा कार्यक्रम संचालन र व्यवस्थापन गरिने छ। 
ड्ड संघीय सरकारको स्वीकृति तथा प्रादेशिक सरकारको सहमतिमा प्राथमिकाताको क्षेत्रमा आवस्यकतानुसार वैदेशिक सहयोग परिचालनमा समन्वय र सहकार्य समेत गरिने छ । 
जिल्लामा कृयासिल मिडियाहाउसहरुलाई आवश्यक सहयोग गर्दै लगिनेछ ।   
 
वित्तीय स्रोत परिचालन सम्वद्ध नीति र कार्यक्रमहरुः 
ड्ड करको विद्यमान संरचनाको पुनरावलोकन द्वारा नयां करका सम्भावनाहरूको पहिचान गरी बढी बढी भन्दा करदाताहरूलाई करको दायरामा समेटने गरी स्थानीय करका आधारलाईा विस्तार गरि सम्पति कर लागु गर्न ऐन तथा कार्यविधि तयार पारिनेछ ।
ड्ड स्थानीय करको आधारलाई फराकिलो तुल्याउन नगरक्षेत्र भित्रका सबै आर्थिक कारोबारलाई डिजिटल अभिलेखीकरण गरिने छ ।
ड्ड स्थानीय कर प्रणालीलाई प्रक्रियागत सरलीकरण गरी करदाताहरूलाई सहज हुने गरीनगरपालिकाको कर प्रशासनलाई प्रविधिउन्मूख एवं करदातामैत्री तुल्याइने छ ।
ड्ड नगर क्षेत्रमा उद्योग व्यवसायको प्रवद्धर्नमा सधाउ पुग्ने गरी स्थानीय कर प्रणालीलाई लगानी तथा व्यवसायमैत्री बनाउदै स्थानीय कर प्रशासनलाई दक्ष एवं सक्षम तुल्याइने छ ।
ड्ड संघ र प्रदेशवाट उपलव्ध हुने समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान र अन्य स्रोतलाई नगरपालिकाको आवस्यकता र प्राथमिकता बमोजिम परिचालन गरिने छ ।
ड्ड स्थानीय राजश्व परामर्श समितिको क्षमता विकास गर्न तालिम तथा अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
ड्ड बढी कर बुझाउनेलाई सार्वजनिक रूपमा सम्मान गरिनेछ ।
ड्ड संघ, प्रदेश र अन्य निकायहरूवाट नगरपालिकालाई उपलव्ध हुने समपूरक तथा विशेष अनुदानलाई नगर सभाबाट पारित वार्षिक योजना, कार्यक्रम तथा बजेटको आधारमा उपयोग गरीनेछ ।
ड्ड ठूला आयोजनाहरुको म्एच् तयार गरी संघ तथा प्रदेश संग समपूरक तथा विशेष अनुदान माग गरी श्रोत व्यवस्थापन गरिनेछ ।
ड्ड कर बुझाउने बानी विकास गर्न करलाई नगरबाट प्रदान गरिने सेवा सुविधा संग आबद्ध गरिने छ ।
 
बजेट खर्च सम्वन्धी नीति 
ड्ड नगरपालिकाको बजेट निर्माणगर्दा आवधिक योजनाले तोकेका प्राथमिकता, प्रदेश र केन्द्र सरकारबाट प्राप्त मार्गदर्शन एवंनगर कार्यपालिकाको आवश्यकीय योजनाले तोकेको प्राथमिकताको आधारमा वित्तीय स्रोतहरूको व्यवस्थागरिने छ ।
ड्ड नगरपालिकाको बजेट तर्जुमा दिग्दर्शन तथा मध्यकालिन खर्च संरचनाकोआधारमा बजेट प्रस्ताव तयारगरिनेछ ।
ड्ड बजेटखर्च लाई जवाफदेही, पारदर्शी र उपलब्धिमूलक बनाउँदै गैर बजेटिय खर्चहरूलाई नियन्त्रण गरिने छ ।
ड्ड विकास कार्यक्रमहरूमा सार्वजनिक, निजी, सहकारी,गैर सरकारी, साझेदारी एवं सामुदायिक सहभागितालाई प्रवद्र्धन गरिने छ ।
ड्ड संभाव्यता अध्ययन र प्राविधिक लगत अनुमानका आधारमा निर्माण सम्वन्धी कार्यमा बजेट विनियोजन गरिने छ ।
ड्ड नगरपालिकाको खर्च व्यवस्थालाई जवाफदेही, पारदर्शी एवं समयवद्ध तुल्याउन स्पष्ट कानून र आर्थिक कार्यविधिहरू लागु गरिने छ ।
ड्ड नगरपालिकाको बजेट कार्यान्वयन गर्दावित्तीय अनुशासनलाई दृढताका साथ लागू गरि पारदर्शीरुपमा गरिनेछ ।
ड्ड चालु आयोजना सम्पन्न गर्ने कार्यलाई पहिलो प्राथमिकता दिईनेछ ।
ड्ड नगरपालिकाको पुंजीगत निर्माण कार्य सम्बन्धी कार्यक्रमहरू सम्बन्धित कार्यविधीको अधिनमा रहि उपभोक्ता समितिको माध्यमद्वारा सन्चालन गरिनेछ ।
ड्ड चालु खर्चलाई सकेसम्म कम गर्दै लगी पूंजिगत विकास खर्च बढाउन पहल गरिनेछ ।
 
वित्तीय व्यवस्थापन
ड्ड नगरपालिकाको आन्तरिक श्रोत कम भएका कारण प्रदेश सरकार तथा संघीय सरकार संग थप वित्तिय व्यवस्थापनको लागि पहल गरिनेछ ।
ड्ड नगरको समग्र वित्तीय स्थितिलाई आवधिक रूपमा सार्वजनिक गरि पारदर्शी एवं विश्वसनिय बनाईनेछ ।
ड्ड नगरपालिकाको बजेट प्रणालीलाई सन्तुलित बनाई अनुत्पादक खर्चहरूलाई नियन्त्रण गरिनेछ ।
ड्ड नगरपालिकाको आय व्यय सम्वन्धी सम्पूर्ण आर्थिक कारोवारको विद्युतीय प्रणालीमा आधरित गरी अद्यावधिक अभिलेख राखिनेछ ।
ड्ड नगरपालिकाको आय व्यय सम्वन्धी सम्पूर्ण लेखा तथा आर्थिक विवरणको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई कायम भएका बेरुुजूको प्रतिवेदन उपर यस नगरपालिकाको आर्थिक कार्यविधि नियमित गर्ने ऐन, २०७६ बमोजिम कारबाही तथा फछ्र्यौट गरिनेछ ।
ड्ड नगरपालिकाको आय व्यय सम्वन्धमा सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र सार्वजनिक सुनवाई गरी नगरपालिकाको वेबसाइटको माध्यमद्वारा नागरिकलाई सुसूचित गरी आन्तरिक श्रोत परिचालनका थप क्षेत्र पहिचान गरिनेछ । 
ड्ड वित्तीय आयोगले निर्धारण गरेका मापदण्ड बमोजिम पूजीगत लगानीमा सहुलियतपूर्ण ऋण उपयोग गर्न पहल गरिनेछ ।
 
अन्तमा 
१, सामाजिक समाबेशीकरण र दिगो बिकास लक्ष्य प्राप्तिमा केन्द्रित भई सबै बिषयगत शाखाहरुको कार्यक्रम संचालन गरिनेछ । आदीबासी जनजाति गुरुयोजनालाई क्रमश कार्यन्वयन गरिदै लगिनेछ । 
२, सार्बजनिक स्थलमा धुम्रपान गर्न कडाईका साथ प्रतिबन्ध गरिएको छ । धुम्रपान गरेमा ५०० रुपैया जरिवाना गरिने नीति लिईनेछ । लागुपदार्थ दुब्र्यसनिलाई कडाईका साथ नियन्त्रण गरिनेछ । 
३, सार्बजनिक जग्गाहरु व्यक्तिको नाममा रजिष्टेसन भएका जग्गाहरुलाई पुनः सार्बजनिक जग्गाको रुपमा रुपान्तरण गर्न आवश्यक पहल कदमी लिईने छ । 
४, रासायनिक बिषादी बिक्रि बितरणमा पुर्ण प्रतिबन्द लगाईने छ । रासायनिक मलको ढुवानि अनुदान र शिफारिस गरिने छैन । रासायनिक मलको प्रयोगलाई घटाउन सम्पुर्ण नगरबासीलाई अनुरोध गरिन्छ । यसै आव बाट कम्पोष्ट मलमा अनुदान नितिलाई कार्यन्वयमा ल्याईनेछ । 
५,मापदण्ड मिचि  सार्बजनिक  स्थलमा बनेका घरटहराहरुलाई हटाईनेछ । मापदण्ड बिपरित बनेका घरहरुलाई कारबाहीको दायरामा ल्याईनेछ । एक घर २ बिरुवा रोपण कार्यक्रमलाई कडाइका साथ कार्यन्वयमा ल्याईनेछ । 
६, कुनैपनि उत्पादन योग्य जमिन बाझो राख्न पाईने छैन यदि बाझो राखेमा नियम अनुसार कारबाही गरिने नितिलाई थप प्रभाकारी रुपमा कार्यन्वयमा ल्याईनेछ ।
यस आवबाट कम्तिमा १ वटा वडा बाट  सामाजिक सुरक्षा कार्यक्रमलाई बैकिक प्रणालिमा बितरण गरिने छ र यसको प्रभावकारीताको आधारमा क्रमश बिस्तार गरिनेछ । 
७, नेपालको संबिधान २०७२ को अनुसूचि ८ मा उल्लेखित नगरपालिकाको एकल अधिकार अन्र्गत बन्न बाकी रहेको ऐन कानुनको आवश्यकता अनुसार निर्माण गर्दै लगिने छ तथा निर्माण भएका ऐन कानुनहरुलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिदै लगिने छ । 
धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित