नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

  • प्रकाशित मितिः चैत्र ३०, २०८०
  • 184 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । आठौं जिल्ला अधिवेशनमा सहमती जुट्न नसकेपछि चैत ३० गते भएको निर्वाचनमा निवर्तमान अध्यक्ष रामप्रसाद दङ्गाललाई ३३९–१८७ मतले पछि पार्दै राई विजयी भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा कुमार आचार्य विजयी भएका छन् । उनले उपीनकुमार राईलाई ३९५–१३४ मतले पछि पार्दै चुनाव जितेका हुन् । उपसचिवमा १४० मत ल्याएर राजनकुमार बन्जरा विजयी भएका छन् । उपसचिवमा गिरेन्द्रबहादुर राईले १३५, दिलचक्र राईले ६२, दिनेश राईले ४९, गोपीकृष्ण खड्काले ३३, युवराज रिजालले २४ र कमल ढकालले २३ मत ल्याएका छन् । महिला उपसचिवमा कविता राईले ४१२ मत ल्याएर विजयी भइन् । उनकी प्रत्यासी भगवती प्रधानले ८९ मत ल्याइन् ।
सचिवमा भने सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका छन् । माटिकोरे कभर्ड हलमा भएको आठौं जिल्ला अधिवेशनको मतदानमा ५६६ प्रतिनिधिमध्ये ५३९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित