अनिशा रम्तेल–
म यो पूरा खगोलको आधा मान्छे ।
म तिमी र ऊ नभइ बा“च्न पर्ने मान्छे ।
म आ“खा र दिमाग एउटै चस्माले हेर्नुपर्ने मान्छे ।
म समाज र विज्ञानको तराजुमा जोखिनु पर्ने मान्छे ।
म मेरो छातीमा एकजोर कमजोर सोचको भारी बोकेर,
तिम्रो आ“खाको लामो यात्रा गरिरहेछु ।
यो चस्मावाल यात्रामा–
म तिमीले गरेका असंख्य दृश्यहरुको
बलात् हस्ताक्षेप भोग्न सक्छु
नभेटिन सक्छ तिमीले खोजेका बस्त्रहरु मेरा अंगमा
नभेटिन सक्छ तिमीले खोजेका अंगहरु मेरो शरीरमा
नभेटिन सक्छ तिमीले खोजेका भविष्यहरु मेरो मस्तिष्कमा
र नभेटिन सक्छ तिम्रा अपेक्षाहरु मेरा कल्पनामा
त्यसैले–
म पोत्न सक्छु जु“गाको रेखीमुनि लाली
माग्न सक्छु तिम्रो स्वरमा मेरो अधिकार
खोस्न सक्छु तिम्रा आवाजहरुको प्रयोग गरेर मेरो स्वर
लगाउ“न सक्छु पृथक गोप्य बस्त्र
व्यक्त गर्न सक्छु बेमेल इच्छाका अमिट वाणी
तिमी मलाई गर्न सक्छौ इसारा–बेमेल इच्छाको
राख्न सक्छौ प्रस्ताव–एकान्तको
हुन सक्छ अपेक्षा–देखिनुको
तिम्रा मनले मलाई चिन्ता गर्छन तर
चिन्तन गर्न सक्दैनन ।
र तिम्रा आ“खाले मलाई हेर्छन तर
देख्न सक्दैनन ।
म देखिन्छु अर्को
महसुस गर्न सक्छु अर्को
म देखिनु र हुनुको दूरीमा महाकाव्य भेट्न सकिन्छ ।
तिम्रो र मेरो दूरी गणीतको आंकलन भन्दा टाढा छ ।
म विज्ञानसंग अंकमाल गर्छु तर समाजले
मलाई बलात्कार गर्छ ।
म असमाजिक हुन सकेर
सामाजिक नभइसकेको
यो समाजको तेस्रो मान्छे अर्थात/तेश्रो लिङ्गी
या भनौं–
म यो खगोलको पुरष नभएको र
महिला बन्न छुटेको–
म आधा मान्छे ।।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–अरिङ्गा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८ –जिल्ला प... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित