यसरी सम्पन्न भयो मुन्दुुम ट्रेलको यात्रा (यात्रा संस्मरण : फोटो सहित)

  • प्रकाशित मितिः आश्विन २१, २०७९
  • 632 पटक पढिएको
  • संवादताता

हरि निम्रास कुलुङ (महाकुलुङ), प्रदीप नाछिरिङ (सोताङ)–
पहिलो दिन  :
२०७९ असोज ७ गते शुक्रबार बिहान ६ः०० बजे हरि निम्रास कुलुङ महाकुलुङ गाउँपालिकाको केन्द्र बुङ्बाट हिड्नु भयो । म भने करिब ६ः३० बजे सोताङ ४ नाम्लुङ (आफ्नै निवास बाट यात्रा सुरु गरे । हामीले गुदेलको Sunrise Hotel मा भेट्ने अनि त्यही खाना खाने निधो ग¥यौ । सोही अनुसार हरि सर अलिकति चाडो आइपुग्नु भएछ उहाले खाना अडर गर्नु भयो । म चाचालुङ हुँदै जादा बाटो लामो भएकोले अलिकति ढिलो पुगे । पुग्नसाथ हामीले अङ्कमाल गर्यौ (दुई जना)। म पुग्दा खाना पाकिसकेको रहेछ हतार हतार हात धोएर खाना अप्लोड गर्न थाल्यौ । खानापछि हामी अलिकति पनि विश्राम नगरी खानाको पैसा तिरेर हाम्रो गन्तव्यतर्फ लम्किन थाल्यौ । गुदेलदेखि कुलुपोङ्खोडाडाँसम्म हामी अलिअलि तेर्छो हुदै उकालो चड्नु पर्छ । हामीले पनि त्यही बाटो पछ्याउँदै जिस्किदै, हासखेल गर्दै, सानो उफरमा गीत सुन्दै, फोटो खिच्दै, बालापनका कुरा गर्दै हिंड्दै जादा कति खेर निम्चोला हुँदै तिउ पुगेछौ पत्तै भएन । त्यहाँ पुग्दा हरि निम्रासलाई एउटा लठ्ठीको आवश्यकता प¥यो ।

2

मैले सानो खुकुरी बोकेको थिए निकालेर लठ्ठी काट्न थाल्यो सायद सानो भएर होला अलिक समय लाग्यो हरिले भन्नू भयो (आम बेथोआन खिलङा धेतनो रैछ) नलाग्ने खुकुरी रहेछ । मैले भने (अपि एस्ना देत्खोङसे खोङ्चु) लाग्छ–लाग्छ । ठट्टा गर्दा–गर्दै लठ्ठी तयार भयो हामी फेरि हिड्न थाल्यौ । अलिक पर पुगेपछि एकजना सामान ओसार–पसार गर्ने दाइ भेट्यौ र बोलाउँदा उहाँको घर बुङ रहेछ सामान चाहिँ बुङमा आफैले किनेर बोकेर सानाम, तिउ, निम्चोला, वाख्खा, कुलुङ्पोङ्खो, गुरासे र जौबारीसम्म अडर अनुसार लगेर बेच्ने रहेछ,त्यो देखेर मलाई पनि पुरानो दिनहरु याद आयो जतिखेर मैले पनि हिले, लेगुवा, तुम्लिङटार, चेवाबेसी र फेदीबाट साहुको भारी बोक्दै आफ्नो पढाइ खर्च जुटाएको थिए । हामी गफिदै अलिक पर खोल्सासम्म सङगै गयौ । तर मलाई कताकता भोक लागिरहेको थियो । खोल्सादेखी सानामसम्म उकालो चड्नु पर्छ जब उकालो सुरु भयो भोकले मैले चड्न सकिन । झोलामा मेरी आमाले मकै, भट्मास र गहुँको मिसाएर खाजा र एक जम्बु ड्युको बोतल भरी महि प्याक गरेर राखिदिनु भएको निकालेर खाना थाल्यौ कुलुङगे दाइलाई पनि खाउ भन्यौ तर मलाई भोग छैन भन्नू भयो र उहाँ आफ्नो बाटो तताउन थाल्नु भयो । हामीले पनि अलिकति भोक मेटेपछि फेरि हिड्न थाल्यौ केही समय हिडेपछि सानाम पुग्यौ र त्यहा शेर्पा बस्ती छन ५–६ घर जति तर घरमा कोही बस्दैनन रहेछ सबै काठमाडौंमा बस्नु हुदोरहेछ । छेउको घरमा चाहिँ एकजना दिदी बस्नु हुदोरहेछ । त्यो देखेपछि केही तातो शुपहरु खाएर जाउ है भनेर सल्लाह गरियो र भित्र पस्यो अघिको कुलुङगे दाइ पनि त्यही चिया पिदै गर्नु भएको रहेछ । हामीले चाउचाउको तातो शुप पकाई दिनु भयो । खादा–खादै सिमसिम पानी पर्न थाल्यो । खान पनि सक्यो र मिठो टिम्मुर पनि रहेछ । मानाको ४०० ले भन्नु भयो । हामीले दुबै जनाको बीचमा एक माना किन्यौ र त्यहाँबाट फेरि बाटो तताउँन थाल्यौ ।

5

त्यतिबेला करिब अपरान्हको चार बजिसकेको थियो । हामी आफ्नै गफमा भुलिदै वाख्खा हुँदै चिप्लेटी ढुङगा हुँदै उकालो चडदा–चड्दै बेलुकीको ६ः३० भैसकेछ । हामी पनि आ–आफूसंग भएको मोबाइलको बत्ती बालेर हिड्यौ । गफ त दुबैजनाको उत्तिकै टुटेकै छैन । हामी कुलुपोङखो पुग्यौ । त्यहाँ पुग्दा बेलुकीको ७ः३६ भैसकेको थियो । त्यहाँका घरबेटीहरु खाना खाएर पाहुनालाई सुताएर बुढाबुढी रक्सी पिउदै रहेछन् । साहुजी–साहुनी चाहिँ भोजपुर जौबारीको हुनु हुदो रहेछ । हामी पुग्नासाथ तातोपानी दिनुभयो र घरबेटी आमाले हाम्रो लागि भात पकाउनु थाल्नु भयो । भात तरकारी पाक्दासम्म घरबेटी अङ्कलसंग शेर्पा संस्कार, सस्कृतिको बारेमा कुरा गर्दा–गर्दै सबै खानेकुरा कुरा तयार भैसकेछ । हामी पनि खान थाल्यौ । खान सकेपछि अलिकति चिसो ठाउँ भएकोले होला कता–कता सिरकभित्र पसु–पसु लाग्यौ । हामी सुत्ने ठाउँ सोध्यौ त्यहाँ पाहुना टन्न रहेछ सालपाको दर्शनको लागि खोटाङको लाहुरे बुढाबुढी पनि रहेछन् । हामी भने अर्को घरमा सुत्न जानू पर्ने रहेछ । एकैछिन समय लाग्यो अर्को घरको घरबेटी चाहिँ सोलुखुम्बु तिउको रहेछ । उहाँको घरमा गएर तातो सिरकभित्र घ्वार्लम्म दुबैजना एउटै खाटमा सुत्यौ ।

3 1
दोस्रो दिन :
हामी चार बजे नै उठ्यौ बाहिर हुस्सु लागिरहेको थियो । कपडा चेन्ज गर्यौ दुबैजनाले (न्यानो–न्यानो कपडा लगायौ । त्यहाँबाट सालपा र सिलिछो दर्शनको लागि हाम्रो दुबै पाइलाहरु लम्किन थाल्यौ । ३० मिनेटको हिडाइपछि हामी पवित्र धार्मिक स्थल सालपा पोखरी पुग्यौ र एक फन्को घुम्यौ । हामीले घरबाट लिएर आएका अछेत्ता, भेटी चडायौ । मन–मनै हरेक मनमा लागेको कुराहरुको प्राथना गर्यौ । त्यसपछि टिका पनि लगायौ । मैले हरि निम्रास सरलाई अनि उहाँले मलाई र त्यहाँबाट एउटा बट्टामा पानी बोकेर उकालो चड्न थाल्यौ (सिलिछो) त्यतिबेला ५ः०० बजिसकेको थियो । उज्यालो हुँदै थियो चराहरुको चिरबिर आवाजले हाम्रो मन निकै प्रफुल्ल भयो । हामीले फोटो खिच्यौ र भिडियो पनि खिच्यौ । हामी हर्ष उल्लासको साथ उकालो चड्दै जादा मौसम उतिकै हाम्रो खुसीमा खुसी मिलाउँन आइपुग्यो । हामी सिलिछोडाडाँ पुग्यौं दर्शन ग¥यौ । करिब ३० मिनेटपछि हाम्रो फेरि अघिकै बाटो सुरु भयो ।

6

हामी करिब एक बजे कुलुपोङ्खोडाडाँ आइपुग्यौ । हाम्रो लागि खाना पाकिसकेको रहेछ । हतार–हतार खाना खाया । त्यहाँका घरबेटी पनि सबैजना जौबारी घर जानुहुने रहेछ । सबैजना हतारमै थियौ । हामी पनि हामीले तिर्नु पर्ने रकम तिरेर हाम्रो मैयुमको यात्रा सुरु गर्यौ । बाटो निकै राम्रो थियो । ढुङ्गाको कति राम्रो सिढी । हामीले सामाजिक संजालमा मात्र देखेको त्यो ठाउँ त्यो बाटो स्वयम आफै पुग्दा त म कुनै नौलो संसार टेकेको छु । म एउटा छुट्टै स्वार्गमा आइपुगेको आभास भयो । बाटोमा मैले गत मङ्सिरमा लिएको मुन्दुम ट्रेलका अभियान्ता रमेश राईसंगको अन्तर्वार्ता सुन्दै हाम्रो यात्रा त्यसरी नै हुँदै गयो । दुबै जना गफ उत्तिकै मिल्ने ख्यालठट्टा गर्दै मुन्धुमको बाटो हिड्दा कति मज्जा तर अलिक पर पुगेपछि त्यो बाटो अराजक व्यक्ति वा समूहबाट भत्काइएको रहेछ । त्यो देखेर हामीलाई मन दुख्यो आखिर नाम जे सुकै राखे पनि यहाँबाट प्राप्त सेवा सुबिधा र यहाँको स्रोत र साधन त सबैले उपभोग गर्न पाइरहेका नै छौ किन ? भन्न मन लाग्यो तर कसलाई भन्नु र कसले बिगारेको हो ? बिग्रेका ती बाटोहरु बनाउदै गयौ सकेको जति । सालपा, सिलिछोबाट निकास भन्ने ठाउँसम्म मात्र मुन्दुमको बाटो बनेको रहेछ ।

7

हामी करिब चार बजे त्यहाँ पुग्यौ । त्यहाँ थुप्रै भेडीगोठ, चौरीगोठहरु रहेछन् । कतै भेडाहरु कराइरहदा हामीलाई लाग्यो साँच्चीकै हामी लेकमै रहेछौ पबित्र ठाउँमै रहेछौ । सिमसिम पानी पर्न थालेको थियो । त्यहाँबाट अलिकमाथि जाँदै गर्दा सानो बाटो भएर थोरै अलमलियौ । तर बाटो पहिल्याउँदै र हिड्दै जादा अलिकतिमाथि दुई ओटा गोठ रहेछ । त्यहाँ बास बस्न खोज्यौ तर अरु नै बसेको रहेछन् । अटिदैन भन्नुभयो र अर्को सानो गोठ रहेछ । हामीलाई नै अप्ठ्यारो लाग्यो र सोध्यो लाहुरे थाम पुग्न कति लाग्छ ? त्यो दाइले भन्नू भयो–‘एक घन्टा लाग्छ ।’ हामीले निर्णय गर्यौ हामी त्यही जाउ । मैले भने धन्यवाद दाइ । त्यहाँबाट हाम्रो यात्रा सुरु भयो । रात परिसकेको थियो तर हामी थकित भएको महसुस नै गरेनौ । हाम्रो यात्रा निरन्तर चलिरहयो । माथि पुगेपछि हामीले एउटा जिर्ण माने भेट्यौ । हामी अलमलिन थाल्यौ । मैले रमेश राई सरलाई फोन गरे । उहाँको निर्देशन अनुसार हामी हिड्न थाल्यौ । त्यतिबेला बत्ती बाल्ने बेला भैसकेको थियो तर हामीले बालेनौ सानो बाटो भएकोले हराउछौ भनेर । हिड्दै जादा दुई ओटा स–सानो बाटो ढुंगै ढुङ्गा र सबैतिर पानी पनि बगिरहेको भेट्यौ । हामी मज्जाले अलमलियौ । त्यसपछि सल्लाह गर्यौ एक जना यता, अर्को जना माथि जाउ भनेर । न मैले भेटे न हरि निम्रास सरले नै । त्यतिखेर बेलुकीको सात बजिसकेको थियो । पुरै हुस्सु लागेको थियो । पानीले बाटो देखिएन भने हुस्सुले त झन समस्या बनायो ।

4

यता र उता गर्यौ करायौ चिच्यायौ तर कसैले सुनेनन् । बाटो खोज्दा खोज्दै हामी एउटा डाडाँमा निस्केछौ त्यहाँ नेटवर्क टिप्ने रहेछ । हामीले फेरि रमेश सरलाई फोन गर्यौ । फेरि उहाँले बाटोको बारेमा सबै बताउँनु भयो । त्यसपछि फेरि हामी सोही अनुसार अलिकति उरालो झर्यौ । अलि पर पुगेर उकालो चड्यौ । अलिक माथि पुगेपछि उतापट्टी हेर्दा एउटा गोठजस्तो देखियो । मनमा भएको पिर अलिकति भए पनि हलुका हुन थाल्यो । त्यहाँ पुग्दा तीन वटा गोठ रहेछ । तर सबै चौरी गाउँ लगि सकेको रहेछ । धन्न हामीले खुकुरी र लाइटर चाहिँ बोकेका थियौ । हामीले त्यही तीन गोठमध्ये एउटामा गएर आगो बाल्न थाल्यौ । हामीले बोकेका खाजा चाउचाउ, चिउरा र बाँकी रहेको महि खान थाल्यौ । अब सुत्ने बेला भयो तर हामीले ओढ्ने कपडा केही बोकेनौ पिर पर्न थाल्यौ । सल्लाह गर्यौ अब ठूलो आगो बालौ र त्यसको ताप, रापमा सुतौ । ठूलो आगो बालेर हामीसंग भएका कपडा,जुत्ता लगाएर सुत्यौं । त्यो गोठ नै हाम्रो लागि छानो बन्यो । उज्यालो हुने बेला निकै हावा चल्यौ । निकै चिसो भयो । फेरि उठेर आगो बाल्यौ र फेरि सुत्यौ ।

8
तेस्रो दिन :
बेलुकी जाडो भएर सुत्न नसकेको हामी उज्यालो हुने बेला थोरै निदाएछौ तर हरि निम्रास पाँच बजे नै उठ्नु भएछ । बाहिर हेर्दा अलिकति मौसम खुलेछ । बाहिर निस्केको निम्रास सरले त्यही छेउमै कुकुर भुकेको सुन्नु भएछ । डिलमा निस्केर हेर्दा त्यही गहिरोमा एउटा मान्छे भएको गाइ गोठ रहेछ । त्यो देखेर हर्षित भएका निम्रास सरले छिटो–छिटो हामी सुतेको गोठ आएर मलाई सुनाउनु भयो । हिजो छरपस्ट रहेको हाम्रो सामान झोलामा राख्न थाल्यौ । आगो निभायौ । त्यहाँबाट हामी त्यही मान्छे भएको गोठमा पुग्यो । हामीले कठङ्ग्रीदै कटाएको गोठदेखि ३ मिनेट मात्र रहेछ त्यहाँ पुग्न । त्यहाँ पुग्दा गोठालो दाइ र दिदी दुबै जना रहेछ । हामी पनि दुबैजना गोठभित्र पस्यो । बोल्यौ र हिजोको हाम्रो बेजोक पनि सुनायौ । गोठालो दाइ शेर्पाजस्तो देखिए पनि साम्पाङ राई रहेछन् । हामीले कुरा गर्दै जादा म कुलुङ राई अनि म नाछिरिङ्ग राई बेलुकी खाजा मात्र खाएर सुतेको हामी केही तातो खान मन लाग्यो । खासै त्यस्तो केही थिएन आलु पकाउन लगायौ र दूध मागेर खायौ । अचम्मको कुरा त के थियो भने एउटा सुङ्गुर पनि रहेछ ।

10

त्यो गाइको बाछाबाछीसंग चरणमा जाने आउँने बाछाबाछीको बीचमा सुत्ने रहेछ । त्यो सुनाउदा अचम्म लाग्यो । त्यसपछि हामीले खाएको खाजाको पैसा तिरेर हामी फेरि मैयुमको हाम्रो यात्रा सुरु ग¥यो । अलिकति माथि पुगेसी एउटा खोटाङ र अर्को मैयुम (भोजपुर) जाने बाटो रहेछ । खोटाङ जाने बाटो चौर जस्तो रहेछ । हामी त्यहाँ पनि पुग्यौ । त्यहाँबाट विभिन्न ठाउँका हिमालहरु, भेडीगोठहरु, तालहरु भोजपुरको बस्ती, दिङ्ला बजार लगायतका अन्य मनोरम दृश्य हेर्यौ । त्यसपछि फेरि हाम्रो मुन्दुमको बाटो लाग्यौ । लाहुरेथामबाट निकै उरालो झर्नु पर्ने रहेछ । आधा बाटो पुगेर फेरि रमेश सरलाई फोन ग¥यौ । उहाँले सही बाटो नै हिड्दै हुनुहुन्छ भन्नु भयो । हामी त्यही बाटो नछाडी गयौ । उरालो झर्दै गर्दा तीन ठाउँ लठ्ठी नै लठ्ठी गाडेको ठाउँ पनि भेट्टायौ । हामीलाई खुल्दुली लाग्यो, त्यसको पनि फोटो खिच्यौ । त्यसपछि फेरि त्यही बाटो पछ्याउँदै हिड्यौ । उरालो झरेर ३० मिनेट तेर्सो हिडेपछि तीन वटा गोठ भेटियो । एउटामा चाहिँ गोठ सारीसकेको रहेछ । बीचको एउटा गोठमा पुगेर खाना खाने निर्णय गरिया । तामाङनी बज्यु हुनुहुदो रहेछ ।

9

उहाँको उमेर ८१ वर्ष रहेछ । हामीलाई मकैको चेक्ला र दाल पकाइ दिनु भयो । त्यही खायौ निकै मीठो गफ गरियो । तीन जनाले खाना खादा खादै झरि पर्न थाल्यो । खानाको पैसा दिएर त्यस्तै झरिमा हिड्न थाल्यौ । अलि पर पुगेपछि झरि रोकियो । जादा जाँदै दुई–तीन वटा अरु गोठ पनि भेटियो तर कोहि थिएनन् । गोठ सारिसकेको रहेछ । हामी निकै मार्मिक गफ हाक्दै हाम्रो पाइला कतै नरोकी लम्किरहेको थियो । अलिकति उकालो चडेपछि एउटा गोठ पनि रहेछ । त्यहाँनेर दुई वटा गोरेटो बाटो रहेछ । हामी त्यहाँ पनि अलमिलियौ । पानी झरर पर्न थाल्यो चिसो पनि उत्तिकै । फेरि आगो बालेर ताप्यौ । त्यसपछि फेरि अन्तिम पटक रमेश सरलाई फोन गर्यौ । सरले त्यहाँबाट थोरै ओरालो झर्नु अनि मुन्दुम ट्रेलको बाटो भेटिन्छ भन्नु भयो । त्यसै अनुसार हामी अलिकति मात्र तल झर्दा मुन्दुमको बाटो भेटियो । हामी छुट्टै खुसी भयौ । त्यहाँबाट अलिकति ओरालो झरेपछि बलौटे भञ्ज्याङ् भेटियो । त्यहाँ गोठ पनि रहेछ । बोर्ड, पधेरो रहेछ । त्यही पधेरोमा पानी खायौ । त्यहाँबाट हामी ढुक्कले गीत गाउँदै ख्याल ठट्टा गर्दै फेरि उकालो चड्यौ । आधी बाटो पुगेपछि बाटोमा बुबाछोरी मैयुमबाट आउदै रहेछन । हामीले पनि बोलायौ र सोध्यौ कति लाग्छ मैयुम पुग्न? उहाँले भन्नू भयो अब ४० मिनेट लाग्छ । हामीले धन्यवाद दाइ भन्यौ ! त्यहाँबाट ५–६ मिनेट हिडेपछि एउटा चौतारी र अलिकति पर गोठ भेट्यो । चौतारी राई र शेर्पाको भाषामा बनाइएको रहेछ ।

11

त्यहाँ पुगेर दुर्गा राईलाई फोन गर्यौ । हामीले हाम्रो यात्राको नालीबेली सुनायौ । उहाँले भन्नु भयो–‘अझै ३५ मिनेट लाग्छ है ।’ हामी सोही अनुसार हिड्दै गयौ । बाटोभरि फोटो खिच्दै भिडियो बनाउदै आधी बाटोमा एउटा कुवा रहेछ । संस्थाले बनाएको कुवामा स्टिलको ग्लास पनि रहेछ । हामी दुबैजनाले पानी उघाएर पियौ । त्यहाँबाट हिड्दै जादा हामी करिब पुग्न लागेको रहेछ । आधी बाटोमा दुर्गाबहादुर राई घोडा चडेर हामीलाई लिन आउनु भयो । हामी पनि चिनजान गर्यौ । उहाँले घोडा तान्दै ल्याउनु भयो तीन जना फेरि गफ गर्दै उहाँको घर आइपुगियो । घरमा घरबेटी आमा एकजना भाइ र एकजना पाहुना (आन्तरिक पर्यटक) हामी जस्तै रहेछ । हामी आइपुग्ने बित्तिकै कपडा चेन्ज गर्न थाल्यौ र अगेनोतिर दुबैजना पस्यो । सबैजनाको बोलीचाली निकै राम्रो थियो । हामी पुग्नासाथ कुखुरा काट्न थाले एउटा भाइले र घरबेटी आमा र भाइ चाहिँ खाना तर्फ । हामीले भने हाम्रो कठिन यात्राहरुको नालीबेली सुनाउन थालियो । हामीले भत्किएको र बनाउदै आएको बाटोहरुको भिडियो पनि बनाएका थियौ दुर्गाले माग्नु भयो र सारी दियौ । त्यसो गर्दा गर्दै सायद थाकेको र हिजोको अनिधोले गर्दा होला कता कता निन्द्रा पनि लाग्न थाल्यो । त्यो दिन खासै राम्रो गफगाफ हुन सकेन । खाना पाक्ने बित्तिकै हामीलाई दिनु भयो र खाएर हामी ओछ्यान तर्फ लागियो र चाडै निदायौं ।

12
(यो यात्रा संस्मरण र तस्बिरहरु सालपा एफएमका पत्रकार प्रदीप नाछिरिङको फेसबुकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित