दूधकोसीमा ६३५ मेगावाटको विद्युत उत्पादन हुने

  • प्रकाशित मितिः चैत्र ७, २०७५
  • 1508 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत ७–खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने भएको छ । खोटाङको रावाबेसी गाउ“पालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउ“पालिकाको बीचमा पर्ने रभु“वाघाटमा करिब एक खरब ५० अरबको लगानीमा यत्तिको विद्युत उत्पादन हुने भएको हो ।
नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजनामा पर्ने दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि उर्जा मन्त्रालय अन्तरगत विद्युत विकास विभागले उक्त क्षमताको जलविद्युत उत्पादन गर्न विद्युत प्राधिकरणलाई अनुमती दिइसकेको आयोजना प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘आयोजना सञ्चालनका लागि डिपिआरको काम अन्तिम चरणमा पुगेको छ ।’ श्रेष्ठले भने–‘डिपिआर तयार भएपछि ठेक्का आव्हान गरेर यसै वर्षबाट निर्माणको काम सुर गरिने छ ।’
रभुवामा सुरुङमार्फत ६०० मेगाबाट र थप प्रविधि प्रयोग गरेर रभु“वाघाटमै ३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिने भएको हो । रभुँवाघाटमा ड्याम (ताल) निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने पावर हाउसमा खसालिने छ । उक्त आयोजनाको बाध २१० देखि २३० मिटर गहिरो हुने आयोजना प्रमुख श्रेष्ठले सुनाए ।
रभुँवाघाटमा निर्माण गरिएको बाधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दश, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका ८४ घर स्थानीय विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए । अधिकांश भूभाग खोटाङमा पर्ने भएकाले आयोजना सञ्चालन गर्दा सबैभन्दा बढी खोटाङका सर्वसाधारण विस्थापित हुने देखिएको छ ।
यो आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘दूधकोसी हाइड्रोपावरका लागि उर्जामन्त्रीदेखि राष्ट्रपतिसम्मले चासो देखाउनुभएको छ ।’ भट्टराईले भने–‘यो आर्थिक वर्षभित्रै टेन्डर आह्वान र सम्झौता गर्ने गरी कामको रफ्दार बढाइने छ ।’ भट्टराईले थपे–‘त्यसपछि आगामी आर्थिक वर्षमा निर्माणको काम सुरु हुने छ ।’
दूधकोसी हाईड्रोपावर सञ्चालनका लागि एसियाली विकास बैङ्क (एडीबी)ले लगानी गर्ने भट्टराईले सुनाए । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातवारणीय परीक्षण र टेन्डरका काजपत्र बनाउन एडीबीले चालू आर्थिक वर्षमा ३५ करोड अनुदान दिएको भट्टराईले बताए । अहिले वातावरणीय परीक्षण, सडक निर्माण, सरोकारवालाहरुबीच कार्यशाला गोष्ठी, मुआब्जा वितरणको प्रक्रिया लगायतको काम भइरहेको भट्टराईले सुनाए ।
आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवा लगायत दूधकोसी जलाशयमा डुङ्गा शयर, माछा पालन लगायत पर्यटन प्रबद्र्धनको विकास हुने प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । यसले त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा शयर गराउ“ने योजना बनाइएको भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित