जनता समाजवादी पार्टी नेपाल विभाजन

  • प्रकाशित मितिः बैशाख २३, २०८१
  • 263 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौ, बैशाख २३—जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएको छ । अशोक राईको नेतृत्वमा विभाजित ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम समेत टुङ्गो लगाएको छ ।
जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहने जनाएको छ । बैशाख २३ गते विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् ।
पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ, केन्द्रीय अध्यक्षमा अशोक राई रहने छन् । केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने जसपा नेपालको जस्तो अभ्यास यो पार्टीमा पनि हुन्छ । पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन् भने उपाध्यक्ष ४ जना रहनेछन् । नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष रहनेछन् । महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन् । विभाजित पार्टीमा संघीय संसदका ७ जना सांसद छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित