बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

  • प्रकाशित मितिः जेठ ९, २०८०
  • 433 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ९–बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । नाताले आफ्नै दाजुकी १२ वर्षीया छोरीलाई जेठ ८ गते राती करिब १२ बजेतिर सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने ३४ वर्षीय पुरुषलाई जेठ ९ गते बिहान पाँच बजे घटनास्थलबाटै पक्राउ गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भएका पीडकलाई पक्राउपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पतालमा उपचारपछि घर लैजाने तयारी भइरहेको प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित