नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ५–लाखे जात्रा सुरु भएको १३ औं दिन भदौ ५ गते दिक्तेलमा रोपाइँ जात्रा धुमधामले नाँचेका छन् । बालबालिका, युवायवती तथा पाकाहरूलेसम्म रोपाइँ जात्रा नाँचेका हुन् ।
रोपाइँ जात्राका दिन बालबालिकाको प्रस्तुति आकर्षक देखिएको छ । बालबालिकालाई संस्कृति सिकाउन रोपाइँ जात्रामा सहभागी गराइएको दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजुले बताए । ‘भोलि संस्कृति धान्ने भनेको बालबालिका हो,’ कसजुले भने–‘अहिलेदेखि नै आफ्नो संस्कृतिप्रति चासो जगाउँन सकिएन भने संस्कृति लोप भएर जान्छ, त्यसैले उनीहरूलाई सहभागी गराइएको हो ।’
नेवार समुदायको मौलिक संस्कृतिको रूपमा मनाइने लाखे जात्रा गत साउन २५ गते सुरु भएको हो । भदौ ४ गते दिवङ्गत भएका पितृहरूको सम्झनामा श्रद्धान्जली अर्पण गर्दै रामायण जीवनी गाएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार राईले बताए ।
यो वर्षको लाखे विशेष भएको स्थानीय खुसनारायण सैंजूले बताए । दिक्तेलमा जन्मिएर काठमाडौंमा भएकाहरू आएकाले विशेष भएको सैंजूले सुनाए । पछिल्लो समय युवा जमातमा संस्कृतिप्रतिको मोह जगाउन जन्मथलोमा आएर धुमधामले लाखे जात्रा मनाइएको टंक श्रेष्ठले बताए । धर्म, संस्कृति, पहिचानलाई ध्यानमा राखेर युवाहरूलाई हौसला दिन जन्म थलो आएको रुद्र जोशीले बताए । ‘धर्म, संस्कृति, पहिचान भन्ने कुरा महत्वपूर्ण हुन्छ’ जोशीले भने–‘हाम्रो सालनाल यही छ, बाल्यकाल यही बित्यो, अनि यहाँ नआएर के गर्ने त ?’
पछिल्लो समयमा युवापङ्तिमा संस्कृतिप्रति चासो हराउदै गएकाले लाखे जात्रामा दिक्तेल आएको फडिन्द्र सैजूले बताए । ‘पछिल्लो समय युवापङ्ति संस्कृतिप्रति चासो हट्दै गएको छ,’ सैंजूले भने–‘युवामा संस्कृतिप्रति चासो जागोस् भनेर पनि यो वर्षको लाखेमा दिक्तेल आइएको हो ।’
खोटाङमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, सोल्मा, खाल्ले, दोबेला, खार्मी, जालपा, बुइपा, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, अर्खौले, रावाबेसी गाउँपालिकाको लामीडाडाँ, खोटेहाङ गाउँपालिकाको खोटाङबजार, बाराहापोखरी गाउँपालिकाको बाराहापोखरी, जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी लगायतका ठाउँहरूमा लाखे जात्रा प्रदर्शन गरिन्छ ।
काठमाडौं उपत्यकाका बालबालिक हराउने गरेको र उक्त बालबालिका राक्षसले खाएको हुनाले राक्षसरूपी लाखे बनाएर राक्षसलाई परास्त गरी बालबालिका जोगाएको नेवार समुदायमा कथन छ । गठ्यमङ्गलदेखि कृष्णजन्मअष्टमीसम्म लाखे जात्रा प्रदर्शन गर्ने परम्परा भए पनि पछिल्लो समयमा भने नागपञ्चमीदेखि कृष्णजन्मष्टमीसम्म लाखे नाँचेर कृष्णजन्मष्टमीको भोलिपल्ट कृष्णरथयात्रा सहित सेलाउने गरेको दिक्तेल बजार सामाजिक गुठीका कजसुको भनाई छ ।
कुनै कुनै ठाउँमा जनै पूर्णीमादेखि कृष्णजन्मष्टमीसम्म लाखे नाँचर कृष्णजन्मष्टमीको भोलिपल्ट अन्त्य गर्ने परम्परा रहेको कसजु बताउछन् । ‘समय व्यवस्तता र युवा पलायनताका कारण मुस्किलले संस्कृति धान्ने मात्र भइरहेको छ’ कसजुले भने–‘गठ्यमङ्गलदेखि कृष्णजन्मअष्टमीसम्म लाखे जात्रा प्रदर्शन गर्ने परम्परा भए पनि आजभोलि नागपञ्चमीदेखि कृष्णजन्मष्टमीसम्म लाखे नाँचेर कृष्णजन्मष्टमीको भोलिपल्ट सेलाउने गरेको पाइन्छ, कुनै कुनै ठाउँमा जनै पूर्णीमादेखि कृष्णजन्मष्टमीसम्म मात्र लाखे नाँचर कृष्णजन्मष्टमीको भोलिपल्ट अन्त्य गर्ने परम्परा छ ।’
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित