डढेलोबाट सल्किएको आगोले दुई घर जले

  • प्रकाशित मितिः बैशाख १८, २०८१
  • 114 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १८–छुट्टा–छुट्टै ठाउँमा लागेको डढेलोले दुई घर जलेर नष्ट भएको छ । बैशाख १८ गते दिउसो करिब १ बजेतिर रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीस्थ्ति खरबारीमा लागेको डढेलोबाट सल्किएको आगोले स्थानीय पूर्णबहादुर मुग्राती र बैशाख १८ गते ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित सिमथोपा सामुदायिक वनमा लागेको डढेलोबाट सल्किएको आगोले स्थानीय भिमबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको हो ।
मुग्रातीको ढुङ्गा–माटोले बनेको खरको छानो भएको दुई तले घर, टिनको छानाले छाएको ढुङ्गा–माटोले बनेको दुई तले मतान जलेर नष्ट भएको छ । श्रेष्ठको ढुङ्गा–माटोले बनेको टायलको छाना भएको घर मतान, लत्ताकपडा, भाँडावर्तन, काठपात, अन्न, गोठ, खोर लगायत जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । दुवै ठाउँको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको खड्काले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित