आर्थिक वर्ष २०८०/८१  को बार्षिक बजेट तथा कार्यक्रम

  • प्रकाशित मितिः असार ११, २०८०
  • 267 पटक पढिएको
  • संवादताता

यस गरीमामय नगरसभाका आदरणीय सभाध्यक्ष महोदय,

सभाका आदरणीय सदस्यज्यूहरु,

राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरु,

आर्थिक वर्ष २०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न म यस गरिमामय नगरसभामा उपस्थित भएको छु । सर्वप्रथम राष्ट्रियता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना र जातीय तथा वर्गीय विभेद अन्त्य गर्ने अभिलाशाका साथ राष्ट्र र राज्य निर्माणको संघर्षपूर्ण दौरानमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। दशवर्षे जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन लगायत अधिकार प्राप्तिसँग जोडिएको सम्पूर्ण आन्दोलनमा घाईते तथा अपाङ्ग हुनु भएका देशभक्तहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहांहरूको योगदान प्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

हाम्रो नगर र हामी नगरवासी अवसरै अवसर र संभावनाको पहाड माथी उभिएका छौं । यिनै सम्भावनाहरुलाई उपयोग गरेर सिमित स्रोत साधनको वैज्ञानिक परिचालन र अन्य संघीय इकाईहरुसँगको सहकार्यबाट यो नगरपालिकालाई विकसित र समृद्ध बनाउने सोचका साथ आर्थिक वर्ष २०80।८1 को यो बजेट तथा कार्यक्रम यस गरीमामय सभामा प्रस्तुत गर्न गईरहेको छु ।

हामिलाई प्रकृतिले अथाह सम्पत्ति दिएको छ । हामिले प्रकृति प्रद्धत श्रोत साधनको उचित व्यवस्थापन र परिचालनद्वारा नगरको संवृद्धी सुनिस्चित गर्नुपर्दछ । यसका लागी निम्नानुसार कार्यक्रम राखिएको छ ।

  • आर्थिक बर्ष २०७8०७9 को आय व्ययको यथार्थ विवरण:-
    • आर्थिक बर्ष २०७8।०79 को आन्तरिक आय (राजस्व) बाट प्राप्त रकम रु. 1 करोड ९ लाख 40 हजार 7 सय 42 ।
    • अघिल्लो वर्ष खर्च नभएको अल्या रकम रु.14 करोड 80 लाख 79 हजार 4 सय 94 ।
    • संघीय सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. १1 करोड 78 लाख 12 हजार 6 सय 27 र प्रदेश सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. 2 करोड 35 लाख 17 हजार 2 सय २4 गरी राजश्व बाँडफाँडबाट प्राप्त जम्मा रु. १4 करोड 1३ लाख 29 हजार 8 सय 51 ।
    • संघीय सरकारको वित्तीय समानिकरण अनुदान रु. 15 करोड 34 लाख, संघीय सशर्त अनुदान रु. 50 करोड 50 लाख 18 हजार, समपूरक अनुदान रु. 2 करोड ३9 लाख,  विशेष अनुदान रु. 3 करोड 58 लाख 73 हजार 3 सय 85 गरी जम्मा प्राप्त रु. ७1 करोड ९0 लाख 91 हजार 3 सय 85 ।
    • प्रदेश सरकारबाट समानीकरण अनुदान रु. 89 लाख 48 हजार, सशर्त अनुदान रु. 3 करोड 68 लाख 56 हजार, समपूरक अनुदान रु.१ करोड गरी जम्मा प्राप्त अनुदान रु. 5 करोड 58 लाख 4 हजार ।
    • वास्तविक कुल आय रु. 1 अर्व 7 करोड 43 लाख 45 हजार 4 सय ७3 मध्ये 96 करोड 69 लाख 33 हजार 49 खर्च भएको । यो वास्तविक कूल आय रकमको 9.52 प्रतिशत हुन आउंछ।
  • चालु आर्थिक बर्ष २०79।०80 को आय र व्ययको संशोधित अनुमान:-
    • चालु आर्थिक बर्ष २०७9।०80 को विनियोजन ऐन अनुसार विनियोजित रकम रु. 86 करोड 3 लाख 77 हजार र  विनियोजन ऐन अन्तर्गत समावेश नभएको संघ तथा प्रदेशबाट प्राप्त विशेष अनुदान, समपूरक अनुदान,  सशर्त अनुदान, अन्य अनुदान र अल्या रकम समेत रु. 11 करोड 2 लाख 63 हजार 6 सय 76 गरी कुल संशोधित बजेट रु. ९7 करोड ६ लाख 40 हजार 6 सय 76 हुन गएको छ।
    • आन्तरिक आय (राजस्व) तर्फ रु. 1 करोड 50 लाख अनुमान गरिएकोमा 2080 असार 8 गतेसम्म रु. 77 लाख 16 हजार १ सय 24 मात्र प्राप्त भएको छ।
    • संघीय सरकार तर्फको राजश्व बांडफाडंबाट रु. १3 करोड 51 लाख 50 हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. 8 करोड 62 लाख 89 हजार 7 सय 71 मात्र प्राप्त हुन आएको छ।
    • प्रदेश सरकार राजश्व बांडफांडबाट रु. 2 करोड 22 लाख 63 हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. 1 करोड ८0 लाख 93 हजार 49 प्राप्त भएको छ।
    • कुल संशोधित बजेट रु. ९7 करोड ६ लाख २८ हजार 40 हजार 6 सय 76 मध्ये 2080 असार पहिलो साता सम्म पूँजिगत तर्फ रु. 17 करोड 98 लाख 72 हजार 8 सय 33 रुपैंया र चालु तर्फ रु. 54 करोड 24 लाख 65 हजार 2 सय ८7 गरी जम्मा रु. ७२ करोड २3 लाख ३८ हजार 1 सय 20 खर्च भएको छ। जसमा पुँजिगत तर्फ 7.78 प्रतिशत, चालु तर्फ 82.26 प्रतिशत र कुल वजेटको 74.41 प्रतिशत खर्च भएको छ ।

 

 

सभाध्यक्ष महोदय, तथा सदस्यज्यूहरु,

अब म आर्थिक वर्ष 2080।81 को बजेटका उद्देश्य तथा प्राथमिकताहरु प्रस्तुत गर्न गईरहेको छु ।

बजेटका उद्देश्यहरु :-

  • "उत्पादनमा कृषकको साथ, कोही पनि नबसौ खालि हात"
  • कृषिमा रोजगारी सिर्जना गरी स्वावलम्बी बनाउने।
  • शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने।
  • दिगो र गुणस्तरीय पूर्वाधार विकास गर्ने ।
  • विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने ।
  • सबै क्षेत्रमा सुधार गर्दै सुशासन युक्त नगरपालिकाको रुपमा विकास गर्दै लैजाने ।

बजेटका प्राथमिकताहरु :-

  • "मेरो नगर - म बनाउँछु" भन्ने नीतिलाई कार्यान्वयन गर्न रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरू।
  • स्थानीय गौरवका आयोजनाहरू।
  • आर्थिक पारदर्शिता सहित "सुशासन युक्त- भ्रष्टाचार मुक्त" नीतिसंग सम्बन्धित कार्यक्रमहरू।
  • शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने आयोजना तथा कार्यक्रमहरू।
  • पर्यावरण प्रवर्द्धन, विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू।
  • महिला, शिल्पी समुदाय, फरक क्षमता भएका व्यक्तिहरू, आदिवासी जनजाती, एकल महिला, विपन्न वर्ग लगायत लक्षित आयोजना तथा कार्यक्रमहरू।
  • पन्ध्रौं योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरू।

 

 

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

उल्लेखित उद्धेश्य तथा प्राथमिकताका आाधारमा यस नगरपालिकाको आर्थिक वर्ष २०80।८1 को बजेट सारमा प्रस्तुत गर्दछु ।

१) आयतर्फः

क) नगरपालिकाको आन्तरिक आय रु. 1 करोड 8० लाख रहने अनुमान छ । आन्तरिक राजस्व तथा गैर राजस्वका दरमा सामान्य परिवर्तन गरिएको छ।जुन अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, 2080 मा प्रस्तुत गरेको छु।

ख) संघीय सरकार राजस्व बांडफांडबाट रु. १३ करोड 24 लाख 29 हजार  र प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. 1 करोड 95 लाख 78 हजार गरी राजश्व बाँडफाँडबाट जम्मा रु. १५ करोड 2 लाख 7 हजार प्राप्त हुने अनुमान गरेको छु ।

ग) संघीय सरकारबाट प्राप्त हुने अनुदात तर्फः वित्तिय समानिकरण अनुदान रु. 14 करोड 9 लाख, समपूरक अनुदान रु. 90 लाख, विशेष अनुदान रु. १ करोड 35 लाख, सशर्त अनुदान चालु रु. ४7 करोड 50 लाख र शसर्त अनुदान पुँजीगत रु.6 करोड ९ लाख गरी जम्मा रु. 69 करोड 93 लाख प्राप्त हुने अनुमान गरेको छु ।

घ) प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फः वित्तिय समानिकरण अनुदान रु. ८९ लाख 68 हजार, समपूरक अनुदान रु. १ करोड 30 लाख, सशर्त अनुदान चालु रु. ३6 लाख 75 हजार र शसर्त अनुदान पुजीगत रु. 1 करोड 41 लाख 69 हजार गरी जम्मा रु. 3 करोड 98 लाख 12 हजार प्राप्त हुने अनुमान गरेको छु ।

ङ) चालु आ.व. 079/80 मा खर्च नभई वचत हुने अल्या रकम रु. 7 करोड 15 लाख 38 हजार अनुमान गरेको छु ।

माथि उल्लेखित श्रोतहरूबाट आर्थिक वर्ष २०80।०८1 को कुल बजेट रु. 98 करोड 6लाख 57 हजार  हुने अनुमान गरेको छु।

2) विनियोजनतर्फः

क)  संघीय सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु. 47 करोड 50 लाख र संघीय सशर्त अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु.6 करोड 9 लाख विनियोजन गरेको छु।

ख)  संघीय विशेष अनुदानबाट संचालित आयोजनाहरुको लागि रु.१ करोड 3५ लाख विनियोजन गरेको छु ।

ग)  संघीय समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. 1 करोड 80 लाख र प्रदेश समपूरकबाट संचालित आयोजनाहरुको लागि रु. 2 करोड विनियोजन गरेको छु ।

घ)  प्रदेश सशर्त अन्तर्गत चालु कार्यक्रम तर्फ रु. ३6 लाख 75 हजार र प्रदेश शसर्त अन्तर्गतकै पुँजीगत कार्यक्रम तर्फ रु.1 करोड 41 लाख 69 हजार विनियोजन गरेको छु।

ङ)   संघीय तथा प्रदेश शसर्त अनुदान साझेदारी कार्यक्रमको लागी रु. 2 करोड 56 लाख विनियोजन गरेको छु।

च)  वडागत पूँजीगत योजनाहरूका लागि रु. 5 करोड 50 लाख ५० हजार र चालुखर्च अन्तर्गत रु. 1 करोड 76 लाख विनियोजन गरेको छु।

छ)   क्रमागत ठूला आयोजनाहरूको लागि जम्मा रु 3 करोड 59 लाख विनियोजन गरेको छु।

ज)   कार्यालयतर्फ प्रशासनिक खर्च रु. १3 करोड 59 लाख 7 हजार, विषयगत कार्यक्रम तर्फ खर्च रु. 2 करोड 55 लाख ५६ हजार र नगरस्तरीय योजना तथा कार्यक्रमको लागी रु. 7 करोड ४8 लाख विनियोजन गरेको छु।

झ) नगरवासीको आर्थिक तथा सामाजिक विकास प्रवर्द्धनको लागी कानून वनाई "नगर प्रमुखसँग नागरिक कार्यक्रम" कार्यान्वयनमा ल्याईनेछ ।कार्यक्रम कार्यान्वयनको लागी रु. 50 लाख विनियोजन गरेको छु ।

विषयगत विनियोजन तर्फ

1) आर्थिक विकासः

कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकतामा राख्दै "मेरो नगर-म बनाउंछु" भन्ने नीतिलाई आत्मसाथ गरिनेछ। अर्गानिक नगर निर्माण अभियानलाई निरन्तरता दिईनेछ। वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा प्रोत्साहन गरिनेछ। युवा लक्षित आर्थिक विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखी रोजगारी सिर्जना गर्ने उद्देश्य लिईएको छ। सहकारी क्षेत्रको प्रवर्द्धन गरिनेछ।

कृषि तथा पशुपन्छी

  • फलफूल प्रशोधन केन्द्र निर्माणका लागि रु. 1 करोड विनियोजन गरेको छु ।
  • सुविधा सम्पन्न कृषि वजार निर्माणका लागि रु. 50 लाख विनियोजन गरेको छु ।
  • कृषि कर्जाको व्याज अनुदानमा रु.20 लाख विनियोजन गरेको छु ।
  • बाली तथा पशु वीमा कार्यक्रम निरन्तरताको लागी रु. 2 लाख विनियोजन गरेको छु।
  • उच्च मुल्य वालि वस्तुको उत्पादनमा आधारीत अनुदानका लागि रु. 5 लाख विनियोजन गरेको छु ।
  • जंगलि जनावरका कारण वाझो रहेको जमिनलाई उपयोगमा ल्याउनका लागी वाझो जमिनमा फलफूल, तरकारी तथा उन्नत जातका घाँस खेती कार्यक्रमका लागी रु. 20 लाख विनियोजन गरेको छु ।
  • तेलहन बाली प्रवर्द्धन कार्यक्रमलाई निरन्तरताको लागी रु. 5 लाख बजेटको व्यवस्था गरेको छु।
  • सामूहिक खेती प्रणाली तथा सामूहिक पकेट कार्यक्रमहरू विकास, विस्तार तथा प्रोत्साहनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • तरकारी उत्पादन प्रोत्साहन कार्यक्रम र मौरी प्रवर्द्धन कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छु।
  • कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई आवश्यक अध्ययन गरी थप व्यवस्थित गरिनेछ।
  • वन्यजन्तु तथा किटनाशक आक्रमणलाई न्यूनीकरण गर्न अध्ययन गरी उपयुक्त विधि अवलम्बन गर्न बाली संरक्षण कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छु।
  • चालु आर्थिक वर्ष 2079।080 मा स्थापना भएका सुन्तला जात फलफुल पकेट कार्यक्रमलाई निरन्तरता दिएको छु।
  • रैथाने वालि प्रर्वद्धनका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
  • उन्नत खाद्यान्न बालीको बीउ उपयोगमा अनुदानको व्यवस्था गरेको छु।
  • कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, औषधी तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • दुधमा आत्मनिर्भर हुनका लागी गाई तथा भैसी प्रवर्द्धन कार्यक्रम र दुध उत्पादन प्रर्वद्धन कार्यक्रम संचालनका लागी रु. 18 लाख 38 हजार रकम विनियोजन गरेको छु ।
  • कृषिसँग सम्वन्धित विषेश वालि उत्पादन र प्रोत्साहनका लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत रु. 3 करोड विनियोजन गरेको छु।

 

सिंचाई

  • खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ साना तथा मझौला सिंचाई आयोजनाहरू तर्फ संघ, प्रदेश र नगरपालिकाको समेत साझेदारी रहने गरी एकमुष्ठ रु. 3 करोड 97 लाख बजेट विनियोजन गरेको छु।

रोजगारी तथा लघु उद्यम

  • वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरुका लागी पून:एकिकरण परियोजनाका लागी रु 48 लाख र वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई लक्षित गरी सुरक्षित आप्रवासन परियोजना अन्तर्गत रोजगार प्रबर्द्धन कार्यक्रम अन्तर्गत रू. 64 लाख विनियोजन गरेको छु।
  • स्थानीय स्रोत साधन परिचालन गरी रोजगारी प्रवर्द्धन गर्ने पवित्र उद्धेश्यले लघु उद्यम विकास कार्यक्रम तर्फ रु. 13 लाख विनियोजन गरेको छु।
  • स्थानीय श्रोत साधनवाट निर्मित फर्निचर लगायतका वस्तुहरुको प्रयोगमा जोड दिईनेछ ।
  • स्थानीय तह भित्रै आवश्यक रोजगारीका अवसरहरु सिर्जना गर्न संभावित क्षेत्रहको पहिचान गरी दक्ष, सिपयुत्त र प्रतिष्पर्धी जनशक्ति तयार गर्ने अभिप्रायले रोजगार रणनीति तर्जुमाको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • उद्योग वाणिज्यसँघको सहकार्यमा उद्यम विकास केन्द्र संचालनमा ल्याईनेछ ।
  • नगरपालिका भित्रका सूचीकृत बेरोजगारहरूलाई रोजगारीको सुनिश्चितता गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि रु. 77 लाख विनियोजन गरेको छु।

सहकारी

  • संघ र प्रदेश सरकार तथा सहकारीहरूसंगको सहकार्यमा सुपथ मूल्य पसल संचालन गर्न र सबै सहकारी संस्थाहरूलाई COPOMIS मा आबद्ध गर्दै नगर सहकारी विकास बोर्ड स्थापनाको लागि पहल गरिने छ ।

पर्यटन पूर्वाधार

  • कालिका भगवति तथा मझुवागढी सौन्दर्यकरणका लागी रु. 1 करोड 53 लाख 84 हजार विनियोजन गरेको छु ।
  • बुईपामा प्रदेश सरकारसंगको सहकार्यमा निर्माण हुने विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिन नगरपालिकाको स्रोतबाट रू. 2 करोड 10 लाख विनियोजन गरेको छु।
  • नेर्पाको साकेला भिलेज पार्क निर्माणलाई निरन्तरता दिन रु. 46 लाख 16 हजार बजेट विनियोजन गरेको छु।
  • नुनथलाको खाम्लामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण कार्यको थालनी गर्न रु. 80 लाख विनियोजन गरेको छु।

2) सामाजिक विकासः

नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा र पोषणमा पहुँच वृद्धि गर्ने लक्ष्य रहेको छ। शिक्षा क्षेत्रमा देखिएका समस्याहरू हल गर्ने तथा समग्र सुधार गर्ने नीति लिईएको छ। नगरवासीलाई स्वच्छ पिउने पानी तथा सरसफाइको सुविधामा पहुँच बृद्धि गर्दै लाने उद्देश्य लिईएको छ। खेलकुदको विकास, युवा परिचालन एवं प्रवर्द्धन गर्दै लगिनेछ। भाषा, संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि खोज, अध्ययन, अनुसन्धानहरू गरिनेछ। लैङ्गिक समानता, सामाजिक समावेशीकरण सुनिश्चित गरी समावेशी विकास गर्ने लक्ष्य लिईएको छ।

शिक्षा,

  • प्रारम्भिक वाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय लेखा कर्मचारीहरुको नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित हुने गरी नगरपालिकाको तर्फवाट रु १ करोड 74 लाख विनियोजन गरेको छु ।
  • विद्यार्थीहरुको प्रोत्साहनको लागी कक्षा ८ र SEE मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्र र छात्रा गरी २ जनालाई पुरष्कृत गर्ने व्यवस्था गरेको छु ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी शैक्षिक गुणस्तर र विद्यार्थी उपस्थिति दर सुधारको लागि सेनेटरी प्याड खरिद र दिवा खाजा कार्यक्रमलाई विस्तार गर्न वजेटको व्यवस्था गरेको छु ।
  • स्थानीय पाठ्यपुस्तक छपाईको लागी आवश्यक वजेटको विनियोजन गरेको छु ।
  • विद्यालय समन्वयकर्ता मार्फत शैक्षिक सुधार तथा सुशासन प्रवर्द्धनको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • उच्च शिक्षा अध्ययन गर्ने दलित, जेहेन्दार तथा गरीव विद्यार्थीहरुका लागी छात्रवृती उपलव्ध गराउन आवश्यक वजेट विनियोजन गरेको छु ।
  • मातृभाषा शिक्षण प्रोत्साहन कार्यक्रमको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • शिक्षा क्षेत्रमा सबैको पहुंच पुर्याई शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा रु. 41 करोड 87 लाख विनियोजन गरेको छु।

 

 

युवा तथा खेलकुद

  • माटिकोरे स्थित दिक्तेल रंगशाला निर्माण कार्यलाई निरन्तरता दिन रु. 1 करोड 49 लाख विनियोजन गरेको छु।
  • विद्यालय तहमा अध्यायनरत विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • मेयर कप फुटवल, भलिवल, नगरभित्रका प्रतिष्ठित खेलकुद प्रतियोगिता संचालन गर्न, ग्रासरुट फुटवल प्रशिक्षण, सितेरियो करांते र व्याडमिण्टन खेलकुदको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

स्वास्थ्य

  • नगरपालिका भित्रका बेसहारा व्यक्तिहरूको पहिचान गरी निःशुल्क वीमा गर्ने कार्य सुरुवात गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने भनी तोकिएका औषधिहरू नगरका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क उपलब्ध गर्न र स्वास्थ्य सेवा सुदृढीकरण गर्न औजार उपकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरुप मासिक रु. 1000 उपलब्ध गर्न बजेटको व्वयस्था गरेको छु।
  • जोखिम गर्भावस्था, प्रसुती, सुत्केरी तथा नवजात शिशुहरूलाई स्वास्थ्य संस्थाहरूबाट रेफर भएमा एकतर्फी यातायात खर्च उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु। गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरण गर्नका लागि आवश्यक व्यवस्था गरेको छु।PNC HOME VISIT कार्यक्रमलाई निरन्तरता दिएको छु।
  • प्रयोगशाला संचालनलाई निरन्तरता र जालपा सामुदायिक अस्पताल व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • १ नं. वडाको दिक्तेलवारीमा स्वास्थ्य संस्था स्थापना गरी आधारभूत स्वास्थ्य सेवा विस्तारको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • रेडक्रससंगको सहकार्यमा रक्तसंचार केन्द्रलाई प्रभावकारी रूपमा संचालनका लागि बजेटको व्यवस्था गरेको छु।
  • कुपोषणको अबस्थामा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई निरन्तरता दिन व्यवस्था मिलाएको छु ।
  • स्वास्थ्य सेवामा सबैको पहुंच पुर्याई स्वास्थ्य सेवाको स्तरोन्नति कार्यको लागि स्वास्थ्य तथा पोषण क्षेत्रमा रु. 7 करोड 98 लाख 60 हजार विनियोजन गरेको छु।

खानेपानी

  • स्वच्छ खानेपानी विस्तार तथा पहुँच वृद्धिका लागि आवश्यक रकम विनियोजन गरेको छु।

महिला,बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण

  • महिला मैत्री पूर्वाधारहरु निर्माण, महिला तथा लक्षित वर्गहरूको आर्थिक, सामाजिक शसक्तिकरणका लागि उपप्रमुख संग महिला उत्थान कार्यक्रमलाई परिस्कृत गर्दै संचालन गर्नका लागि रु. 40 लाख विनियोजन गरेको छु ।
  • शिल्पी समुदाय-फरक क्षमता भएका व्यक्तिहरू-सिमान्तकृत वर्ग आदिको सीप विकास तथा सचेतना लगायत कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • महिला,बालबालिका तथा जेष्ठ नागरिक विकास कार्यक्रमको लागी रु. 32 लाख विनियोजन गरेको छु।
  • विपन्न तथा अभिभावक गुमाएका वालवालिकालाई संरक्षणको कार्यक्रम संचालन गरिनेछ ।
  • नगर तथा मावि स्तरीय बालक्लब गठन गरिने छ।
  • हिंसामा परेका व्यक्तिहरूको उद्दार, संरक्षणको लागि लैंगिक हिंसा निवारण कोषको लागि बजेट व्यवस्था गरेको छु।
  • जेष्ठ नागरीक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न संघीय अनुदान अन्तर्गत आवश्यक बजेट विनियोजन गरेको छु ।
  • आमा समूह तथा कृषक महिलाहरुलाई आवश्यकताको आधारमा सामाग्री वितरणको लागी आवश्यक वजेट विनियोजन गरेको छु ।

भाषा, संस्कार, संस्कृति तथा संरक्षण

  • विभिन्न भाषा, संस्कार, संस्कृतिको खोज तथा अनुसन्धानको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • प्रत्यक्ष चित्रकला निर्माण तथा प्रर्द्धशनी मार्फत धार्मिक, सांस्कृतिक र पर्यटकीय कार्यक्रमको लागी आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • किरांत राईहरुको मौखिक वंशावलि अध्ययनको लागी आवश्यक वजेट विनियोजन गरेको छु।

3) पूर्वाधार विकासः

नगर क्षेत्र भित्रका सडकहरूमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको स्तरोन्नती कार्यलाई  प्राथमिकता दिईनेछ।नगरले आफ्नो लगानीमा निर्माण गर्न नसक्ने खालका ठूला पूर्वाधार आयोजनाहरूको लागि संघ, प्रदेश तथा अन्तर्गतका निकायहरूमा बजेटका लागि पहल गरिनेछ। नगरका स्थानीय गौरवका आयोजनाहरूलाई प्राथमिकता दिईनेछ। विद्युत विस्तार तथा वैकल्पिक उर्जा प्रयोगमा जोड दिईनेछ।

  • विगत र चालु आवमा सुरु भएका आयोजनाहरू आगामी आवमा सम्पन्न गर्न तथा निरन्तरता दिनको लागि आवश्यक रकम विनियोजन गरेको छु।
  • विद्यालय क्षेत्र पूर्वाधार योजनको लागी 80 लाख वजेट विनियोजन गरेको छु ।
  • स्थानीय गौरव वा प्राथमिकता प्राप्त योजनाहरूका लागि हाम्रो पहलमा सम्वन्धित निकायवाट समेत गरी रु. 2 करोड 60 लाख विनियोजन गरेको छु।
  • नगरभित्रका मुख्य कच्चि सडकहरु वाह्रै महिना संचालन हुने गरी स्तरोन्नती गर्नको लागी रोलर खरिदको लागी आवश्यक वजेटको व्यावस्था गरेको छु ।
  • नागरिक श्रमदान अभियानलाई प्रभावकारी कार्यान्वयनको लागी निर्माण सामाग्री खरिद तथा अभियान व्यवस्थापनको लागी आवश्यक वजेटको विनियोजन गरेको छु ।
  • नयाँ योजनाहरूको सम्भाव्यताको आधारमा निर्माण सुरु गर्न संघ तथा प्रदेश सरकारसंगको लागत साझेदारीका लागि आवश्यक विनियोजन गरेको छु।
  • नगरस्तरीय योजनाहरू संचालनका लागि बजेटको व्यवस्था गरेको छु।
  • नगर यातायात गुरु योजना निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु।
  • नगरमा नयाँ निर्माण हुने संरचनाहरूको गुणस्तर कायम गर्नको लागी आवश्यक व्यवस्था गरेको छु।
  • नगरपालिकाको आधुनिक प्रशासकीय भवन निर्माणका लागि संघ तथा प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिने छ।
  • विद्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवनहरु आवश्यकताका आधारमा व्यवस्थापन गर्दै स्तरोन्नतीका लागि पहल गरिने छ ।
  • विद्युत प्राधिकरणको सहकार्यमा दिक्तेल वजारमा सडक वत्ती व्यवस्थापनको लागी "उज्यालो नगर दिक्तेल वजार" अभियानको लागी आवश्यक वजेटको व्यवस्था गरेको छु ।
  • नविकरणीय उर्जा प्रविधिहरू (लघु तथा साना जलविद्युत, सौर्य उर्जा, वायोग्यास, वायोमास उर्जाको उत्पादन र प्रयोग ) मार्फत उर्जा उत्पादन र प्रयोगको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • नागरिक सुरक्षालाई ध्यानमा राखी दिक्तेल वजारमा सी.सी. क्यामरा व्यवस्थापनको लागी वजेटको व्यवस्था गरेको छु ।

4) बन-वाताबरण, विपद व्यवस्थापन तथा सरसफाई र सामाजिक सुरक्षा तथा संरक्षण :

  • फोहरमैलाको व्यवस्थापनका लागि डम्पिङ साईटलाई व्यवस्थित गर्न, डम्पिङ साईट जाने बाटो मर्मत, फोहरमैला निर्मलीकरण लगायतका कार्यका लागि संघीय सरकारको समन्वयमा रु. 55 लाख विनियोजन गरेको छु ।
  • फोहरमैलाको व्यवस्थित विसर्जनका साथै यस नगरलाई अर्गानिक नगर बनाउने उद्देश्य अनुसार निर्मित कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई कानून बनाई निजी क्षेत्र वा सहकारीसंगको सहकार्यमा व्यवस्थित ढंगले संचालन तथा व्यवस्थापन गर्न आवश्यक वजेट व्यवस्था गरेको छु ।
  • मझुवागढीको पहाडलाई फूलै फूलको पहाडको रुपमा विकसित गर्न आवश्यक व्यवस्था गरिनेछ।
  • विपद व्यवस्थापनका लागि विपद व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरेको छु।
  • दिक्तेल वजारमा दमकलको विकल्पको रुपमा प्रयोग हुने फायर हाईड्रेन्ट संचालनका लागी आवश्यक वजेट विनियोजन गरेको छु ।
  • सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक चिन्ह तथा जेव्रा क्रसिङ व्यवस्थापन गर्न वजेटको व्यवस्थापन गरेको छु ।
  • सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो भएको 628 गरीव घर परीवारको घरको छानोमा जस्तापाता लगाउन वजेटको व्यवस्था गरेको छु ।

5) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनः

  • नगरपालिकाको आवधिक योजना र वार्षिक नगर विकास योजना बीच तादात्म्यता कायम गर्न तीन वर्षीय मध्यमकालीन योजनाको रुपमा मध्यमकालीन खर्च संरचना (MTEF) तयार गरी लागू गर्न आवश्यक व्यवस्था मिलाएको छु।
  • नगरपालिकाका विभिन्न शाखाहरूबाट हुने कार्यसम्पादनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सफ्टवेयरहरू जडान तथा संचालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
  • नगर प्रहरीको पदपूर्ती गर्ने व्यवस्थाका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
  • राजश्व सुधारका कार्यक्रम, बेरुजु अद्यावधिक तथा बेरुजु फर्छ्यौट अभियान, न्यायिक समितिको कामकारवाही सुधारका लागि आवश्यक व्यवस्था मिलाएको छु।
  • नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरूबाट हुने सेवा प्रवाह सुधारको लागि आवश्यक बजेट विनियोजन गरेको छु। नगर कार्यपालिकाको कार्यालयमा व्यवस्थित हेल्प डेस्क संचालन र डिजिटल नागरिक बडापत्र जडान लगायतका कार्यहरूको व्यवस्था गरिनेछ।
  • सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, GESI/GRB Audit लगायत सुशासनका औजारहरूको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाएको छु। नगरपालिकाको कार्य सम्पादनसँग सम्बन्धित सूचना संचारलाई व्यवस्थित गर्न सूचना अभिलेख केन्द्रको स्थापना गर्ने व्यवस्था मिलाएको छु ।
  • नगरपालिकाको सेवा प्रवाह सुधार र कर्मचारीको मानसिक तथा शारीरिक स्वस्थताको लागि तनाब व्यवस्थापन, प्राकृतिक योग, सकरात्मक सोच र नैतिक शिक्षासँग सम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकासको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।

 

सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

आगामी आर्थिक वर्षको प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरबासीले सुशासनयुक्त सेवा प्रवाहको अनुभुति गर्नु हुनेछ । नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक, पूर्वाधार, पर्यवरणीय विकासमा उल्लेखनीय प्रगति हुनेछ । स्वच्छ, सफा र हरित नगरको रुपमा अगाडि बढ्ने विश्वास लिएको छु। नगरपालिकाले लिएका सुशासन र विकासात्मक नीतिहरूको कार्यान्वयनबाट समृद्ध, सभ्य र विकसित नगर बन्ने तर्फ अग्रसर हुनेछ ।

बजेट तर्जुमाको क्रममा मार्गदर्शन गर्नु हुने अग्रज नेतृत्व गण, विभिन्न विषय क्षेत्रका विज्ञहरू, नगरप्रमुखज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु। बजेट तर्जुमाको क्रममा प्रत्यक्ष-अप्रत्यक्ष रचनात्मक र सिर्जनात्मक सल्लाह सुझाव दिई सहयोग गर्नुहुने कार्यपालिका सदस्यज्यूहरु, विषयगत समितिका संयोजक ज्यूहरु, नगर सभा सदस्यज्यूहरू, राजनैतिक दलका नेताज्यूहरू, शिक्षक वर्ग, विभिन्न संघ-संस्था, निजी क्षेत्र, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

बजेट तथा कार्यक्रम तयारीमा प्रत्यक्ष संलग्न भई अहोरात्र खटिनु हुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, स्थानीय तहहरूको दोस्रो निर्वाचनबाट गठित सम्मानित नगर सभामा सिमित स्रोत साधन परिचालनबाट सबै विषय क्षेत्रलाई सम्बोधन गर्नु पर्ने चुनौतिका बीच प्रस्तुत भएको यो वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा यहाँहरु सबैको रचनात्मक तथा सिर्जनात्मक सहयोग प्राप्त हुने कुरामा विश्वास लिएको छु ।                                                                       

                                                                     धन्यवाद !

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित