वाइवाइ कोरिया

  • प्रकाशित मितिः पुष ३, २०८०
  • 553 पटक पढिएको
  • संवादताता

तीर्थराज भट्टराई–
१५ दिनको मैत्रीपूर्ण सद्भाव र अध्ययन भ्रमण सकेर आज पुस २ गते विसनजी, नवराजजी र म फर्कंदैछौं आफ्नो मातृभूमि नेपाल । म विहानै ४ बजे उठें । उकुस–मुकुस छ मनभरि । मनमा कुरा खेलाउँदै सोचें असिमित माग र कार्ययोजनाका चाङकाचाङ छन् नगरवासीका । शिक्षा, स्वास्थ, कृषि , पर्यटन , भौतिक पूर्वाधार लगायतको क्षेत्रमा धेरै काम गर्नुपर्ने दायित्व छ हाम्रो । त्योताका चुनावको समयमा हामीले प्रशस्तै सपना बडेको पनि हो, चुनाव जित्नका लागि । विदेशमाजस्तो छैन हाम्रो देशमा उम्मेद्वारको कार्ययोजना र जीवनदर्शनको आधारमा मतदान गर्ने परिपाटी । न छ उम्मेद्वारले चुनावको समयमा गरेको प्रतिबद्धता पूरा गर्नैपर्ने नैतिक दायित्व बोध । यसैले त हामी निर्वाचित जनप्रतिनिधिहरू नागरिकप्रति उत्तरदायी बन्दैनौं र नै यो शासन व्यवस्थामाथि प्रशस्तै प्रश्नहरू उठिरहेका छन् अहिले । नागकिकको प्रश्नमाथि नाजवाफ छौं हामी जनप्रतिनिधि र राजनीतिक नेतृत्व पनि ।
मेरो विचारमा हाम्रो खर्चिलो चुनावी परिपाटी र प्रशस्तै खर्च गरेर टिकट दिने–लिने र जित्ने–जिताउँने संस्कृतिको उपज हो एक हदसम्म यो सबै विकृतिको कारक । जेठान– जेठानी, दाजुभाउजु र जिहजुरिया गर्दै शक्ति केन्द्र र नगद नारायणको साहारा लिने केही नकच्चरो प्रवृत्ति हटाउँन पनि एक पटक जुर्मुराउनै पर्ने देखिन्छ इमान्दार कार्यकर्ताले आ–आफ्नो पार्टी भित्र । हामी कोरिया भ्रमणमा आउँदा केही आलोचना र विरोधका स्वर नआएका पनि होइनन् र यो स्वभाविक पनि हो । लोकतन्त्रमा आउँनु पर्छ पनि । जायज प्रश्न उठे भने पक्कै पनि सम्मान गर्नुपर्छ आलोचनाको । तर पूर्वाग्रही र दूराग्रही हो भने आलोचक नै समय क्रममा पछुताउँने छन् र लाग्नेछ उनको घैंटोमा घाम । कोही छैनन् भगवान र शुद्ध कामधेनु गाईजस्तो पवित्र जनप्रतिनिधि हाम्रो देश नेपालमा । जतिसुकै मैं हँु भन्ने पनि योजना छनोट लगायतका मुद्दामा फसेकै हुन्छौं कतै न कतै पार्टी, साथी, जाति र भेगीय राजनीतिको प्रभावबाट । यसलाई लुकाउँन सकिन्न कुनै न कुनै ढंगले फसिरहेकै छौं हामी । वर्तमानमा यो तितो सत्य स्विकारेर विस्तारै विधि, प्रक्रिया र कानून अनुसार संस्था संचालन गर्ने आँट नेतृत्वले गर्नुपर्छ । अन्यथा हामी जहाँ छौं त्यहीं रहन्छौं र हुन्न हाम्रो देशमा विकासमा परिवर्तन ।
विहान खाना खाएर ठीक १०.५५ बजे बइन्द्र दाइको वासस्थान सुवन ह्वासोदुंगबाट कोरिया स्थित इन्छोन विमानस्थल तर्फ निक्लियौं कहरमान दाइको गाडीमा । याम्खा लिलिमा निवासी रविन चाम्लिङ सहित ५ जना थियौं हामी टोलमा । कस्तो धेरै प्रेम र सद्भाव हो प्रवासमा बस्ने दाजुभाइ दिदी–बहिनीको अतिथि सम्मान गर्न खर्चनु भएको पैसा र समय मुल्याङ्कन गर्दा अप्ठ्यारो महशुस भयो मलाई । विदेशमा बसेर बगाएको पसिनाबाट कमाएको धन र धेरै मंहगो समय दिनुहुन्छ हामीलाई कम ठूलो योगदान थिएन त्यो । तर काम विशेषले नेपालमा उहाँहरू आउँदा नचिनेजस्तो गर्न लजाँदैनौं हामी । त्यहीमाथि कहर दाइले त झन् हामीलाई आफ्नो निजी गाडीमा पूरै घुमाउँनु भयो कोरिया । बुइपा निवासी बौद्धिक व्यक्तित्व नेपाली कांग्रेसका नेता राजनशेर राईका साइली समिता बहिनी–ज्वाइ हो नाताले कहर दाइ । ३२ वर्षदेखि होटल व्यवसाय संचालन गर्नुहुन्छ उहाँ कोरियामा बसेर । मेरो बुझाईमा शिक्षित र सम्पन्न परिवारमा जन्मनु भएको कारण अभाव र दुःखका दिन धेरै भोग्नु भएन होला दुबै दम्पतिले विगतमा पनि । विजयखर्क निवासी कहरमान दाइले समाजसेवा र मानवीय सेवामा राम्रै प्रतिष्ठा कमाउँनु भएको रहेछ कोरिया पुगेपछि जानकारी भयो ।
शुभेच्छुक÷शुभचिन्तकले दिनुभएको उपहार र पार्सलको भारी लिएर इन्छोन समुन्द्रमा रहेको ६ लेनको करिब १३ किमी लामो पक्की पुल पार गर्दै ६७ किमी दूरीमा रहेको इन्छोन अन्तराष्ट्रिय विमानस्थल पुग्यौं दिउँसो १२.०२ बजे । १२ वर्षदेखि कोरिया बस्ने धरान निवासी मेरी साइली दिदी–भिनाजु इन्दिरा–हरिहर खतिवडाका जेठा छोरा अनिल भान्जा हामीलाई विदा गर्न पुगिसक्नु भएको थियो विमानस्थलमा । कम्पनी बिदा लिएर कोरिया आएका मामाहरुलाई बिदाई गर्न पाउँनु उहाँको लागि पनि खुसीकै कुरो हो भने सोच्दै नसोचेको ठाउँमा आफन्तजनको बिदा लिन पाउँदा हर्षविभोर भएका थियौं हामी पनि । कोरियामा रहर लाग्दो सडक र उभो हेर्दा टोपी झर्ने आलिसान घरले विकासको चरमोत्कर्षलाई चुमिसकेको भानहुन्थ्यो रङ्गिन र भौतिक दुनियालाई नजिकबाट अनुभूत गर्दा । मैले कोरिया र हाम्रो देश नेपालमा भइरहेको विकासको अवस्थासंग तुलना गरें मनमनमा । मेरो मूल्याङ्कनमा तत्कालै यस्तो विकास हुने सम्भावना त छँदै छैन नेपालमा जुनसुकै पार्टीले नेतृत्व गरे पनि भन्ने निष्कर्ष निकाले । तर अनियमितता र स्वार्थ भन्दामाथि उठ्न सके असम्भव पनि हुँदैन यो अवस्थामा आइपुग्न हामीलाई । तर हाम्रो प्राकृतिक बनोट, भूगोल, पर्यावरणीय अवस्था र साँस्कृतिक सम्पदा भने सैयौं हजार पछि पनि पुग्न सक्दैनन् यिनीहरू । हाम्रो देश नगरको यही सम्पतिलाई अन्तराष्ट्रियकरण गर्न आएका हामी कोरिया । हामी हाम्रो उद्देश्य राख्दै कोरियाको प्रविधि र जनशक्ति आदान–प्रदान गरेर परिणाम दिन समेत सफल भएको छ हाम्रो कोरिया भ्रमणले ।
हुनत यहाँका नागरिकको माग र चाहना अनुसार हाम्रो देशका नागरिकको अपेक्षा पनि त छैन नि यति छिट्टै विकास भइहालोस् र गरिदिउन् भन्ने दलहरूसंग । छ त केवल विरामी भएको समयमा सहज ढंगले उपचार होस् । बच्चा बच्चीले चाहे अनुसार पढ्न पाउन । सफा सुग्घर र भ्रष्ट्राचार मुक्त देश होस् तथा सहज रूपमा बाह्रै महिना यातायात संचालन होस् गाउँ ठाउँमा पनि भन्ने हो अहिलेको मूख्य चाहना नागरिकको । तर यतिसम्म पनि सकेका छैनौं हामीले नागरिकका न्युनतम मागलाई सम्बोधन गर्न । यो अपेक्षा राजधानीदेखि हाम्रो नगरपालिकासम्मका साझा माग समस्या हुन् आम नागरिकका । त्यसैले यी चाहना र नागरिकका सामान्य अपेक्षालाई सबैसंग हातेमालो गरेर सम्बोधन गर्न सक्छौं भन्ने उच्च मनोवल लिएर हामी कोरियाबाट फर्कँदैछौं नेपाल ।
तमाम काम र जिम्मेवारीलाई थाँती राखेर भौतिक रूपमा नै हामीलाई बिदा गर्न विमानस्थलसम्म आउनु हुने कहरमान दाइ, बइन्द्र दाइ, रविनजी र अनिल भान्जा साथै बिदा गर्न भौतिक रूपमा आउने चाहना हुदाहुदै पनि काम विशेषले मनहरूबाट टाढा बसेर बिदा गर्नु हुने तमाम कोरियास्थित नेपाली तथा कोरियाली शुभेच्छुक साथीहरूलाई सम्मान पूर्वक वाइवाइ गर्दै हामी छिरÞ्यौं विमानस्थलको जाँचबुझ कक्षमा । म सिट नं.–३४ के र विसनजी ३४ एल तथा नवराजजी भने सिट नं. २३ केबाट यात्रा गर्न १६० सिटे चाइनिज हवाइ जहाजमा चढ्यौं हामी । दुई तर्फी ३–३ सिटे जहाजमा उडान समय भन्दा २० मिनेट अगाडी नै पुगिसकेका थियौं हामी । जहाजमा कुनै पनि थिएन खाली सिट पूरै थिए भरिभराउ । उडानको व्यवस्थापन गर्दागर्दै निर्धारित समयभन्दा ठिक आधा घण्टा ढिलो गरी ०३–२५ बजे कोरियाको अत्याधुनिक अन्तराष्ट्रिय विमानस्थल इन्छोनबाट जमिन छोडेर उड्यो चीनको तिन्फुका लागि हवाई जहाज । उडानको क्रममा बाहिरी वातावरण बादलले घेरेको हुनाले वारिपारि हेर्ने अवस्था थिएन हाम्रो । सीट अगाडि रहेको स्क्रिनमा तापमान –४८, ३२००० फिट उचाई र ३५० को बेगमा जहाज उडिरहेको कर्मचारीले सूचित गरिरहेका थिए भने समयसमयमा घटबढ भएको सूचना पनि निरन्तर आइरह्यो यात्राका दौरानमा ।
त्यसै त सामान्य अवस्थामा समेत विसनजी जहाज चढ्दा डराउँने गर्नुहुन्थ्यो भने त्यहीं माथि आज आकाशमा हावाले जहाजसंगै लामो समयसम्म हल्लायो रोटेपिङ झैं हामीलाई पनि । हावाको कारण जहाज हल्लिएको हो नडराउँनु होला हामी सुरक्षित यात्रा गरिरहेका छौं भन्दै क्षमायाचनाका साथ यात्रुलाई सूचित गरिरहेका थिए हवाई कर्मचारीले स्पिकरबाट ।
मलाई कारण थाहा भएन आज जहाज चढेपछि बेस्सरी टाउको दुखेको थियो मेरो । त्यसैले मैले जहाजमा उपलब्ध भएको स्याउको जुस र कफी पिएँ भने विसनजीले एउटा क्यान वियर । नेपाली समाजमा वियरलाई नशाको रूपमा सम्झन्छौं तर विदेशीको लागि पानी सो सरह हो यो पेय पदार्थ । त्यसैले त मेरो दाया बाया बसेका २२–२५ वर्षे कलकलाउदा चाइनिज ठिटीहरूले कुनै प्रबाह नगरी गज्जबले लिई रहेका थिए वियरको चुस्की। वियर खककादा न उनिहरूलाई हिनताबोध थियो न गर्व नै । उनीहरूले यात्राको क्रममा केवल लिई रहेका थिए आनन्द र दिनचर्याको एउटा रमाइलो अनुभव ।
म भने जुस खककादै घरिघरि उनिहरूले लिएको वियरको चुस्कीलाई नियाल्छु उता विसनजीले भने हककसिलो–रसिलो हककुदै सककगसककगै लिई रहनुभएको थियो चिसो वियरको चुस्कीमा स्वादिलो र गहिरो आनन्दको अनुभूति । हो विदेश गएपछि देखिने रहेछ रंगिन दुनियाको मज्जा र गतिविधि समेत। उमेर पुगेका नानीबाबुलाई हाम्रो समाजमा जस्तो न डर छ बाआमाको न अविभावकको, बिल्कुलै नमान्ने संकोच । विदेशमा आपसी समझदारीमा गर्दा रहेछन् स्वतन्त्रताको अत्याधिक उपयोग ।तर हाम्रो संस्कार, संस्कृति र समाजले पटक्कै स्वीकार्दैन अहिले नै त्यो स्वछन्दता पूर्ण स्वतन्त्रतालाई ।
अन्तराष्ट्रिय उडानमा यात्रुलाई खाना– खाजाको व्यवस्था हुनेभएकोले करिब वेलुकी ५.३० बजे हाम्रो सामु ल्याए हवाई परिचरले खानाको परिकार । मैले चाइनिज शाकाहारी खाना र विसनजीले लिनुभयो सककुगुरबाट बनेको स्वादिलो परिकार । खानामा न तेल छ न अत्याधिक भातको खराक। शरीरलाई आवश्यक पर्ने प्रोटिन युक्त सफा, सुग्घर र उसिनेको परिकारको राम्रै स्वाद लियौं हामीले । वेलुकी ७.२२ बजे चीनको अन्तराष्ट्रिय विमानस्थल इन्छनमा हामीलाई कुशलता पूर्वक पुरÞ्यायो जहाजले । विमान विमानस्थलमा वस्दा नबस्दै मैले पनि पुरा गरे नियात्रा लेखन ।
अन्त्यमा, हामीलाई कोरियामा नगरको कामको शिलशिलामा हिड्न, बस्न, खान वा अन्य विविध प्रकारले सहयोग गर्ने सबै सज्जन तथा कुशलता पुर्बक यात्रा गराउँने चाइना एयर परिवारप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा समेत यस्तै सिर्जनात्मक सहयोग रहने लेखनीबाट विश्वास प्रकट गरेर हवाज जहाजबाट इन्छोन उत्रियौं हामी ।
(भट्टराई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख हुन् । उनले २०८० पुष ३ गते कोरियाबाट चीनको इन्छोनसम्म चार घण्टाको हवाइ यात्रामा लेखेको नियात्रा )

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित