नमस्ते खोटाङ संवाददाता–
फेदी,केपिलासगढी (खोटाङ) जेठ ३२–केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईले भीर मौरीको सिकार गर्न सुरु गरेको १५ वर्ष भयो । ३४ वर्षीय उनले १९ वर्षको उमेरदेखि जोखिम भीरमा चढेर मह शिकार गर्न थालेका हुन् ।
उनीसंगैं ३१ वर्षीय किशोर राई, २७ वर्षीय तिलक राई, २६ वर्षीय भैराज राईले पनि भीर मौरीको सिकार गर्न खप्पिस छन् । उनीहरु प¥याङबाट (डोरीको भ¥याङ) अक्करे भीरमा चढेर जोखिमपूर्ण पेशा सञ्चालन गर्दै आएका छन् । उनीहरुको साथमा सुमाहाङ, धर्मसिं लगायतले सुतारेको रुपमा र किरण राई लगायत अन्य सहयोगीहरुले पनि साथ दिएका छन् । पछिल्लो समय भीर मौरी सिकार निक्कै नै शाहसिक र मनोरन्जनको विषय बनेकाले युवा पङ्क्ति आकर्षित छन् ।
चोयाको डोरीबाट बनेको प¥याङ, सुता, छपिनी, डालो, दाबिलो, तसुरो, गादा (सेफ्टी) लगायतका सामाग्रीको सहयोगमा मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलोले मह सिकार गरिन्छ । मह निकाल्नेलाई प¥याङे भनिन्छ भने सुताको माध्यमबाट प¥याङे, दाबिलो, जोतारो, डालो जस्ता सामग्रीहरु मह निकाल्ने प¥याङेसम्म पु¥याउँदै अपरेटरको काम गर्नेलाई सुतारे भनिन्छ । प¥याङेले भीरबाट निकालेको मह छान्ने र भाँडामा खन्याउँन लगायतका अन्य धुँवा लगाउँनेलाई सहयोगी भनिन्छ ।
फेदीका विभिन्न भीरहरुमा भीर मौरी बस्छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित भीर झर्ना, तेराहास्थित तेराभीर लगायतमा भीर मौरी पाइन्छ । भीर माहुरीले जडिबुटीजन्य फूलहरुबाट मह बनाउँने भएकाले औषधीय गुण भएकाले मुल्य पनि राम्रै पाउँने गरेको छ । यसको मुल्य प्रतिकेजी दुई हजार रुपैयाँ पर्छ ।
यो गाउँमा पुस्तौदेखि भीर माहुरीको सिकार गरिदै आएको स्थानीय हस्तराम राई बताउँछन् । २०३५ सालदेखि आफू लगायतले भीर मौरी सिकार गर्दै आएको र पछिल्लो अवधिमा युवा पुस्ता यसमा आकर्षित भएको उनी बताउँछन् । अहिले तिनै युवाहरु पेशेवर बन्दा आफूलाई खुसी लागेको राईको भनाई छ । यी युवाहरु गाउँ बाहेक अन्य ठाउँहरुमा पनि भीर मौरीको शिकार गर्न जाने गरेका छन् । केपिलासगढी गाउँपालिकाकै वडा नं ७ सुङ्देल, भोजपुरका विभिन्न ठाउँहरुमा भीर मौरीको शिकार गर्न जाने गरेको किशोर राईले बताए ।
भीर मौरी सिकार गर्ने भनेको सुनेरै काठमाडौंबाट गाउँ आएको फेदी सुक्रबारेका राजन राईले बताए । उनी मात्र होइन जिल्लाका विभिन्न ठाउँकाहरु भीर मौरीकोे सिकार हेर्न आउँने गरेका छन् । भीर मौरीको बासस्थान भएकैले यो क्षेत्र पर्यावरणका हिसावले पनि उपर्युक्त छ भन्ने प्रमाणित भएकाले स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकारले पर्यटन प्रबद्र्धनमा जोड दिनु पर्ने स्थानीय लक्ष्मण राईले बताए । ‘गााँमा शाहसिक र भरपूर मनोरन्जन गर्न पाइने भीर मौरी सिकार गर्न पाइन्छ ।’ उनले भने–‘यो भर्जिन गाउँमा भीर मौरी सिकार गर्न चाहनेहरुका लागि तीनै तहका सरकारले विशेष योजना बनाएर पर्यटन प्रबद्र्धन गर्नु पर्छ ।’
बगाले सामुदायिक वनको ओख्रेभीर, चिलिम लाहुरे सामुदायिक वनको थाकुभीर, जलजलेभीर, छिमालुङ सामुदायिक वनको सब्दभीर, खर्सुडाडाँभीर लगायतका भीरहरुमा भने यो वर्ष भीर मौरी नबसेको स्थानीय तीर्थमणि राईले बताए । जलवायु परिवर्तन तथा कागज उद्योगमा प्रयोग गरिने रसायनिक पदार्थका कारण नष्ट भएकाले उक्त भीरहरुमा माहुरी नआएको उनको भनाई छ । उक्त ठाउँको बगाले सामुदायिक वनले कागज उद्योग सञ्चालन गरेपछि माहुरी नष्ट भएको स्थानीयको भनाई छ । उधौलीको बेला कात्तिक–मङ्सिर उभौलीको बेला जेठ–असार गरी दुई चोटी भीर मौरीको सिकार गरिन्छ ।
भीर माहुरी शिकारलाई पर्यटनसंग जोड्ने योजना बनाइने उक्त वडाका वडाअध्यक्ष निरकुमार राईले बताए । यो माहुरीले जडिबुटीजन्य फूलका रसबाट मह बनाउँने भएकाले महको माग धान्न नसकेको वडाअध्यक्ष राईको भनाई छ । ‘हामीले भीर मौरी संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गर्ने योजना बनाउँदै छौं ।’–राईले भने–‘महको माग पनि प्रसस्त भएकाले यसैबाट मनग्गे आम्दानी गर्ने योजना बनाउँछौं ।’
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित