पृथ्वीबाट समाप्त हुँदै छ पानी

  • प्रकाशित मितिः चैत ३, २०८०
  • 893 पटक पढिएको
  • संवादताता

हिमनदीका हिउँ र बरफको मात्रा सन् २१०० सम्ममा लगभग ४६ प्रतिशतले घट्नेछ

यो  उपक्रममा एउटा त्रुटि छ । त्रुटि सानो छैन– हाम्रो हिसाबमा यो पृथ्वीजत्रै प्वाल हो । खाद्यान्नको विश्वव्यापी मागअनुरूप सन् २०५० सम्ममा खाद्यबाली उत्पादन कम्तीमा ५० प्रतिशतले वृद्धि हुनुपर्नेछ । सिद्धान्ततः अन्य कुरा परिवर्तन भएनन् भने यसो हुन सम्भव पनि छ । उन्नत बिउबिजन र खेतीको प्रविधिमा भएको सुधार धन्यभागी छ । तर, यसबाहेक, बाँकी सबै कुरा परिवर्तन हुँदै छन् ।

हामीले अखप गर्मीको असर, माटोको क्षयीकरण, आनुवंशिक विविधताको ह्रासले तीव्र पारेको महामारीजस्ता अन्य सबै कुरा पन्छाउँदा पनि अर्काे एउटा कारणले विश्वका मानिसलाई खुवाउन पुग्ने गरी खाद्यवस्तुको उत्पादनलाई बाधा गर्न सक्छ । त्यो महत्वपूर्ण चिज हो– पानी । 

सन् २०१७ मा प्रकाशित एउटा शोधपत्रले बाली उत्पादनलाई अपेक्षित मागसँग मेल खाने गरी बढाउने हो भने सन् २०५० अर्थात् शताब्दीको मध्यसम्ममा सिँचाइलाई १४६ प्रतिशतले बढाउनुपर्ने हिसाब निकालेको छ । तर, यसमा एउटा समस्या छ । पानीको दोहन पहिले नै उच्चतम बिन्दुमा पुगिसकेको छ ।

अल्प वर्षा, हिमालमा हिउँ घट्दै जाँदा नदीको प्रवाह पनि घट्दै जानु र बढ्दो तापमानको कारण वाष्पीकरणमा वृद्धि र बोटबिरुवाद्वारा हुने वाष्पोत्सर्जनमा पनि वृद्धिका कारण विश्वका सुक्खा भागहरू थप सुक्खा हुँदै गएका छन् । विश्वका थुप्रै प्रमुख क्षेत्रहरू अहिले कडा अनावृष्टि(खडेरी)को खतरामा परेका छन् । तातो र सुक्खा मौसमले माटोबाट डरलाग्दो गतिमा आद्र्रता चुस्छ । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रलगायत केही क्षेत्र स्थायी रूपमा नै सुक्खा क्षेत्रमा परिणत भइसकेको आकलन गर्न सकिन्छ, जुन क्षेत्र अहिले खडेरीको २४औँ वर्षमा छ ।

नदीहरू समुद्रसम्म नपुगी बिलाउन लागेका छन् । ताल र जलमण्डलहरू खुम्चिरहेका छन् । ताजा पानीमा बसोवास गर्ने जीव प्रजाति जमिनमा बस्ने प्रजातिको विलोपीकरण लगभग पाँच गुणा बढी दरमा विलुप्त भइरहेका छन् । प्रमुख सहरहरू पानीको चरम संकटमा परेका छन् ।

नदीहरू समुद्रसम्म नपुगी बिलाउन लागेका छन् । ताल र जलमण्डलहरू खुम्चिरहेका छन् । ताजा पानीमा बसोवास गर्ने जीव प्रजाति जमिनमा बस्ने प्रजातिको विलोपीकरण लगभग पाँच गुणा बढी दरमा विलुप्त भइरहेका छन् । प्रमुख सहरहरू पानीको चरम संकटमा परेका छन् ।

अहिले विश्वको ताजा पानीको उपयोगको ९० प्रतिशत हिस्सा कृषिक्षेत्रले ओगट्छ । हामीले जमिनबाट यति धेरै पानी निकालिसकेका छौँ कि पृथ्वीको गतिलाई नै परिवर्तन गरिसकेका छौँ । खाद्यान्नको बढ्दो माग पूरा गर्न आवश्यक पानी हामीसँग छैन ।

सन् २०१७ को त्यो शोधले सबैको छटपटाहट बढाउनुपथ्र्याे । तर, सदाझैँ नीति–निर्माता र मिडियाले त्यसलाई बेवास्ता गरे । यो समस्या युरोपमा आएपछि मात्रै हामीले संकट त हो पो रहेछ भनी स्विकार्याैं । क्याटलोनिया र अन्दालुसियामा खडेरीलाई लिएर डर बढेको त छ तर यो विश्वव्यापी समस्याको एउटा उदाहरण मात्र हो । यो समस्या शीर्ष राजनीतिक एजेन्डा हुनुपर्छ भनेर सरकारहरूले स्वीकार गर्न सकेका छैनन् । 

खडेरीका कारण स्पेनमा विरोध प्रदर्शन भए पनि त्यो खतरनाक फ्ल्यास प्वाइन्टभन्दा निकै पर छ । सिन्धु नदीको जलाधार क्षेत्रलाई तीनवटा आणविक शक्तिसम्पन्न राष्ट्र भारत, पाकिस्तान र चीनले साझा गर्छन् । अत्यन्त अस्थिर र विवादित यो क्षेत्र पहिलेबाटै भोकमरी र चरम गरिबीले ग्रस्त छ । आज, सुक्खायाममा नदीको ९५ प्रतिशत प्रवाह मुख्यतः सिँचाइमा खर्च हुन्छ । जबकि पाकिस्तान र भारत दुवै देशमा पानीको माग तीव्र गतिमा बढिरहेको छ । हिन्दू कुश क्षेत्र र हिमालयका हिमनदीहरू पग्लेर अस्थायी रूपमा बढेको पानीको आपूर्ति केही समयमै उच्चतम बिन्दुमा पुग्नेछ र त्यसपछि तीव्र गतिमा घट्नेछ ।

अत्यन्त आशावादी जलवायु परिदृश्यमा पनि, एसियाली हिमनदीहरूबाट पानीको बहाव शताब्दीको मध्यभन्दा पहिले नै उच्चतम बिन्दुमा पुग्ने अनुमान गरिएको छ भने हिमनदीका हिउँ र बरफको मात्रा सन् २१०० सम्ममा लगभग ४६ प्रतिशतले घट्नेछ । केही विश्लेषक भारत र पाकिस्तानबीचको पानीको प्रतिस्पर्धालाई कास्मिरमा बारम्बार हुने द्वन्द्वको प्रमुख कारणका रूपमा लिन्छन् । तर, जबसम्म पानीको घट्दो आपूर्तिलाई ध्यानमा राखेर नयाँ ‘सिन्धु जल सन्धि’ हुँदैन, तबसम्म यो लडाइँ अझ खराब द्वन्द्वको पृष्ठभूमि मात्र बन्न सक्छ ।

कृषिमा ठूलो परिमाणमा पानी खेर गइरहेको छ, त्यसैले सिँचाइको प्रभावकारिता बढाएर सजिलै यी समस्याको समाधान गर्न सकिन्छ भन्ने विश्वास व्यापक छ । त्यसो हो भने म तपाईंलाई सिँचाइ प्रभावकारिताको विरोधाभासलाई चिनाउन चाहन्छु । राम्रो प्रविधिले निश्चित परिणामको बाली उब्जाउन कम पानी भए पुग्ने सुनिश्चितता गरिरहँदा सिँचाइको लागत पनि सस्तो बन्दै गएको हुन्छ । फलस्वरूप, कृषिले अधिक लगानीलाई आकर्षित गर्नेछ । किसानहरूलाई थप मुनाफादायी बाली र व्यापक क्षेत्रमा विस्तारित हुन प्रोत्साहित गर्नेछ ।

स्पेनको ग्वादियाना नदीको बेसिनमा यही भयो । त्यहाँ सिँचाइको दक्षता र प्रभावकारिता सुधार गरी पानीको प्रयोग कम गराउन भनेर ६० करोड डलर लगानी गरियो, तर यसले सिँचाइमा पानीको खपत घटाउनुको सट्टा बढाएको छ । तपाईं पानीको कुल र व्यक्तिगत खपत दुवैलाई नियमनमार्फत सीमित गरी यो विरोधाभासबाट छुट्कारा पाउन सक्नुहुन्छ । तर, सरकारहरू प्रविधिमा मात्र भर पर्न रुचाउँछन् । राजनीतिक र आर्थिक उपायहरू अंगिकार गरे बिना यसले काम गर्दैन ।

न त अन्य ‘टेक्नोफिक्स (प्राविधिक उपाय)’ले यो समस्या समाधान गर्ने सम्भावना छ । सरकारहरूले एक ठाउँबाट अर्काे ठाउँमा पानी पु¥याउन ठुल्ठूला परियोजना निर्माण गरिरहेका छन् । तर, जलवायु परिवर्तन र पानीको बढ्दो मागले पानीका थुप्रै दातृ क्षेत्रहरूसमेत सुक्खा हुने निश्चित छ । डिसेलिनेसन प्लान्टहरूबाट प्राप्त हुने पानीको लागत सामान्यतया जमिन वा आकाशे पानीको तुलनामा पाँचदेखि १० गुणा बढी हुन्छ । साथै, यो प्रक्रियामा ऊर्जा पनि ठूलो मात्रामा खपत हुन्छ अनि विषाक्त फोहोर पनि निकै ठूलो मात्रामा उत्पन्न गर्छ ।

सबैभन्दा पहिले हामीले हाम्रो आहारमा परिवर्तन गर्न आवश्यक छ । हामीमध्ये जोसँग आहारको छनोट छ (अर्काे शब्दमा भन्दा विश्वको जनसंख्याको आधा हिस्सा) उनीहरूले खाद्यवस्तुमा पानीको पदचापलाई कम गर्ने उपाय खोज्नुपर्छ । यसमा जोड दिनुको कारण के भने पानी पशुमुक्त आहारमा जानुपर्ने अर्काे कारण हो । पशुमुक्त आहार(शाकाहारी)ले खाने कुराको ‘कुल माग’ र त्यसमा ‘पानीको प्रयोग’ दुवैलाई कम गर्न सघाउँछ ।

दक्षिणपन्थीहरूले ‘प्लान्ट–बेस्ड(वनस्पतिमा आधारित)’ आहारको विरोध गर्दा बदाम र पेस्ताजस्ता वनस्पतिले खपत गर्ने पानीको परिमाण क्यालिफोर्नियामा सांस्कृतिक युद्धको एउटा प्रमुख विषय बनेको छ । क्यालिफोर्नियामा दुधका लागि पालिने गार्ईहरूलाई खुवाउन खेती गरिने घाँसको खेतीलाई चाहिनेभन्दा यिनलाई दोब्बर पानी चाहिन्छ । डेरी–दुधले यसको सबैभन्दा खराब विकल्प ‘बदामको दुध’ले भन्दा धेरै पानीको माग गर्छ भने जौ वा भटमासको दुधजस्ता उत्तम विकल्पभन्दा त पानीको कता हो कता उच्च खपत गर्छ । 

यसको अर्थ सबैखाले वनस्पतिजन्य उत्पादनको पक्षपोषण गरेको भने होइन । बागवानीले पानीको निकै ठूलो आपूर्तिको माग गर्न सक्छ । वनस्पतिमा आधारित आहारको सवालमा पनि हामीले केही प्रकारका अन्न, तरकारी र फलफूलबाट अरूमा सर्नुपर्छ । सरकार र कडा नियम र विक्रेताहरूले सूचनात्मक लेबलिंगको संयोजनमार्फत हामीलाई मद्दत गर्नुपर्छ । तर, उनीहरूले यसको उल्टो गर्छन् । गत महिना, इयूका कृषि आयुक्त जानुस्ज वोज्सिचोवस्कीको निर्देशनमा युरोपेली आयोगले आफ्नो नयाँ जलवायु योजनाबाट प्रोटिनका ‘विविधीकृत’ (पशुमुक्त)स्रोतहरूलाई प्रोत्साहित गर्ने आह्वान हटायो ।

खाद्य तथा कृषि क्षेत्रमा नियामकमाथिको कब्जा अहिले अभूतपूर्व रूपले बलियो छ । हामीमध्ये केहीले राजनीति र मिडियामा यसको सान्दर्भिकताविरुद्ध अन्तहीन पूर्वाग्रहको सामना गर्ने हिम्मत गर्नुपर्नेछ । यो मुद्दा सबैभन्दा धेरै उपेक्षित मुद्दामध्ये एक हो । यस्तो कुनै पनि कुरा यस ग्रहको शान्ति र समृद्धिको लागि घातक हुन सक्छ । हामीले कुनै न कुनै तरिकाले यसमा पुनः ध्यानाकर्षणको उपाय खोज्न आवश्यक छ ।
(‘गार्जियन’का स्तम्भकार जर्ज मोनबियोटको यो लेख नारायण शिवाकोटीले अनुवाद गरेका हुन् । यो लेख नयाँपत्रिकाबाट साभार गरिएको हो ।) 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित