दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम

  • प्रकाशित मितिः असार १०, २०७९
  • 889 पटक पढिएको
  • संवादताता

२०७९/८० को वार्षिक नीति तथा कार्यक्रम :

यस सम्मानित नगर सभामा उपस्थित आदरणीय नगर उपप्रमुखज्यू,

सम्मानित नगरसभाका सदस्यज्यूहरु,

राष्ट्र सेवक कर्मचारीज्यूहरू,

आमन्त्रित पत्रकारज्यूहरू,

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसाथ गर्दै मानव अधिकारको रक्षा र सुशासन कायम गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लिएको "शासक होईन सेवक बनौं, स्वाबलम्बी पारदर्शी भई समृद्ध बनौं" भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उच्च मनोबलका साथ आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम जनप्रतिनिधिको हैसियतले नगरको सेवक भएर यस सम्मानित नगर सभामा प्रस्तुत गर्ने सु-अवसर पाउँदा मैले आफुलाई गौरवान्वित भएको महशुस गरेको छु। यस महत्वपूर्ण क्षणमा राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डता, जातीय विभेदको अन्त्य तथा वर्गीय उत्थानका निमित्त निरन्तर संघर्ष गर्दै स्वावलम्वी नागरिक बन्ने-बनाउने उच्च मनोकांक्षा लिएर लोकतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने तमाम ज्ञात-अज्ञात अमर शहीदहरु प्रति शिर निहुर्‍याएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँहरुले समाज रुपान्तरणका निमित्त सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पुर्‍याउनु भएको महत्वपूर्ण योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै स्मरण गर्न चाहन्छु। त्यसै गरी, मुलुकको राजनीतिक परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व गण प्रति उच्च सम्मान प्रकट गर्दछु। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनार्थ भएका विभिन्न आन्दोलनहरुमा घाईते, अपाङ्ग र वेपत्ता हुने तथा उहाँहरुको परिवारजनले अविराम गर्नु भएको योगदानको उच्च सम्मान व्यक्त गर्न चाहन्छु।

संघीय गणतान्त्रिक नेपालको पुनःसंरचना पश्चात दोस्रो पटक मिति 2079 वैशाख 30 गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा हामी जनप्रतिनिधिलाई आफ्नो अमूल्य मत दिई निर्वाचित गराउनुहुने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

सम्मानित नगरसभाका सदस्यज्यूहरु ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आफ्नै पहिचान, अस्तित्व र विशिष्टता रही आएको छ। "नगर हाम्रो प्राण-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-विकासमा छ ध्यान" भन्ने हाम्रो संकल्प रहेकोले नगरभित्रको प्राकृतिक श्रोत र साधनको वृहत्तर सदुपयोग गरी यहाँका बौद्धिक, सामाजिक, साँस्कृतिक, साहित्यीक एवं उद्यमशील जनशक्तिलाई सम्मानित ढंगबाट स्वत:स्फुर्त रुपमा यो नगरको समृद्धिमा सहभागी गराउन सकियो भने मात्रै समाजवादङा छुमा तेम्माखारुतिम मुमा तेम्मासुङ, चारिकू हमा होसुङरिलुङ दिम पोर्मैमा (समाजवादउन्मुख नगरपालिका निर्माणका आधार, पर्यावरण तथा संस्कृतिमैत्री विकास) भन्ने हाम्रो उद्देश्य; स्वच्छ, हराभरा र गतिशील नगर बनाउने हाम्रो महान उद्देश्य स्वत: पूरा हुनेमा म विश्वस्त छु। विगत 5 वर्षमा स्थानीय सरकारले गरेका सकारात्मक कामको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु।तर, देखिएका कतिपय विकृति, विसंगति र असहिष्णु व्यवहारलाई निर्मुल गर्दै "मेरो नगर-म बनाउँछु", "अहिले नबनाए कहिले बनाउने ? मैले नबनाए कस्ले बनाउने ?" भन्ने भावना जागृत गराउने प्रति हाम्रो मुख्य ध्येय रहने छ ।

नगर विकासका सम्भावनाहरुलाई सूक्ष्म ढंगबाट पहिचान गर्न विभिन्न राजनीतिक दल, जनप्रतिनिधिहरु, प्राज्ञ, राष्ट्रसेवक कर्मचारी, प्रथम नागरिक गुरुवर्ग, नागरिक समाज, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नीजि क्षेत्रका व्यापार व्यवसायी, महिला उद्यमी, कृषक, विभिन्न सामाजिक संघ/संस्था तथा मातृशक्तिको रुपमा सम्मानित आमा समूह र राज्यको चौथो अंगको रुपमा परिभाषित आदरणीय संचारकर्मीसँगको संवाद, छलफल र सहकार्यबाट "समान व्यवहार-उत्कृष्ट नगर, जुटेर बन्छ-उज्यालो सहर" भन्ने भाव जगाएर मात्रै नगरको विकास सम्भव छ भन्नेमा हामी दृढ विश्वस्त छौं । अझ भन्ने हो भने हाल नगरपालिका र जिल्लाको पेरीफेरी भन्दा देश भित्र र बाहिर अत्यन्तै ठुलो, दक्ष र अनुभवी जनशक्ती रहेको हामीलाई थाहा छ। विभिन्न प्रयोजनले देश बाहिर रहनु भएका हाम्रा दाजुभाई, दिदी बहिनीहरुलाई नगर विकासमा जोड्दै 'स्वावलम्बी नगर-सम्मानित खोटाङ्गे' बनाउने अभियानमा जुट्नु हाम्रो पहिलो कर्तव्य रहने छ ।

म्मानित नगरसभाका सदस्यज्यूहरु,

नेपालको संविधान अनुसार २०७४ सालमा पहिलो स्थानीय सरकारको निर्वाचन भई 2079 वैशाख 30 गते सम्पन्न भएको दोश्रो निर्वाचनमा यस नगर पालिकाका सम्मानित मतदाताले मतदान गरेर हामीलाई अत्यधिक मतबाट निर्वाचित गराउनु भएको छ। हामीसँग अनपेक्षित आशा, विश्वास र भरोसा समेत राख्‍नु भएको विषयलाई सुक्ष्म ढंगले बुझेका छौं। त्यसैले आफ्नो ५ वर्षे कार्यकालमा यो नगरलाई "नमुना नगरपालिका" बनाउन सवै तहले व्यक्तिगत आकांक्षा, महत्वकांक्षा र स्वार्थ भन्दा माथी उठ्न जरुरी छ ।जसको अगुवाई गर्नु निर्वाचित जनप्रतिधिको पहिलो दायित्व रहने छ। अत: हामीले ५ वर्षे कार्यकालमा यी विषयलाई प्राथमिकताको आधारमा विकासको पूर्वाधार निर्माण गर्ने आधार स्तम्भको रुपमा २ वटा बाटोलाई नगरको उच्च प्राथमिकताको आयोजनाको रुपमा छनौट गरेका छौं ।

१.दिक्तेल-आहाले-रेग्मीटार मोटरबाटो ।

2.दिक्तेल-खार्मी-पाथेका मोटरबाटो ।

जनताको नजिक एवं घरदैलोको सरकारको रुपमा स्थापित नगरपालिका नगरबासीका आवश्यकताहरू पहिचान तथा प्राथमिकीकरण गरी कार्यान्वयनको चरणमा रहेको छ भने नगरवासीका अपेक्षाको व्यवस्थापनका लागि पनि उत्तिकै सजग छ। संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त र नगरको सिमित आयश्रोतको न्यायपूर्ण र विवेकसम्वत ढंगबाट परिचालनका लागि उपयुक्त नीति, योजना र कार्यक्रम तय गरिएको छ। नगरपालिकाको विकासको असन्तुलनलाई चिर्दै नगरको समग्र विकास व्यवस्थापन, सेवा प्रवाह र सुशासनको प्रत्याभूतिका लागि नगरपालिका सदा प्रतिबद्ध रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।

नगरलाई प्राप्त श्रोत आफैंमा पर्याप्त छैन तथापि उपलब्ध श्रोतको वुद्धिमतापूर्ण परिचालन र कार्यान्वयन गर्नु हाम्रो सामुहिक दायीत्व रहेको छ। संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु, दिगो विकासको लक्ष्य, चुनावी घोषणापत्र, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु तथा बजेटलाई आत्मसाथ गर्दै नगरपालिकाको मौलिक विशेषता, गत वर्षहरुमा हासिल गरेको अनुभव, नगरवासीको विकास प्रतिको आकांक्षा राजनीतिक दल, नागरिक समाज र हरेक संघ/संस्थाबाट प्राप्त सुझावलाई मध्यनजर गरी प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ।

सम्मानित नगर सभा सदस्यज्यूहरु,

हामी निर्वाचित भएर आएपछि नगरमा महिनौं देखि थुप्रिएको फोहोरमैला पहिलो चरणमा डम्पिङ साईटमा विसर्जन गर्ने काम गरिएको छ भने यसलाई निरन्तरता दिदैं व्यवस्थित गरिनेछ। प्रत्येक महिनाको अन्तिम शनिबार नगर सरसफाई अभियान अन्तर्गत दिक्तेल रत्नपार्कबाट सुरुवात गरिएको सरसफाई अभियानलाई निरन्तरता दिईनेछ। नगर भित्र संचालित अधुरा-अपुरा योजनाहरूलाई तोकिएको समय भित्रै सम्पन्न गर्न नगरको तर्फबाट सकेको प्रयास गरिनेछ।

स्थानीय श्रोत र साधनको परिचालनका लागि अब आईन्दा नगरपालिकाको कच्चा पदार्थलाई सदुपयोग गर्दै "कुरो होईन-काम गरौं" भन्ने सोंच लिएर बाँस, निगालो, काठको उपयोग गरी टेबुल, कुर्सी, दराज साथै गुन्द्री, राडी-पाखीको प्रयोग गर्ने नीति रहेको छ।"आफू मितव्ययी बन्ने अनि अरुलाई पनि मितव्ययी बन्न उत्प्रेरित बनाउने" उद्देश्य लिएर हामीले घुम्ने कुर्सी हटाएर सामान्य कुर्सीमा बसेर यो अभियानलाई व्यवहारमा उतार्न प्रारम्भ गरी सकेका छौं। गुरुवर्ग, राष्ट्रसेवक कर्मचारी र स्थानीय अन्य व्यक्तित्वसँग स्थानीय कच्चा पदार्थको अधिकतम सदुपयोगका लागि अनुरोध समेत गरी सकेका छौं ।

हामीले प्रारम्भमा परिवर्तनका कार्यलाई प्राथमिकतामा राखेका छौं। वर्षौदेखि एउटै मानसिकता र व्यवहारबाट कुण्ठित समाजमा परिवर्तन सुस्त-सुस्त ढंगबाट गर्नु पर्छ भन्ने विषयलाई हेक्का राख्दै अनियमितता एवं दुरुपयोग हुन नदिनु र कर्तव्यनिष्ठ बन्नु र बनाउनु यो स्थानीय सरकारको दायीत्व रहने छ ।

आगामी दिनमा नगरको सेवा प्रवाहमा सक्रिय कर्मचारीहरुको सेवा-सुविधा थप गर्दै नगरलाई अझ गतिशिल बनाउनेमा हामी दृढ संकल्पित छौं। "जेबासँग-नगरप्रमुख" संवाद कार्यक्रम (जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा बालबालिका), "उपप्रमुखसँग महिला उत्थान कार्यक्रम", नागरिकलाई सहजढंगबाट सेवा प्रवाह गर्न 24 घण्टे सहायता कक्ष (Help Desk) स्थापना गर्ने, विकास निर्माणलाई तिब्रता दिन र आवश्यकता पहिचान गर्नका लागि "योजना विकास बैंक" स्थापना गर्ने, सामाजिक, आर्थिक, सांस्कृतिक लगायत समग्र क्षेत्रका समस्याहरूलाई निराकरण गर्दै नगरलाई गतिशील बनाउन प्राज्ञ-विज्ञ समूह (थिंक ट्याङ्क) स्थापना गर्दै अघि बढ्ने लक्ष्य लिएका छौं ।

हाम्रो समाजमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको वर्तमान परिस्थितिमा "कीर्ति बांच्दछ, कीर्ति राखेर मरौं" भन्ने महान उद्देश्य बोकेर स्वावलम्वी, दानवीर समाज निर्माणमा मेरो योगदान राख्दछु भन्ने भावना उत्प्रेरित गर्न तह अनुसार आफुले कमाएको निश्चित अंश सामाजिक हितको लागि योगदान गर्न प्रोत्साहित गर्ने नीति बनाईने छ।

"भनौं सत्य-खोजौं जरो, हो त्यो जवाफदेहिता, भेट्छौं मासिक-भन्छौ कुरा, सवल पत्रकारिता" भन्ने मूल उद्देश्यका साथ प्रत्येक महिनाको अन्तिम शुक्रबार नगर पालिकाको मासिक प्रगति विवरण र कार्य योजना सार्वजनिक गर्न "मासिक संवाद-पत्रकार भेटघाट" कार्यक्रमको आयोजना गरिने छ। नगरपालिकाको गतिविधि एवं नगरवासीको सुझाव तथा गुनासो बुझ्नका लागि दिरुम-एप्स प्रयोगमा ल्याईनेछ। निश्चित कार्य योजना र कार्यविधि बनाएर टोल विकास समिति गठन गरी जनप्रतिनिधिहरुलाई सहयोगी र सहजीकरण संस्थाको रुपमा स्थापित गरिने छ। नगरपालिकाको यो र यस्तै यावत विषय वस्तुलाई सम्बोधन गर्नका लागि संघीय संसद, पूर्व सांसद, प्रदेश सांसद, पूर्व प्रदेश सांसद, समन्वय प्रमुख, पूर्व समन्वय तथा जिविस सभापति, पूर्व नगर प्रमुख तथा उपप्रमुख लगायतका जनप्रातिनिधिसँग निरन्तर संवाद, छलफल र परामर्श लिएर अघि बढ्ने छौं ।

उपस्थित नगरसभाका सदस्यज्यूहरु,

अब म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०७9।०80 को प्रमुख प्राथमिकताहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आर्थिक बर्ष २०७9।080 का प्रमुख प्राथमिकताहरुः

  • शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने आयोजना तथा कार्यक्रमहरू।
  • "मेरो नगर - म बनाउँछु" भन्ने नीतिलाई कार्यान्वयन गर्न रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरू।
  • स्थानीय गौरवका आयोजनाहरू।
  • आर्थिक पारदर्शिता सहित "सुशासन युक्त- भ्रष्टाचार मुक्त" नीतिसंग सम्बन्धित कार्यक्रमहरू।
  • पर्यावरण प्रवर्द्धन, विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू।
  • महिला, शिल्पी समुदाय, फरक क्षमता भएका व्यक्तिहरू, आदिवासी जनजाती, एकल महिला, विपन्न वर्ग लगायत लक्षित आयोजना तथा कार्यक्रमहरू।
  • पन्ध्रौं योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरू।

अव म आ.व. २०७9।80 का विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु: 

सर्वप्रथम, म आर्थिक विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न गईरहेको छु।

  • आर्थिक विकासः

कृषि र पशुपन्छीः

यो नगरपालिका कृषि प्रधान नगरपालिका हो भन्ने सर्वविदित छ। आर्थिक विकास र रोजगारीको पाटोमा कृषि क्षेत्रको प्रमुख भुमिका रहन्छ। आगामी ५ वर्ष भित्र नगरलाई कृषि उपजमा आत्मनिर्भर बनाई नगर बाहिर निर्यात गर्न सक्ने योजनाबद्ध प्रयास अगाडी बढाइनेछ र कृषि क्षेत्रको विकासलाई विशेष महत्वका साथ अगाडि बढाइनेछ। जसको लागि यस आर्थिक बर्षमा निम्न कार्यक्रमहरु प्रस्तुत गरिएको छ।

  • कृषि तथा पशुपालक कृषकहरुलाई वीमा तथा ऋण प्रवाह गर्न आवश्यक अनुदानको व्यवस्था तथा  वित्तीय संस्थासँग आवश्यक समन्वय गरिने छ।
  • हाल केही वडामा सुरुवात भएको किसान सूचीकरण कार्यलाई अन्य वडाहरूमा विस्तार गरी डिजिटल किसान परिचयपत्र वितरण गर्नुका साथै कृषि तथ्याङ्क संकलन कार्यक्रम कार्यान्वयनमा ल्याईनेछ।
  • माटो परीक्षण सहित जग्गाको वर्गीकरण गरी भौगोलिक आधारमा विभिन्न कृषि उपज क्षेत्र घोषणा गर्दै कृषि भूमि व्यबस्थापन गर्ने नीति अवलम्बन गरिनेछ।
  • तेलहन तथा दलहन बाली उत्पादनमा विशेष जोड दिंदै अनुदानको व्यवस्था मिलाईनेछ।
  • महमा नगरलाई आत्मनिर्भर बनाउनका लागि मौरी प्रबर्द्धन कार्यक्रम संचालन गरिनेछ।
  • कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै कृषकहरु समूह तथा सहकारी बनाएर निश्‍चित क्षेत्रमा तरकारी तथा फलफुल खेती गर्ने कृषकहरुलाई आवश्यक पूर्वाधार तथा कृषि प्राविधिकको उपलब्धता गराइने छ ।
  • रैथाने तथा उन्नत बीउ र खायन आलु संरक्षण तथा प्रबर्द्धन गरिने छ।
  • कृषकहरूलाई सहजरुपमा खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदानको व्यवस्था गरिनेछ।
  • कन्ये च्याउको स्रोत केन्द्र स्थापना र संचालन गरिनेछ।
  • सम्भाव्यता अध्ययन गरी विज भण्डारण (सिड वैंक) स्थापना गर्ने नीति लिईनेछ ।
  • तरकारी तथा फलफुल शीत भण्डारण, ग्रेडिङ, प्याकेजिङ कार्यक्रम संघीय तथा प्रादेशिक सरकार र कृषिसँग सम्वन्धित संघ-संस्थासंगको समन्वय, साझेदारीमा गरिने छ।
  • अर्गानिक अनुसन्धान : स्थानीय स्तरमा उपलव्ध जैविक चिजहरुलाई उपयोग गरेर खेति गरिने छ। कृषि जन्य बस्तुहरुमा प्रयोग हुदै आएको रसायनिक मल एवम् बिषादीलाई निरुत्साहित गर्दै, अर्गानिक कृषि उत्पादन प्रवर्द्धनका लागि दिगो कृषि प्रणालीलाई अघि बढाइने नीति लिईनेछ। यस कार्यलाई अभियानको रुपमा सबै किसानहरुमा पुर्‍याइने छ।
  • युवाहरुलाई कृषि व्यवसाय सुरुवात गर्न प्रेरित गर्ने उद्देश्य सहित मागमा आधारित कार्यक्रम ल्याईनेछ।
  • प्राङ्गारिक नगर अभियान अन्तर्गत कम्पोष्ट प्लान्टलाई कानून बनाई निजी वा सहकारीसंगको सहकार्यमा व्यवस्थित ढंगले संचालन गरिनेछ।
  • बाली उपचार शिविर (प्लान्ट क्लिनिक) लाई प्रत्येक वडा पुर्‍याइने छ ।
  • बांदर लगायतका बन्यजन्तुबाट कृषकहरुले व्यहोर्नु परेको हैरानीलाई मध्यनजर गरी बांदर नियन्त्रण तथा व्यवस्थापनको उचित बिधि तथा प्रबिधी खोजी गरिनेछ, साथै बन्यजन्तुबाट हुने क्षतिको राहत उपलब्ध गराउन विशेष पहल गरिने छ।
  • नगरभित्र कृषि (बाली विज्ञान) विषय अध्ययन गरेका वद्यार्थीहरूलाई उद्यमशीलता विकासका लागि विशेष अनुदानको व्यवस्था गरिनेछ।
  • प्रत्येक वडामा सम्भाव्यताका आधारमा फलफुल खेतीलाई विस्तार गरिनेछ।
  • नगरको मध्यपहाडी लोकमार्ग आसपासका साथै बाह्रै महिना नियमित यातायात सञ्चालन हुने क्षेत्रका किसानहरुलाई व्यवसायिक बेमौसमी तरकारी खेतीका लागि विशेष प्रोत्साहन गरिने छ।
  • हाटबजार तथा कृषि उपज वस्तु संकलन केन्द्र स्थापना तथा पूर्वाधार निर्माण गर्ने व्यवस्था मिलाईनेछ।
  • समूहगत तथा सहकारी खेती प्रणालीलाई प्रोत्साहन गर्दै पर्म संस्कृतिलाई पनि प्रोत्साहन गरिने छ ।
  • मासु परीक्षण प्रयोगशालाको व्यबस्था सहित आधुनिक प्रविधियुक्त बधशाला संचालनमा ल्याईने छ।
  • मासुमा आत्मनिर्भर बनाउन बंगुर पालन, कुखुरा पालन, बाख्रा पालन व्यवसायलाई थप विस्तार गरिनेछ।
  • कृषि क्षेत्रको व्यवस्थित र योजनाबद्ध विकासको लागि कृषि सम्बन्धी अल्पकालीन, दीर्घकालीन नीति निर्माण गरिने छ ।
  • पशु नश्ल सुधार कार्यक्रम संचालन गरी उत्पादन तथा उत्पादकत्व वृद्धिमा विशेष जोड दिइने छ ।
  • पशु पन्छीहरुलाई स्वस्थ राख्न तथा गोठेमलमा हुने खाद्य तत्व चुहावट रोक्नको लागि पशु पालक किसानहरुको गोठ सुधार कार्यक्रम संचालन गरिनेछ।
  • खोरेत, भ्यागुते लगायतका रोग नियन्त्रण गर्न पशु खोप कार्यक्रम संचालन गरिने छ ।
  • पशुपन्छी हाट बजारको लागि निश्चित स्थानमा पूर्वाधार निर्माण गरी एकै स्थानबाट किनबेच गर्ने व्यबस्था मिलाइने छ ।
  • पशुपालक कृषकहरुलाई उन्नत जातको घाँस खेतिमा व्यापक प्रोत्साहन गरिने छ। जसका लागि बिउ, बिरुवा, सिंचाई तथा तालिम कार्यक्रमहरु संचालन गरिने छ ।
  • नगर भित्रका सबै सडक किनारमा बहु उपयोगी बोट बिरुवा तथा घास खेती गरिने छ।
  • कृषि सहकारी, समूह वा कृषिसंग सम्बन्धित संस्था  मार्फत दुग्ध डेरी तथा दूध चिस्यान केन्द्र संचालन गर्नका लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिनेछ।
  • पशु पन्छी तथा माछा पालनको लागि एक दाना उद्योग स्थापना गर्न संघ तथा प्रदेश सरकार संग आवश्यक समन्वय गरिनेछ।
  • रेन्बोट्राउट माछापालनलाई विशेष प्रोत्साहन गरी मत्स्य प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गरिनेछ।
  • कृषि उत्पादनमा बढावा दिन बृहत कृषि तथा पशु पन्छी मेला प्रदर्शनी गरिनेछ र उत्कृष्ट किसान र कृषि समूहलाई आकर्षक पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम गरिनेछ ।
  • प्रत्येक वडामा कृषि तथा पशुसेवा केन्द्र स्थापना गर्न पहल गरिने छ।कृषि तथा पशु सेवा केन्द्रमा किसान होइन, किसानकोमा कृषि तथा पशु सेवा प्राविधिक पुग्ने ब्यबस्था मिलाइने छ।
  • नगरभित्रका घर पालुवा पशुपन्छीहरुको तथ्याङ्क संकलन गरी पशुपन्छी पालनको अवस्थालाई व्यवस्थित र अद्यावधिक गरिने छ ।
  • प्रत्येक वडालाई १-१ विषयको आर्थिक विकासको केन्द्र बनाइने छ । (उद्योग, कृषि, व्यापार, पशुपालन, माछा पालन, पर्यटन, खेलकुद आदी)
  • कृषिमा व्यवसायीकरण र आधुनिकिकरण गर्न कृषियन्त्र उपकरणहरुको कस्टम हायरिङ सेन्टर संचालन गरिनेछ ।
  • बाँझो जमिन उपयोग गर्न प्रभावकारी कार्यक्रम संचालन गरिनेछ ।
  • दशकौंको अभ्यासबाट शुभम फाउन्डेसनले तयार गरेको कृषि तथा पशु पन्छी, माछा प्रयोगशाला साथै यस्ता अन्य कृषि फर्महरूलाई नगरसँगको साझेदारीमा नगरका किसानहरु तथा कृषि सम्वन्धी विद्यार्थीहरुको लागि सिकाई केन्द्रको रुपमा अगाडी बढाइने छ।
  • हरेक घरहरु सफा सुग्घर फूलमय बनाउन प्रोत्साहन गर्ने कार्यक्रम तय गरिने छ। यस्ता कार्यले ग्रामिण कृषि पर्यटनलाई टेवा पुर्‍याउने विश्वास लिईएको छ।
  • आयात घटाउने, निर्यात बढाउने र खाद्यान्न, माछामासु,  तरकारी,  फलफूल,  तेल,  दुध दही, मसला, आदी खाद्य वस्तुहरुको आन्तरिक उत्पादन बढाउने कार्यक्रम संचालन गरिनेछ ।

सिंचाईः

  • साना सिंचाई परियोजनासंगको साझेदारीमा केही नयाँ मझौला तथा साना सिँचाई योजनाहरू निर्माणको सुरुवात गरिनेछ। विगतबाट सुरु भएका क्रमागत योजनाहरूलाई सम्पन्न गरिनेछ।
  • जलस्रोत उपलब्ध भएको ठाउँको सम्भाव्यता अध्ययन गरी आवश्यक ठाउँमा सिचाइँ सुविधा उपलब्ध गराइनेछ । सिचाइँ सुविधा अभावमा खेतीयोग्य जमिन बाँझिने समस्या अन्त्य गरिनेछ ।
  • दिक्तेल बजारको ढल निकासबाट बग्ने पानी रिर्जभ (सङ्कलन) गरी दिक्तेल र लफ्याङमा सिंचाई सुविधा उपलब्ध गराइनेछ ।
  • खेतियोग्य जमिनमा कुलो, भल पानि, छिर्के सिँचाईको व्यवस्था गर्न कार्यक्रम संचालन गरिने छ । साना सिंचाईमा आधुनिक स्प्रिङ्कल, कुलो तथा भलपानीलाई प्राथमिकता दिईने छ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम तथा जनसहभागीता मार्फत प्रत्येक वडाको टोलटोलमा रिचार्ज पोखरीहरु निर्माण गरिने छ।
  • वर्षातको पानी संकलन गरी हिँउदको सुख्खा समयमा प्रयोग गर्ने कार्यक्रम संचालन गरिने छ ।
  • तरकारी उत्पादनका लागि सम्भावना बोकेका सुख्खा ठाउँहरुलाई लक्षित गर्दै नमुना सिंचाई प्लास्टिक पोखरी निर्माण कार्यक्रम गरिनेछ।

उद्योग बाणिज्य, घरेलु तथा साना उद्योगः

  • नगरपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत र कृषि उपजबाट प्राप्त कच्चा पदार्थ (बाँस, लोक्ता, अल्लो, गैरकाष्ट वनपैदावार) को सदुपयोग हुने गरी साना तथा मझौला उद्योग स्थापना गर्न पहल गरिनेछ ।
  • सञ्चालनमा रहेका घरेलु उद्योग, खाँडी, ढाका कपडा, राडीपाखी लगायतलाई विकास तथा स्तरोन्नतिमा सहयोग गरिनेछ ।
  • नगरमा भएका साना उद्योगहरुलाई स्थापित गर्न, नयाँ उद्योगहरु स्थापना गर्न र यसको विकास र प्रवर्द्धनको लागि अन्तर्क्रिया र छलफलको माध्यमबाट ठोस योजनाहरु बनाईने छ।
  • उद्यमी बन्न चाहने र स्वरोजगार हुन चाहने व्यक्तिहरुको लागी आवश्यक जानकारी गराउने, मेशिन ‍औजार उपलब्ध गराउन सहजीकरण गर्ने, वित्तीय व्यवस्थापन र व्यवसायिक सीपको ज्ञान दिन उद्योग वाणिज्य संघसंगको सहकार्य र साझेदारीमा एक सहयोग केन्द्र संचालन गर्न पहल गरिनेछ।
  • सबैखालको व्यवसाय एउटै छाताबाट प्रवर्द्धन गर्न उद्योग वाणिज्य संघसंगको सहकार्यमा मेला महोत्सव र प्रदर्शनीहरुको आयोजना गरिने छ।
  • नगरपालिकाको सहयोगमा दिक्तेल स्थित निर्माणाधिन उद्योग बाणिज्य संघको भवन सम्पन्न गर्न पहल गरिने छ ।
  • नगरमा औद्योगिक विकासका लागि निजी क्षेत्र र संघीय तथा प्रदेश सरकारसंगको सहकार्यमा एक उद्योग ग्रामको विकास गर्न पहल गरिनेछ ।
  • उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरूसंगको समन्वयमा केही स्थानहरूमा होमस्टे स्थापना तथा संचालन गर्न पहल गरिनेछ।
  • नगरभित्र संचालनमा आईरहेका वा संकटमा परेका साना तथा मझौला उद्योगहरुलाई दिगोरुपमा संचालन गर्न प्रोत्साहन स्वरुप विशेष अनुदानको व्यवस्था गर्न पहल गरिनेछ ।
  • प्रतिष्पर्धामा छनौट भएका व्यवसाय विकास सेवा प्रदायक संस्थाहरु मार्फत लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरिनेछ।

सहकारीः

  • कृषि उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहकारीहरुले लगानी गर्ने वातावरण तयार पारिने छ ।
  • एक वडा एक सहकारी स्थापना गर्न पहल गरिनेछ ।
  • विषयगत सहकारी स्थापना तथा संचालन गर्न प्रोत्साहन गरिनेछ।स्थापना भईसकेका तथा स्थापना गरिने सहकारीहरुसँग विषयगत हिसाबले सहकार्य गरिने छ ।
  • सहकारीहरू, संघ र प्रदेश सरकारसंगको सहकार्यमा सुपथ मूल्य पसल संचालनको पहल गरिने छ ।
  • कृषि सहकारी संस्थाहरुलाई कृषि क्षेत्रबाट व्यवसायिक र रोजगारी दिलाउने प्रकृतिका कार्यक्रमहरु अगाडि बढाउन प्रेरित गरिनेछ।
  • सहकारी शाखालाई व्यवस्थित गर्दै सहकारीहरूको नियमन, अनुगमन, सूचना संकलन तथा सम्प्रेषणमा ठोस कार्यहरू गरिनेछ। सहकारी क्षेत्रको ५ बर्षे कार्य योजना बनाई लागू गर्न पहल गरिनेछ।
  • सहकारीहरूको नियमन, अनुगमन तथा विकासका लागि नगर सहकारी विकास बोर्ड स्थापना गरिनेछ।
  • नगर भित्रका सबै सहकारी संस्थाहरूलाई COPOMIS मा आबद्ध गरिनेछ।

पर्यटन र अन्य सेवाः

  • हलेसी महादेव तथा त्रिधार्मिक स्थलमा दर्शनका लागि आउने पर्यटकहरूलाई जिल्ला सदरमुकाम तथा यस नगरका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न आउने वातावरण सिर्जना गरिनेछ।
  • संघीय सरकारसंगको साझेदारीमा नुनथलाको खाम्लामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण कार्यको थालनी गरिनेछ।
  • नगरबासीको विभिन्न जाति, भाषिक, साँस्कृतिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरुको पर्यटन प्रवर्द्धन गर्न पर्यटन विकासको नीति लिइनेछ। नगर क्षेत्रका सम्पूर्ण मूर्त तथा अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षणका लागि साँस्कृतिक सङ्ग्रहालय सञ्चालन गर्न पहल गरिनेछ ।
  • नगरपालिकाको हुर्लुङबाट प्रचुर पर्यटकीय सम्भावना रहेको रुपाकोट, मेरुङ हुँदै मुन्दुम ट्रेलको विकास गरिनेछ ।
  • हलेसी आउने पर्यटकलाई लक्षित गर्दै नगरभित्र सम्भाव्यता अध्ययन गरी कल्चरल होमस्टे (साँस्कृतिक घरबास) स्थापना गरी सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
  • कृषि पर्यटनलाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनको विकास गरिनेछ ।
  • हाटडाँडा, देविस्थान, मझुवागढी, सेतेटारछेउ, नाहिमा हुँदै सिद्धेश्वर गुफा सम्मको व्यवस्थित पैदलमार्ग (हरियाली फूलमार्ग) निर्माण गर्न आवश्यक पहल गरिनेछ र यसलाई फूलै-फूलको पहाडको रुपमा विकसित गरिनेछ।
  • बगरे भन्ज्याङ देखि सिकुरीडाँडा सम्म पदमार्ग निर्माण गर्न आवश्यक अध्ययन तथा पहल गरिनेछ ।
  • प्रदेश सरकारसंगको साझेदारीमा नेर्पामा व्यवस्थित साकेला भिलेज पार्क निर्माण कार्यलाई निरन्तरता दिईनेछ।
  • नगरपालिकाको एकिकृत पर्यटन गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउन पहल गरिनेछ ।
  • उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरूसंगको समन्वय, सहकार्यमा एक नगर पर्यटन बोर्ड वा इकाई गठन गर्न पहल गरिनेछ।
  • नगरभित्रका विभिन्न धार्मिक, पर्यटकीयस्थलहरूको निर्माण, मर्मत सम्भार तथा सौन्दर्यीकरणलाई जोड दिईनेछ।
  • कालिका भगवती मन्दिर परिसर आसपासमा शिव-पार्वतीको मुर्ती स्थापना गर्न आवश्यक पहल गरिनेछ।
  • होटल तथा पर्यटन व्यवसायीहरूको क्षमता विकास तथा स्तरोन्नतीका लागि आवश्यक व्यवस्था गरिनेछ।
  • बुईपामा प्रदेश सरकारसंगको सहकार्यमा निर्माण हुने विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिईनेछ।

रोजगारी प्रबर्द्धनः

  • वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको सीप र दक्षतालाई कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
  • परम्परागत सीपमा आधारित व्यवसाय र त्यसबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सार्वजनिक-निजी-साझेदारी (पिपिपि)को नीति अवलम्बन गरिनेछ ।
  • रोजगार प्रबर्द्धन कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनालाई प्रभावकारीरुपमा संचालन गरिनेछ।
  • नगरपालिकाको रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगारहरु लाई यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाहरु तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी न्यूनतम रोजगारीको प्रत्याभूती गराइनेछ।
  • दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्न आवश्यक सीपमूलक तालिमको पहिचान गरी बेरोजगार ब्यक्तिलाई तालिम प्रदायक सस्थासंग समन्वय गरी तालिम दिइनेछ।
  • संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ।
  • आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी, सहकारी तथा गैर सहकारी क्षेत्रसँग समन्वय र सहकार्यमा जोड दिइनेछ।
  • रोजगार सेवा केन्द्रलाई थप सुदृढिकरण गरी श्रम बैंकको रुपमा स्थापित गरिनेछ।पालिकास्तरीय नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सन्चालन हुने आयोजनामा लाग्ने निर्माण सामग्री/ औजारहरु तथा आयोजनामा खटिने श्रमिकको ज्यालामा साझेदारी गरी कार्यक्रमलाई थप शसक्त बनाउनको लागि पालिका तथा वडाबाट आवश्यक व्यवस्था गरिनेछ।
  • अति विपन्न परिवारहरुको पहिचान गरी न्यूनतम आवश्यकताबाट बञ्चित नहोउन भन्ने उद्देश्यले आन्तरिक रोजगारी वा स्वरोजगारीमा संलग्न गराउने कार्यलाई प्राथमिकता दिईनेछ ।
  • सामुदायिक अध्ययन केन्द्रलाई उत्पादन केन्द्रको रुपमा विकास गरिनेछ ।
  • नगरपालिका भित्र प्राप्त विप्रेषणलाई आयमूलक क्षेत्रमा लगानी गर्नका लागि वित्तीय साक्षरता कक्षा संचालन गर्दै उद्यमशीलता र लगानी प्रवर्द्धन गरिनेछ ।
  • महिला, पुरूष लगायत लैङ्गिक तथा यौनिक अल्पसंख्यक उपर हुने श्रमको ज्यालामा विभेद अन्त्य गरिनेछ।
  • रैथाने र आप्रवासी कामदार तथा श्रमजीवी उपर हुने पारिश्रमिक लगायत सबै किसिमका विभेदको अन्त्य गरिनेछ।
  • बैदेशिक रोजगारीका क्रममा हुँने ठगीलाई कम गर्नका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ। गन्तव्य मुलुकमा समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी संयन्त्रको विकास गरिनेछ ।
  • बैदेशिक रोजगारीका कारण हुने सामाजिक लागत घटाउन मनोसामाजिक परामर्श तथा मानसिक रोगको उपचारको ब्यवस्था गरिनेछ।
  • बैदेशिका रोजगारीका कारण मृत्यू भएका, घाईते बेपता पारिएका परिवारका सदस्यहरुका लागि राहतमुखी कार्यक्रमहरु संचालन गर्दै लगिनेछ ।
  • जलवायु परिवर्तनको प्रतिकुल प्रभावहरुको जोखिममा रहेका महिला र संकटासन्न व्यक्तिहरु लक्षित गरी जलवायु उत्थानशील जीविकोपार्जन र रोजगारीका कार्यक्रमहरू संचालन गरिनेछ।
  • उद्यम गरिरहेका तथा गर्ने योजना बनाईरहेका उद्यमीहरूलाई व्यवसायिक योजना सम्बन्धी तालिम गराईनेछ।

आदरणीय सदस्यज्यूहरु,

अव म सामाजिक विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  • सामाजिक विकासः-

शिक्षा:

शिक्षा नै जीवनको पहिलो मूल आधार हो। समय तिब्र परिवर्तनशिल छ। समय सापेक्ष मानिस परिवर्तन र रुपान्तरण हुन अपरिहार्य छ। जसको मूल आधार शिक्षा नै हो। बिद्यमान शिक्षा पद्दतीले हामिलाई रुपान्तरण गर्न सक्दैन, यसर्थ हाम्रो शिक्षालाई सुधार मात्र गरेर पुग्दैन, रुपान्तरण नै गर्नु पर्दछ। यस बर्षलाई सामुदायिक विद्यालय सुधार तथा रुपान्तरण अभियान सुरु वर्ष को रुपमा लिइने छ। सोही अनुसार नीति तथा कार्यक्रमहरु तय गरिएको छ ।

  • अति न्यून पारिश्रमिक सहित पठनपाठनमा संलग्न बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिकको व्यवस्था गरिएको छ।
  • भूगोल र विद्यार्थी सङ्ख्यालाई आधार मानेर सम्भाव्यता अध्ययन गरी दरबन्दी मिलान गरिनेछ।
  • शिक्षकको काम किताब घोकाएर तोकिएको कोर्स सकाउने मात्र होइन, ज्ञान, सीप, बुद्धि, बिबेकले पूर्ण नागरिक कक्षा कोठामा किताब घोकाएर मात्र नबन्ने भएको हुंदा प्राकृतिक खुल्ला संसारबाट सिक्ने वातावरण सृजना गरिने छ।
  • सबै शिक्षक तथा विद्यार्थीहरुलाई श्रमसंग जोड्दै लगिने छ।"दु:ख गर्न सिके सुख पाइन्छ" भन्ने भनाईलाई व्यापक गरिने छ।
  • स्थानीय स्रोत र साधनको प्रयोग गरी धुलो रहित विद्यालय बनाउने नीति अवलम्बन गर्नुका साथै एउटा वडामा एउटा विद्यालयलाई भौतिक र प्राविधिक रुपमा सम्पन्न बनाइनेछ ।
  • ज्ञानेन्द्रिय मात्र चलाउने शिक्षाबाट कर्मेन्द्रिय चलाएर जीवन उपयोगी शिक्षा अभ्यासमा लगिने छ।
  • यसै नगरको वडा न. २ स्थित जनजागृति माध्यमिक विद्यालय, शुभद्रा मदन फाउन्डेसनसंगको सहकार्यमा संचालन भइरहेको छ। शैक्षिक रुपान्तरण अभियानमा नेपालकै नमुनाको रुपमा सन्चालित यस विद्यालयलाई नगरको उत्पादन मुखी ब्यबहारिक सिकाई केन्द्रको रुपमा विकास गरिने छ।
  • नगर भित्रका विषय बिज्ञ शिक्षकहरुलाई अन्य विद्यालयहरुमा आवश्यकता परेमा केही समयको लागि सहयोग गर्ने ब्यबस्था मिलाइने छ।
  • नगरपालिका भित्र सामुदायिक आवासीय विद्यालय संचालन गरी कानून बमोजिमका प्रावधान अनुसार निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिनेछ। विद्यालय पढ्ने उमेरका कुनै पनि बालबालिकाहरु कुनै पनि कारणले विद्यालय बाहिर नरहने सुनिश्चितता गरिने छ ।
  • संघीय सरकारले संचालन गरिरहेको "पढ्दै-कमाउंदै" कार्यक्रम कै रुपमा यस नगरले पनि केही विद्यालयहरु छनोट गरेर नयाँ ढंगबाट कार्यक्रम संचालन गरिने छ।
  • जिल्ला कै पुरानो दिक्तेल बहुमुखी क्याम्पसलाई व्यबहारिक र अनुसन्धान मूलक बनाइने छ। साथै गुणस्तर सुनिश्चितता तथा प्रतायनको प्रमाण पत्र (QAA) प्राप्त गर्न हदै सम्मको प्रयत्न गरिने छ।
  • दृष्टिविहीन, सुस्त श्रवण, सुस्तमनस्थिति लगायत फरक क्षमता भएका बच्चाको विशेष शिक्षा दिने विद्यालयहरुको स्थापना र संचालन गरिने छ।
  • नगरका सम्पूर्ण विद्यालयहरुमा भवन, फर्निचर, शौचालय, पिउने पनी, विद्युत, खेल मैदान, बगैँचा जस्ता पूर्वाधारहरुले पूर्ण बनाइने छ। यसका लागि सरकार तथा अन्य संस्थाहरुको समेत सहयोग परिचालन गरिने छ ।
  • हरेक विद्यालयमा छात्रा शौचालय अनिवार्य हुनेछ।
  • स्तरीय सेनिटरी प्याड वितरण गरिनेछ।
  • सामुदायिक विद्यालयहरुमा समुदायको अगुवाई गराउदै विद्यालय व्यवस्थापन समितिहरुलाई सशक्त बनाइने छ।
  • अति विपन्न जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ । बिपन्न जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हाँसिल गर्न आवश्यक सहयोग गरिने छ ।
  • विद्यालयमा बेला बेलामा नगर स्तरीय विभिन्न रचनात्मक प्रतियोगिताहरु गराइने छ।
  • सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिति नियमित गर्न विभिन्न प्रकारका प्रोत्साहन क्रियाकलापहरु संचालन गरिने छ ।
  • विद्यालयको परीक्षा व्यवस्थालाई परिमार्जन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाबाट लिइदै आएको कक्षा ८ को परिक्षालाई लिखितका साथै प्रयोगात्मक, अझ व्यवस्थित र उद्देश्यमूलक बनाइनेछ ।
  • शैक्षिक गुणस्तर बढाउन प्रविधियुक्त, सुविधा सम्पन्न, प्राकृतिक वातावरणमैत्री विद्यालय बनाई शोधखोजमूलक शिक्षण पद्धतिको विकास गरी व्यवहारिक र उत्पादनमूखी शिक्षा प्रदान गरिने छ।
  • राष्ट्रिय समृद्धिका लागि बाल शिक्षामा लगानीको नारालाई कार्यान्वयनका लागि पहल गरिनेछ ।
  • कुशल व्यवस्थापन सहित उच्च सिकाई उपलब्धि हासिल गरेका देशका विभिन्न प्रकारका विद्यालयहरुको अध्ययन एवम् अवलोकन भ्रमणको लागि सहजीकरण गरिनेछ ।
  • समयानुकुल सूचना प्रविधि सम्बन्धी सीप लगायत प्रभावकारी शिक्षण क्रियाकलाप व्यवस्थापनको लागि विद्यालयका सरोकारवाला सबै पक्षहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिमको व्यवस्था गरिने छ ।
  • नगर क्षेत्र भित्र माध्यमिक तहसम्म संचालन भएका वा अन्य कुनै मापदण्ड निर्माण गरेर शिक्षण क्रियाकलाप अगाडी बढाउने विद्यालय र शिक्षकहरुलाई प्रोत्साहनको व्यवस्था गरिने छ।
  • विद्यालयमा कुनै कारणले शिक्षक अनुपस्थित रहेमा बैकल्पिक शिक्षकको व्यबस्था गर्ने नीति लिईने छ।
  • शून्य दरबन्दि भएका, विद्यार्थी संख्या बढी र शिक्षक संख्या कमी भएका विद्यालयहरुलाई लक्षित गरी निमावी र मावि तहमा नगर शिक्षक अनुदानको व्यवस्थाका लागि बजेट विनियोजन गरिने छ ।
  • सूचना, शिक्षा, संचार सामाग्री र प्रतिभा प्रस्फुटनको यथोचित व्यवस्थापन एवम ज्ञान र अनुभव आदान प्रदानको लागि प्रत्येक वडाहरुमा वृहत शैक्षिक मेला आयोजना गर्न बजेटको विनियोजन गरिनेछ ।
  • विद्यालयमा दक्ष, अनुभवी र वरिष्ठतम शिक्षकलाई प्रधानाध्यापक व्यवस्थापनको लागि शिक्षा ऐन, नियमावली अनुसार कार्य सम्पादन करार सम्झौता गरी क्रमशः नेतृत्व व्यवस्थापन गरिनेछ।
  • विद्यालयमा सरोकारवालाहरुको आवश्यक चासो बढाउनको लागि आमा समूह र अभिभावकहरुको भेला आयोजनाका लागि वडा कार्यालयहरुसँग समन्वय गरी कार्यक्रम अगाडि बढाइनेछ।
  • विद्यालयमा जाउँ-जाउँ र बसौं-बसौं लाग्ने सुन्दर र हराभरा विद्यालय वातावरण निर्माणको लागि विद्यालयलाई प्रोत्साहित गरिनेछ।
  • सरोकारवालाहरुलाई विद्यालय प्रति अपनत्व जगाउन र आर्थिक पारदर्शिता कायम गराउन विद्यालयको बार्षिक रुपमा सार्वजनिक गर्न आवश्यक प्रक्रिया अगाडी बढाईनेछ ।
  • शिक्षण सिकाई क्रियाकलाप व्यवहारिक, गुणस्तरीय तथा प्रभावकारी बनाउन सरोकारवाला सबैको सल्लाह लिने ब्यबस्था गरिने छ।
  • शिक्षक छनौट प्रक्रियालाई व्यवस्थित वैज्ञानिक र पारदर्शि बनाउन आवश्यक कार्यविधिहरु निर्माण गरिनेछ।
  • उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रअ एवम शिक्षकहरुलाई पुरस्कृत, सम्मानित गर्ने कार्यको थालनी गरिनेछ ।
  • सबै माविमा सूचना प्रविधि सहितको शिक्षाको व्यवस्थापनको लागि आवश्यक कार्य अगाडि बढाईनेछ ।
  • विद्यालयमा सह एवम् अतिरिक्त क्रियाकलाप संचालन, विद्यार्थी मूल्याकंन र प्रोत्साहन कार्यको लागि विभिन्न गतिविधिहरु विद्यालयसँग सहकार्य गर्दै अगाडि बढाईनेछ ।
  • सम्पूर्ण विद्यालयलाई लैंगिक मैत्रि, बाल मैत्रि, प्रविधि मैत्रि र अपाङ्गता मैत्री, जीवन उपयोगी शैक्षिक तथा भौतिक पहुँचयुक्त वातावरण बनाउन आवश्यक सहकार्य गरिनेछ।
  • सामुदायिक सिकाई केन्द्रहरुलाई आवश्यक कार्यविधि वनाई विभिन्न व्यवसायिक तालिम दिलाउने जस्ता गतिविधिहरुमा कृयाशील बनाइने छ ।
  • संस्थागत विद्यालयहरुसँग समेत राय परामर्श लिई त्यस्ता विद्यालयहरुलाई सेवामुखी बनाउन थप प्रयत्न गरिनेछ ।
  • शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आधारभूत तहको तल्ला कक्षाबाटै सुधारका प्रयासहरुलाई थप व्यवस्थित बनाउँदै लगिने छ ।
  • कक्षा १ देखि ५ सम्मका बालबालिकाको पढाई सीपलाई व्यबस्थित गर्ने नीति लिईने छ। साथै विद्यालय र घर, शिक्षक र अभिभावक बीचको सम्बन्ध र तालमेल बनाई शिक्षण सिकाईलाई प्रभावकारी बनाइने छ ।
  • नगरपालिकाका हरेक वडाहरुमा कम्तिमा १ वटा विद्यालयलाई नमूना विद्यालय बनाउन वडा समितिसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाईने छ ।
  • सूचना प्रविधिको प्रयोग गर्ने सम्बन्धमा सवै विद्यालयहरुलाई प्रविधी मैत्री बनाउने प्रयास गरिने छ ।
  • हरेक स्कुलमा एउटा चमेनागृहको व्यवस्था गर्ने र दिवाखाजाको पैसा बराबरको खाजा चमेनागृहले व्यवस्था गर्न पहल गरिनेछ ।
  • नगरका विद्यालयबीच हार्दिकता बढाउन विद्यालय-विद्यालय बीच शैक्षिक भ्रमणको व्यवस्था गरिने छ।
  • नगर स्तरीय शैक्षिक क्यालेण्डर छपाई गरी सवै प्रकारका विद्यालयहरुमा शैक्षिक कार्यक्रमको एकरुपताको लागि आवश्यक प्रकृया अगाडि बढाईने छ ।
  • योजनाबद्ध जीवन उपयोगी शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउन शिक्षक डायरी तयार गरी लागु गरिने छ।
  • विद्यालयको शैक्षिक सुधार गर्न आवश्यक अनुगमन, निरिक्षण र सुपरिवेक्षणको लागी नगरपालिकालाई तीन क्लस्टरमा विभाजन गरि श्रोत जनशक्तिको व्यवस्थापन गर्ने नीति लिइनेछ ।
  • विद्यालयहरुको नियमित अनुगमन गरि अवस्था सुधारको लागि आवश्यक पृष्ठपोषण प्रदान गर्ने कार्य लाई निरन्तरता दिईने छ ।
  • विद्यालयको शैक्षिक सुधारका लागि प्रत्येक वडामा शैक्षिक हव वनाउने नीति लिईने छ ।
  • समग्रमा ज्ञान, सीप, बुद्धि, बिबेकले पुर्ण रोजगारमूलक, सीपमूलक, प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिईनेछ ।
  • विद्यावारिधि अध्ययन गर्ने विद्यार्थीहरुका लागि छात्रबृत्तिकोष स्थापना गर्न कोशिश गरिनेछ ।
  • स्थानीय पाठ्क्रममा मातृभाषा र मौलिक सँस्कृतिको अध्ययन गराउन कार्य योजना बनाईनेछ ।
  • कक्षा ८ देखि कक्षा १० सम्मका किशोर किशोरीलाई कानुनी तथा अन्य सचेतनामूलक कार्यक्रमहरु आवश्यकता अनुसार संचालन गरिने छ ।
  • मौरेगढी बहु प्राविधिक शिक्षालयलाई आवश्यक व्यवस्थापनका लागि सहयोग गरिने छ ।
  • आवश्यकता र मागको आधारमा प्राविधिक विषय (कृषि, कानुन लगायत) थपगरी संचालन गरिने छ ।
  • हरेक विद्यालयमा विद्यार्थी खेल्न, रमाउन कम्तिमा ५ रोपनी जमिनमा समुदाय र स्थानीय संघ-संस्थाहरुको सहकार्यमा खुल्ला बगैँचा बनाइने छ।
  • शौचालय वातावरण मैत्री बनाउन प्रयास हुनेछ। दिशा पिसाबलाई खेतबारीमा प्रयोग गर्न अभ्यास थालिनेछ।
  • सामुदायिक विद्यालयहरुमा कार्यरत महिला शिक्षक, कर्मचारी, बालशिक्षिकाहरु प्रसुति विदामा बसेको अस्थामा प्रसुति सट्टा शिक्षकको व्यवस्थालाई निरन्तरता दिईएको छ।
  • नगर भित्रका सामुदायिक तथा सस्थागत विद्यालयहरुमा सञ्चालन हुने कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक (GPA) ल्याउने १/१ जनालाई पुरस्कारको व्यवस्था गरिने छ ।
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको रुपमा अध्ययन गराउनका लागि दिरुम ज्ञानमाला संशोधन तथा परीमार्जन गरी ज्ञानमाला प्रकाशन गरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था गरिने छ ।
  • नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरु आधारभुत तह तथा माध्यामिक तहमा विद्यार्थी संख्याको आधारमा र शून्य दरवन्दी भएका विद्यालयहरुलाई एक शैक्षिक सत्रका लागि अंग्रेजी गणित विज्ञान विषयका लागि कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९ अनुसार अनुदान दिइने छ ।
  • नगर भित्रका सम्पूर्ण विद्यालयहरुलाई लेखा व्यवस्थापन र IEMIS न्यु भर्षन अपडेट गर्नका लागि तालिम दिइने व्यवस्था गरिने छ ।
  • नगरभित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधार गर्नका लागि विज्ञ समुह गठन गरी राय सुझाव संकलन गरी उल्लेखित समुहले नगर प्रमुख समक्ष प्रतिबेदन पेश गरी शैक्षिक सुधारका लागि छलफल गर्ने व्यवस्था गरिने छ ।
  • पोर्टफोलियो तयार गरी वार्षिक रुपमा विद्यार्थीहरुका अभिभावकसँग शैक्षिक वहसको व्यवस्था गरिने छ ।
  • विद्यार्थीहरूका लागि विपद न्यूनीकरण, ट्राफिक सचेतीकरण, बालविबाह, यौन हिंसा लगायतका विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
  • विद्यार्थीको सृजनात्मक लगायत सर्वाङगीण विकासका लागि नगर स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिने छ ।
  • शिक्षक विद्यार्थी ,विद्यालय व्यावस्थापन समिति लगायत अभिभावकहरु सँग शैक्षिक समस्याको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरी शिक्षण सिकाई क्रियाकलाप सुधारका लागि आवश्यक व्यवस्था गर्दै लगिने छ ।
  • नगर भित्र रहेका सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रमको व्यवस्था गरिने छ।
  • नमुना विद्यालय, विशेष विद्यालयहरूको भवन निर्माण, ल्याव व्यवस्थापन लगायतको कार्यलाई निरन्तरता दिईनेछ।
  • शिक्षकको कक्षा कोठामा बिताउने समय दैनिक पाठयोजना सहितको कक्षा शिक्षण प्रभावकारी मापन र मूल्याङ्कनको सुनिश्चितताका लागि प्रधानाध्यापकलाई थप जवाफदेही बनाइनेछ।
  • संगित तथा खेलकुद शिक्षकको व्यवस्था गर्न पहल गरिनेछ।
  • विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याब, फर्निचर व्यवस्थापन, किट्स तथा ईक्विपमेन्ट जस्ता कार्यक्रमहरूलाई हालसम्म यस्ता कार्यक्रम नपुगेका विद्यालयहरूलाई प्राथमिकता दिईनेछ।

स्वास्थ्य तथा पोषणः

  • बेसहारा व्यक्तिहरूको पहिचान गरी निजहरूका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ ।
  • महिला स्वास्थ्य स्वयम् सेविकाहरुको पेशागत दक्षता वृद्धि र सुरक्षामा जोड दिँदै प्रदान गरिंदै आएको प्रोत्साहन रकमलाई निरन्तरता दिईनेछ।
  • गम्भीर किसिमका दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च उपलब्ध गराइनेछ ।
  • भौगोलिक अबस्था तथा जनघनत्व र जनताको पहुँचलाई अधार मानी पालिकाभित्रको स्वास्थ्यसंस्थाहरु मध्ये केही स्वास्थ्य संस्थालाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति गर्न पहल गरिनेछ।
  • नेपाल सरकारद्वारा तोकिएका निःशुल्क उपलब्ध हुने औषधी तथा उपकरणको निःशुल्क वितरण गर्न आवश्यक व्यवस्था गरिनेछ।
  • बिभिन्न सरोकारवालाहरुसंगको समन्वय तथा सहयोगमा पालिका भित्रका बिभिन्न वडामा बिशेषज्ञ सहित निःशुल्क बृहत एकीकृत घुम्ती स्वास्थ्य शिविर संचालन गरिने छ।
  • नगर भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने जटिलतायुक्त गर्भवति तथा नवजातशिशुलाई स्वास्थ्य संस्थाले प्रेषण गरी माथिल्लो निकायमा पठाईएको अबस्थामा सोको लागि एक तर्फी यातायात खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईएको छ।
  • जटिलता रहित प्रसुती सेवाका लागि नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट मासिक ग्रामिण घुम्ती भिडियो एक्सरे सेवा नियमित संचालन गरिने छ।
  • घरमा शुन्य प्रसुती सुनिश्चितताका लागि समुदाय स्तरमा अभियान संचालन गरिनेछ।
  • गर्भवती महिलालाई जोखिमयुक्त तथा खतरायुक्त काममा नलगाउने व्यवस्था गरी सोको कार्यान्वयन गरिनेछ।
  • नगरपालिका भित्रका जेष्ठ नागरिकको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ "जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम"(Elderly Citizens Health Programme-ECHEP) कार्यक्रम संचालनमा ल्याईनेछ।
  • नगरपालिका भित्रका स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारीरूपमा संचालन गर्नका लागि स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड अबलम्बन गरी कार्यान्वयनका लागि बजेट ब्यबस्थापन गरिने छ।
  • नगरपालिका भित्रका नियमित संचालन हुने खोप तथा गाउँघर क्लिनिक लाई क्रमश: सुदृढीकरण गर्दै लगिने छ।
  • कोभिड-१९ लगायत महामारी तथा प्रकोप ब्यबस्थापनका लागि पालिका र वडा स्तरका RRT श्रोत सहित चुस्त र तयारी अबस्थामा राखिनेछ ।
  • नगरभित्रका गर्भवती तथा प्रसुती महिलाहरु लाई निशुल्क फोलिक एसिड र क्याल्सियम चक्की वितरण कार्यक्रमलाई निरन्तरता दिईएको छ।
  • संचालनमा आएका बर्थीङ सेन्टरका प्रयोगशालाहरुलाई थप प्रभावकारी बनाउंदै संचालन हुन बांकी भएका प्रसुती केन्द्रहरुमा क्रमश: प्रयोगशाला सेवा बिस्तार गर्दै लगिनेछ।
  • पालिका भित्रका शिघ्र कुपोषित बालबालिका पहिचान गरी पोषण अवस्था सुधारका लागि सहयोग गरिनेछ।
  • पालिकाभित्रका प्राथमिक तहमा अध्ययनरत बालबालिकामा देखिदै आएको मुख स्वास्थ्य समस्याका लागि मुख स्वास्थ्य कार्यक्रम संचालन गरिनेछ।
  • महिलाहरुको पाठेघर क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी शिघ्र उपचारमा सहयोग पुर्‍याउन नगरभित्र पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिबिर संचालन गरिनेछ।
  • स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा संचालित रक्तसंचार केन्द्रको सेवा निरन्तरताका लागि आबश्यक व्यवस्था गरिएको छ। कानून बनाई सरोकारवालाहरूसंगको समन्वय र सहकार्यमा यस केन्द्रको सेवा प्रवाहलाई थप व्यवस्थित गर्दै लगिनेछ।
  • जिल्लावासीहरूलाई नै रक्तसंचार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराईनेछ।
  • सुनौला १००० दिनका महिला तथा बालबालिकाको पोषण तथा स्वास्थ्य अबस्था प्रवर्द्धन गर्न बिशेष कार्यक्रम संचालन गरिनेछ।
  • नागरिकको स्वास्थ्य बीमामा पहुँच वृद्धि गर्न स्वास्थ्य बीमा बोर्डसंग आबश्यक समन्वय गरी प्रभावकारी कार्यक्रम संचालन गरिने छ।
  • बढ्दो नसर्ने रोग सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य संस्थाबाट मधुमेहको लागि निःशुल्क रगत परिक्षणको कार्यक्रम संचालन तथा ब्यबस्थापन गरिनेछ।
  • नगरभित्र संचालित सामुदायीक अस्पताललाई आवश्यक सहयोगको व्यवस्था गरिने छ ।
  • एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन सरोकारवालाहरूसंगको समन्वय र साझेदारीमा एम्बुलेन्स इकाई बनाउन पहल गरिनेछ ।
  • टोल टोलमा स्वास्थ्य परीक्षण गर्ने र प्रत्येक वडाको स्वास्थ्य चौकीमा प्राथमिक स्तरको होलबडी परिक्षण गर्ने उपकरणको व्यवस्था गरिने छ ।
  • जिल्ला अस्पताललाई व्यवस्थित रुपमा संचालन गर्न समन्वय तथा पहल गरिने छ ।
  • रोग लाग्न नदिन सामु्दायीक स्वास्थ्य शिक्षालाई टोल-घरमा पुर्याउने, मौसम अनुसारको स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा लागु गरिने छ ।
  • नेत्रज्योती संघ, दिक्तेलसंगको सहकार्यमा विभिन्न स्थानहरूमा आँखा जाँच शिविर, विद्यालय आँखा जांच कार्यक्रम, जेष्ठ नागरिक, अपाङ्गता लगायत लक्षित वर्गको लागि आँखा जांच कार्यक्रम, कारागारका कैदी वन्दी, सार्वजनिक यातायातका चालकहरूको आँखा जांच कार्यक्रमलाई प्रभावकारी तरिकाले संचालन गरिनेछ।
  • आँखा उपचार केन्द्र भवनको स्तरोन्नती तथा आँखा उपचार केन्द्रको सेवा विस्तार गर्न पहल गरिनेछ।  

युवा तथा खेलकुदः

  • दिक्तेल बजारको माटिकोरे स्थित दिक्तेल रंगशालालाई व्यवस्थित रंगशालाको रुपमा विकास गर्न आवश्यक व्यवस्था मिलाईने छ।
  • नगर भित्र संचालित प्रतिष्ठित खेलकुद प्रतियोगिताहरू संचालनका लागि आवश्यक व्यवस्था गरिनेछ।
  • ग्रासरुट खेलकुद प्रशिक्षण कार्यक्रमका लागि आवश्यक व्यवस्था गरिनेछ।
  • नगरपालिकाका १५ वटै वडा भित्र रहेका खेलकुद मैदानहरुलाई ब्यवस्थित गरी एकेडेमी निर्माण गर्न पहल गरिनेछ।
  • खेलाडीहरुलाई खेल क्षेत्रमै रोजगारीको व्यवस्थापनको पहल गरिनेछ।
  • नगर स्तरिय, वडास्तरीय तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रमहरू संचालन गरिनेछन्।
  • विद्यालय शिक्षासंग खेलकुद आवद्ध गराई वालबालिकाहरूको सर्वाङ्गिण विकासमा ध्यान दिईनेछ।
  • सरोकारवालाहरूसंगको सहकार्य र समन्वयमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभियानहरू संचालन गरिनेछ।
  • युवालाई सहज कर्जा र व्यवसाय गर्ने अवसर श्रृजना गरी स्वरोजगारको प्रवर्द्धन गर्दै स्वावलम्बी र आत्मनिर्भर बनाउदैं लगिनेछ ।
  • युवाहरूलाई सामाजिक र आर्थिक विकासमा आवद्ध गराउन सीपमूलक, स्वरोजगार उन्मुख कार्यक्रमहरू आयोजना गरिनेछ ।
  • युवा जगतलाई उनीहरूको चाहना अनुसार साहित्य, कला, संगितको सृजना र मौलिक संस्कृतिको जगेर्नामा प्रोत्साहित गरिने छ।

महिला, बालबालिका, जेष्ठ नागरिक तथा लक्षित वर्ग, समुदायः

  • महिला हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिईनेछ। लैङ्गिक हिंसा र विभेदका बिरुद्धमा विभिन्न अभियानहरू संचालन गर्दै लैङ्गिक हिंसा मुक्त गाउँ, वडा घोषणाका लागि पहल गरिनेछ।
  • उप प्रमुखसंग महिला उत्थान कार्यक्रमलाई निरन्तरता दिईएको छ। विद्यमान कानूनमा आवश्यक संशोधन गरी यस कार्यक्रम अन्तर्गत महिला मैत्री पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकासका क्षेत्रका योजना तथा कार्यक्रमहरू संचालन गरिनेछ।
  • प्रत्येक वडामा एक महिला कृषि सहकारी स्थापनार्थ प्रोत्साहन स्वरुप सिड मनिको व्यवस्था गरिनेछ।
  • लक्षित समुदाय विशेष गरी दलित समुदाय र एकल महिलाहरूको को सीप विकास, रोजगारी सिर्जना तथा क्षमता विकास लगायतका विविध कार्यक्रमहरूलाई प्राथमिकता दिईनेछ।
  • महिला शसक्तिकरणका लागि कार्यक्रमहरू संचालन गरिने छ ।
  • महिलालाई पेशा व्यवसायमा निर्वाध ढङ्गले लाग्ने वातावरण सिर्जना गर्न हरेक कार्यस्थलमा स्तनपान कक्ष, शिशु स्याहार केन्द्र लगायत स्थापना गरी सञ्चालन गर्न सुरुवात गरिनेछ।
  • हिंसामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि सुरक्षित पुनःस्थापना केन्द्र (सेफहाउस) निर्माण गरी सञ्चालन गर्न आवश्यक पहल गरिनेछ।
  • “लैंगिक हिंसा निवारण कोष” लाई व्यवस्थित रूपमा संचालन गरिनेछ।
  • हिंसा पिडित महिला तथा बालबालिकाहरूलाई न्यायमा पहुँच पुर्याउन न्यायिक समितिमा निःशुल्क कानूनी व्यवस्था गर्ने साथै ग्रामिणस्तरमा नै सचेतना मूलक कार्यक्रमहरू संचालन गरिनेछ।न्यायिक समितिको क्षमता अभिबृद्धि र सशक्तिकरण गरी लैगिंक मैत्री बनाईनेछ।
  • संघ तथा प्रदेशसंगको सहकार्य, समन्वय र साझेदारीमा महिला उद्यमशीलता विकास र वित्तीय पहुँचका कार्यक्रमहरू संचालन गरिनेछ।
  • एकल महिला तथा आर्थिक सामाजिकरूपले विपन्न महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरता अभिवृद्धिका लागि नेतृत्व विकास, उद्यमशीलता विकास र सीप विकास सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • राजनीतिक, आर्थिक, सार्वजनिक लगायत सम्पूर्ण निर्णायक तहमा महिला, दलित तथा सीमान्तकृत समुदायको सार्थक र समान पहुँचका लागि समान अवसरहरूको सिर्जना गरिने छ।
  • बालक्लव तथा बालक्लव संजालहरुको क्षमता विकास, दर्ता, नवीकरणका विभिन्न कार्यक्रमहरू संचालन गरिनेछ। बालक्लवहरूलाई सकृय बनाउन बालभेला लगायत औपचारिक कार्यक्रमहरूमा आवद्ध गराई विविध सृजनशीलता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • बालबालिका सम्बन्धी ऐन, नियममा व्यवस्था भए अनुसार बाल अधिकार समिति गठन, परिचालन, वालकोषको स्थापना तथा वाल कल्याण अधिकारीको नियुक्ति र परिचालनका कार्यक्रमहरु संचालन गर्न आवश्यक पहल गरिनेछ।
  • विद्यालयमा वालपोषण, स्थानीय खाद्यान्नवाट पोषण सुधारको लागि बिशेष कार्यक्रम संचालन गरिनेछ। समुदायमा आधारित प्रारम्भिक वाल विकास कार्यक्रमहरु संचालन गरिनेछ।
  • बाल बिझ्याई गरेका बालबालिकालाई बालमैत्री अनुसन्धान तथा प्रहरी नियन्त्रणमा राख्नको लागि नजिकैको प्रहरी कार्यालय आसपास वा परिसरभित्र निगरानी कक्ष स्थापना र संचालन गर्न पहल गरिनेछ।
  • बालश्रम मुक्त स्थानीय तह, बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई विशेष अभियानका रुपमा संचालन गर्दै लगिनेछ ।
  • प्रदेश सरकार तथा विभिन्न निकाय र सरोकारवालाहरूसंगको सहकार्यमा संरक्षण विहिन बालबालिकाहरूको उद्दार, संरक्षण र व्यवस्थापन गरिनेछ।
  • जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित तरिकाले संचालन गरिनेछ।
  • जेष्ठ नागरिकलाई अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा तथा सार्वजनिक यातायातमा छुट लगायतका अन्य कार्यक्रम मार्फत उनीहरूको सुविधालाई सम्बोधन गरिनेछ।
  • जेष्ठ नागरिकहरुको हक अधिकार र संरक्षणको लागी सचेतनामूलक कार्यक्रमहरु, पुस्ता हस्तान्तरण कार्यक्रमहरु संचालन गरिनेछ ।
  • फरक क्षमता भएका व्यक्तिको जीवनस्तर सुधारका लागि आवश्यक प्राविधिक सीप प्रदान गरिनेछ ।
  • संघ तथा प्रदेशसंगको साझेदारीमा अपाङ्गता नागरिक ग्राम स्थापना तथा संचालन गर्न पहल गरिनेछ। अपाङ्गता भएको व्यक्तिहरुको अधिकार तथा संरक्षणको निमित्त सीप तथा क्षमता विकास कार्यक्रम साथै सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गरिनेछ।
  • संघ तथा प्रदेशसंगको साझेदारीमा पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको हेरविचार सम्बन्धी व्यवस्थापनका लागि आवश्यक कानून बनाई कार्यान्वयन गरिनेछ।
  • सार्वजनिकस्थलहरुलाई बालमैत्री र अपाङ्गमैत्री बनाउंदै लगिनेछ।
  • विभेदरहित छुवाछुतमुक्त नगर निर्माण गरिनेछ ।
  • परम्परागतरुपमा सञ्चालनमा रहेका पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न उचित व्यवस्था गरिनेछ। शिल्पी आविश्कार केन्द्र स्थापनार्थ पहल गरिनेछ ।
  • दलित समुदायको क्षमता विकासका लागि आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ ।
  • दलित समुदायको लागि शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा विषेश कार्यक्रम लागू गरिनेछ ।
  • दलित तथा गैर दलितबीच जातिय विभेद र छुवाछुत अन्त्य सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिने छ।

खानेपानी तथा सरसफाईः

  • हरेक घरमा स्वच्छ पिउने पानिको अनिबार्य ब्यबस्था गर्न पहल गरिने छ।
  • विश्व स्वास्थ्य सङ्ठन (डब्लुएचओ) को मापदण्ड अनुसार नगरभित्र एक घर, एक धारा नीति कार्यान्वयन गरिनेछ।
  • दिक्तेल बजार लगायत बजार क्षेत्रका विभिन्न स्थानहरूमा सार्वजनिक शौचालयहरू निर्माण गरी सञ्चालन गर्न आवश्यक पहल गरिनेछ।
  • दिक्तेल बजार लगायत बजार केन्द्रहरु सरसफाईमा जोड दिँदै सफा र सुन्दर नगर बनाउने अभियान संचालन गरिनेछ।
  • प्रत्येक महिनाको अन्तिम शनिवार आ-आफ्नो घर,टोल,वडा तथा सार्वजनिक स्थानहरूको सरसफाई गर्ने अभियान संचालन गरिनेछ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाः

  • ज्येष्ठ नागरिक, फरक क्षमता भएका (पूर्ण र अति अशक्त अपाङ्ग), एकल महिला, दलित वालवालिकालाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत संबोधन गरिनेछ ।
  • सबै वडाहरूको सामाजिक सुरक्षा भत्ता बैङ्किक प्रणालीबाट वितरण प्रणालीलाई निरन्तरता दिंदै सामाजिक सुरक्षा भत्ता बैङ्क, वडा कार्यालय, सुरक्षा निकाय र नगरपालिका बीच समन्वय गरी वडा-वडामा गई व्यवस्थित तवरले वितरण गर्ने व्यवस्था मिलाईनेछ।
  • व्यक्तिगत घटना दर्ता कार्यलाई प्रत्येक वडा-वडाबाट अनलाईन प्रणाली मार्फत व्यवस्थित गरिनेछ।
  • घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन वडा कार्यालयका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी क्षमता विकास तालिम दिईनेछ ।
  • एम.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरूका लागि एक चौमासिक बराबरको पारिश्रमिक व्यवस्था गरिनेछ।

भाषा, संस्कार, संस्कृति तथा संरक्षणः

  • सबै समुदायका भाषा, संस्कार, संस्कृतिहरु संरक्षण तथा सम्वर्द्धनका लागि खोज, अध्ययन, अनुसन्धान लगायतका कार्यहरूलाई प्रोत्साहन गरिने छ।
  • नगर क्षेत्रका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाको संरक्षणका लागि साँस्कृतिक सङ्ग्रहालय र अध्ययन अनुसन्धान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याउन पहल गरिनेछ ।जिल्लालाई नै समेट्ने गरी खोटाङ सामुदायिक संग्राहालय निर्माण तथा स्थापनाको लागि आवश्यक पहल गरिनेछ।
  • नगर क्षेत्र भित्र रहेका ऐतिहासिक स्थलहरू, किरांत राई जाति लगायत अन्य जातजातिहरूको सांस्कृतिक सम्पदाहरूको खोजी, अध्ययन-अनुसन्धान गरी सूचीकृत गर्ने, संरक्षण, प्रवर्द्धन गर्ने नीति लिईनेछ।
  • मृत्यू पछि जलाउने संस्कार भएका समुदायहरुका लागिअन्तिम दाहसंस्कार गर्न साप्सु टुकुरे दोभान च्याम्पाटारलाई मुल घाटको रुपमा विकास गरिने छ।
  • मृत्यू पछि माटोमा राख्ने संकार भएका समुदायका लागि मुढे, तालखर्क क्षेत्रमा जग्गा ब्यबस्था गरी शव राख्ने ब्यबस्था गरिने छ र सो स्थलहरूमा मृतकको नाममा सुन्दर बहु उपयोगी बिरुवा रोप्ने ब्यबस्था गरिने छ।
  • पूर्वी मध्य पहाडमा अझ पनिआधुनिक सभ्यताले बिस्थापित गरी नसकेको अवस्थालाई मध्यनजर गर्दै मुढे, हुर्लुङ लगायतका क्षेत्रमा जिउंदो सांस्कृतिक संग्रहालय निर्माणको लागि आबश्यक जग्गा ब्यबस्था र निर्माण कार्यका लागि आवश्यक पहल गरिने छ।
  • सघन बस्ती भएका स्थानहरूमा प्रचलित भाषालाई सो स्थान/वडाको सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरिनेछ, त्यस्ता स्थानका विद्यालयहरूमा मातृभाषामा पठन-पाठन गर्न प्रोत्साहन गरिनेछ।
  • थातथलोको पहिचानलाई स्थापित गर्दै लगिनेछ ।
  • ऐतिहासिक मझुवागढीलाई ऐतिहासिक दरवार निर्माण तथा संग्रहालयको लागि अध्ययन गरिनेछ।

युद्ध र आन्दोलनका सहिद, घाइते र बेपत्ताः 

  • सहिद परिवार, बेपत्ता योद्धा, घाइते, अपाङ्गता भएका व्यक्तिहरुको सम्मान, संरक्षण, स्वास्थ्य उपचार, शिक्षा, सीप विकास, रोजगार र पुनःस्थापना लगायतका कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
  • सहिद तथा वेपत्ता परिवार, द्वन्द पिडितहरुको लागि द्वन्द पिडित सहयोग कार्यक्रम लागू गरिने छ ।

आदरणीय सदस्यज्यूहरु,

अव म पूर्वाधार विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।

  • पूर्वाधार विकासः

सडक, पुल तथा यातायात व्यवस्थाः

  • दिक्तेल-खानीडांडा-आहाले-रेग्मिटार सडक र दिक्तेल-खार्मी र दिक्तेल-पाथेका सडकलाई स्थानीय गौरव वा प्राथमिकता प्राप्त आयोजनामा समावेश गरी स्तरोन्नती कार्यलाई प्राथमिकता दिईनेछ।
  • नगर क्षेत्रका सबै वडा, स्वास्थ केन्द्र तथा विद्यालयहरुमा बाह्रै महिना संचालन हुने गरी सडकहरूको निर्माण र स्तरोन्नती गरिनेछ।
  • सोल्मा बस पार्क र दिक्तेल आचार्य गाउंको बस पार्कलाई स्तरोन्नती तथा ब्यबस्थित गर्दै सुचारु गरिने छ।
  • नगर यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
  • नयाँ ट्र्याक ओपनलाई निरुत्साहित गर्दै यस अगाडी खनिएका स्थानीय सडकहरुको स्तरोन्नती गरी नगर यातायात संचालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
  • दिक्तेलबजार लगायत नगरको बजार क्षेत्रमा मापदण्ड अनुसार सडक निर्माण गर्दा बस्ती बिस्थापित हुने कुरालाई मध्यनजर गर्दै त्यसका लागि आवश्यक व्यवस्था गरिनेछ ।
  • सडक निर्माण गर्दा वातावरण र पर्यावरण संरक्षणको क्षेत्रमा विशेष ध्यान दिइनेछ । निर्माण भएका सडकको दायाँबायाँ वृक्षरोपण गरिनेछ ।
  • उपभोग मुखि बाटोलाई उत्पादन मुखी बाटो बनाउने नीति अवलम्बन गरिने छ।
  • शहरी सडकको आवश्यकता अनुसार दुवै तर्फ नाली र ढल व्यवस्थापन गर्दै लगिनेछ । सडक छेउमा घर बनाउनेहरुले घर संगै ढल, पार्किङ पनि संगै बनाउनु पर्ने नीति लिइने छ।
  • बजार क्षेत्रमा उपयुक्त स्थानमा सःशुल्क पार्कीङ स्थलको व्यवस्था गरिने छ।
  • आवागमन सुचारु गर्न झोलुङ्गे पुल तथा सडक पुलहरूको सम्भाव्यता अध्ययन र निर्माण कार्यलाई प्राथमिकता दिईनेछ ।
  • रत्नपार्क किरात चोक देखि दिक्तेल बहुमुखी क्याम्पस सम्मको "विकास मार्ग"को स्तरोन्नती गरीनेछ।
  • यातायात अबरुद्ध हुन नदिन विशेष नीति तय गरिने छ।
  • व्यवस्थित ड्राइभिङ सेन्टर संचालन गर्न पहल गरिने छ। सबै किसिमका गाडी मर्मत केन्द्रहरुलाई प्रोत्साहन गरिनेछ।
  • यातायात दुर्घटनालाई न्यूनीकरण गर्नको लागी सबै नागरिकहरुलाई ट्राफिक शिक्षा तथा सचेतीकरण अभियान संचालन गरिनेछ।
  • अव्यवस्थित काउन्टरहरू लगायत यातायात क्षेत्रको समस्याहरू हल गर्न पहल गरिनेछ। यात्रुहरुलाई सहज यातायात सेवा पहुँचका लागि ठोस कार्यहरू गरिनेछ।
  • मध्यपहाडी सडक वा अन्य सडकहरुमा घरघडेरी खन्दा वा निर्माण कार्यहरू गर्दा सडकहरु विग्रिने गरी तथा यातायात आवागमनमा बाधा गर्ने गरी भईरहेको अव्यवस्थालाई सुधार गर्न ठोस पहल कदमी चालिनेछ।

भवन, आवास, वस्ती तथा शहरी विकासः

  • भवन तथा बस्तीहरु बिस्तार गर्दा लोकमार्ग आसपास ५०० मिटर भित्र निर्माण गर्ने र कृषि सडक आसपासमा १ सय मिटर मित्र निर्माण गर्न प्रोत्साहन गरिने छ।
  • मुल सडक आसपास बस्ती विकासका लागि जग्गा कित्ताकाटमा सहज नीति तय गरिने छ।
  • नगरपालिकाको आधुनिक प्रशासकीय भवन निर्माणका लागि संघ तथा प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिने छ।
  • वडा कार्यालय, स्वास्थ्य संस्था भवनहरूको स्तरोन्नति कार्यलाई प्राथमिकतामा राखिनेछ।
  • एक नगर सभाहल निर्माण गरिने छ।प्राज्ञिक भवन (साहित्य,कला संस्कृति) र आदीवासी जनजाती संग्राहलय भवन निर्माण गर्न संघ र प्रदेश सरकारहरूसंग पहल गरिने छ ।
  • विद्यालय, स्वास्थ्य, प्रहरी चौकी भवनहरु आवश्यकताका आधारमा व्यवस्थापन गर्दै लगिनेछ ।सामुदायीक भवनहरु निर्माण गर्न पहल गरिने छ ।
  • नगरपालिका क्षेत्रभित्र बन्ने सबै किसिमका घरहरू मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक बनाईनेछ ।
  • बजार क्षेत्रमा रहेका अव्यवस्थित पार्किङ, विजुली, टेलिफोन, ईन्टरनेट लगायतका विभिन्न तारहरु व्यवस्थित गर्न सम्वन्धित पक्षहरूसंग पहल गरिने छ।
  • पुराना पक्की घरहरूको अभिलेखीकरणलाई निरन्तरता दिईनेछ।
  • नगरपालिका क्षेत्रभित्र बन्ने नयाँ पक्की घरहरूको अनिवार्य नक्सा पास गरेर मात्र निर्माण गर्ने व्यवस्था गरिनेछ।
  • व्यवस्थित शहरको विकास गर्न एकिकृत शहरी विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन प्रयास गरिनेछ ।
  • नगर क्षेत्र भित्रका पुराना बजारहरूलाई संरक्षण गर्दै संभावित स्थान हेरी प्रत्येक वडामा एकिकृत वस्ति विकास गर्न प्रोत्साहन गरिनेछ।
  • सार्वजनिक जग्गाको अभिलेखीकरण गरिनेछ।
  • जमिनलाई अव्यवस्थित घर तथा घडेरी लगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न र बाँझो नराख्न प्रोत्साहित गरी उत्पादनमूलक उपयोग गर्ने नीति लिइनेछ ।

जलस्रोत, विद्युत तथा वैकल्पिक उर्जाः

  • केन्द्रीय प्रशारण लाइनको विद्युत सबै वडाका घरधुरीमा जडान गर्ने व्यवस्था गरिनेछ।
  • नगरपालिका भित्र वितरण गरिएको विद्युत लाईनलाई काठको पोलमूक्त बनाइने छ ।
  • विद्युत क्षमताको विस्तार गर्न पहल गरिने छ ।
  • घरघरमा विद्युतीय चुलो पुर्याउने व्यवस्था गरिने छ साथै विक्रेट चुलो वितरणको व्यवस्था मिलाईने छ ।
  • सार्वजनिकस्थलमा सडक बत्ती र विद्यालयहरुमा सौर्य उर्जा जडान गरिनेछ ।
  • स्थानीयस्तरमा उत्पादित विद्युत स्थानीय रुपमा प्रयोग गर्न पहल गर्ने र पाथेका नाखाम खोला सामुदायीक विद्युतलाई केन्द्रिय ग्रिडमा जोड्न पहल गरिने छ ।
  • नवीकरणीय उर्जाको क्षेत्रमा नयां आयोजनाहरुको पहिचान गरी कार्यान्वयन गरिनेछ ।वायु उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिनेछ।

 सूचना तथा संचारः

  • जिल्लामा रहेका संचार माध्यामहरुलाई दिईने लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।
  • खोजमूलक पत्रकारिताको प्रवर्द्धन गरिनेछ।
  • नगरभित्र सञ्चालित सञ्चारगृहको स्तरोन्नति, क्षमता विकास र पूर्वाधार निर्माणमाका लागि पहल गरिनेछ ।
  • नेपाल पत्रकार महासंघ खोटाङ शाखाको कार्यालय भवन निर्माणका लागि आवश्यक पहल गरिनेछ।
  • नगरपालिकाभित्रका दक्ष तथा कुशल पत्रकार तथा संचारकर्मी उत्पादन गर्न सहयोग गरिनेछ ।
  • अप्टिकल फाईबरबाट ईन्टरनेट सेवा प्रत्येक वडामा क्रमशः बिस्तार गर्न पहल गरिनेछ।
  • दिक्तेल बजार क्षेत्रका विभिन्न स्थानहरूमा निःशुल्क ईन्टरनेट सेवा (फ्रि वाईफाई) उपलब्ध गरिनेछ।

आदरणीय सदस्यज्यूहरु,

अब म वन, वातावरण, फोहरमैला व्यवस्थापन तथा विपद व्यवस्थापन विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।

  • वन, वातावरण, फोहरमैला व्यवस्थापन tyf विपद व्यवस्थापनः

वन, वातावरणः-

  • मेरुङ रुपाकोट जलाधार संरक्षण कार्य गरिनेछ। साथै जैबिक विविधता तथा बन्यजन्तु संरक्षण, जैबिक मार्ग बनाउदै पर्यापर्यटनको विकास गरिनेछ । पर्यटकीय स्थल रुपाकोटमा बोटानिकल गार्डेन स्थापना गरिनेछ ।
  • वन संरक्षण, भू संरक्षण, तटबन्धहरुको निर्माण, वृक्षारोपण र जैविक विविधताहरुको संरक्षण, जडिबुटीको उत्पादन गर्दै वनजन्य पशुपन्छीहरुको व्यवस्थित संरक्षण गरिनेछ ।
  • रुपाकोट डांडामा चढ्ने रुपाकोट वरिपरिका मुढे, हुर्लुङ हुंदै, तालखर्क चौकी हुंदै, खार्मी बझोबारी हुंदै, जालपा मसाने हुंदै पर्यटकीय पैदल मार्ग निर्माण कार्य थालनीका लागि पहल गरिने छ।
  • मझुवागढी डांडा चढ्ने खाल्लेको सिद्धेश्वर गुफा, नाहिमा कृषि फर्म हुँदै, लफ्याङको मेघे चौतारा हुदै पैदल बाटोहरु बनाउने कार्यको थालनी गरिने छ। साथै आकर्षक बोटबिरुवाहरु लगाई "मझुवा फुलको पाहाड" निर्माण गरिने छ।
  • मैंयु क्षेत्रको गोठहरुलाई ब्यबस्थित गर्दै पर्यटकहरुको लागि "गोठ स्टे" बनाइने छ।
  • जंगली जनावरबाट हुने क्षतीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ।
  • यस नगरका सार्वजनिक स्थल तथा सडक किनारामा बहुउपयोगी आकर्षक रुख बिरुवाहरुको संरक्षण तथा रोपण गरिने छ।
  • सबै पानिको मुहानहरुलाई पहिचान गरी संरक्षण अभियान संचालन गरिने छ।
  • वन तथा वातावरण संरक्षण विषयमा समुदाय तथा विद्यालयहरुमा सचेतना अभियान संचालन गरिनेछ।
  • विद्यालय लगायत सार्वजनिक संस्थाहरुमा तारजाली/ कांडे विरुवाहरूको प्राकृतिक घेराबारा लगाइने छ।
  • वन क्षेत्र तथा सार्वजनिक स्थलहरुमा धुंवा प्रदुषण, ध्वनी प्रदुषण, जल प्रदुषण गर्न निरुत्साहित गरिने छ।
  • एलपी ग्यास बाल्न निर्त्साहित गर्दै दाउरा, कोइला तथा बिजुली बाल्न प्रोत्साहन गरिने छ।
  • हरित रोजगारी सृजना हुने किसिमको वन उद्यमहरू संचालन गर्न प्रोत्साहन गरिने छ।
  • वन तथा वातावरण क्षेत्रमा गरिने सबै कार्यहरुमा सामुदायिक वन उपभोक्ता महासंघ तथा विषय र उदेश्य मिल्ने संस्थाहरुसंग सहकार्य गरेर काम गरिने छ ।
  • सबै वडाहरुमा कम्तिमा एक सार्वजनिक, पोखरी, आहाल, पार्क निर्माण गरिने छ।
  • नगरमा एक वन वातावरण कोष स्थापना गर्न नीतिगत प्रयास गरिने छ।
  • बांझो जमिनहरूमा जडिबुटी तथा मसलाजन्य उत्पादन कार्यलाई प्रोत्साहन गरिनेछ ।
  • रुपाकोट, मेरुङ, साप्सुढाप लगायतका क्षेत्रलाई जडीबुटी उत्पादनको पकेट क्षेत्र बनाउन जोड दिईनेछ ।
  • प्राकृतिक स्रोत र साधनमाथि स्थानीय जनताको अग्राधिकार कायम गरिनेछ ।
  • कुनै पनि प्राकृतिक स्रोत उद्योगको लागि कच्चा पदार्थ भएकाले त्यसको सङ्कलन, उत्खनन् वा उत्पादनको परियोजना बनाउँदा औद्योगिक उत्पादनसँग जोडिनेगरी परिचालन गरिनेछ ।
  • जलवायु परिवर्तनको जोखिममा रहेका बन, सिमसार क्षेत्रहरुको व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। त्यसै गरी, जलवायु परिवर्तनको जोखिममा रहेका दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्न स्थानीय कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ।
  • प्राकृतिक स्रोतमा आस्रित गरीव, विपन्न, महिला तथा संकटासन्न घरधुरी र समुदायका लागि अनुकूलन क्षमता बढाउने बैकल्पिक आय आर्जनको उपायहरु पहिचान गरी प्रवर्द्धन गरिनेछ।
  • जलवायु परिवर्तनको असर र जोखिम एवं अनुकुलन र न्यूनीकरणका उपायहरु समुदाय स्तरमा प्रचार प्रसार गरिनेछ ।
  • सामुदायिक वनबाट प्राप्त हुने शुल्कलाई सोही क्षेत्रमा खर्च गर्दै प्राकृतिक वन प्रवर्द्धनमा महत्व दिईने छ।

फोहरमैला ब्यबस्थापन:

  • नगरपालिकाको वडा नं. ५, लफ्याङ तित्रीबोटेमा रहेको ल्याण्डफिल्ड साइटलाई व्यवस्थित बनाईने छ। साथै प्रत्येक वडा र टोलहरुमा पनि सानो क्षमताको ल्याण्डफिल्ड साइट बनाउन पहल गरिने छ।
  • स्रोतबाटै फोहरको वर्गीकरण गरी कुहिने फोहरलाई कम्पोष्ट मल, नकुहिने फोहरलाई ल्याण्डफिल्ड साईटमा विसर्जन गरी बजारको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाईने छ। यसका लागि टोल विकास संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसंग सहकार्य र समन्वय गरिनेछ।
  • सिसाजन्य बोतलहरूको व्यवस्थापनको जिम्मेवारी सम्बन्धित उत्पादक र वितरक कम्पनीहरूलाई दिईनेछ।
  • सहर, गाउँ, टोलको फोहर पहिचान गरी फोहरलाई मोहर कार्यक्रम अभियानको रुपमा संचालन गरिने छ।
  • प्लास्टिकका झोला वा प्लास्टिक जन्य सामग्रिहरूको प्रयोगलाई निरत्साहित गरिने छ।

बिपद् व्यवस्थापन:

  • नगरमा स्थापना गरिएको बिपद् व्यवस्थापन कोषमा सहयोग गर्न सबैलाई आह्वान गरिने छ।
  • सबै वडाहरुमा बिपद् व्यवस्थापन उप-समितिहरु बनाइने छ भने प्रत्येक वडामा विपद व्यवस्थापन कोष स्थापना गरिनेछ ।
  • सबै खाले बिपद्‌मा प्रयोग हुने सामाग्रिहरुको टोल टोलमा व्यवस्था गर्दै लगिने छ।
  • सहर, गाउँ टोल, विद्यालय तथा कलेजहरुमा बिपद् सचेतना कार्यक्रमहरु संचालन गरिने छ।
  • बिपद् सहयोगी संस्था तथा ब्यक्तिहरुको पहिचान गरी बिपद्को समयमा स्वस्फुर्त परिचालित हुने वातावरण तय गरिने छ।
  • मध्य पहाडी लोकमार्गको सोल्मा र नेर्पा बीचको छेपेखोलामा पहिरोको कारण पुरै सडक अवरुद्ध भईरहने र उक्त पहिरोले तालखर्क गाउँसम्म प्रभावित भएको हुंदा तत्काल पहिरो रोक्न आवश्यक व्यवस्था मिलाईने छ।  

आदरणीय सदस्यज्यूहरु,

अब म संस्थागत विकास, सेवा प्रवाह र सुशासन विषयक्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।

  • संस्थागत विकास, सेवा प्रवाह र सुशासनः

योजना व्यवस्थापन र तथ्याङ्क प्रणालीः

  • नगरपालिकाको विस्तृत अवस्था सहज ढंगले बुझ्न खण्डिकृत तथ्यांक संकलन र अभिलेखीकरणका लागि डिजिटल वस्तुगत विवरण (प्रोफाईल) तयार गरिनेछ।
  • दोस्रो आवधिक नगर विकास योजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
  • मध्यमकालिन खर्च संरचना तयारी गरी लागू गरिनेछ।
  • नगरको सामाजिक, आर्थिक, सांस्कृतिक विकास गर्नुपूर्व अनुसन्धान कार्यगरी योजना निर्माण गरिनेछ । भौतिक निर्माण गर्नपूर्व वातावरणीय प्रभाव मुल्यांकन झै ऐतिहासिक तथा सांस्कृतिक प्रभाव मूल्यांकन गरिनेछ ।
  • नगर विकासका विषय क्षेत्रगत नीति, रणनीति, गुरुयोजना तथा योजनाहरू तयारी गरी कार्यान्वयन गरिनेछ।
  • विस्तृत परियोजना प्रतिवेदन, संभाव्यता अध्ययन र प्राविधिक लागत अनुमानका आधारमा निर्माण सम्वन्धी कार्यमा बजेट विनियोजन गरिनेछ।
  • नगरको समग्र विकासको अवस्थाको आधार मापन सर्वेक्षण (डकुमेन्ट्री) निर्माण गरिनेछ ।
  • विकास कार्यक्रमहरूमा सार्वजनिक, निजी, सहकारी, गैर सरकारी साझेदारी एवं सामुदायिक सहभागितालाई प्रवर्द्धन गरिने छ ।
  • योजना तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा सुपरिवेक्षण, विवाद व्यवस्थापन, विपद प्रतिकार्य र पूर्वतयारी जस्ता क्षेत्रमा संस्थागत जिम्मेवारी स्पष्ट गरी कार्यान्वयन गरिनेछ। बजार अनुगमन तथा योजना अनुगमनलाई थप प्रभावकारी बनाईने छ।

नीति, कानून, न्याय र सुशासनः

  • विधिको शासन प्रवर्द्धन, जनसहभागिता अभिवृद्धि, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सेवा प्रवाहमा निश्पक्षता र महिला तथा लक्षित समूहलाई अग्राधिकार दिने नीति लिई सोही वमोजिम कार्यान्वयन गरिनेछ।
  • नगर प्रहरी संचालन तथा व्यवस्थापन सम्बन्धी कानून बमोजिम नगर प्रहरीहरूको व्यवस्था गरिनेछ।
  • संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्र भित्रको निर्माण गर्न बांकी रहेका ऐन, नियम, कार्यविधी, मापदण्डहरू निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • निर्मित नीति तथा कानूनहरूको प्रभावकारी कार्यान्वयन, नियमन र अनुगमन गरी सुशासन कायम गरिनेछ।
  • न्यायिक समितिका संयोजक लगायत सबै सदस्यको आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्न सक्ने गरी तालिम लगायत संस्थागत क्षमता विकास गरिनेछ।
  • निर्वाचित पदाधिकारी तथा कर्मचारीहरूका लागि आचारसंहिता तथा सदाचार पद्धति लागू गरी सुशासनको पूर्ण प्रत्याभूति दिँदै भ्रष्टाचारमुक्त नगर बनाइनेछ ।
  • आफूले कमाएको रकमको निश्चित अंश सामाजिक हितको लागि योगदान गर्न सबैलाई प्रोत्साहित गरिनेछ।

संगठनात्मक विकास, मानव संशाधन तथा सेवा प्रवाहः

  • नगरपालिकामा डिजिटल नागरिक बडापत्रको व्यवस्था गरिनेछ।
  • नगरपालिकाबाट प्रदान गरिने प्रशासनिक सेवालाई छिटो छरितो, जनमुखी, झन्झट्मुक्त, सर्वसुलभ एवम् पारदर्शी बनाई नगरका सबै वडामा क्षतिपूर्तीसहितको नागरिक वडापत्र लागू गर्दै लगिनेछ ।
  • नगरपालिका र प्रत्येक वडामा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायत सुशासनका क्षेत्रका कार्यहरू गरिने छ ।
  • सार्वजनिक जबाफदेहिता, उत्तरदायित्व र पारदर्शिता कायम गर्न नागरिक समाजको भूमिकालाई प्रश्रय दिइनेछ।
  • नगरपालिकाले आफ्ना सम्पूर्ण गतिविधि समेट्ने गरी नियमित बुलेटिन प्रकाशन गर्नेछ ।
  • कर्मचारीहरूको क्षमता विकासमा जोड दिईनेछ। प्रत्येक पदको कार्यविवरण तयार गरी कार्यसम्पादन सम्झौतालाई निरन्तरता दिईनेछ। कार्यसम्पादन सम्झौतालाई नगरको सबै क्षेत्रमा विस्तार गरिनेछ।
  • नगर क्षेत्रभित्र रहेका हरेक टोल विकास संस्थाको क्षमता विकास गर्न र टोल विकासका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।

स्रोत परिचालनः

  • नगरपालिकाको आन्तरिक श्रोत कम भएका कारण संघ र प्रदेश सरकार तथा अन्य निकायहरूसंग थप वित्तीय व्यवस्थापनको लागि पहल गरिनेछ।
  • गैर बजेटरी तथा फजुल खर्चहरूलाई नियन्त्रण गरिनेछ।चालु खर्चलाई सकेसम्म कम गर्दै पूंजिगत विकास खर्च बढाउंदै लगिनेछ ।
  • नगरपालिकाको बजेट निर्माण गर्दा आवधिक योजनाले तोकेका प्राथमिकता, प्रदेश र केन्द्र सरकारबाट प्राप्त मार्गदर्शन एवं नगरपालिकाले तोकेको प्राथमिकताको आधारमा वित्तीय स्रोतहरूको व्यवस्था गरिने छ ।
  • ठूला आयोजनाहरुको डिपिआर तयारी, वातावरणीय अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन गरी संघ तथा प्रदेशसंग समपूरक तथा विशेष लगायत अनुदान माग गरी श्रोत व्यवस्थापन गरिनेछ।
  • नगरपालिकाको आय व्यय सम्वन्धी सम्पूर्ण आर्थिक कारोवारको विद्युतीय प्रणाली SuTRA मा अद्यावधिक गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिईनेछ।
  • नगरपालिकाको बजेट कार्यान्वयन गर्दा वित्तीय अनुशासनलाई दृढताका साथ लागू गरी पारदर्शिता कायम गरिनेछ।
  • नगरमा करको दायरा फराकिलो बनाई नगरपालिकाले उठाउने सबैखाले करका दरहरुलाई सकेसम्म न्यून र उद्योग, व्यापार व्यवसायको प्रवद्धर्नमा सघाउ पुग्ने गरी कर प्रणालीलाई व्यवस्थित गरिनेछ।
  • करका दरहरु पुनरावलोकन गरी उचित प्रगतिशील दर कायम गरिनेछ। नगरभित्रका लक्षित वर्ग निर्धारण गरी बिपन्न समुदायलाई कर छुट गर्ने नीति लिईनेछ ।
  • कर शिक्षा तथा राजश्व संकलनलाई अभियानको रुपमा अगाडी बढाईनेछ।
  • नगरपालिकाको सम्पूर्ण लेखा तथा आर्थिक विवरणको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई कायम भएका बेरुजुको प्रतिवेदन उपर कानून बमोजिम कारबाही तथा फर्छ्यौट गरिनेछ ।बेरुजु फर्छ्यौटलाई अभियानको रुपमा अगाडि बढाईनेछ।

आदरणीय सदस्यज्यूहरु,

हालसम्म भएका आर्थिक-सामाजिक-भौतिक उपलब्धीहरूलाई संरक्षण गर्दै थप उन्नत र विकास गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा आमूल परिवर्तन गरी विकास कार्यलाई तीब्रता दिने लक्ष्यका साथ आर्थिक वर्ष 2079।080 को नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ।

प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट राष्ट्रिय तथा प्रादेशिक नीति तथा कार्यक्रम, लक्ष्य र गन्तव्य प्राप्तिका लागि टेवा पुग्नेछ भने नगरको लक्ष्य प्राप्तिका लागि योगदान पुग्नेछ भन्ने विश्वास लिईएको छ।

नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउनुहुने माननीयज्यूहरू, राजनैतिक दल तथा नेतागणहरू, राष्ट्रसेवक कर्मचारीहरू, निजी-सहकारी-सामुदायिक क्षेत्र, संघ-संस्थाहरू, नागरिक समाज, आम संचार जगत लगायत सम्पूर्ण नगरवासी दिदिबहिनी-दाजुभाईहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

अन्त्यमा, प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै तह-तप्काबाट सिर्जनात्मक तथा सक्रिय सहयोग र सहभागिता रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित