नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २०–दिप्रुङ चुइचुम्मा–४ बतासेका ३३ वर्षीय धनकुमार जोगी यतिबेला फेरी लगाउन व्यस्त छन् । जोगी समुदायको परम्परा अनुसार फेरी लगाउन व्यस्त भएका हुन् ।
उनी कात्तिक र चैत गरी वर्षमा दुई चोटी फेरी लगाउने गर्छन् । यो बेला भैरुङ कुल देवताथानमा राखिएको बराठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उनले बताए । ‘घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत पिसाचले दुःख नदिओस् भनेर जप गरिन्छ’ उनले भने ।
रातीको जपनपछि बिहानपख घरवालाले इच्छा र गच्छे अनुसारको सिदा दिने चलन छ । घर लिप–पोत गरी चोखो–नितो गरेर दशाग्रह काटिन्छ भन्ने मान्यताका साथ सिदा दिने परम्परा छ । चामल, धान, मकै, कोदो, जौ, भटमास, आलु, घिउ, नुन, तेल, बेसार, पैसा दिने गरिन्छ । उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन भए पनि अहिले भने त्यो चलन हराएको जोगीले बताए ।
धनबहादुरले १४ वर्षको उमेरदेखि नै फेरी लगाउन सुरु गरेको बताए । पाँच दाजुभाइमध्ये कान्छा भाइ नवराज र उनी यो पेशामा छन् । बाबु कृष्णबहादुर, बाजे अम्बरबहादुरले पनि यही पेसा अपनाएको उनी सुनाउछन् । बाजे बराजुको पालादेखि नै फेरी लगाउदै आए पनि अबको पुस्ताले भने यो पेशा जोगाउछ–जोगाउदैन भन्न नसकिने अवस्था आएको उनको भनाई छ ।
उनी लगायत गाउँका अन्य २२ जनाले यो परम्परागत पेशा अपनाएको उनले सुनाए । उनीहरूले क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरेका छन् । खोटाङको साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, भोजपुरको टेम्के मैयु गाउँपालिकासम्म फेरी लगाउन पुग्ने गरेका छन् । पृथ्वीनारायणले सूचना दिने कर्मचारीको रूपमा जोगीलाई खटाएको तर पछि संस्कृतिको रूपमा विकास भएको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २३–रावा�... ... ...
सविना अछामे– खोटाङ, मङ्सिर २२-नेर्पा स्पोर्टस् क... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–साके�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–ऐतिह�... ... ...
दिनेश चाम्लिङ–खोटाङ, मङ्सिर १८–खोटेहाङ गाउँप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित