डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

  • प्रकाशित मितिः बैशाख १२, २०८१
  • 66 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–डढेलोमा परेर बैशाख १२ गते एकजनाको मृत्यु भएको छ । रावाबेंसी गाँपालिका–१ कुभिण्डेस्थित हरमटार–मैनचौर सामुदायिक वनमा लागेको डढेलोमा परी स्थानीय ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
हरमटारस्थित मैनचौर सामुदायिक वनको बैशाख १२ गते दिउँसो लागेको आगो निभाउने क्रममा जलेर घटनास्थलमै श्रेष्ठको मृत्यु भएको खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । हरमटारस्थित आफ्नो बारीमा झिक्रा सल्काउने क्रममा सामुदायिक वनमा आगो सल्किएपछि निभाउने क्रममा उनको मृत्यु भएको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित